काठमाडौँ, साउन १४। मधेसी जनअधिकार फोरमका सचेतक अभिषेकप्रताप शाहले साउन १७ गतेको चुनावमा आपनो पार्टीले एकीकृत नेकपा(माओवादी)का उम्मेदवार पुष्पकमल दाहाललाई मतदान गर्ने विचार व्यक्त गर्नुभएको छ।
आज यहाँ आयोजित कार्यक्रममा पार्टी संसदीय दलका सचेतक शाहले प्रधानमन्त्रीका लागि यही साउन १७ गते हुने तेस्रो चरणको निर्वाचनमा आफ्नो दलले एमाओवादीका पक्षमा मतदान गर्ने दाबी गर्नुभयो।
एमाओवादीले मधेसका मुद्दालाई सम्बोधन गर्ने बताएकाले फोरमले उसको पक्षमा मतदान गर्ने उहाँले सङ्केत गर्नुभयो।
यसैगरी फेारम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य सञ्जयकुमार साहले यसअघिजस्तै साउन १७ गतेको निर्वाचनमा पनि आफूहरू तटस्थ बस्ने बताउँदै जबसम्म एमाओवादी नागरिक पार्टीमा रूपान्तरण हँुदैन तबसम्म उसलाई सरकारको नेतृत्व दिन हुँदैन भन्नुभयो।
नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले निर्वाचन प्रक्रियामा नेकपा (एमाले) तटस्थ बस्नु गलत भएको भन्दै तेस्रो चरणको चुनावमा राजनीतिक निर्णयका साथ काँग्रेसका पक्षमा मतदान गर्न एमालेसँग आग्रह गर्नुभयो।
उहाँले एमाओवादीले विगतमा भएका सहमति पालना नगरेको सन्दर्भमा उसलाई सरकारको नेतृत्व दिन नहुने बताउनुभयो।
नेकपा (एमाले) का केन्द्रीय सदस्य योगेश भट्टराईले राष्ट्रिय सरकारको वातावरण सिर्जना नभएसम्म कुनै पनि पार्टीलाई एमालेले मतदान नगर्ने अडान दोहोर्याउनुभयो।
भट्टराईले माओवादीले हतियारको राजनिति गरेको हुँदा उसले सरकारको नेतृत्व लिन नहुने भन्दै नेपाली काँग्रेसलाई एमाओवादीले सहयोग गरेको खण्डमा नेपाली एमालेले पनि काँग्रेसलाई सहयोग गर्ने विचार व्यक्त गर्नुभयो।
यसैबीच नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रकाश ज्वालाले राष्ट्रिय सरकारका लागि झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ।
शान्तिका लागि साझा अभियान (कोक्याप) द्वारा आयोजित 'वर्तमान राजनीतिक जटिलता र एमालेको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले राष्ट्रिय सरकारको आवश्यकता भएकै कारण आफ्ना अध्यक्ष खनालले उम्मेदवारी फिर्ता लिएको हो भन्दै साउन १७ गतेको प्रधानमन्त्रीका लागि हुने चुनावमा पनि नेकपा (एमाले) तटस्थ बस्ने बताउनुभयो।
कोक्यापका अध्यक्ष दीपककुमार भट्टराईले संस्थाले विगत पाँच वर्षदेखि शान्तिको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो।

Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio