गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
१५-असोज-२०६६,बिहिवार
पर्सा। पर्साको भौराटार गाविसमा बिहान सशस्त्र प्रहरीको गोली प्रहारबाट दुई युवकको र गाँउलेको कुटाईबाट एक प्रहरी सुराकीको मृत्यु भएको छ।  
गएराति पर्साको सशस्त्र प्रहरी बागेश्वरी तित्रौना  वेश क्याम्पबाट भौराटार निवासी मेघराज साह कानुको घरमा गाँजा छापामारी गर्न  गएका  सशस्त्र प्रहरीकोेे गोली प्रहारबाट सोही गाविसका दुई युवकको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका छन्।   
प्रहरीको गोली प्रहारबाट भौराटार–७ निवासी रामाधार साहकानुका १८ वर्षीय छोरा संदिप साह कानु र ठग साहका ८ वर्षीय छोरा रुपेश साहको गोली लागि घटनास्थलमै मृत्यु भएको हो।  
प्रहरी बेस क्याम्प तित्रौनाबाट प्रहरी निरीक्षक मनोज झाको नेतृत्वमा  गाँउमा छापामार्न गएको सशस्त्र प्रहरीको टोलीलाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर कोठामा थुने पछि सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा सो घटनाभएको सीमा सुरक्षा बल वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो।  
प्रहरीको गोली प्रहारबाट भौराटार २ का ५० वर्षीय शिवपुजन महतो कोईरी, सोही ठाँउकी ८ वर्षीया बालिका गुडिया कुमारी र १८ वर्षीय मनीषकुमार गम्भीर घाइते भएका छन्।
घाइतेहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। कोईरीको देव्रे पाखुरामा, गुडियाको दुबै खुट्टामा र मनिसको एउटा खुट्टामा गोली लागेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक भुनेश्वर साहले बताउनुभएको छ।
मृतक दुवैै जनाको भने टाउकोमा गोली लागेको प्रहरीले बताएको छ। घाइतेमध्ये शिवपुजनको अवस्था  चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनापछि भौराटार गाँउ आतङ्कित बनेको छ।
घटनाको वस्तुस्थिति बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरीक्षक सुबोध घिमिरे र सीमासुरक्षा बल वीरगन्जका प्रहरी उपरीक्षक राजेन्द बस्नेत घटनास्थलमा पुग्नुभएको छ।
PHP WARNING 
Weekly Nepal - Weekly News from Nepal - गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
Error creating feed file, please check write permissions.
Cheap Web Design Nepal
 
साप्ताहिक प्रकाशन
कार्टुन
www.weeklynepal.com
महत्वपूर्ण जानकारी
Online Readers
हामी सँग68 guests online
सुझाव । प्रतिक्रिया

RSS Feed
Take Our News
Language:
BlogSidebar
Invalid query: Whole query: SELECT id FROM #__sections WHERE title="Mamblog"