Weekly Nepal

बराहापोखरीको सुन्दरता ।

खोटाङको बराहापोखरीमा अवस्थित सुन्दर प्राकृतिक ताल।

Read more

पार्टीको द्धन्द्ध सकियो

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवं माओवादीका शिर्ष नेतहरु।

Read more

रकम बुझियो

स्वच्छिक अवकाश रोजेका माओवादी लडाकुहरुलाई दिने भनिएको रकम बुझेपछि खुसी हुँदै एक महिला लडाकु ।

Read more

माओवादी लडाकूकै सात संगठन !

काठमाडौँ, माघ २२ । शान्ति प्रकृयाको ढिलाईसँगै माओवादीसम्बद्ध लडाकूका संगठनको संख्या र तीनको आन्दोलन पनि बढ्दै गएको छ । माओवादी सेनामा आबद्ध रहेका तर अबकाश र समायोजनको प्रकृयाप्रति असन्तुष्ट रहेका लडाकूहरुले...

जेठ १४ मा संविधान नबने अर्को चुनाव– देउवा

कञ्चनपुर, माघ २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी जेठ १४ गतेभित्र पनि संविधान नबने अर्को चुनावमा जानुपर्ने बताएका छन्।  प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले...

बस दुर्घटनामा तीन जनाको मृत्यु

झापा, माघ २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङ्गामा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।   पूर्वबाट पश्चिम आउँदै गरेको मे १ ख ९१६ नम्बरको बस कल्भर्टमा ठोक्किएर...

साम्राज्यबादी र बिस्तारबादी मुलुकमा बढ्दो आर्थिक सङ्कट –दिलिप कार्की

आज पनि विश्वव्यापी रुपमा वित्तीय शंकट रहिरहेको छ। खागरी यो किन र कसरी भन्ने आर्थिक कुराहरु त छँदैछन् त्यसका अतिरिक्त यो कहाँबाट कसरी शुरु भयो भन्ने पनि बिश्लेषण गर्नुपर्ने देखिएको छ। यो आर्थिक मन्दीको राजनीतिक पाटोलाई हेर्दा यसको शुरुवात बिस्तारबादी र साम्राज्यबादी कुलुकहरुबाट भएको देखिन्छ, जसको कारण उनीहरुले बिश्वका साना र कमजोर राष्ट्रलाई आफ्नो कब्जामा पार्न गरेको अनुत्पादक र बिध्वंशपूर्ण गतिबिधिमा गरिएको लगानी नै हो भन्ने हो। आखिर बिश्व आर्थिक मन्दीको अबस्था अमेरिकाबाट शुरु भयो। यसले युरोपलाई गाँजेको छ र भारतमा समेत यसका प्रत्यक्ष असरहरु देखा पर्न थालेका छन्। निरन्तर व्याजदर वृद्धिले एशियाको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भारतको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा कम हुने स्वयं अर्थमन्त्री प्रणव मुखर्जीले बताइसक्नु भएको छ। उहाँले आठ प्रतिशतको वृद्धि प्राप्त भए मुलुकको लागि खुसीको कुरा हुने र यो नै सरकारले गत २०११ को फेब्रुअरी महिनामा बजेट तयार गर्दा प्रक्षेपण गरिएकोभन्दा कमहुने पनि उल्लेख गर्नुभएको छ। । उहाँले अमेरिकी अर्थतन्त्र दोस्रो तीन महिनामा १.६ प्रतिशतले मात्र बढेको पनि उल्लेख गर्नुभएको छ। अर्थमन्त्री मुखर्जीले यसवर्ष यत्तिनै वृद्धि हुन्छ भनी प्रक्षेपण त गर्नुभएन तर प्रधानमन्त्री मनमोहन सिंहले हालै सन् २०१२ सम्मको आर्थिक वर्षमा भारतको अर्थतन्त्रले आठ प्रतिशतको हाराहारीमा वृद्धि प्राप्त गर्ने अनुमान गर्नुभएको थियो। भारतका प्रायः अर्थविद्ले यस वर्ष भारतले सात प्रतिशतको हाराहारीमा वृद्धि प्राप्त गर्ने अनुमान गरेका छन्। सन् २०१२ का लागि त उनीहरूको वृद्धिको प्रक्षेपण अझै कम छ। अर्थमन्त्री मुखर्जीले भारतको वित्तीय घाटा कूल गार्हस्थ उत्पादनको ४.६ प्रतिशतको हाराहारीमा राखिने लक्ष्य भने पूरा हुने आशा व्यक्त गर्नुभएको देखिएको छ। गत वर्ष वित्तीय घाटा ४.७ प्रतिशतमा झरेको थियो र सरकारले नै ५.१ प्रतिशत हुने अनुमान गरेको थियो। त्यसो त उक्त वर्ष तेस्रो पुस्ताको (थ्रीजी) मोबाइल अनुमतिपत्रको लिलाम बढाबढबाट १५ अर्ब अमेरिकी डलर बराबर भारत सरकारलाई आय भएको थियो। अर्थमन्त्री मुखर्जीले यस वर्ष उक्त दरमा रकम प्राप्त नहुने बताउनुभएको छ। भारतमा सन् २०१० को मार्चदेखि हालसम्म व्याजदर १२ प्रतिशतले बढेको छ र यसले उपभोक्ता सामग्रीदेखि उत्पादन उपकरणसम्मका सबैको लागत बढाएको पाइएको छ। भारतको स्फीति नियन्त्रणको प्रयास गरिरहेको केन्द्रीय बैङ्क, रिजर्भ बैङ्क अफ इन्डिया (आरबीआई) ले गत वर्ष मार्च महिनादेखि हालसम्म तेह्रौपटक ब्याजदरमा वृद्धि गरेको छ भने यसले यस मुलुकको आर्थिक मन्दीलाई अझै उग्र बनाउने अनुमान गरिएको छ। आरबीआईले ब्याजदरमा यो वृद्धि यस वर्षका लागि अन्तिम हुने बलियो सङ्केत दिएको छ र यसले लगानी तथा वृद्धिमा नकारात्मक प्रभाव पार्ने चिन्तामा रहेका व्यापारिक समुदायलाई शान्त पार्ने अपेक्षा गरिएको छ। आरबीआईका गभर्नर दुर्भुरी सुबरावले बैङ्कको वेबसाइटमा राख्नुभएको एक वक्तव्यमा डिसेम्बर महिनामा त्रैमासिकको मध्यकालीन समीक्षामा व्याजदरमा पुनरावलोकनको सम्भावना तुलनात्मकरूपमा कम रहेको उल्लेख गर्नुभएको छ। उहाँले बैङ्कको प्रक्षेपणअनुसार नै स्फीतिको मार्ग रहेमा ब्याजदर बढाउनु आवश्यक नपर्ने बताउनुभएको छ। बैङ्कले आगामी वर्ष मार्च महिनादेखि स्फीति ७.० प्रतिशतसम्म झर्ने अपेक्षा गरेको छ। केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कलाई दिने ऋणको व्याजदर (रिपो रेट) लाई ८.५० प्रतिशतमा पुर्यायएको छ भने उसले बैङ्कहरूबाट लिएको ऋणमा दिने व्याजदर (रिभर्स रिपो) लाई पनि ७.५ प्रतिशतमा पुर्याएएको देखिएको छ। भारतका औद्योगिक प्रतिनिधि संस्थाहरू फेडरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (एफआईसीसी) र कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले पनि व्याजदर नबढ्ने सङ्केतलाई स्वागत गरेका छन्। एफआईसीसीका महासचिव राजिव कुमारले व्याजदर वृद्धिको चक्र रोकिएकोमा समग्ररूपमा एफआईसीसीले राहत महसुस गरेको बताउँदै सरकारलाई आउँदा दिनमा लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न थप पाइला चाल्न आग्रह गर्नुभएको थियो। मूल्य नियन्त्रण गर्नु भारत सरकारको राजनीतिक प्राथमिकता भएको बताउन थालिएको छ र उच्च वृद्धिदरलाई नै एक अर्ब २० करोड जनसङ्ख्या भएको मुलुकका लागि गरिबी नियन्त्रण गर्ने प्रमुख उपायको रूपमा लिइएको छ। भारत सरकारले जीवन लागतको रूपमा हेर्ने गरेको थोकबजार मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा ९.७२ प्रतिशत रहेको छ र यो गत महिना ९.७८ प्रतिशत रहेको थियो। भारतको स्फीति विश्वका प्रमुख अर्थतन्त्रहरूमा सबैभन्दा उच्च हो र केन्द्रीय बैंकका लागि ६.० प्रतिशतसम्म हुनु सजिलो अवस्था मानिन्छ। यो स्फीति आरम्भमा त्यहाँ खाद्यको मूल्यमा वृद्धिबाट अगाडि बढेको थियो भने यसलाई सामग्रीको मूल्यमा विश्वव्यापी वृद्धि तथा इन्धनको उच्च लागतले अझै बढाएको थियो। विश्वव्यापी परामर्शदात्री समूह अर्नेस्ट एन्ड योङ्गले भारतको अर्थतन्त्र सन् २०१३ मा ९.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ त्यो चीनको भन्दा ०.५ प्रतिशतले बढी हुने अपेक्षा गरिएको छ। भारतमा गत साता तरकारी तथा अन्य अन्नको मूल्य बढेपछि त्यहाँको खाद्यको मूल्य दुई अङ्कमा बढेको देखिएको छ र यसले सरकारका लागि नयाँ समस्या सिर्जना गरिदिएको देखिन्छ। भारतको वार्षिक मूल्यवृद्धि ९.७२ प्रतिशत रहेको देखिएको छ। भारतमा व्याजदरमा उच्च वृद्धिले पनि दुई अङ्कको मूल्यस्पि्कति नियन्त्रण गर्न नसकेको र हाल यस मुलुकको आर्थिक वृद्धि घट्न थालेकोमा मुडिज एनालिटिक्सले चिन्ता व्यक्त गरेको छ। भारतमा सन् २०१० को मार्चदेखि १२ पटक व्याजदरमा वृद्धि गरिएपछि वृद्धिदर कमजोर भएको छ र यसले उपभोक्ता सामग्रीदेखि उत्पादन संयन्त्रसम्म सबैको खरिद मूल्य बढाएको छ। मुडिज एनालिटिक्सका वरिष्ठ अर्थशास्त्री ग्लेन लेभाइनले सन् २०११ को पहिलो छ महिनामा प्रक्षेपित ७.८ प्रतिशत वृद्धिको सट्टा ६.५ प्रतिशत मात्र वृद्धि हुने अपेक्षा गरिएको जानकारी दिनुभएको छ। उहाँले पछिल्लो अनुमान पनि त्यहाँ मन्दी रोक्न पर्याप्त हुने तर यो कुरा पनि कुनै पनि हालतमा सही नभएको पनि उल्लेख गर्नुभएको थियो। उहाँले छिमेकी मुलुक चीनको वृद्धिदर पनि घट्न थालेको तर त्यो पूर्णरूपमा व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको पनि उल्लेख गर्नुभयो। उहाँले भारतीय अर्थतन्त्रको वृद्धि द्रूत गतिमा घट्न थालेको र त्यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो। सेप्टेम्बर महिनामा भारतमा मूल्यवृद्धि ९.७२ प्रतिशत रहेको देखिएको र यसलाई नियन्त्रण गर्न केन्द्रीय बैङ्कले थप मौद्रिक औजार उपयोग गर्न सक्ने धारणा लिभाइनले व्यक्त गर्नुभएको छ।  

अमेरिकी अर्थतन्त्रमा सङ्कट तथा युरोपेली ऋण सङ्कट अब एसियामा वृद्धि रोक्ने अवस्थामा पुगेको छ।  

त्यसैगरी ग्रिसका प्रधानमन्त्री जर्ज पापान्द्रुले युरोक्षेत्रका नेताहरूले युरोपेली मुद्रालाईनै हल्लाइदिने ऋण सङ्कटबाट मुक्त हुन निकै प्रयास गरिरहे पनि यस क्षेत्रले हालसम्मको सबैभन्दा सङ्कटयुक्त अबस्था भोगिरहेको बताउनुभएको छ। गत वर्ष युरोपेली महासङ्घ तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रिसलाई उपलब्ध गराउन स्वीकृति जनाएको ११० अर्ब युरोको ऋणको पछिल्लो किस्ताका लागि ग्रिसले गत दुई महिनादेखि प्रतिक्षा गरिहेको छ। युरो क्षेत्रका अन्य मुलुकले यसअघि कडा आर्थिक सुधारको बचन दिएर पूरा नगरेको भनी ग्रिसमाथि आरोप लगाइरहेका छन् भने ग्रिस सरकारले गत महिना नयाँ आर्थिक मितव्ययीपनाको कानून लागू गर्दा व्यापक विरोधको सामाना गर्नुपरेको छ। त्यहाँ खर्च कटौतीको विरोधमा बारम्बार आमहडतालहरु हुन थालेका छन्। युरोपेली अधिकारीहरू त्यहाँको ऋण सङ्कट समाधान गर्ने उपायलाई अन्तिम रूप दिन प्रयासरत रहेका छन्। इटालीले युरोपको यो प्रलयकारी महामारी रोक्न व्यापक सुधारको बचन दिएको छ। युरोपेली नेताहरू तथा अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिना लेगार्डले हालै सम्पन्न पहिलो शिखर बैठकपछि राम्रो प्रगतिको संकेत देदिएको बताउनुभयो। भनिन्छ बैठक विश्वलाई दोस्रो मन्दीतर्फ लैजानसक्ने अवस्थालाई नियन्त्रण गर्ने कुरामा केन्द्रित थियो। युरोपमा विस्तृत योजनाको सङ्केत नै एशियाली बजारलाई अगाडि बढाउन पर्याप्त देखियो। फ्रान्सेली राष्ट्रपति निकोलस सारकोजी र जर्मनीका चान्सलर एन्जेला मार्केलले आफूबीच समस्या समाधान गरेको अनुभव गर्नुभएको छ। उहाँहरूले गत केही दिन अघि गर्नु भएको एक सयुक्त पत्रकार सम्मेलनमा निकै वृहत् सम्झौता हुनेभएको जानकारी दिनुभएको थियो।  

नेताहरूले इटाली जस्तो ठूलो मुलुकलाई सहयोग गर्न चार सय ४० अर्ब युरोको सुविधा पर्याप्त हुने धारणा राखेको देखिएको छ। उहाँहरू यस सहयोगमा थप रकम राख्नु नपर्ने गरी यसलाई बलियो बनाउने कुरामा परीक्षणमा हुनुहुन्छ। युरोपेली आयोगका अध्यक्ष जोसे म्यानुएल बारोसोले काममा प्रगति भइरहेको र प्रगति राम्रै रहेको बताउनुभयो। उहाँले ७२ घण्टामा निर्णय हुने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ। विगतका केही महिनादेखि जारी रहेको युरोपेली मुलुकको वित्तीय सङ्कटको समाधान निकाल्ने उद्देश्यकासाथ जी–२० मुलुकहरूका वित्तमन्त्रीहरूको बैठक पनि पेरिसमा भयो। बैठकमा युरोपलाई ऋण सङ्कटबाट उकास्ने उपायहरूका बारेमा चर्चा भएका थिए।  जी–२० विकसित र विकासशील मुलुकहरूको समूह हो जसको विश्वको ८५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा हिस्सा रहेको छ। युरोपका कयौ ठूला मुलुक आर्थिक समस्याबाट गुजि्ररहेका र त्यहाँका कयौ ठूला बैङ्कहरु पनि खतरामा परेका छन्। युरोपको आर्थिक सङ्कटको असर अमेरिका र भारतजस्ता विकासशील मुलुकहरूमा पनि पर्नथालेको विभिन्न प्रतिवेदनहरु पनि विगतका केही दिनयतादेखि सार्वजनिक पनि भइहरेका छन्। बैठकमा यो सङ्कटसँग मुकाबिला गर्नका लागि अन्तरराष्ट्रिय मुद्राकोषको कोषमा वृद्धि गरिनुपर्ने प्रश्नमा पनि उठिरहेको छ। मुद्राकोषमा ३५० अर्ब डलर थप्ने प्रस्तावलाई उदीयमान अर्थतन्त्र भएका मुलुकबाट समर्थन प्राप्त भइरहेको छ। त्यसैगरी आर्थिक बृद्धिमा अघि बढेको भनिएको चीनमा एकातिर निजी क्षेत्रमा व्यापक लगानीले व्यापक रूपमा टाटउल्टने सम्भावना भएकोमा चिन्ता व्यक्त गरिएको छ भने चिनियाँ सरकारले गत केही दिन अघि राज्यद्वारा नियन्त्रित बैङ्कहरूलाई साना व्यापारमा लगानी वृद्धि गर्न आदेश दिएको छ। चिनियाँ ब्याङ्किङ रेगुलेटरी कमिशनले पचास लाख युआनभन्दा कमका ऋणीलाई सहयोग वृद्धि गर्न तथा साना व्यापारमा ऋण लगानीलाई अझै बढाउन बैङ्कहरूलाई निर्देशन दिएको देखिएको छ। उक्त कमिशनले बैङ्कहरूलाई साना कम्पनीलाई दिने ऋणको खर्चमा पनि नियन्त्रण गर्न निर्देशन दिएको छ।  चीनका प्रमुख बैङ्कहरूले सरकारले स्पष्ट रूपमा प्रत्याभूति दिएको राज्यद्वारा नियन्त्रित व्यापारलाई मात्र ऋण दिन रुचाएको र यसका कारण धेरै स्वतन्त्र व्यापारीहरू निजी क्षेत्रमा उच्च व्याजदरमा ऋण लिन वाध्य हुने गरेको देखिएको छ। यसैबीच विश्व व्यापार सङ्गठनले वर्तमान आर्थिक कठिनाइबीच विश्वका केही भागमा संरक्षणवाद बलियो हुँदैगएको देखिएको चेतावनी दिदै विश्वका नेताहरूलाई यो प्रवृत्तिलाई नियत्रण गर्न आग्रह गरेको छ। वर्तमान स्थानीय आर्थिक कठिनाइका कारण विश्वका केही भागमा राजनीतिक प्रतिक्रियाको रूपमा व्यापार संरक्षणवादले आफ्नो दायरा विस्तार गरिरहेको अनुमान गर्न लागिएको उक्त संस्थाले बताएको छ। यस संस्थाले राष्ट्रिय उद्योगलाई प्रवर्धन गर्ने र आयत प्रतिस्थापनको उपायलाई अवलम्बन गर्ने औद्योगिक नीतिहरू पुनःस्थापना हुन थालेको सङ्केत देखिएको पनि उल्लेख गरेको छ। यस संस्थाले सरकारहरूले निर्यातको मूल्यबाट फाइदा उठाउन वा घरेलु उद्योगको उत्पादन बढाउन निर्यातमा प्रतिबन्ध लगाउनसक्ने जोखिम रहेको पनि उल्लेख गरेको छ। यस संस्थाले जी२० मुलुकका नेताहरूलाई यस विषयमा पाइला चाल्न पनि आग्रह गरेको छ। अष्ट्रेलियाको सिड्नीमा गत केही दिन अघि पूँजीवादविरुद्धको प्रदर्शन यस सन्दर्भमा बिचारणिय भएको छ। बिश्वका शक्ति राष्ट्रहरुले साना र कमजोर राष्ट्रहरुलाई आर्थिक उन्नतीका लागि सहयोग गर्ने र बिश्वलाई नै समृद्ध बनाउने भन्दा अनुत्पादक र साम्राज्य फैलाउने नीति नत्यागेसम्म तेश्रो बिश्व आर्थिक मन्दीको संभाबनालाई रोक्न सकिने अबस्था छैन। जसले नेपाल जस्ता साना, आर्थिक रुपले कमजोर र साम्राज्यबादी तथा बिस्तारबादीहरुको चंगुलमा परेका देशहरुमा कहाली लाग्दो अबस्था सिर्जना गर्ने निश्चित छ।  

देश

गच्छदारले भने – 'मलाई बरबाद पारिदिनु भयो आइजीपी साब'

काठमाडौँ, माघ २२ । आफ्नो भनाईअनुसार नियमबिपरित काम नगरेको अभियोगमा प्रहरी महानिरिक्षकलार्य...

नेपाललाई सिक्किमीकरण गर्ने प्रयास तीब्र

काठमाडौं, माघ २२ । माओबादी र मधेशी दलको सरकारले सुरक्षा, परराष्ट्र र...

प्रधानमन्त्रीले भने– 'राजदूतहरु मेरो अगाडी उपरखुट्टी लगाउँछन, कसरी भनुँ'

काठमाडौं माघ २२ । मेरो अगाडी केही राजदूतहरु उपरखुट्टी लगाएर वस्छन, आफैले...

माओबादीको नाटक दोश्रो चरणमा

काठमाडौं, माघ २२ । माओबादीका नेताहरुले आपसमा बिबाद गरेजस्तो गरी अन्य पार्टीलाई...

संविधान बन्न नदिने षडयन्त्रको पर्दाफास

काठमाडौं, माघ २२ । नेपालमा संघीय शासन पद्धतिको आफूले प्रस्ताब गरेको दाबि...

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै

प्रधानमन्त्री भट्टराई बदनाम भएर सरकारबाट बाहिरिदै …

काठमाडौँ, माघ २२ । शान्ति र संविधानलाई ९५ दिनभित्र ठोस रूप दिने उद्घोषसहित प्रधानमन्त्रीको बागडोर सम्हाल्न पुगेका डा. बाबुराम भट्टराईले सरकारको मोर्चा सम्हालेको पाँच महिना पार गरिसक्दा समेत कुनै उल्लेख...

दिल्लीमा पूर्ब राजा ज्ञानेन्द्रको खिचडी पाकेन

काठमाडौं, माघ २२। पूर्वराजा ज्ञानेन्द्र शाह गत दुई सातादेखि भारतको नयाँ दिल्लीमा बसेर बिभिन्न नेताहरुसाग भेटघाट गर्ने प्रयासमा रहेको भए पनि खासै उपलब्धी प्राप्त हुन नसकेको बताइएको छ। भारत र...

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब साध्यबहादुर भण्डारीले बैठकपछि जारी गर्नुभएको बक्तब्यमा भनिएको छ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै चलाएका छन्। पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका...

फिचर

प्रधानमन्त्री डा. भट्टराईको बिचार राष्ट्रघाति

काठमाडौं । जनमोर्चा, नेपालको केन्द्रीय कार्यालयको बिस्तारित बैठक हालै सम्पन्न भएको थाहा भएको छ। सो मोर्चाका महासचिब...

धर्मको नाममा सम्पती जोड्ने होडबाजी

काठमाडौं । नेपालमा गरिबीको फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्र्याउदै करोडपति बन्ने लर्को नै...

सरकार परिवर्तनको गृहकार्य शुरु

काठमाडौं, माघ २१ ।  धोबीघाट बैठकबाट बैद्य बाबुरामको समीकरण टुटाउन लागि परेका प्रचण्ड सफल मात्र भएनन अब...

एसपीलाई तारा प्यारो!

काठमाडौं,  माघ २१ । श्रीमती हत्याको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाको मुद्दामा प्रहरीले...

आईजीपीसँग गच्छदारको टकराव

काठमाडौं, माघ २१ । गृहमन्त्रीमा नियुक्त भएदेखि नै प्रहरी संगठनलाई आक्रमण गरी भ्रष्ट र घुस्याहालाई काखी च्याप्दै...

सरकारले आयल निगमलाई २ अर्ब दिने …

सरकारले आयल निगमलाई २ अर्ब दिने

काठमाडौं, माघ २० । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई २ अर्ब रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निगमलाई २ अर्ब रकम उपलब्ध...

बुद्धले सस्तोमा बनारस उडाउने

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले प्रतियात्रु न्यूनतम ५ हजार ३१ रूपैयाँमा काठमाडौंबाट भारतको बनारस उडान गर्ने भएको छ। यो भाडा करसहित हो।  बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य...

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड …

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने ज्वलन्त नमुना वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई र म्यानपावर व्यवसायी बलबहादुर...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २०…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको मालपोत कार्यालयको रेकर्डमा उल्लेख रहेको छ । डिल्लीबजार स्थित मालपोत कार्यालयका अनुसार...

बजार

नक्कली कामबाट महानिर्देशकलाई डेढ करोड

काठमाडौं। भारतीय लगानी तथा संगठनको नेतृत्व तहमा रहेका म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारसम्बन्धी ऐन कानुन, नीति नियमले छुँदैन भन्ने...

प्रचण्ड बस्ने घरको मूल्य ५ करोड २० लाख…

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बस्ने लाजिम्पाटस्थित घर ५ करोड २० लाख रुपैयाँमा किनबेच भएको...

दूधको मूल्य बढ्यो

काठमाडौ, माघ १७ । दुग्ध विकास संस्थानले बिक्री गर्दै आएको दूधको मूल्य मंगलबारदेखि लागू हुने गरी बढाएको छ...

मन्त्रीको ध्यान कमिशनमा

काठमाडौं। नेपाल बिद्युत प्राधिकरणको ७ अर्व २८ करोड रकम बक्यौता उठाउन सकेको छैन। बिद्युत उपभोग गरेवापतको उक्त रकम ...

अध्यक्षसहितका सञ्चालक फरार

काठमाडौं, माघ १७ । एकताका च्याउ जस्तै खुलेर मौलाएका नेपालका बैंक तथा फाइनान्सहरूअहिले त्यही गतिमा 'बिग्रन' थालेका छन्।...

अन्तर्वार्ता

देउवा र कोइरालालाई मिल्न नदिने तत्त्व छ

बद्री पाण्डे केन्द्रीय सदस्य, नेपाली कांग्रेस   नेपाल विद्यार्थी संगठनको पृष्ठभूमि बोकेका बद्री पाण्डे अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। नेविसंघको गाउँ...

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी…

राजनेता र सर्वहाराको नेतामा फरक छैन – प्रचण्ड, अध्यक्ष एकीकृत नेकपा माओवादी

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्, संविधान निर्माणको गाँठो फुकाउन बनाइएको विवाद समाधान उपसमितिका...

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

भट्टराई सरकारको औचित्य समाप्त भइसक्यो- रामशरण महत

(पूर्वअर्थमन्त्री तथा नेता, नेपाली कांग्रेस)  ० सरकारले अघि सारेको कार्ययोजनालाई कसरी लिनुभएको छ? – कार्ययोजनाको विस्तृत अध्ययन त मैले गरिसकेको छैन,...

स्वास्थ्य विज्ञान

सेक्समा पुरुषभन्दा महिला ४ कदम अघि

सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै...

स्वास्थ्यका लागि घरेलु बाताबरणको महत्व- डा.सुशील देबकोटा

अहिले देखिएको परिस्थिती भनेको दिनभर स्वादिष्ट भनिने गरिष्ठ एवं मसालेदार...

परस्त्रीसँग सम्बन्ध राख्दा हुने खतरा

विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राख्दा त्यस्ता पुरुषमा  गम्भीर शारीरिक समस्या...

कफि पिउनुहोस् डिप्रेसन हटाउनुहोस्

दिनको कम्तिमा २ कप कफी पिउने महिलामा डिप्रेसनको खतरा कम...

युवती मायालु कि झगडालु हिडाइले थाहा हुन्छ

काठमाडौँ। युवतीहरू हिँड्दाताका देखिने चालढाल, लचकलाई नियाले थाहा पाइन्छ- उनीहरू...

मोटो वा पातलो मान्छेलाई कम यौन चाहना

मानिसको यौन चाहनालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। समाजको नीति...

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले...

खेल

एसीसी यु-१९ कपमा नेपालको लगातार तेस्रो जित …

काठमाडौं, माघ २२ । एसीसी यु-१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ।...

च्यालेन्जकपका लागि २८ खेलाडी छनौट

काठमाडौं, माघ २० । अखिल नेपाल फुटबल संघ एन्फाले फागनु २५ गतेदेखि काठमाडौंमा हुने एएफसी...

सरकारले समयमै रकम नदिए 'छैटौं' धरापमा पर्छ-…

सदस्यसचिव, राखेप   ० तपाईंले सोचेको खेलकुद र वास्तविक खेलकुदमा कस्तो भिन्नता पाउनुभयो? – जसरी विश्वमा...

भिक्टोरिया वनिन् विश्न नम्बर १

वर्षको पहिलो ग्राण्डस्लम अष्टे्लिया ओपन टेनिसको उपाधि भिक्टोरिया एजारेन्काले जितेकी छिन् । तीन पकटकी च्याम्पियन मारिया...

आइटीएफका १३ खेलाडी छनोट

काठमाडौं, माघ १४ । सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १३ खेलाडी छनोट भएका...

श्रीलंकाली क्रिकेट टिमको नयाँ कप्तान जयबर्दने

माहेला जयबर्दने श्रीलंकाली क्रिकेट टिमको कप्तान बनेका छन् । तिलकरत्ने दिलसानले राजीनामा दिएपछि २०-२०, एक...

राष्ट्रिय खेलकुल प्रतियोगिताको तयारी

धनगढी, माघ १० । छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्ने दृढता राष्ट्रिय...

खेलाडी नै अनुशासनहिन भएपछि...

 काठमाडौं, माघ ८ । अनुशासनलाई आधार बनाएर अगाडि बढ्नुपर्ने खेलाडीहरू नै अनुशासन विहिन बनेपछि खेल...

लेखविचार

बढ्दो मूल्यवृद्धि, समाधानको उपाय –विन्दुकान्त घिमिरे …

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू सडकमा...

कता कूटनीति, कता जातिपाती – ध्रुवहरि अधिकारी …

कूटनीतिक जिम्मेवारी। विदेशमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेदारी सुम्पिन...

पर्यटकीय नगरी पोखराको…

संसारमै कतै पनि देख्न नपनाइने प्राकृतिक मनोहर बोकेको...

नत्र राजनीतिक दुष्परिणामहरूको सामना गर्नका लागि तयार हुनुपर्दछ-…

आज देशमा सम्पूर्ण राजनीति एउटै विन्दुको वरिपरि घुमिरहेको...

तानाशाही डोजर- गोकर्ण गौतम

 काठमाडौं शान्तिनगरका रवीन्द्र श्रेष्ठ अघिल्लो सोमबारदेखि घरवारविहीन भएका...

प्रचण्ड भित्तेमै सन्तुष्ट –श्रीधर शर्मा

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अहिल्यै...

प्रचण्ड–बाबुरामको राज्य खै त? –बबिता बस्नेत …

राज्य पुनर्संरचनाका नाममा गठन गरिएको आयोगले यो मुलुकलाई...

प्रवास

अमेरिकामा बद्दो मन्दी र घट्दो रक्षा बजेट

काठमाडौं, माघ २२ । आजको २१ औ...

एनआरएन मलेसियाद्धारा राजदूत अधिकारीको विदाई

क्वालालम्पुर । आफ्नो चार बर्षे कार्यकाल सकेर...

नेपाली युवती साउदीको जेलमा

काठमाडौं । चितवन घर भई केहि समयदेखि...

वेल र अपरच्युनिटीविरुद्ध ११ करोड ठगीको मुद्दा

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट...

ओसामाको सुराकी गर्ने चिकित्सक !

न्यूयोर्क, माघ १८ । अलकायदा नेता ओसामा...

कोरियाद्वारा तीन सातामा तीन हजार कामदार माग

काठमाडौं, माघ १७ । दक्षिण कोरियाले सन्...

अफगानिस्तानमा गोर्खा सैनिक मारिए

काठमाडौ, माघ १५ । बेलायती सेनाको गोर्खा...

मनोरञ्जन

किन रिसाए राजेश?

किन रिसाए राजेश?

नायक राजेश हमाललाई धेरैले कमै मात्र...

सुष्माले पेन्टी देखाएपछि...

नेपाली चलचित्रका नायिकाहरु अनेक हर्कतहरु गरेर...

किन आर्यन जीवनदेखि दिक्क हुँदैछन् ?…

नायक आर्यन सिग्देल सकेसम्म कसैसँग नवोली...

करिना र सैफको इन्गेजमेन्ट ! …

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायिका करिना...

राजेशले ‘टङ किस’ गरेपछि..

नेपाली नायकहरु एकपछि अर्को गर्दै सिनेमाहरुमा...

किन रहस्यमा राखियो यिनका निधनलाई?

आफ्नो पूरा जीवन नै कलाकारिता क्षेत्रमा...

के राखे संचिता र अरुणिमाले…

नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नायिकाहरु...

कला-साहित्य

पहिलोपटक एकल गजल साँझ सम्पन्न

भक्तपुर, २२ माघ। गाजलभित्र गजल कोरिएको देख्छु नयन तिम्रा ऊबाट चोरिएको देख्छु यति बिघ्न...

'तिम्रो सपनाको म' कविता सङ्ग्रह विमोचन

काठमाडौं, माघ २१ । पाँचथरकी सुप्रसिद्ध कवयत्री दीपा राई पुनद्वारा लिखित 'तिम्रो...

अमेरिकामा भएको कविता महोत्सवका विजयीलाई राष्ट्रपतिद्वारा पुरस्कार वितरण

काठमाडौं, माघ २१ । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तर्राष्ट्रिय...

मेरी काली उनीलाई

नसम्झेको हैन मैले मेरी काली उनीलाई  नलाएको हैन माया हाम्रो जुनीभरिलाई!  नगाएको हैन गीत...

विश्व नेपाली साहित्य महासङ्घबाट पुरस्कार घोषणा

काठमाडौं, माघ १६ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले सरस्वतीपूजाको अवसरमा...

तिनै जना परीक्षामा फेल भएपछि...

शेरे , मुन्द्रे र धुर्मुसे परिक्षाको परिक्षाफल हेर्दे थिए तर यो सालपनि तिनै जना...

निष्टुरीको माया...

एउटी केटी जो अन्धी भएका कारण उसका सबै साथीले उसलाई छोडीसकेका थिए तर  एउटा...

झूठ बोलिदिन्छु !

भोलाले ३ बम फेला पार्‍यो। ऊ पुलिसलाई ती बम दिन जाँदै थियो।...

Weekly Video

Life&style

Women

We have 147 guests and no members online