Warning: file_get_contents(/home/weekly/public_html/newsite2/cache/mod_banners/ddc16fa4b57b73dfcf4c67593afe6408.php) [function.file-get-contents]: failed to open stream: No such file or directory in /home/weekly/public_html/newsite2/libraries/joomla/cache/storage/file.php on line 104
माओवादी नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापतिसँग सोधेको स्पष्टीकरणको जवाफ
weekly nepal
You are here: गृहपृष्ठ

Weekly Nepal Video

महत्वपूर्ण जानकारी

Newspapers have attempted to integrate the internet into every aspect of their operations, i.e., reporters writing stories for both print and online, and classified advertisements appearing in both media; others operate websites that are more. Mass media denotes a section of the media specifically designed to reach a very large audience such as the population of a nation state. The term was coined in the 1920s with the advent of nationwide radio networks, mass-circulation newspapers and magazines. However, some forms of mass media such as books and manuscripts had already been in use centuries. The term public media has a similar meaning: it is the sum of the public mass distributors of news and entertainment across media such as newspapers, television, radio, broadcasting, which may require union membership in some large markets such as Newspaper Guild, ASTRA, and text publishers. Mass media includes Internet media (like blogs, message boards, podcast, and video sharing) because individuals now have a means to exposure that is comparable in scale to that previously restricted to a select group of mass media producers. The communications audience has been viewed by some commentators as forming a mass society with special characteristics, notably atomization or lack of social connections, which render it especially susceptible to the influence of modern mass-media techniques such as advertising and propaganda. Internet is the system of interconnected computer networks, linked by copper wires, fiber-optic cables, wireless connections etc.; the Web is the contents, or the interconnected documents, linked by hyperlinks and URLs. The World Wide Web is accessible through the Internet, along with many other services including e-mail, file sharing and others described below.Toward the end of the 20th century, the advent of the World Wide Web marked the first era in which any individual could have a means of exposure on a scale comparable to that of mass media. For the first time, anyone with a web site can address a global audience, although serving to high levels of web traffic is still relatively expensive. It is possible that the rise of peer-to-peer technologies may have begun the process of making the cost of bandwidth manageable. Although a vast amount of information, imagery, and commentary (i.e. "content") has been made available, it is often difficult to determine the authenticity and reliability of information contained in web pages (in many cases, self-published). The invention of the Internet has also allowed breaking news stories to reach around the globe within minutes. This rapid growth of instantaneous, decentralized communication is often deemed likely to change mass media and its relationship to society."Cross-media" means the idea of distributing the same message through different media channels. A similar idea is expressed in the news industry as "convergence". Many authors understand cross-media publishing to be the ability to publish in both print and on the web without manual conversion effort. An increasing number of wireless devices with mutually incompatible data and screen formats make it even more difficult to achieve the objective “create once, publish many”..duplication of information for the first time.

माओवादी नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापतिसँग सोधेको स्पष्टीकरणको जवाफ

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौ 
काठमाडौं सफाइ पेश गरिएको।
१. सम्बन्ध पत्र: प.सं. म.प.बैं. ०६६, च.नं. १५, मिति २०६६।१।१६ गते।

२. नेपाली सेनाले सदैव नेपाल सरकारको निर्देशनहरूलाई पालना गर्दै आफ्नो भूमिकाहरू निर्वाह गर्दै आएको छ। आफ्नो कार्य सञ्चालनको क्रममा प्रधानसेनापतिको हैसियतमा सदैव सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा १ तथा १० को उपदफा १ बमोजिम कार्य गर्दै आएको छु। यस सिलसिलामा प्रतिनिधिसभा घोषणा कार्यान्वयन, शान्ति सम्झौताको अक्षरशः पालना तथा गणतन्त्र कार्यान्वयनमा सहयोग पुर्यााएको तथ्य सादर जानकारी गराउादछु। आफ्नो कर्तव्य निर्वाहको क्रममा मैले नेपाल सरकारलाई उपेक्षा गरेको नभई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या्उनका लागि सकारात्मक सोच तथा हदैसम्मको व्यावहारिक लचकता अपनाई पूर्ण सहयोग गर्दै आएको र सो सम्बन्धी प्रतिवद्धतासमेत बारम्बार व्यक्त गर्दै आएको छ।
३. सर्वप्रथम यो स्पष्टीकरण प्रस्तुत गर्ने क्रममा निम्नलिखित संवैधानिक एवं कानूनी प्रश्नहरूको बारेमा निवेदन गर्दछुः (क) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४(२) मा नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने प्रावधानसमेत रहेको छ। यस स्थितिमा म निवेदक कार्यरत रहेको प्रधानसेनापति पदको नियुक्ति गर्ने अधिकारी सम्माननीय राष्ट्रपतिज्यू रहनुभएको र कानून व्यवस्थासम्बन्धी ऐन, २०१० को दफा १६ अनुसार नियुक्ति गर्ने अधिकारीमा नै सेवाबाट हटाउने अधिकारसमेत रहेको कुरा निवेदन गर्दछु। (ख) म निवेदकको नियुक्ति पुनर्स्थापित प्रतिनिधिसभाको घोषणाबाट संशोधित तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम भएकाले साबिक संविधानबमोजिम नियुक्ति भएको प्रधानसेनापतिको सेवालाई निरन्तरता दिनको लागि हालको सैनिक ऐन, २०६३ को दफा (११) ४ मा व्यवस्था भएको परिप्रेक्ष्यमा अवकास दिने दृष्टिकोण बनाई म निवेदकको हकमा सैनिक ऐन, २०६३ को दफा ११ (३) को व्यवस्था प्रयोग गर्न नमिल्ने देखिएको व्यहोरा सादर निवेदन गर्छु। ४. उपरोक्त संवैधानिक एवं कानूनी प्रश्नहरूमा प्रतिकुल प्रभाव नपर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६६।१।१६ गतेको निर्णयप्रति प्राप्त भएको सम्बन्धमा मेरो सफाइ विवरण निम्न विवरण निम्नअनुसार भएको बेहोरा सादर अनुरोध गर्दछु। (क) नेपाल सरकार, रक्षामन्त्रालयको निर्देशनविपरीत सैन्य भर्ना गरेको भन्ने सम्बन्धमा, नेपाली सेनामा विभिन्न कारणबाट (राजीनामा, निवृत्तभरण, उपदान, मृत्यु तथा अन्य) विभिन्न पदहरू रिक्त हुन गएकाले स्वीकृत दरबन्दी संख्या घटन गई सेनाको दैनिक कार्यमा कठिनाइ उत्पन्न भइरहेको हुादा रिक्त हुन गएका पदहरूमा भर्नाको लागि नेपाली सेना, बलाधिकृत विभाग (व्य.यु) व्यवस्था तथा नीति निर्देशनालय, योजना तथा नीति शाखाको प.सं. १४६१।६३।५१, मिति २०६४।२।८ गतेको पत्रबाट नेपाल सरकार, रक्षा मन्त्रालयसाग पत्राचार गरिएको थियो। उक्त मन्त्रालयको च.नं. ४८, मिति २०६४।२।९ गतेको पत्रबाट स्वीकृत दरवन्दी संख्याभित्र रिक्त हुन आएका पदहरूमा रिक्त राख्नुभन्दा नियमानु सारको प्रक्रियाहरू पुरा गरी माग अनुरूपको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट नियमित रूपमा पदपूर्ति गर्दै जाने स्वीकृति दिने गरी मिति २०६४।२।९ मा नेपाल सरकार (सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री) को निर्णय भएकोले सोही अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र प्राप्त भएकोले विस्कृत शान्ति सम्झौता हुादाको बखत कायम रहेको नेपाली सेनाको स्वीकृत दरवन्दीमा नबढ्ने गरी रिक्त रहेका पदहरूमा मात्र सीमित रही नियमित रूपमा भर्ना गरिदै आएको र यसैक्रममा मिति २०६५।६।२९ गते जंगी अड्डाबाट श्री रक्षामन्त्रालयलाई रिक्त दरवन्दीहरू पूर्ति गर्न विज्ञापन गरी भर्ना झिक्नेवारे जानकारी गराइएको थियो। सोही बमोजिम मिति २०६५।७।१७ र १८ गतेको गोरखापत्रमा सैन्य भर्नासम्बन्धी विज्ञापन गरी लोकसेवा आयोगको परामर्शबमोजिमको बोर्ड बसी नेपालको विभिन्न स्थानहरूमा भर्ना झिक्ने कार्य शुरु भई धेरै चरणहरू समाप्त भइसकेको अवस्थामा मिति २०६५।९।९ गते मात्र रक्षा मन्त्रालयबाट भर्ना झिक्ने प्रक्रिया स्थगन गर्ने पत्र प्राप्त भएकोले नियमित रूपले भर्ना रोक्दा नेपाल सरकार तथा नेपाली सेनाप्रति नकारात्मक भावना पैदा भई अराजक स्थिति उत्पन्न हुनसक्ने हुादा भर्ना झिक्ने प्रक्रिया रोक्न उचित नहुने वेहोरा उल्लेख गरी नेपाली सेना, जंगी अड्डाको प.सं. ११९७६।क।३ भ.छ.। ०६५।६६।३२ मिति २०६५।९।१६ गतेको पत्रबाट श्री रक्षामन्त्रालयलाई जानकारी गराइएको थियो। तत्पश्चात रक्षा मन्त्रालयबाट सो सम्बन्धमा कुनै पनि थप निर्देशन प्राप्त नभएको हुादा भर्नासम्बन्धी प्र क्रिया जारी राखी मिति २०६५।१०।२४ मा छनोट भएका व्यक्तिहरूलाई नियुक्ति पत्र प्रदान गरी तालिममा पठाइएकोले उक्त भर्ना प्रक्रिया नेपाल सरकार, रक्षा मन्त्रालयको निर्देशनअनुरूप नै नियमित प्रक्रियाअन्तर्गत स्वीकृत दरबन्दी र स्वीकृत बजेटको परिधिभित्र रही गरिएको तथा विस्कृत शान्ति सम्झौताको दफा ५.१.२ को प्रतिकूल थप सैन्य भर्ना गरिएको नभई नेपाल सरकार रक्षा मन्त्रालयको रिफ नं. १५५८।०६४।६५मिति जनवरी ७, २००८ को पत्रबाट नेपालका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधिलाई जानकारी दिइएको नेपाली सेनाको स्वीकृत दरवन्दी संख्या ९५७५३ को परिधिभित्र रहेको र सो सम्बन्धमा जेएमसीसीमा समेत कुनै विवाद भएकोले शान्ति सम्झौताको उल्लंघन नभएको स्पष्ट देखिन्छ। उक्त सैन्य भर्नासम्बन्धी कार्यलाई सम्बत् २०६५ सालको रिट नं. ०४८६ मा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०६५।११।३० मा भएको आदेशले वैधता दिइसकेको र तत्पश्चात् कुनै पनि भर्नासम्बन्धी कार्य सञ्चालन नगरिएको बेहोरा अनुरोध गर्दै उक्त मुद्दा हाल सम्मानित अदालतमा विचाराधीन रहेकाले अदालतबाट हुने अन्तिम आदेश फैसलाबमोजिम नै गर्ने व्यहोरा जानकारी गराउादछु। तसर्थ सैन्य भर्नासम्बन्धी कार्य सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (१)
तथा दफा १० को उपदफा (१) अनुकूल भएको बेहोरा सादर अनुरोध गर्दछु। (ख) प्रधानसेनापतिबाट नेपाली सेनाका केही सहायक रथीहरूको पदावधि थप गर्न सिफारिस भएकोमा सो बमोजिम पदावधि थप नगर्ने भनी नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन नगर्न नगराउन सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएकोमा सो आदेश कार्यान्वयन गर्ने सम्बन्धमा सैनिक ऐन, २०६३ को दफा १७ को उपदफा (३) विपरीत सहायक रथीहरूलाई काममा लगाएको भन्ने सम्बन्धमा, नेपाली सेनामा कार्यरत ८ जना वरिष्ठ सहायक रथीहरूको पहिलो पदावधि २०६५।१२।१३ गतेबाट सकिने हुादा उहााहरू शारीरिक तथा मानसिक रूपमा सक्षम रहेको र उहााहरूको सेवा नेपाली सेनालाई अति आवश्यक भएको भनी पदावधि थप गर्न जेष्ठ रथीको अध्यक्षतामा गठित बोर्डको रायअनुसार निजहरूको अन्तिम ३ वर्र्षे पदावधि थपका लागि मिति २०६५।१२।१३ गतेबाट सकिने हुादा उहााहरू शारीरिक तथा मानसिक रूपमा सक्षम रहेको र उहााहरूको सेवा नेपाली सेनालाई अति आवश्यक भएको भनी पदावधि थप गर्न जेष्ठ रथीको अध्यक्षतामा गठित बोर्डको रायअनुसार निजीहरूको अन्तिम ३ वर्षे पदावधि थपका लागि मिति २०६५।१०।१३ गते नेपाल सरकार, रक्षा मन्त्रालयसमक्ष लेखि पठाइएकोमा उक्त मन्त्रालयको मिति २०६५।१२।६ गतेको पत्रबाट पदावधि थप नगर्ने सम्बन्धमा लेखी आएबमोजिम नेपाली सेना, सैनिक सचिव विभागको प.सं. ३०००१ रि।खा।सै।स ७३, मिति २०६५।१२।०७ को पत्रबाट निज सहायक रथीहरूलाई अवकाशको पत्र दिइएको थियो। सो सम्बन्धमा उहााहरूले सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट निवेदन दायर गरी सो रिट निवेदनमा मिति २०६५।१२।११ गते सम्मानित अदालतबाट 'पछि लिखित जवाफ परेपछि पुनर्विचार गर्ने गरी प्रस्तुत मु द्दामा निवेदकहरूलाई अवकाश दिने गरेको रक्षा मन्त्रालयको मिति २०६४।१२।६ को च.नं.२३६२ को पत्र, नेपाली सेना, सैनिक सचिव विभागको २०६५।१२।०७ को पत्रसमेत तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको हुादा सो बमोजिम गर्नु/गराउनु हुनका लागि समेत जानकारी गराइन्छ भन्ने समेत अन्तरिम आदेशसहितको म्याद मिति २०६५।१२।१२ गते प्राप्त भएकोले सम्मानित अदालतको आदेश अनुसार उहााहरूलाई काममा लगाइएको र सो बारेमा रक्षा मन्त्रालयलाई प.सं. ३०००१ रि खा सै स मिति २०६५।१२।१२ गतेको बोधार्थ पत्रबाट जानकारी गराइएको थियो। सो सम्बन्धमा पछि सम्मानित अदालतबाट हुने अन्तिम आदेश ता फैसलाबमोजिम हुने नै हुादा अदालतको आदेशबमोजिम भएको काम कारबाहीबाट सैनिक ऐन, २०६३ को दफा १७ को उपदफा (३) विपरित नभएको व्यहोरा सादर अनुरोध गर्दछु।
(ग) हालै सम्पन्न पााचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रधानमन्त्रीको निर्देशनविपरित नेपाल सरकारलाई जानकारी नदिई सो प्रतियोगिताका केही इभेन्टस्मा नेपाली सेनाको त्रिभुवन क्लवलाई भाग लिन रोक लगाएको भन्ने सम्बन्धमा, श्री रक्षामन्त्रालयको प.सं .क प्र. ०६५।६६, च नं. २५४२, मिति २०६५।१२।२६ गतेको पत्रबाट राष्ट्रिय खेलकुद महोत्सवमा नेपाली सेनाको टिमबाट केही खेलहरूमा सहभागिता नभएको सम्बन्धमा जानकारी माग भएकोमा नेपाली सेना बलाधिकृत विभाग, सैनिक विनय महानिर्दे शनालय, समारोह तथा प्रतियोगिता शाखा जंगी अड्डाको प.सं. १००६ रा.खेल। ०६५।६६।१२८, मिति २०६५।१२।३० गतेको पत्रबाट राष्ट्रिय खेलकुद परिषद्द्वारा पााचौं राष्ट्रिय खेलकुद सञ्चालन सम्बन्धमा जारी निर्देशिका तथा अन्तर्राष्ट्रिय खेलकुदको मान्यताविपरीत खेल सञ्चालन भएको व्यहोरा जनाई ६ वटा इभेन्टस्मा भाग नलिएको व्यहोरा जानकारी गराइएको थियो। पााचौं राष्ट्रिय खेलकुद प्रतियोगिता नियमावलीको नियम ५ को सहभागिता भन्ने शीर्षकमा राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरे को क्षेत्रीय प्रतियोगिताबाट ५ क्षेत्रीय टिम तथा विभागीय टिमहरूमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टिम गरी जम्मा ८ टिमको सहभागिता रहनेछ भन्ने व्यवस्था रहेको र प्रतियोगिता शुरु भइसकेपछि राष्ट्रिय खेलकुद प्रतियोगिता नियमावलीविपरीत अन्य टिमलाई सहभागी गराइएकोमा नेपाली सेनाको तर्फबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले खेलमा भाग नलिनेभनी निवेदन दिएकोमा सम्बन्धित विभागीय प्रमुखहरूको राय, सल्लाह र सहमतिअनुसार केही इभेन्टसहरूमा त्रिभुवन क्लबका खेलाडीहरूले भाग नलिएको मात्र हो। लामो अन्तरालपछि आयोजना भएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न नेपाली सेनाबाट उद्घाटन र समापन समारोहलगायत खेल व्यवस्थापनको लागि आवश्यक सहयोगसमेत उपलब्ध गराई अन्य खेलहरूमा सक्रिय सहभागिता जनाइएको र नेपाली सेनाबाट प्रतियोगितामा भाग लिन रोक नलगाइएको व्यहोरा सादर अनुरोध गर्दछु। ५. नेपाली सेना सदैव नागरिक प्रशासन एवं विधिको शासनप्रति प्रतिबद्ध भएकाले विगतमा भएका सबै राजनीतिक परिवर्तनहरूलाई सहजतापूर्वक ग्रहण गरिआएको र त्यसको प्रमुख हैसियतले म–समेतले संवैधानिक सर्वोच्चता र राजनैतिक परिवर्तनलाई स्वीकार गरिआएको र भविष्यमा समेत यो अडानमा आफू अविचलित रहने व्यहोरा सादर अनुरोध गर्दछु। नेपाली सेना नेपाल सरकारको मातहतको अंग भएको हुादा यसले नेपाल सरकार, रक्षामन्त्रालयको जुनसुकै आदेश र निर्देशनलाई उच्च प्राथमिकताका साथ अनुशासित र पेशेवर ढंगले पालना गर्दै आएको र भविष्यमा पनि पालना गर्दै जाने कुरामा विश्वस्त गराउन चाहन्छु। नेपाल सरकारकै निर्देशनबमोजिम राष्ट्रिय महत्वका विकास निर्माण कार्यहरूमा सेनाको सहभागिता, राष्ट्रिय निकुञ्जहरूको सुरक्षालगायत सेनालाई तोकिएको जिम्मेवारीका कार्यहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्दै राष्ट्रिय जिम्मेवारी बहन गर्न मेरोअन्तर्गतका सकल दर्जालाई निर्देशन दिने कार्य मबाट भइरहेको छ। नेपाल सरकार र नेपाली सेनाबीचमा कुनै पनि प्रकारको असमझदारी नभएको र नेपाली सेनालाई विधिको शासन र नागरिक सर्वोच्चताका लोकतान्त्रिक मान्यताअनुसार नेपाल सरकारको कर्तव्यनिष्ट र अनशासित अंगको रूपमा विकसित गर्दै लैजाने कुरामा म सदैव प्रयत्नशील रहिरहनेछु। नेपालमा जारी वर्तमान शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याेउनका लागि विगतमा भएको द्वन्द्वका सबै किसिमका कटुतापूर्ण अवशेषहरूलाई क्रमिक रूपमा समाप्त पार्दै व्यावहारिक रूपमा सद्भाव र मेलमिलापका विन्दुहरू पहिल्याउादै जाने क्रममा केही अप्ठ्याराहरू भएको भान हुनु स्वाभाविकै हो। तर, यसलाई क्रमशः निराकरण गर्दै दिगो शान्तिको लक्ष्य हासिल गर्न नेपाली सेना र नेपाली सेनाको प्रधानसेनापतिको हैसियतमा म प्रतिबद्ध रहेके कुरा जानकारी गराउादै सम्बन्धित पत्रहरूको छायाप्रति पाना २१ (सूचीअनुसार) यसैसाथ प्रेषित गरी सादर अनुरोध गर्दछु। 
रुक्मांगत कटवाल
महारथी, प्रधानसेनापति
२०६६।१।८
Comments (0)add comment

Write comment
smaller | bigger

security image
Write the displayed characters


busy