बंगलादेश, माघ २६। बंगलादेशमा भएको एघारौं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपालले थप एक स्वर्ण हासिल गरेको छ।
मंगलबार विहान भएको ४२ किलोमिटर म्याराथुन दौडमा राजेन्द्र भण्डारीले स्वर्ण पदक जितेका हुन्। उनले ५६ मिनेटमा दौड पूरा गरी स्वर्ण पदक हासिल गरेका छन्।
यो पदकसँगै नेपालले आठ वटा स्वर्ण हासिल गरेको छ। सागमा भारतले प्रथम, पाकिस्तान दोश्रो, बंगलादेश तेस्रो, श्रीलंका चौथो, नेपाल पाँचौ, अफगानिस्तान छैटौं, सातौमा भुटान र आठौं स्थानमा माल्दिब्स रहेका छन्।
यसअघि
करातेकी गंगा अधिकारीले ६५ केजी तौल समूहमा अफगानिस्तानकी खेलाडीलाई पराजित गर्दै नेपाललाई सातौ स्वर्ण दिलाएकी हुन्। त्यस्तै विनोद शाक्यले पनि नेपाललाई स्वर्ण पदक दिलाएका छन्। यो सहित नेपालको स्वर्ण पदकको कुल संख्या ७ पुगेको छ। यसअघि आइतबार उसु खेलमा विनिता महर्जन,करातेमा सुनिल लामा र सोमबार तेक्वान्दोमा आशय शाक्य र उसुमा आङगबाबु लामाले पनि नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।मंगलबार अन्त्य भएको दक्षिण एसियाली खेलकुद (साग) मा ८ वटा देशहरुले पाएका पदकहरु निम्न रहेका छन्
देश स्वर्ण रजत कास्य कुल
भारत ९० ५५ २९ १७४
पाकिस्तान १९ २५ ३६ ८०
बंलादेश १८ २३ ५६ ९७
श्रीलङ्का १६ ३५ ५४ १०५
नेपाल ८ ९ २० ३७
भुटान – २ ३ ५
मादिभ्स – – २ २
सन् २०१२ मा हुने १२ औँ दक्षिण एसियाली खेलकुद (साग) को आयोजना भारतले गर्ने भएको छ।



Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio