| साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल |
|
|
| १२-मंसिर-२०६५,बिहिवार | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको नामावली
१. साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल पत्रकार कल्याणकोषका पदाधिकारीहरु १. डा सुन्दरमणी दिक्षीत २. देवप्रकाश त्रिपाठी ३. किशोर श्रेष्ठ ४. हरीहर विरही ५. बबिता बस्नेत ६. सुभास ढकाल ७ सुरेशचन्द्र अधिकारी
२. सल्लाहकारहरु १. प्रमुख सल्लाहकार संस्थापक अध्यक्ष ― कवीर राणा २. सल्लाहकार वरिष्ठ पत्रकार गोपाल थपलिया
आफ्नै कुरा
सञ्जालको सरोकार―जिम्मेवारी र अधिकार
संघर्षको मैदानमै थियौं हामी, जतिबेला साप्ताहिक―पाक्षिक पत्रिकाहरूको बेग्लै सञ्जाल बनिरहेको थियो। हाम्रै अभिव्यक्ति स्वतन्त्रतासहित अपहरित सम्पूर्ण जनअधिकारको बहालीका लागि लड्दा–लड्दै, अनि लडाईको एउटा अध्याय सिध्याएर आज हामी अर्को अध्यायमा आइपुगेका छौं। तर, हेर्दा हेर्दै हामी त बर्ष दिनलाई पनि छिचोलेर अझै अगाडि बढिसकेका रहेछौं। बितेका बर्ष सञ्जालको नीतिगत, सांगठनिक र सबैखाले संरचनागत पूर्वाधार निर्माणका लागि हामीले खर्चियौं र सबैभन्दा महत्वपूर्ण समयचाहिं प्रेसस्वतन्त्रतासहित जनअधिकारको बहालीका लागि भएको आँधीमय आन्दोलनलाई दियौं । त्यसैले होला, सम्झि ल्याउँदा यतिका बर्ष कत्ति चाडो बितेझै भएको। बितेका बर्षहरुमा हामी संघर्षमा थियौं, तर अब अगाडिका दिन भने हाम्रा लागि झनै महत्वपूर्ण हुने भएको छ। संघर्षकालीन चुनौतीको तुलनामा अहिलेको जिम्मेवारीपूर्ण भूमिकाले सञ्जालको जीवनमा खास महत्व राख्दछ। त्यसकारण पनि हामी अझ परिष्कृत र संयमीत भएर अगाडि बढ्नुपर्ने बेला आएको छ। राज्यमा पत्रकारिताको भूमिका र जिम्मेवारीको विषयमा हामीले बषौंदेखि विभिन्न बहस र छलफल गर्दै आयौं। यो पेशाको संवेदनशीलता र यसले जनसमूहमा पार्ने प्रभावका सम्वन्धमा हामी जानकर छौं। तर, नेपालको सन्दर्भमा जनसमूहलाई सबैभन्दा बढी प्रभाव पार्ने, जनमतको निर्माण गर्ने, मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिस्थितीलाई सही ढंगले उजागर गर्दै एक किसिमको चहलपहल ल्याउने कार्यमा साप्ताहिक―पाक्षिक अखवारको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर, त्यो महत्वलाई जानेर वा नजानेर हामीले स्वयं पनि महसुस नगर्ने प्रवृत्ति हामीमा कायम रहदै आयो। निःशुल्क विज्ञापन शैलीको पत्रकारितामा हामीले हाम्रो समयलाई खर्चिने काम गर्यौं र ब्यक्तिगतबाहेक पेशागत–वर्गीय (साप्ताहिक–पाक्षिक) उपलव्धिका लागि हामीले सोच्न भ्याएका थिएनौं। यसरी असंगठित हुनुको कारणले साप्ताहिक–पाक्षिक अखवारसँग सम्बद्ध हामी कलमजिवीहरू विभिन्न स्वार्थको बन्दी बन्न पुग्यौं। हेप्दा पनि राज्यले बढी नै हेप्ने, च्यादा पनि कुनै शक्ति विशेषले बढी नै च्यापीदिने नियतिबाट हामी गुजि्रयौं। तर, त्यसो गर्दा पनि यसको जो महत्व हो, त्यसलाई भने कसैले बुझिदिएनन्। प्रकारान्तरमा हामीले नै हामीलाई बुझ्नुपर्ने दिन आइदियो। निरंकुशताको घाउमा उपचार गरौं भनेर बर्षदिन अघि सञ्जाल स्थापनाको क्रम शुरू भएपछि बल्ल संगठित हुनुपर्छ भन्ने चेतनाले हाम्रो मनमा बास पायो। सञ्जालको स्थापनापछि साप्ताहिक/पाक्षिक अखवारका समस्या र चुनौतिका विषयमा थुप्रै बहस र छलफल शुरू भएका छन्। सञ्जालको स्थापनाबाट आज हामी जति उत्साहित भएका छौं, त्यत्ति नै यदाकदा अत्तालिने वर्ग विशेष छ। हधिकार र जिम्मेवारी दुबैलाई आत्मसाथ गरेर अघि बढिरहेको सञ्जालले भाग खोस्न आयो भन्ने मानसिकता बोक्ने मान्छेहरू जत्ति अत्तालिँदै जान्छन्, हामी उत्ति–उत्ति नै लक्ष्यसामु पुग्छौं भन्ने दृढता हामी सबैले लिनुपर्दछ। अरुलाईभन्दा बढी हामीलाई यातनाको शिकार बनाउने शाही निरंकुशतालाई संविधानसभाको निर्वाचनबाट सम्पूर्णरुपले बढार्ने काम सम्पन्न भइसकेको छ। त्यही भएर हो, परिवर्तित परिस्थितिमा पनि सञ्जालभित्र शाही निसंकुशता पक्षधर, अनि अभिव्यक्ति स्वतन्त्रताविरोधीहरूका निम्ति कुनै ठाँउ छैन। हाम्रै पेशा, मुलुकको स्थिति र जनमतको निर्माणमा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल आगामी दिनमा जिम्मेवारीपूर्ण भूमिकासहित उपस्थित हुने अपेक्षा राख्न सकिन्छ। |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||