Weekly Nepal

जनप्रहार साप्ताहिकका लागि प्रकाशक/सम्पादक– दिनेश दाहाल 
प्रबन्ध सम्पादक– सुशील न्यौपाने
 कानुनी सल्लाहकार – राजेश्वर अधिकारी 
फोन– ९७७–१–४४४०१०३, फ्याक्स– ४२४१०७२ 
पो ब नं. २३५५५ 
प्रमुख संवाददाता– कुमार भण्डारी, विआर दाहाल 
इमेल – janaprahar@hotmail.com

कांग्रेस उपसभापति पौडेल संकटमा दुई प्रभावशाली नेताबीच रहस्यमय एकता

काठमाडौं, जेठ २ । नेपाली कांगे्रसलाई एक वर्ष भित्रमै मुलुकको पहिलो पार्टी बनाएर विगतकै जस्तो शक्तिशाली बनाई छाड्ने उद्देश्यले पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौला र अर्का प्रभावशाली नेताबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। कुनै बेला नेपाली कांग्रेसभित्र विपरित ध्रुवका नेताको रुपमा चिनिएका सिटौला र खड्काबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको थाहा पाएपछि कांग्रेस नेता/कार्यकर्ताहरूमा उत्साह समेत थपिएको छ। तर त्यसका विपरित केही नेताहरूमा भने त्रास फैलिएको छ। संस्थापन पक्षका भनेर चिनिएका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंह भने दुई नेताको सहकार्यबाट अत्तालिएको एक नेताले बताए।  २०५९ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग गर्दा त्यसको पक्षमा खड्का...

नोर्लिङका मालिक रेघी टासीको नेपाली नागरिकता

काठमाडौं। दलाई लामाका प्रिय पात्र रेघा टासी लामाले बंशजमा दुई दशक अघि नेपाली नागरिकता लिएको थाहा भएको छ। रेघी टासीले बंशजमा नागरिकता लिएका कारण माओवादीले जनयुद्ध कालमा सताएपछि रातारात रेघीले आफ्नो स्वामित्वमा रहेको नोर्लिङ रिर्सोट विश्वासिलो ब्यक्तिका नाममा सारेका थिए। टासी जोरपाटी–थली जाने बाटो मुलपानीमा रहेको नोर्लिङ रिसोर्टका सञ्चालक हुन्।  उनको बौद्धमा समेत विशाल महल रहेको छ। रेघी टासी जस्लाई अहिले पनि राम्रोसँग नेपाली बोल्न आउँदैन,उनलाई बंशजका आधारमा नेपाली नागरिकता कसरी दिइयो? खोजीको विषय बनेको छ। जबकी उनको घर तिब्बतको खम्पा रेघा भन्ने ठाँउमा रहेको उनलाई चिन्ने तिब्बतियनहरूको दावी छ।

एक जना तिब्बतियनले नाम नलेख्ने सर्तमा भने–' रेघी टासीको घर र मेरो घर एकै ठाँउमा हो,उसले नेपालबाट बंशजमा नागरिकता कसरी लियो? मलाई नै अचम्म लागिरहेको छ।' टासी तिब्बतियन नागरिक भएको तथा अहिले पनि ताइवानलगायतका देशबाट डोनेसन ल्याएर गुम्वा बनाउने नाममा ठगी गरी नेपालमा ब्यबसाय गरेको ती तिब्बतियनको दावी छ। त्यसैगरी ठगेको पैसाले रिर्सोट खोली टासीले होटल व्यापार गरेको उनको थप भनाई छ। उनको सम्बन्ध एमालेका प्रायजसो प्रभावशाली नेताहरूसँग पनि राम्रो रहेको छ। नोर्लिङ रिसोर्टका टासीले फ्रि तिब्बतको वकालत गर्ने गरेका छन् भने रिसोर्टको मुख्य ढोकाको छेवैमा दलाई लामाको फोटो छ। त्यसो त टासीले राजा ज्ञानेन्द्र दम्पतिको फोटो पनि रिर्सोटमा सजाएर राखेका छन्। राजधानीबाट केही किलोमिटर दुरीमा रहेको उक्त रिसोर्ट युवा पिँडिमा पनि लोकप्रिय बनेको छ। प्रहरीले छापा नहान्ने भएकाले रिर्सोटमा जोडि लिएर आउनेको दिनभर घुँइचो लाग्छ। टासीले ताइवानिहरू नेपाल आएको बेला गलैंचामा काम गर्ने केटाकेटी बटुलेर देखाउने र उनीहरूबाट आएको सहयोग होटल विस्तारमा लगानी गर्ने गरेको स्थानिय बासिन्दाले बताएका छन्। टासीका दुई छोरा र दुई छोरी छन् भने उनको जेठा छोराले केही वर्ष पहिले कुलतमा फसेर 'सुसाइट' गरेका थिए। हाल उक्त रिर्सोट रेघी टासीकी छोरी कुन्साङले हेर्दै आएकी छिन्। स्थानियस्तरमा संचालन भएको उक्त रिर्सोटले स्थानियलाई रोजगारी र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएपनि विकासको नाममा सिन्को नभाँचेको स्थानियको गुनासो छ। कालो धनलाई जोगाउन उनले राजनीतिज्ञ र प्रहरी प्रशासनलाई हातमा लिई प्रयोग गदै आएका छन्। उनले बंशजमा नागरिकता लिएको दुई दशक वितिसकेको छ। तिब्बतको खम्पा रेघा भन्ने ठाँउका तिब्बति नागरिक टासीले कसरी बंशजमा नागरिकता पाए? सम्बन्धित निकायले खोजी गर्न जरुरी छ । हुन त नेपालमा बस्ने प्रायजसो तिब्बतियनहरूले 'फ्रि तिब्बत' गतिविधिमा लाग्न सजिलो हुने भएकाले नेपाली नागरिकता बंशजमा लिने गरेका छन्। टासी पनि दलाई लामा नजिकका ब्यक्ति हुन्। तिब्बतियन आन्दोलनलाई नेपालमा चर्काउन अर्का तिब्बतियनले नेपाली शेर्पा महिलालाई विवाह गरेर नेपाली नागरिकता लिएको समेत भेटिएको छ। यसरी नेपालीलाई विवाह गरी फ्रि तिब्बत आन्दोलन चर्काउन प्रयोग हुँदै आएका अर्का ब्यक्ति सोनाम क्ल्यासिक पनि हुन् जो जोरपाटीस्थित रहेको जुवी पेट्रोलपम्प अगाडि स्थायी बसोबास गर्छन्। सोनामले नेपाल मानव अधिकार संघको स्वयम्सेवक बनेर फ्रि तिब्बतको वकालत गर्दै आएका छन्। सोनामको बौद्ध स्तुपाभित्र पुराना सामानहरू पाउने एन्टिक सप छ। नेपाली विवाह गरेकै भरमा सोनामले नेपाली नागरिकता कसरी लिए भन्ने कुरा पनि खोजीको विषय बनेको छ। 

जनप्रहार - समाचार

तारामा नेपाली जुवाडेलाई छुट

काठमाडौं। विदेशी ब्यवस्थापन र लगानीमा संचालित तारा क्यासिनोमा नेपाली जुवाडेहरूले भरिभराउ हुन थालेको छ। क्यासिनो ताराको ब्यबस्थापनले नेपाली जुवाडेलाई प्रवेश नदिएसम्म क्यासिनो चल्न नसक्ने बुझेपछि महानगरिय प्रहरी बृत बौद्धका डिएसपी श्याम ज्ञवालीलाई हातमा लिएको हो। डिएसपी ज्ञवालीले संरक्षण दिन थालेपछि ह्यात रिजेन्सीमा रहेको तारा क्यासिनोमा नेपाली जुवाडेको भिड बढेको हो।...

आप्पा सगरमाथा सफाई अभियानमा

काठमाडौं। विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा अहिले सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा संलग्न भएका छन्। चार दिनको अवधिमा आप्पाको टोलीले करिब एक हजार किलो फोहर सङ्कलन गरिसकेको एसियन ट्रेकिङका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए। एक्काइसौँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका साहसिक आरोही आप्पाले पछिल्लो पटकको आरोहणमा सगरमाथा क्षेत्रमा फोहरबाट जैविक...

मधेसमा देखिएको समस्या हल हुन्छ: दाहाल

काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताएका छन्। शनिबार आफ्नै निवासमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरूको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी...

वन क्षेत्रमा कार्बनको मापन सुरु

खोटाङ। खोटाङका १२ वटा स्थानीय वनमा कार्बनको मात्राको मापन सुरु गरिएको छ।  विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा दुबेकोल, ज्यामिरे, महेश्वरी, राखाबाँदेल, छितापोखरी, पाथेका, सुँदेल र खिदिमाका १२ वटा वनमा कार्बनको मापन सुरु गरिएको हो। कार्बनको मात्रा पत्ता लगाउन विभिन्न उपकरणका साथमा पाँच सदस्यीय टोलीले जङ्गलको २५ मिटर परिधि क्षेत्रभित्र...

जनप्रहार - अन्तर्वार्ता

Error: No articles to display

जनप्रहार - अर्थ समाचार

फलफूलमा हानीकारक कार्बाइडको प्रयोग

कञ्चनपुर। बजारमा देखिएका आकर्षक र लोभलाग्दा फलफूल पकाउन व्यापारीले मानव स्वास्थ्यका लागि हानीकारक मानिएको कार्बाइडको प्रयोग गर्ने गरेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले कार्बाइडको प्रयोग गरी पकाइएका खासगरी आँप र केरा जस्ता फलफूलको बढी बिक्री हुने गरेको बताएको हो।स्थानीय प्रशासनले कार्बाइडको प्रयोग गर्न र बेच्न निषेध गरे पनि...

जनप्रहार - मनोरञ्जन

म क्रिप्स रेष्टुराँमा वेटे्रसको काम गर्थे सृष्टि श्रेष्ठ,…

लामो समयपछि ठूलो सम्भावना बोकेकी युवती मिस नेपाल भएकी छिन्।...

जनप्रहार - साहित्य

Error: No articles to display

जनप्रहार - विविध

Error: No articles to display

जनप्रहार - पाठकपत्र

Error: No articles to display

Weekly Video

We have 90 guests and no members online