weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

शाह हत्याको घटनामा सुरक्षाकर्मीमाथि पनि छानबिन गर्नुपर्छ―सुजाता

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, २६ माघ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले सञ्चार उद्यमी जमिम शाहको हत्याको घटनामा त्यस दिन लाजिम्पाट क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि छानबिन गर्नुपर्ने बताउनुभएको छ।
शाहको  परिवारलाई भेटगर्न मङ्गबार अपराह्न पुग्नुभएकी कोइरालाले सुरक्षा व्यवस्था मजबुत तुल्याइएको स्थानमा  दिनदहाडै हत्या हुनुले मुलुकको शान्ति सुरक्षामा गंभीर प्रश्न खडा भएकोे बताउनुभएको छ।
उहाँले अपराधी पत्ता लगाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँलेे हत्यारालाई पक्रन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुहुँदै उद्यमी शाहको हत्याप्रकरणपछि आमनागरिक सुरक्षित छु भन्ने अवस्था नरहेको स्प्ाष्ट पार्नुभएको छ।  
उपप्रधानमन्त्री कोइरालाले यस किसिमको जघन्य अपराधमा संलग्न हत्यारा पत्ता लगाउन छानबिन समिति केन्द्रित हुने बताउनुभएको छ।