वीरगञ्ज, साउन १५। नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण उत्पन्न हुने रोगबाट दैनिक ६७ जना नेपालीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।
सामाजिक संस्था जिल्ला समन्वय समितिले शुक्रबार आयोजित स्वास्थ्य अधिकार र सुर्ती नियन्त्रणका लागि दबाबमूलक सचेतना अभियान बिषयक क्षेत्रीय कार्यशालामा उक्त जानकारी दिइएको हो।
सुर्तीजन्य पदार्थको सेवनका लागि आफ्नो कुल आम्दानीको ५ दशमलव एक प्रतिशत खर्च गर्ने गर्दछन् भने सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगका उपचारका लागि मात्र नेपालमा बार्षिक ४७ अर्ब रुपैयाँ खर्च हुनेगरेको छ।
सरकारले सुर्तीजन्य पदार्थको बिक्रीवाट गत आर्थिक वर्षमा तीन अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।
कार्यशालामा दिइएको जानकारीअनुसार मुलुकमा बर्षेनी सात अर्ब ५० करोड खिल्ली चुरोट उत्पादन भए पनि नेपालीहरुले बर्षेनी १४ अर्ब २६ करोड खिल्ली चुरोट सेवन हुने गरेको छ्। नेपालीहरु वर्षेनी २९ अर्ब रुपैयाँचुरोटमा मात्र खर्च गर्ने गर्छन् भने स्वास्थ्यका लागि छ अर्ब रुपैयाँ खर्च हुनेगरेको छ।
नेपालीले एक बर्षमा चुरोटमा खर्चेको रकम जम्मा गर्दा ३० वटा ठूला अस्पताल बनाउन सकिने नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति श्यामकुमार पोखरेलले बताउनुभयो।
उहाँले लामो प्रयासपछि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन संसद्को विधेयक समितिबाट पारित भएपनि कार्यसूचीमा दर्ता नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै त्यो पारित गराउन समाजका सबै वर्गले दबाब दिनुपर्नेमा जोड दिनुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोले नेपालमा पछिल्ला दिनमा नसर्ने रोगका कारण ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्यरुपमा बढिरहेको उल्लेख गर्दै त्यसो हुनुको प्रमुख कारण धूमपान हो भन्नुभयो।

Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio