काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...
कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्। प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...
झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...
विश्वमा राजनीति, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा महिला सहभागिता बढ्दो छ। महिलाहरु सशक्तरुपमा अघि बढ्दै छन् र केही वर्षयता यो अभियानको विश्वव्यापी लहर चलेको छ। गत सेप्टेम्बर महिनामा यसवर्षको संयुक्त राष्ट्रसङ्घको महासभाको उद्घाटन ब्र्रजिलकी प्रथम महिला राष्ट्रपति ६३ वर्षिया दिल्मा रुसेफले गर्नुभएको थियो। प्रत्येक वर्ष सम्पन्न गरिने राष्ट्रसङ्घीय महासभाको यसवर्ष समुद्घाटन गर्ने उहाँनै पहिलो महिला नेतृ बन्नु भयो। निवर्तमान राष्ट्रपति लुला दा सिल्भालाई अत्यधिक मतले प्रतिस्थापन गर्दै गतवर्ष उहाँले राष्ट्रपतीय निर्वाचनमा विजय हाँसिल गर्नुभएको थियो। अत्यन्त उत्तेजक तर न्यायिक विचारधारा, व्यापक परिवर्तनको पक्षधर तर ब्राजिलको स्रोत र साधनले सजिलै थेग्नसक्ने भौतिक योजनाकार, सम्पूर्ण देशवासीको आर्थिकस्तर उकास्ने, अझ विशेषगरी पीछडिएका महिलावर्गको उत्थान गर्ने उहाँको उद्घोषलाई ब्र्र्राजिलका जनताले सम्मान गरेकै कारण निर्वाचनमा उहाँले जनमतको ओइरो नै प्राप्त गर्नुभएको थियो। उहाँको सर्वमान्य विचार, विवेकशील कार्यशैली र हाँसिल मतको मूल्याङ्कन गर्दै ब्राजिलमा उहाँलाई'डायनामाइट' को संज्ञा दिइएको छ। त्यस्तै, गतः मे महिनामा सम्पन्न थाइल्याण्डको प्रधानमन्त्रीय निर्वाचनमा ४४ वर्षीया यिंगलक सिनावात्राले पनि अत्यधिक मतको ओइरो हाँशील गरी विजयी हुनुभयो। लगभग आठदशक अघिसम्म अमेरिकी उपनिवेश सरहको यस मुलुकबाट अमेरिकी सेना र प्रशासन फर्किए लगत्तै 'यौन पर्यटनको गन्तव्य' को रुपमा नाम र वदनाम दुवै कमाएको थाईल्याण्डमा आजसम्म पनि यौन व्यापार फस्टाउँदै छ र प्रायःजसो ग्रामीण क्षेत्रका वयस्क महिला वा किशोरीहरु यौन व्यापारमा प्रयोग हुन्छन्। राजनीतिक लगायत महिलावर्गका शोषित पीडित र दयनीय अवस्थाका कारण गतवर्ष त्यहाँ'रातो पोशाक क्रान्ति'ले उग्ररुप लिएको थियो। प्रतिबद्धता जनाए अनुसारको आमनिर्वाचनको तीव्र प्रतीक्षा र परिणाम स्वरुप पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राकी ४४ वर्षीया बहिनी यिंगलक शिनावात्रा अत्यधिक मत हाँशील गरी थाईल्याण्डको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नुभयो। सन् २०२० सम्ममा गरिबी पूर्णनिवारण, महिलावर्गको उत्थान र पुरुषसरहको हक दिलाएरै छाड्ने प्रतिबद्धतालाई मूर्तरुप दिने दीर्घकालीन परियोजनाको खाका सार्वजनिक भएपछि थाई जनता उहाँप्रति अत्यन्तै आशावादी छन्। उहाँलाई विपक्षी दलबाट अनेकौं आरोप लगाए पनि उहाँको शक्तिका सामु यस्ता आरोपहरुको कुनै प्रभाव रहेन। थाईल्याण्डमा नारी आकर्षणलाई सम्मान दिइन्छ र यिंगलकको शारीरिक तथा बौद्धिक सुन्दरतालाई सम्बोधन गर्दै उनलाई 'जुजिचु' (थाइल्याण्डको जङ्गलमा पाइने र कडा रोगको उपचारमा प्रयोग हुने आयुर्वेदिक जडीबुटी) भन्ने संज्ञा दिएका छन्। जनभावना र आकांक्षाको कदरगर्दै यिंगलकले हालै आफ्नो पार्टीको भेलालाई सम्बोधन गर्दा 'मेरो नारीत्व समग्र देश विकास र महिला उत्थानमा समर्पित हुनेछ' भनी आफ्नो प्रतिबद्धता दोहार्याउनु भयो। सार्क क्षेत्रभित्रको पाकिस्तानमा पनि वर्तमान सरकारको प्रमुख दायित्वको परराष्ट्रमन्त्री पदमा देशको इतिहासमा पहिलो पटक सबैभन्दा कम उमेरकी महिला हिना रब्बानी खार हुनुहुन्छ। बिशाल भारतवर्षबाट टुक्रिएर सन् १९४७ मा स्वतन्त्रता पश्चात् सैनिक शासनले जरोगाडेको पाकिस्तानमा स्वर्गीय बेनाजीर भुट्टो सन् १९८८ मा प्रथम महिला प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो। परम्परागत संस्कारयुक्त कट्टरपन्थी मुसलमानबाहुल्य तथा बहुसङ्ख्यक नारीहरु अझै पनि बुर्काभित्र बाँच्न विवश यस मुलुकको परराष्ट्र मन्त्रालयको जिम्मेवारी कडा चुनौती र दायित्वको बोझ हो। चार अत्यन्त शक्तिशाली छिमेकी मुलुकहरु – भारत, चीन, रुस र अफगानिस्तानसँग सदासर्वदा कूटनीतिक सन्तुलन कायम राख्नुका अतिरिक्त देशभित्रकै विद्रोही शक्तिहरुसँग तालमेल गरी शान्ति, सुरक्षा र सुव्यवस्थाको तारतम्य मिलाई राख्न हिमशिखर आरोहण गर्नभन्दा कम बढि साहस र आत्मविश्व्ाास चाहिन्छ। गत जुलाई महिनामा छिमेकी मुलुक भारत भ्रमणको औपचारिक छलफलमा ३४ वर्षीया हिनाले आफूभन्दा ४५ वर्ष जेठा भारतीय समकक्षी प्रणव मुखर्जीसँग आपसी मित्रता र समझदारीको विकास सम्बन्धमा व्यक्त गर्नुभएको बिद्वतापूर्ण टिप्पणीलाई भारतका वरिष्ठ राजनीतिज्ञहरु तथा कर्मचारीतन्त्रले सहर्ष स्वागत गर्दै आपसी सम्बन्ध प्रबर्द्धनमा नौलो आयाम थपिएर टेवा पुगेको, विगतका कटुता बिर्संदै आतङ्कवादलाई दुवै देशबाट जरासहित उखेलेर फाल्न सकिनेमा आशावादी भएको र उहाँले व्यक्त गर्नुभएको विचार पाकिस्तानी पूर्वपरराष्ट्र मन्त्रीहरुको तुलनामा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। अफगानिस्तानसँग सीमा जोडिएको विकट उत्तरी भू–भागलाई तालिवानी आतङ्ककारी र विद्रोही शक्तिहरुले सुरक्षित क्रिडास्थल बनाइ रहेको, प्रमुख ठूला व्यापारिक नगरहरुमा बारम्बार हिंसा, हत्या, विष्फोट, आतङ्कको स्थिति, अमेरिकाद्वारा आतङ्ककारी अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या पछि उत्पन्न तनाव र अमेरिकासँग चिसिंदै गएको दौत्यसम्बन्ध, लस्कर–ए–तोइबा र अन्य आतङ्ककारी सङ्गठनका चुनौतीहरु, शिया (शिते) र सुन्नी समुदायका भाइबन्धुहरुबीच जातीय र धार्मिक बैमनस्यका नाममा चलिरहेको प्रकारान्तरको गृहयुद्ध, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता प्रकोपले निम्त्याएका विनाश र पुनःर्निमाणका चुनौती इत्यादि पाकिस्तानका प्रमुख मुद्दाहरु हुन्। यी जादूको छडी घुमाएर तत्काल समाधान हुने प्रकृतिका अवश्य होइनन् र चीर प्रतिबद्धता, इमान्दारीता, लगनशीलता, धैर्य, कठोर परिश्रम, ठूलो धनराशीको अविरल स्रोतको निश्चय नै आवश्यक छ। अमेरिका, पश्चिमी युरोप तथा इन्धन–धनी अरबेली राष्ट्रका आर्थिक सहयोगले देशको अर्थतन्त्र प्रभावित छ। यस्ता विषम परिस्थिति माझ दाताराष्ट्रका चाहना र मातृभूमिको जनआकांक्षाबीच चातुर्यतापूर्ण सन्तुलन राखी विद्रोही शक्तिहरुलाई नकार्नबाट बची बुद्धिमत्तापूर्ण नीति र कूटनैतिक कौशलद्वारा शक्ति सन्तुलनमा राख्न चतुर्याईं प्रयोग गर्ने पहिलो दायित्व परराष्ट्र मन्त्रीकै हो। आशा छ, हिनाले आफ्नो कार्यकालभरी सफलतापूर्वक कार्यसिद्ध गर्नु हुनेछ र एउटी महिलाले गहन जिम्मेवारीयुक्त बोझ उठाई सजिलै गन्तव्य पुर्याउँछन् भन्ने सुसन्देश विश्वभर फैलाउन सफल हुनुहुनेछ। महिला सशक्तिकरण आन्दोलनको अर्की प्रणेतृ हुनुहुन्छ कोस्टारिकाकी लाउरा चिनचिल्ला। नोबेल शान्ति पुरस्कार विजेता पूर्व राष्ट्रपतिकी पत्नी लाउरा चिनचिल्ला कोस्टारिकाको सन् २०१० को राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतले विजयी भई देशको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नुभएको थियो। गर्भपतन र पुरुष पुरुषबीच विवाहको कट्टर विरोधी जर्जटाउन विश्वविद्यालयको स्नातकले विभूषित चिनचिल्ला सोसियल कन्जर्भेटिभ पार्टीकी भएपनि विपक्षी लिबरल र अन्य साना पार्टीको अत्यधिक समर्थन पाउनुभएकी उहाँको विजयले सिङ्गो दक्षिण अमेरिकी क्षेत्रका महिलाहरु प्रफुल्ल भएका थिए। यद्यपि, कोष्टारिकाको तल्लो संसद्मा प्रत्येक राजनीतिक पार्टीको कूल सिटसंख्याको ४० प्रतिशत महिला सांसद हुनुपर्ने वैधानिक प्रावधान छ र कानूनी समादेशमा यो सङ्ख्या सन् २०१४ सम्म ५० प्रतिशत पुर्याउनु पर्नेछ। यतिका सङ्ख्यामा महिला सांसद् रहने कोस्टारिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति आउन बिलम्ब र अचम्म भएको भनी वरिष्ठ राजनीतिक व्यक्तित्वहरुको टिप्पणी छ। त्यसैगरी युरोपेली राजतन्त्रात्मक मुलुक डेनमार्कमा करिब एक महिना अघिको निर्वाचनमा महिला नेतृ थोर्निंग स्मिथले विजय हाँशीलगर्नु भई डेनमार्कको इतिहासमा प्रथम महिला प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको छ। संयुक्त राज्य अमेरिकामा परापूर्व देखिनै महिलाहरुले राजनीतिक र शक्तिशाली सरकारी ओहोदा ओगट्दै आएपनि राष्ट्रपति पदमा भने महिला पुगेका छैनन्। यद्यपि, पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी रोड्ाम क्लिन्टनले आफ्नो राजनैतिक कार्यकुशलताद्वारा वर्तमान राष्ट्रपति ओबामाको कार्यकाल शुरु भएपछि विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ। अफ्रिकी मुलुक लाइबेरियामा सन् २००६ मा भएको निर्वाचनमा ६६ वर्षीया स्वतन्त्र महिला उम्मेदवार एलेन जोन्सन सरलिफ प्रथम महिला राष्ट्रपतिमा विजयी घोषित हुनु्भयो। विपक्षीहरुद्वारार् लौह नारी (आइरन लेडी' को संज्ञा दिइएकी राष्ट्रपति सरलिफ विगत ६ वर्षदेखि सफलतापूर्वक पदासिन र लाइबेरिया मात्र नभई अफ्रिकी मुलुक समूहकै इतिहासमा प्रथम महिला राष्ट्रपति हुनुहुन्छ। छिमेकी मुलुक भारतकी प्रथम महिला राष्ट्रपति श्रीमती प्रतिभा पाटिल हुनुहुन्छ। भारतको राष्ट्रिय राजनीति तथा नीतिनिर्माण तहमा राष्ट्रपतीय पदले अहम् भूमिका राख्दैन तर विशिष्ट योगदानकारी राजनीतिकर्मी, विद्वान वा लब्धप्रतिष्ठित, पाकाप्राध्यापक वा त्यस्तै उच्च श्रद्धाका पात्रलाई सम्मान गर्दै सर्वोच्च पदमा आसिन गराउने भारतीय सुन्दर परम्परा छ। यसवर्षको नोबेल शान्तिपुरस्कार लाइबेरियाकी प्रथम महिला राष्ट्रपति एलेन जोन्सन सरलिफ, लाइबेरियाकै मानव अधिकारकर्मी महिला लेमाह जिबोवी र अरबी मानव अधिकारकर्मी पत्रकार महिला तावाकुल कर्मान (रेहमान) समेत तीनजना महिलालाई संयुक्तरुपमा प्रदान गरिंदैछ। राष्ट्रपति एलेन र मानव अधिकारकर्मी लेमाहले लाइबेरियामा गृहयुद्धको अन्त्य, मानव अधिकार संरक्षण, यौन दुराचारको सशक्त विरोध तथा समान महिला हक र येमनकी तावाकुलले मुलुकमा प्रजातन्त्रको विजय र बहालीका लागि गर्नुभएका योगदानको सम्मानमा १५ लाख अमेरिकी डलरको सो पुरस्कार दिइएको हो। नोबेल मूल्यांकन समितिका अध्यक्ष नर्वेली थोर्बजोर्न ज्यागल्याण्डको 'हरक्षेत्रमा पुरुषको आधिपत्य रहेको विश्वमा नारी हक अधिकार सुनिश्चित नभएसम्म र नारीहरुले पुरुष सरह अवसर नपाएसम्म प्रजातन्त्रको प्रतिफल र दीगो शान्ति हाँशील हुन नसक्ने' टिप्पणीसहित हालै सो पुरस्कार घोषणा भएको हो। विश्वका कतिपय इस्लामिक राष्ट्रहरुमा अझै पनि पुरुषहरुको तुलनामा महिलालाई धेरैकुरामा बन्देज वा निषेध गरिंदै आएको र सानोतिनो भूलचुक हुँदा इस्लामी कानूनअनुसार अतिकडा सजाय हुने, सामाजिक बेइज्जतीको शिकार हुनुपर्ने, सार्वजनिकस्थलमा कोर्रा हानिने, विवाहित महिलाले पतिबाहेक अन्य पुरुषसँग संगत गर्न नपाइने तर पुरुषले बहूपत्नी राख्न पाइने इत्यादि अनौठो सामाजिक परिपाटी र सोहीअनुसार असमान कानून लागूभएका छन्। समय व्यतित हुँदै गएपछि नारीआकांक्षा अनुरुप यस्ता असमान कानूनहरु विस्तारै बिलिन हुनेछन्, कुरीतिले जरोगाडेको संस्कार मेटिन समय लाग्छ नै, धैर्य गर्ने बाहेक अन्य उपाय छैन। हालै विश्वप्रसिद्ध सञ्चार माध्यम 'दि डेली बिस्ट' ले विश्वका १६५ मुलुकहरुमा सञ्चालित न्याय, स्वास्थ्य, शिक्षा, आर्थिकस्तर र राजनीतिसमेतमा महिलाहरुको पहुँच र सहभागिता नामक पांँचवटा शीर्षकमा आधारित रहेर एउटा अनुसन्धान प्रतिवेदन प्रकाशन गरेको छ। संकलित तथ्याङ्क विश्लेषण पश्चात्को परिसूचकको आधारमा महिला भएर जन्मन वा सम्मानित जीवन बाँच्नका लागि विश्वमा २० वटा मुलुकहरु उत्कृष्ट र २० वटा निकृष्ट दर्जामा रहेका ठम्याइएको छ। उत्कृष्ट मुलुकहरु मध्ये पहिलोदेखि बीसौं दर्जामा क्रमशः आइसल्याण्ड, स्वीडेन, क्यानाडा, डेनमार्क, फिनल्याण्ड, स्विट्जरल्याण्ड, नर्वे, संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, दि नेदरल्याण्ड्स, न्युजिल्याण्ड, फ्रान्स, लक्जेम्बर्ग, पोर्चुगल, म्यासेडोनिया गणतन्त्र (पूर्व युगोस्लाभिया), मोल्दोभा, दि फिलिपिन्स, बेल्जियम, बेलायत र रोमानिया पर्दछन्। त्यसैगरी निकृष्ट मध्ये पहिलोदेखि बीसौं दर्जामा क्रमशः चाड, अफगानिस्तान, येमन, कंगो, मालि, सोलोमन द्विप समूह, नाइजर, पाकिस्तान, इथियोपिया, सुडान, गिनी, सियारालियोन, नाइजेरिया, गिनी बिसाउ, बेनिन, आईभोरी कोस्ट, क्यामेरुन, केन्द्रीय अफ्रिकी गणतन्त्र, साउदी अरेबिया र मौरिटानिया पर्दछन्। यसै प्रशंगमा, नेपालका महिलाहरुले चेलिबेटीको तस्करी र ओसारपसार तथा वेश्यावृत्ति विरुद्ध गरेका उद्धार र योगदान, महिला हकहित संरक्षणका लागि गरेका सत्प्रयासहरु विश्वभर प्रशंसनीय हुादा सबै हर्षित छन्। गतवर्ष अनुराधा कोइराला अन्तरर्राष्ट्रिय ख्यातिप्राप्त पुरस्कार 'सिएनएन हिरो अफ दि इयर' बाट र केही महिना अघि श्रीमती चरीमाया तामाङले पनि यस्तै अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भई नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा चम्काउनु भएको थियो। विश्वको कूल जनसङ्ख्याको आधा हिस्सा ओगटेका तर पुरुषप्रधान समाजबाट शोषित, प्रताडित भै बाँच्न बिवश, समान अवसरबाट बञ्चित र दुःखपूर्वक जीवन धान्न बाध्य महिलाहरुको उत्थान नभएसम्म र पुरुष सरह विश्वका सबै महिला हरेक क्षेत्रमा अगाडि नआएसम्म यस धरतीमा मानव सभ्यताले पूर्णता पाउने छैन। ढीलो वा चाँडो, हाल चलिरहेको महिला सशक्तिकरण अभियानको विश्वव्यापी लहरले निश्चय नै तीव्र गति लिनेछ र हाम्रो प्राचीन ग्रन्थको उक्ति 'यत्र नार्र्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अवश्य सार्थक हुनेछ।
तथ्यांक स्रोतः न्यूजविक र अन्य अन्तराष्ट्रिय समाचार एजेन्सीहरु।
काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...
काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...
काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...
काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...
काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...
काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...
काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...
काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...
काठमाडौं, माघ २१ । धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...
काठमाडौं, माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...
काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...
काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...
काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...
काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...
काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...
बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस) ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...
सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...
अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...
विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा गम्भीर शारीरिक समस्या...
दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...
काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...
मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...
सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...
काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...
काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...
सदस्यसचिव, राखेप ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...
वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...
काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...
माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...
धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...
काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...
कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...
संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...
आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...
काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...
राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...
काठमाडौं, माघ २२ । आजको २१ औ...
क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...
काठमाडौं । चितवन घर भई केहि समयदेखि...
काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...
न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...
काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...
काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...
नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...
नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...
नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...
आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...
नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...
भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...
काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...
काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...
नसम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन गीत...
काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...
शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...
एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर एउटा...
भोलाले ३ बम फेला पार्यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...
We have 117 guests and no members online