| मदिरा, राजेश पायल र ध्यान |
|
|
| ३१-भदौ-२०६६,बुधवार | |
|
सुकुमार क्षेत्री रक्सी खाए पनि चर्चा, रक्सी नखाए पनि चर्चा। डिस्को गए पनि चर्चा, डिस्को नगए पनि चर्चा। क्यासिनो छिरे पनि चर्चा, क्यासिनो नछिरे पनि चर्चा। यस्तो लाग्छ, राजेश पायल राई चर्चाकै लागि जन्मेका हुन्। अन्तहीन चर्चाकै कारण उनले आफ्नो उमेर गणना गर्न छाडेका छन्। 'तीन दशक नाघेजस्तो लाग्छ, कति पुगेँ थाहा छैन,' उनी भन्छन्, 'मलाई टिनएजर पुस्ताले मनपराउँछ, र, म पनि टिन एजर्सै हुँ।' स्वरमा उम्दा भए पनि राजेशका समकालीन गायक रामकृष्ण ढकाल र यम बराल मिडियामा त्यति छाउँदैनन्। उनी भने विभिन्न स्क्यान्डलका साथ चर्चामा हुन्छन्। 'म सुगम संगीत मात्र होइन, लोकगीत, गजल, चलचित्र सबैतिर फिट भएँ,' उनको आत्मसमीक्षा छ, 'साथीहरु कहाँ चुके, मलाई थाहा छैन।' सदाबहार चर्चामा रहने राजेशलाई यतिबेला दशौं एल्बम 'दर्शन नमस्ते' ले साथ दिइरहेको छ। एल्बम ल्याएको एक साता नबित्दै दुई हजार रि–अर्डर भएपछि अर्को हलचल ल्याएका छन्। सुगम संगीतको बजारमा राजेश तीन वर्षपछि आएका छन्। उनले यसमा सुफी संगीतलाई रकमा र रकलाई लोकगीतमा ढालेका छन्। सामान र सजावटका हिसाबमा उनले नयाँ पुस्ताको पेन्टिङलाई धार दिएका छन्। ९६ को डिभी प्रविधिमा आएको नयाँ एल्बमले ६ महिनामा लगानी उठाउने उनको विश्वास छ। पछिल्लो समय 'राई इज किङ' सिनेमा बनाएर आफैं हिरो हुने योजनामा लागिरहेका छन् राजेश। त्यसो त उदय सुब्बाको सिनेमा 'गुण्डाराज' मा हिरोको अनुभव लिइसकेका छन् उनले। त्यसपछि हिरो हुने प्रस्ताव आए पनि काम नगरेको उनको दाबी छ। ६ महिनापछि सिनेमाको प्रोजेक्ट थाल्ने राजेशको घोषणा छ। त्यसमा गीत रहने छैन, नायिका हुने छैनन्, सांस्कृतिक र समानुपातिक हिसाबको सस्पेन्स–थि्रलर सिनेमा बन्ने छ। र, उनी रोबोट नायकका रुपमा रहने छन्। राई इज किङ नै किन त? 'मैले कसैको फोटोकपी गरेको होइन,' उनी भन्छन्, 'मलाई कसैको चोरी गरिरहनु पनि आवश्यक छैन।' राजेश कलाको विशाल आँगनमा छन्। कहिले गाएर, कहिले संगीत भरेर त कहिले नायक बनेर चमत्कार देखाउँछन्। 'मैले १८ सय गीत गाएँ,' उनी भन्छन्, '१३ वटा सिनेमा संगीत गरिसकेँ।' संगीतमा कति दखल राख्छन् त राजेश? उनी ढाँट्दैनन्, भन्छन्, 'मलाई अहिले पनि संगीतको ज्ञान छैन, जे जति बुुझेको छु, त्यति पस्किरहेको छु।' राजेश आफूलाई गायक मात्र नभएर 'व्यावसायिक' पनि ठान्छन्। एकै दिन नौवटा गीत रेकर्ड गरेको अनुभव पनि छ उनीसँग। अब उनी संगीत या शब्द छनोटको तहमा छैनन्। किनभने आफ्नो आडमा उनले नयाँ नयाँ संगीतकार र गायकगायिका जन्माउनु छ र तिनलाई माइलेज दिनु छ। उनलाई सुहाउने स्वरचाहिँ सुनिधि चौहान, साधना सरगम, दीपा झा, आशा भोस्ले हुन् रे। राजेशले अहिले रक्सी, चुरोट, डिस्को अनि क्यासिनोसँग सम्बन्ध टुटाएका छन्। आठ वर्षसम्म बिन्दास भएर बिताए उनले। 'दिनको ८, ९ बट्टा चुरोट, ३० बोत्तल बियर पिउँथे। अघिपछि १० जनाको ग्याङ हुन्थ्यो,' उनी पुनर्जीवनको कथा सम्झन्छन्, 'एकै दिन ९७ हजारको बिल पनि तिरेँ। सडकमा पनि सुतेँ। डिस्को अनि क्यासिनोमा झगडा पनि गरेँ।' रोचक त के भने, राजेशसित ठमेलमा बसेर नियमित रक्सी पिउने केही रंग पत्रकार पनि थिए। शरीरको एक भाग नचल्ने अवस्थामा पुग्दा पनि उनीहरुले राजेशलाई सम्झाइबुझाई गरृेनन् र अखबारमा पनि लेखेनन्। राजेश रक्सीको कठपुतली नबने उनीहरुको 'मुर्गा' गुम्थ्यो। 'रक्सीमा कमिकल छ, कसैले रिस, आवेग शान्त पार्न पिउँछ भने त्यो खराबै हो,' उनी भन्छन्, 'मैले बुझेँ केही साथीहरु त फटाहा पनि रहेछन्।' देवदास कहलाउन सम्भव नहुने पाठ सिकेका छन् उनले । 'मैले रक्सी छाडेपछि केही रेस्टुराँ बन्द भएको पनि सुनेँ ,' उनी थप्छन्, 'नारायण गोपाल, अरुण थापा, राम थापाहरुले पनि मदिरा छाडेको भए अहिलेसम्म बाँचिरहने रहेछन्।' 'मैले मदिरामा करोडजति गुमाएँ होला, तर, १८ सय गीत पनि गाएको छु,' राजेश भन्छन्, 'श्रोताको माया करोडभन्दा धेरै हो, ८० लाखको घर पनि मसँग छ।' हो, सारा अम्मल छाडे राजेशले। नयाँ अम्मल पनि सुरु गरेका छन्। राजेशको अम्मल बन्ने भाग्यमानी हो, खैनी। राजेश अहिले पूर्वीय जीवनतिर एकोहोरिएका छन्। स्वेट मार्डेन अनि बुद्धका किताबहरु पढ्छन्, ध्यान केन्द्रमा जान्छन्। राजेश हरदम केही नयाँ काम गर्न चाहन्छन्। अव उनको सबैभन्दा ठूलो प्रोजेक्ट के होला? उनी भन्छन्, 'विवाह। किनभने अहिलेसम्म मलाई केटीहरुले पत्याएनन्।' हाडे बदामका फाइदा क्रिम हुन् कि फेसप्याक जुनसुकै शृंगारको साधनमा प्रयोग हुन्छ, बदाम। यसलाई शक्तिबर्धक र यौनबर्धक पनि मानिएको छ। यसले हाम्रो शरीरलाई हरेक दिन ऊर्जा दिन्छ र निरोगी बनाउँछ। बदामले भिटामिन सी र ईको पनि काम गर्छ। नियमित बदामको सेवन गरे मान्छेको उमेर कम देखिनमा मद्दत गर्छ। साथै यसमा भएको आइरनले हामो हड्डी पनि मजबुत बनाउँछ। सुत्नुभन्दा अगाडि नियमित दुइटा हाडे बदाम र एक गिलास दूध खाएमा यौनशक्ति बलियो हुन्ँुका साथै शरीर स्वस्थ र दिमाग चम्किलो पनि बनाउँछ। स्वच्छ दिमागले सम्झने शक्ति बढाउँछ। हामीले हाम्रो स्वास्थ्यको ख्याल राख्ने हो भने हाम्रो नियमित दिनचर्यामा बदामलाई समावेश गर्नुपर्छ। यो सर्वोपरि ड्राइफुड भएकाले यसलाई हामीले ब्याग वा गोजीमा राखेर खानसक्छौं। सौन्दर्य विधिमा उत्तम मानिने बदाममा मूलरुपले प्रोटिन १६ प्र्रतिशत र ५० प्रतिशत तेल हुन्छ। जुन रुपमा सेवन गरे पनि यसमा भएका गुणको पूर्ण लाभ पाइन्छ। सन्तुलित भोजनको यो प्रमुख स्रोतलाई सबैभन्दा बढी स्वस्थकर भनिएको छ। १०, १५ दाना बदाम खानाले १६० क्यालोरी ऊर्जा दिन्छ। यसमा कार्बो हाइड्रेड धेरै कम हुन्छ। यो शरीरका लागि धेरै फाइदाजनक हुन्छ। बदाममा कोलेस्ट्रोल हुंदैन। यसैले कडा बदाम मुटुका लागी पनि फाइदाजनक हुुन्छ। यसमा हुुने रेसाले पाचनमा सहयोग गर्छ, कब्जियतको समस्या पनि हटाउँछ। बदाममा पाइने पोटासियमले शरीरमा भएको कोष सेललाई काम गर्न सघाउँछ। भिटामिन–ई ले शरीरको कोषलाइ सुर212ित राख्छ। नियमित बदाम खानाले छालामा आउने चाउरीपनबाट पनि मुक्त रहन सकिन्छ। यसमा भएको फलामले रगत बन्न सघाउँछ र बदामले हड्डी पनि बलियो बनाउँँँछ। यसमा अल्कोहल तथा क्याफिन नहुने भएकाले बच्चाले पनि खानसक्छन्। आफ्नो बच्चालाई आफ्नो मूखले बदाम चपाई ख्वाउन सकिन्छ। बदामको तेललाई टनिक मानिएकाले सम्पूर्ण परिवारका लागि स्वास्थ्यबर्धक छ। बदामको तेलले बडी मसाज गरी आफ्नो शरीर स्वस्थ्य राख्न सकिन्छ। बदामको नियमित सेवनले शरीरलाइ रेसम र मुलायम बनाउन मद्दत गर्छ। गर्भवती महिलाले दिनहुँ बदामको तेलले आफ्नो पेटमा हल्का मालिस गरेमा दाग बस्न पाउँदैन र बिहान बेलुका दुवै टाइममा लगाउनुपर्छ। दूधमा दुई थोपा बदामको तेल हालेर खाएमा कोलेस्ट्रोल बढ्दैन। यो मष्तिष्क र स्नायु प्रणालीका लागि पनि राम्रो पोषक तत्व हो। शुद्ध बदामको तेलले तनाव घटाउँछ। दृृष्टि तिखो बनाउँछ। यसको तेल कपालका लागि पनि राम्रो मानिन्छ। यसले चाया हटाउँछ...चायाँ हटेपछि केश झर्न रोकिन्छ। यसमा भएका खनिज र भिटामिनले कपाल चम्किलो तथा स्वस्थ्य बनाउँछ। सबै किसिमले बदाम एक उच्चस्तरीय गुण भएको मानिन्छ। यसलाई हाम्रो जीवनमा उतार्न सक्नुपर्छ। हाम्रो स्वास्थ्यभन्दा पक्कै यो महँगो छैन। |
|
|||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||