Weekly Nepal

जनप्रहार साप्ताहिकका लागि प्रकाशक/सम्पादक– दिनेश दाहाल 
प्रबन्ध सम्पादक– सुशील न्यौपाने
 कानुनी सल्लाहकार – राजेश्वर अधिकारी 
फोन– ९७७–१–४४४०१०३, फ्याक्स– ४२४१०७२ 
पो ब नं. २३५५५ 
प्रमुख संवाददाता– कुमार भण्डारी, विआर दाहाल 
इमेल – janaprahar@hotmail.com

कांग्रेस उपसभापति पौडेल संकटमा दुई प्रभावशाली नेताबीच रहस्यमय एकता

काठमाडौं, जेठ २ । नेपाली कांगे्रसलाई एक वर्ष भित्रमै मुलुकको पहिलो पार्टी बनाएर विगतकै जस्तो शक्तिशाली बनाई छाड्ने उद्देश्यले पार्टीका महामन्त्री कृष्णप्रसाद सिटौला र अर्का प्रभावशाली नेताबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। कुनै बेला नेपाली कांग्रेसभित्र विपरित ध्रुवका नेताको रुपमा चिनिएका सिटौला र खड्काबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको थाहा पाएपछि कांग्रेस नेता/कार्यकर्ताहरूमा उत्साह समेत थपिएको छ। तर त्यसका विपरित केही नेताहरूमा भने त्रास फैलिएको छ। संस्थापन पक्षका भनेर चिनिएका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंह भने दुई नेताको सहकार्यबाट अत्तालिएको एक नेताले बताए।  २०५९ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग गर्दा त्यसको पक्षमा खड्का...

श्रमको मिलेमत्तोमा रेशुङ्गाको ठगि धन्दा

श्रीमान सम्पादक ज्यू, 

तपाईको यस लोकप्रिय पत्रिका जनप्रहारमार्फत हामीलाई परेको पिर मर्का बताउन चाहान्छौं।  आशा छ यसलाई स्थान दिएर हामीलाई सहयोग गर्नु हुनेछ। बदनामी कमाएको रेशुङगा इन्टनेशनल प्रालि मेन्ापावर कम्पनीका संचालक पारस लोहनीले फेरी मकाउ पठाउंछु भन्दै लाखौं उठाइरहेका छन्। श्रम विभागको कारबाही फुकुवा समेत नभएको सो मेनपावर कम्पनीका संचालक लोहनीले धमाधम विना श्रम स्वीकृती मकाउ र जापान पठाइरहेका छन्। पहिला नै श्रमले कारबाही गरेकाले लोहनीले पत्रपत्रिकामा विजापन समेत गर्न पाएका छैनन्। तर उनले अझै पनि हामी पिडितहरूको करोडभन्दा बढी रकम तिरेको छैनन्। पिडितहरू श्रम विभागमा उजुरी हालेका थिए तर लोहनीमाथि कुनै कारबाही भएन। बरु उल्टै उनले भित्रभित्रै मकाउ र जापान पठाउने नाममा ब्यापक पैसा उठाई रहेका छन्। श्रम विभागका धामी थरका कानुन अधिकृतसंग मिलेर श्रमविभागको कानुनी कारबाहीबाट समेत उनी बच्दै आएका छन्।  केही महिना पहिले धामी बुद्धनगरस्थित रेशुङगा मेनपावरमा छापा हान्न गएपनि उनले मोटो रकम दिएपछि ढोकैबाट फर्केका थिए। रकम उठाएर मकाउ पठाउन नसकेको तथा मकाउ पठाएका पनि सम्झौता अनुसार काम नपाएको भन्दै नेपाल फर्केर उजुरी दिएपछि संचालक लोहनीलाई दुई बर्ष पहिला पनि श्रम विभागले पक्राउ गरी कारबाही गरेको थियो। दुई हप्ता भन्दा बढी थुनामा बसेपछि उनका वकिलले उनलाई धरौटीमा रिहा गराएका थिए। ठगिको आरोपमा पिडितहरूले नै संचालक लोहनीलाई पक्राउ गरी श्रमविभागलाई बुझाएका थिए।  प्रत्येक ब्यक्तिबाट लाखौं असुले पनि मकाउ नपठाएको कारण पैसा माग्नेहरूको भिड थेग्न नसकेर यतिखेर मेनपावरको कार्यालय नै धोवीघाट ललितपुरमा सारेको छ। पैसा बुझाएर पनि विदेश जान नपाएका पिडितहरू भने बुद्धनगरस्थित पहिला मेनपावर बसेको घर पुगि आफु ठगिएको महसुस गर्दे फर्किने गरेका छन्। लोहनीको दलाली धन्दालाई उनका सहयोथी भरत नाम गरेका व्यक्तिले गर्दै आएको पनि जानकारी गराउन चाहान्छु। लोहनीले पत्रत्रिकामा आफ्नो राम्रो भएको र आफुलाई कसैले केही गर्न नसक्ने समेत धम्की दिने गरेकाले यो पत्रिकामार्फत लोहनी जस्ता मानब तस्कर बारे छताछुल्ल पार्न समेत हामी अनुरोध गर्दछौं।  

रेशुङगाका मेनपावरबाट पिडितहरू 

जनप्रहार - समाचार

तारामा नेपाली जुवाडेलाई छुट

काठमाडौं। विदेशी ब्यवस्थापन र लगानीमा संचालित तारा क्यासिनोमा नेपाली जुवाडेहरूले भरिभराउ हुन थालेको छ। क्यासिनो ताराको ब्यबस्थापनले नेपाली जुवाडेलाई प्रवेश नदिएसम्म क्यासिनो चल्न नसक्ने बुझेपछि महानगरिय प्रहरी बृत बौद्धका डिएसपी श्याम ज्ञवालीलाई हातमा लिएको हो। डिएसपी ज्ञवालीले संरक्षण दिन थालेपछि ह्यात रिजेन्सीमा रहेको तारा क्यासिनोमा नेपाली जुवाडेको भिड बढेको हो।...

आप्पा सगरमाथा सफाई अभियानमा

काठमाडौं। विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा अहिले सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा संलग्न भएका छन्। चार दिनको अवधिमा आप्पाको टोलीले करिब एक हजार किलो फोहर सङ्कलन गरिसकेको एसियन ट्रेकिङका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए। एक्काइसौँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका साहसिक आरोही आप्पाले पछिल्लो पटकको आरोहणमा सगरमाथा क्षेत्रमा फोहरबाट जैविक...

मधेसमा देखिएको समस्या हल हुन्छ: दाहाल

काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताएका छन्। शनिबार आफ्नै निवासमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरूसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरूको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी...

वन क्षेत्रमा कार्बनको मापन सुरु

खोटाङ। खोटाङका १२ वटा स्थानीय वनमा कार्बनको मात्राको मापन सुरु गरिएको छ।  विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा दुबेकोल, ज्यामिरे, महेश्वरी, राखाबाँदेल, छितापोखरी, पाथेका, सुँदेल र खिदिमाका १२ वटा वनमा कार्बनको मापन सुरु गरिएको हो। कार्बनको मात्रा पत्ता लगाउन विभिन्न उपकरणका साथमा पाँच सदस्यीय टोलीले जङ्गलको २५ मिटर परिधि क्षेत्रभित्र...

जनप्रहार - अन्तर्वार्ता

Error: No articles to display

जनप्रहार - अर्थ समाचार

फलफूलमा हानीकारक कार्बाइडको प्रयोग

कञ्चनपुर। बजारमा देखिएका आकर्षक र लोभलाग्दा फलफूल पकाउन व्यापारीले मानव स्वास्थ्यका लागि हानीकारक मानिएको कार्बाइडको प्रयोग गर्ने गरेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले कार्बाइडको प्रयोग गरी पकाइएका खासगरी आँप र केरा जस्ता फलफूलको बढी बिक्री हुने गरेको बताएको हो।स्थानीय प्रशासनले कार्बाइडको प्रयोग गर्न र बेच्न निषेध गरे पनि...

जनप्रहार - मनोरञ्जन

म क्रिप्स रेष्टुराँमा वेटे्रसको काम गर्थे सृष्टि श्रेष्ठ,…

लामो समयपछि ठूलो सम्भावना बोकेकी युवती मिस नेपाल भएकी छिन्।...

जनप्रहार - साहित्य

Error: No articles to display

जनप्रहार - विविध

Error: No articles to display

जनप्रहार - पाठकपत्र

Error: No articles to display

Weekly Video

We have 91 guests and no members online