काठमाडौँ, साउन १४। एकीकृत नेकपा (माओवादी) ले लोकतान्त्रिक मधेसी मोर्चालाई आज शनिबार लिखितपत्र पठाउने भएको छ।
दिउँसो १ बजे आफ्नै पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना हुने औपचारिक कार्यक्रममा मोर्चालाई सो पत्र बुझाइने एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो।
एमाओवादीको बिहीबार बसेको पदाधिकारी बैठकले मोर्चाले पठाएको पत्रका आधारमा तयार पारिएको लिखितपत्र मोर्चालाई पठाउने निर्णय गरेको थियो।
मधेसी मोर्चाले एक मधेस एक स्वायत्त मधेस प्रदेश, सेनामा मधेसीको समूहगत प्रवेश, सेना समायोजन हुनुअघि माओवादी लडाकूको सङ्ख्या तोक्ने, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्ने, कब्जा गरिएको भनिएको सम्पत्ति फिर्ता गर्ने, बहुलवाद स्वीकार्नुपर्ने जस्ता मागमा लिखित सहमति जनाए मात्र एमाओवादीलाई यही साउन १७ गते हुने प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्ने सर्त राख्दै आएको छ।
एमाओवादीले भने एक मधेस एक प्रदेस, सेना समायोजन पहिले नै लडाकूको सङ्ख्या तोक्ने र बहुलवादजस्ता विषयमा सहमति जनाउन नसकिने बताइसकेको छ।
पत्रमा असहमतिका यिनै कुरा लेखिएको एमाओवादी स्रोतले जनाएको छ।

Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio