weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

फागोको हत्यामा संलग्न चारजना पक्राउ

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
इलाम, माघ २६। गत माघ १७ गतइलामको साङ्रुम्बा–१ मो हत्या गरिएका धनवीर फागोको हत्यामा संलग्न अन्य चारजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।  
हत्याका मुख्ययोजनाकार मृतकका आफ्नै दाजु मानवीर फागोको बयानको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  
सो हत्यामा साङ्रुम्बा–१ का पदम लिम्बु, अमृत लिम्बु, दिनेश लाओती, र ढकल्थिङ लिम्बुको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।
उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरी सहायक निरीक्षक लीला गुरुङले जानकारी दिनुभयो।
हत्याका मुख्यआरोपी मानवीरलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार २० वर्ष कैद र हत्यामा सहयोग गर्ने अन्यलाई दस वर्ष सजाय हुनसक्ने कानुनी व्यवस्था छ।