| संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत |
|
|
| १५-असोज-२०६६,बिहिवार | |
|
कोइराला―प्रम नेपाल काठमाडौ। राजनीतिक गतिरोध अन्त्यगरी संसद सुचारु गर्न सहमति खोज्नका लागि भएको प्रमुख तीन दलको बैठक संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत भएको छ। झलनाथ―पुष्पकमल दाहाल र भारतीय राजदूतबीच सहमतिका लागि छलफल सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस तथा आन्दोलनरत एनेकपा माओवादीबीच माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा साझा संकल्प प्रस्ताव तयार गरी पुनः भोलिको बैठकमा सहमती गर्ने भएका छन्। नेकपा माओवादीले सदनमा दर्ता गराउन खोजेकै प्रस्तावलाई परिवर्तन गरी साझा संकल्प प्रस्ताव तयार गरिने भएको छ। माओवादीले आफूले दर्ता गराउन खोजेकै संकल्प प्रस्तावमा छलफल हुनु पर्ने अडान भने त्यागेको छ। प्रस्तावमा राष्ट्रपतिलाई पूर्ण संवैधानिक बनाउने हुने विषयमा पनि सहमति भएको छ। साथै प्रस्तावमा सेना सरकारको नियन्त्रण रहने भन्ने विषय पनि समेटिने छ। माओवादीको संकल्प प्रस्तावलाई परिवर्तन गरी एमालेका तर्फबाट तयार गरिएको प्रस्तावमा पनि छलफल भएको थियो। उता माओवादीले भने आफूहरुले उठाएका विषयहरु साझा प्रस्तावमा समेट्नु पर्ने बताएको छ। बैठकपछि कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठक सौहार्दपूर्ण एवम् खुलस्त भएको जानकारी दिनुभयो। भोलि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले एकीकृत नेकपा (माओवादी)द्वारा प्रस्तावित साझा सहमतिको सङकल्प प्रस्तावको खाका तयार गरी बैठकमा छलफल गरेर सहमतिमा पुर्याइने जानकारी पनि उहाँले दिनुभयो। नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पत्रकारहरूसँग बैठक सकारात्मक रहेको बताउँदै समयमै संविधान निर्माण गर्न थप गृहकार्यका लागि भोलिसम्म बैठक स्थगित भएको जानकारी दिनुभयो। एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दलद्वारा प्रस्तावित सङ्कल्प प्रस्तावमा साझा सहमति ल्याउन नेकां र एमाले सकारात्म देखिएकाले बैठक सकारात्मरुपमा अघि बढेको र दुबै दलले भोलि तयार गर्ने खाकाले अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। वार्तामा नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र्र निधि र प्रवक्ता अर्जुननरसिंह केसी, नेकपा एमालेका सचिव युवराज ज्ञवाली र नेत्री उर्मिला अर्याल तथा एनेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो। यसैबीच संसदको गतिरोधबाट सरकार अप्ठयारोमा परेपछि सहमतिका लागि प्रधानमन्त्री माधव कुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटि सहमतिका लागि पहलका लागि आग्रह गरेको छन्। उता नेकपा एमालेका अध्यक्ष र माओवादी अध्यक्ष दाहाललबीच पनि छलफल भएको छ। उता भारतीय राजदूतले पनि दाहालसँग गोप्य भेटघाट गरेका छन्। |
|
|||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||