weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

रेल्वेमार्ग बर्दिबाससम्म

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
कठमाडौँ । भारतले नेपालमा तीनवटा प्रमुख भन्सार नाकासम्म रेल्वे लिंक जोडिदिने र अत्याधुनिक एकीकृत चेकपोस्ट बनाइदिने भएको छ। भारतले जनकपुर (जयनगर) सम्मको रेल्वे लिंकलाई पनि बनाइदिने र उक्त रेल्वेलाई महोत्तरीको बर्दिबाससम्म विस्तार गरिदिने भएको छ।
बर्दिबाससम्म उक्त रेल्वे सेवा बिस्तार गर्दा लम्बाइ ३५ किलोमिटर बढ्ने छ। बर्दिबास सम्मको रेल्वे सेवा ब्रोडगेजस्तरको हुनेछ यसमा सामान ओसारपोसार गर्ने ठूलो ट्रली रेल आवतजावत गर्न सक्छन्।
तीनवटा भन्सार नाकासम्म रेल्वे लिंक जोड्न, चारवटा एकीकृत चेकपोस्ट निर्माण र बिजलपुरादेखी बर्दिबाससम्म ब्रोडगेज रेल्वे बिस्तार गर्न करिब ६ अर्ब रुपैया लाग्ने भौतिक तथा निर्माण मन्त्रालयले अनुमान गरेको छ।  
उक्त रेल्वे लिंक निर्माण सुरुगर्न अहिले विस्तृत अध्ययन भइरहेको छ।
मन्त्रीपरिसदको सोमबार बसेको बैठकले भारत सरकारलाई नेपालका थप तीन नाकासम्म रेल्वे लिंक जोड्न र जनकपुर बर्दिबास रेलमार्ग निर्माण गर्नका लागि बिस्तृत अध्ययन गर्न अनुमती दिइसकेको छ।  
भारतले भैरहवा, विराटनगर र नेपालगन्जसम्म ब्रोडगेज रेल्वे सेवा जोडिदिने छ र तीनवटै भन्सार नाकामा एकीकृत चेकपोस्टसमेत बनाइदिने छ।
साथै आफ्ना सीमा सहर नौतनवाबाट भैरहवा, जोगवनीबाट बिराटनगर तथा नेपालगन्ज रोडमा समेत रेल्वे लिक बनाइदिने भएको छ। यी प्रमुख नाकासम्म भारतीय रेल्वे जोडिएपछि भारत र अन्य देशबाट सामान आयात रेलबाट नै गर्न सकिन्छ।