कन्काई पुस्तक घर
नेपालमा देखिएको पुस्तकसम्बन्धी समस्यालाई दृष्टिगत गरी पाठ्यपुस्तक सर्वसुलभ होस् भन्ने उद्देश्यले कन्काई पुस्तक घर सञ्चालन गरिएको हो। विद्यालय एवं क्याम्पसस्तरका विद्यार्थी तथा अभिभावकले झेल्नुपरेका समस्यालाई हृदयङ्गम गरी काठमाडौँको मुटुमा रहेको भोटाहिटीस्थित साझा भवनको दोस्रो तल्लामा यो घर सञ्चालित छ। नेपालबाट प्रकाशित हुने सबै प्रकाशनका सम्पूर्ण पाठ्यसामग्री सङ्कलन गरी राखिएको यस पुस्तक घरमा पुस्तक खोज्न आउने कसैले पनि सितिमिती रित्तो हात फर्कनुपर्दैन। डिपार्टमेन्टल स्टोरका रूपमा विकास गरिएको विधिका कारण ग्राहकले आफैँ आफूले चाहेको पुस्तक खोज्न सक्छन्। शान्त, रमणीय र खुल्ला वातावरण भएकाले यहाँ प्रवेश गरेपछि पाठकहरूले लाइनमा उभिनुपर्ने, पुस्तक खोज्न समस्या झेल्नुपर्ने, किताब नपाइने जस्ता झमेलामा अल्भि्कनुपर्दैन। आफूले खोजेको पाठ्यसामग्री नपाएर यता र उता चाहार्नुपर्ने बाध्यताभन्दा पृथक् एकै ठाउँमा सबै किसिमका पुस्तक उपलब्ध हुनुले ग्राहकबाट पैसा मात्र असुल्ने प्रवृत्तिभन्दा उनीहरूको सेवाका लागि हामी चिन्तनशील छौँ भन्ने कुराको प्रमाणित गर्दछ। पुस्तक बेचेर पैसा कमाउनु मात्रै हाम्रो उद्देश्य होइन, आफूले चाहेको पुस्तक यहीँ बसेर पढ्नसक्ने व्यवस्था पनि हामीले गरेका छौँ। त्यस्तै समय–समयमा बौद्धिक व्यक्तित्वहरू तथा साहित्यसर्जकहरूको जमघट गराई विविध किसिमका साहित्यिक एवं बौद्धिक कार्यक्रम पनि आयोजना गर्दै आएका छौँ।
 पुस्तक मेलाको आयोजना कन्काई पुस्तक घरले आफ्नो न्वारन पनि नभईकन पाठकहरूको सुविधाका लागि पुस्तक मेलाको आयोजना गर्यो। बुद्धिजीवी एवं वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलाले विधिवत् उद्घाटन गर्नुभएको पुस्तक मेला २०६५ मङ्सिर २८ गतेदेखि एक हप्तासम्म चलेको थियो। त्यसपछि पुस्तक घरका रूपमा सञ्चालित यस डिपार्टमेन्टल स्टोरले निरन्तर ग्राहकको सेवा गर्दै आएको छ। पुस्तक मेलाको आयोजना कन्काई पुस्तक घरले आफ्नो न्वारन पनि नभईकन पाठकहरूको सुविधाका लागि पुस्तक मेलाको आयोजना गर्यो। बुद्धिजीवी एवं वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलाले विधिवत् उद्घाटन गर्नुभएको पुस्तक मेला २०६५ मङ्सिर २८ गतेदेखि एक हप्तासम्म चलेको थियो। त्यसपछि पुस्तक घरका रूपमा सञ्चालित यस डिपार्टमेन्टल स्टोरले निरन्तर ग्राहकको सेवा गर्दै आएको छ।
पुस्तक विमोचन प्रतिष्ठित लेखक मोहन कोइरालाको 'सिमसारका राजदूतहरु' को विमोचन समारोह यसै पुस्तक घरमा सम्पन्न भयो। साहित्यकार डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई लगायत वरिष्ठ साहित्यकारहरूको उपस्थितिमा सम्पन्न उक्त समारोहमा सयौँ पुस्तकप्रेमीहरूको सहभागिता रहेको थियो। पुस्तक मेला तथा विमोचन समारोहका दृश्यहरू फोटो फिचर अन्तर्गत राखिएको छ।
३६५ दिन नै खुला कन्काई पुस्तक घर नेपालको एक मात्र त्यस्तो पुस्तक घर हो जो ३६५ दिन नै खुल्ला रहन्छ। नेपालभरिका जुनसुकै स्थानबाट आउने पाठकहरूले पनि आफ्नो सुविधाअनुसार पुस्तक छनोट गर्न सकून् भन्ने उद्देश्यले हामीले यो पुस्तक घर ३६५ दिन नै खुल्ला राख्ने निर्णय गरेका हौँ।
सबै प्रकाशनका पुस्तकहरू नेपालबाट प्रकाशित हुने सबै किसिमका पुस्तकहरू यहाँ उपलब्ध छन्। विद्यालय, क्याम्पस, विश्वविद्यालयका पाठ्यसामग्रीबाहेक बालसामग्री तथा साहित्यसम्बन्धी जुनसुकै पुस्तक पनि यस गृहमा पाउन सकिन्छ।
|