Weekly Nepal

जनप्रहार साप्ताहिकका लागि प्रकाशक/सम्पादक– दिनेश दाहाल 
प्रबन्ध सम्पादक– सुशील न्यौपाने
 कानुनी सल्लाहकार – राजेश्वर अधिकारी 
फोन– ९७७–१–४४४०१०३, फ्याक्स– ४२४१०७२ 
पो ब नं. २३५५५ 
प्रमुख संवाददाता– कुमार भण्डारी, विआर दाहाल 
इमेल – janaprahar@hotmail.com

यसरी अलोकप्रिय बन्दैछन् भट्टराई

काठमाडौं, फागुन १० । अन्तरिम संविधान २०६३ र प्रचलित कानुनको सपथ खाएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईका दर्जनौं निर्णयहरू सर्वोच्च अदालतले बदर गरिदिएको छ। राजनीतिक संस्कार र नैतिकताको थोरै मात्र पनि प्रधानमन्त्री डा. भट्टराईमा भएको भए पनि उनी अहिलेसम्म भूतपूर्व प्रधानमन्त्री भइसक्ने थिए। तर उनी अघिल्लो सातासम्म आइपुग्दा कर्मचारी संगठनको पदाधिकारीहरूसँग 'बन्दुक बोकेर आएको प्रधानमन्त्री हुँ कसैसँग डराउँदिन' सम्म भन्न थालेका छन्। नेपाली जनताले डा. भट्टराईबाट कम्तिमा आर्थिक अनुशासनको ठूलो अपेक्षा गरेका थिए। शान्ति र संविधान त प्रधानमन्त्री भट्टराईको हैसियत बाहिरको कुरा थियो।  आफ्नो हैसियत नै नभएको शान्ति र संविधान पूरा गर्ने सपना देखाएर भट्टराईले नेपाली जनतालाई राजनीतिक ठगी गर्ने काम...

नोर्लिङका मालिक रेघी टासीको नेपाली नागरिकता

काठमाडौं। दलाई लामाका प्रिय पात्र रेघा टासी लामाले बंशजमा दुई दशक अघि नेपाली नागरिकता लिएको थाहा भएको छ। रेघी टासीले बंशजमा नागरिकता लिएका कारण माओवादीले जनयुद्ध कालमा सताएपछि रातारात रेघीले आफ्नो स्वामित्वमा रहेको नोर्लिङ रिर्सोट विश्वासिलो ब्यक्तिका नाममा सारेका थिए। टासी जोरपाटी–थली जाने बाटो मुलपानीमा रहेको नोर्लिङ रिसोर्टका सञ्चालक हुन्।  उनको बौद्धमा समेत विशाल महल रहेको छ। रेघी टासी जस्लाई अहिले पनि राम्रोसँग नेपाली बोल्न आउँदैन,उनलाई बंशजका आधारमा नेपाली नागरिकता कसरी दिइयो? खोजीको विषय बनेको छ। जबकी उनको घर तिब्बतको खम्पा रेघा भन्ने ठाँउमा रहेको उनलाई चिन्ने तिब्बतियनहरूको दावी छ।

Read more: नोर्लिङका मालिक रेघी टासीको नेपाली नागरिकता

जनप्रहार - समाचार

संविधान कागजको खोस्टा सरह: गच्छदार

काभ्रे। उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय सरकारका लागि सहमति नबनेसम्म सरकार परिवर्तनबारे  सोच्न नसकिनेे बताएका छन्।  जिल्लास्तरीय कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा उनले भने–'सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको सुनिश्चित नभएसम्म वर्तमान प्रधानमन्त्रीले राजिनामा दिने कुरो आउँदैन।' अरु दलले मधेसी मोर्चासँग सहकार्य गरी संविधान नबनाए अब बन्ने संविधान...

सेना समायोजन छिट्टै टुङ्ग्याइन्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति र संविधानको प्रक्रियालाई पूरा गरेर प्राप्त उपलब्धीलाई संस्थागत गरेर अगाडि बढ्नु नै श्रेयष्कर र बुद्धिमानी हुने बताएका छन्। राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालको दोस्रो राष्ट्रिय परिषद्को अवसरमा शनिबार आयोजित सभामा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले शान्ति र संविधानको महत्वपूर्ण पाटोको रुपमा रहेको नेपाली सेना र...

तहैपिच्छे कारबाही भोगेका एआईजीको आईजीपी बन्ने मोह

दिनेश दाहाल काठमाडौं। सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्रकुमार श्रेष्ठको कार्यअवधि नसकिँदै संगठन कै विवादास्पद एआईजी ठाकुरमोहन श्रेष्ठ आईजीपी बन्ने दौडमा नेताहरूको घरदैलोमा चार्न थालेका छन्। अमेरिकामा हँुदै नभएको ग्रिनफोर्ड इन्टरनेशनल युनिर्भसिटीबाट मानार्थ विद्यावारिधी ग्रहण गरेपछि विवादमा तानिएका एआईजी श्रेष्ठले सोही कार्यक्रममा सहभागि हुन जाँदा सशस्त्र प्रहरीको लोगोसहित साँस्कृतिक टोली लगेर...

एक सय तीस घरधुरी हिलाम्बे पानी पिउन बाध्य

बाजुरा। बाजुरा जिल्लाको पूर्वीत्तरी साप्पाटा गाविसका १३० घरधुरीका जनताले नजिकै रहेको खोलाको हिलाम्बे पानी पिउनेबाहेकको अन्य विकल्प छैन। जिल्ला विकास समितिअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट बनाएका खानेपानी योजना गुणस्तरीय नभएका कारण बनाएको ६ महिनामै धारामा पानी आउन छोडेको छ। वषर्ौंदेखि सफा खानेपानी पिउन नपाएका स्थानीय बासिन्दाले गाउँमा धारा बनेपछि  सफा...

रङमा हानिकारक सिसाको प्रयोग

कञ्चनपुर। पेन्टिङमा प्रयोग हुने रङमा शरीरका लागि हानिकारक मानिने सिसाको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले अमेरिकी मापदण्डलाई आधार मानेर गरेको अध्ययनमा रङहरू (पेन्ट्स)मा अत्यधिक सिसा प्रयोग गरिएको देखिएको छ। केन्द्रका कार्यक्रम संयोजक केशवराज जोशीले नेपाली रङमा अमेरिकाभन्दा आठ सय २२ गुणा बढी सिसा प्रयोग...

माओवादीमा नयाँ–नयाँ बखेडा

प्रमुख तीन राजनीतिक दल संविधान निर्माणको कार्यतालिका पुनः संशोधन गर्न सहमत भएका छन्। विवादित विषयमा गत माग २९ गतेसम्म सहमति कायम गरी संविधानको प्रस्तावित मस्यौदा सार्वजनिक गर्ने पुरानो कार्यतालिका अनुसार काम हुन नसकेपछि संशोधनको सहमति भएको हो। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गत साता प्रमुख दलका नेताहरूलाई आफ्नै निवासमा बोलाएर संविधान...

जनप्रहार - अन्तर्वार्ता

क्षमताको दृष्टिले नेपालको प्रशासन धेरै कमजोर छ –विमल कोइराला, पूर्व मुख्य सचिव…

माओवादी नेतृत्वको सरकार सबैतिरबाट असफल भैसकेपछि बद्नामीबाट बच्न यी कार्यक्रम ल्याएको पूर्व मुख्यसचिव विमल कोइराला बताउँछन्। कोइरालाले आर्थिक संवृद्धिको कार्यक्रममा  घोषणा भएजस्तोे एक अर्ब डलरको लगानी नेपालले ६ महिनामा ग्रहण गर्न नसक्ने, यति छोटो अवधिमा झण्डै सात लाख रोजगारी सिर्जना गर्ने कुरा हावादारी भएको विश्लेषण गरेका छन्। कोइरालासँगको कुराकानीः  ० अहिले...

जनप्रहार - अर्थ समाचार

हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो

नेपालगञ्ज। थोरैथोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याज दर प्राप्त हुने भएपछि बाँके जिल्लामा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको पाइन्छ। जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले वयस्क बचतकर्तालाई सात र ६० वर्षभन्दा माथिका बचतकर्तालाई आठ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ। विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको...

लगानी मैत्री वातावरण स्थायित्वमा जोड

काठमाडौं। नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका लागि लगानीे मैत्री वातावरण र राजनीतिक स्थायित्व कायम हुन जरुरी रहेको बताइएको छ। नेपाल व्यवस्थापन सङ्घको ३१ औँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित नेपालमा वैदेशिक लगानीको प्रवर्द्धन सम्भावना र चुनौती विषयक कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा पर्यटन, ऊर्जालगायतका क्षेत्रमा वैदेशिक लगानीको धेरै सम्भावना रहेको धारणा प्रस्तुत गरेका थिए।...

जनप्रहार - मनोरञ्जन

नयाँ एल्बमको साथ तारपति सुवेदी- राजाराम…

पोखरा। 'घारमा प्यारो मौरीलाई रानो मलाई प्यारो तिमिनै हो सानु...

'प्रेम दिवस' को रौनक पोखरामा पनि

राजाराम पौडेल   पोखरा। दिउँसो एक बजेको समयमा पोखराको चिप्लेढुङामा रहेको...

जनप्रहार - साहित्य

'पुग्नु छ टाढा साथी' मेघशतक र बहुलानन्द विमोचन

काठमाडौं। युवाकवि केशवप्रसाद पौडेलद्वारा लिखित 'पुग्नु छ टाढा साथी' नामक कवितासङ्ग्रह बजारमा आएको छ। सिर्जनशील जनजागरण मञ्च, नेपालद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा. कृष्णप्रसाद दाहालले सो कृतिको विमोचन गर्दै कृति समसामयिक र राष्ट्रपे्रमबाट ओतप्रोत भएको टिप्पणी गरे। कार्यक्रममा समीक्षक कृष्ण गौतम र रमेश गौतमले एउटा लक्काजवानबाट रचित कृतिमा कहीँ...

जनप्रहार - विविध

सरकार कानुन अनुसार चल्न सकेन भट्टराई पार्टीभित्रै जोकर फाल्तु –नारायण भण्डारी …

एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकले जनवादी संविधान बनाउन नसके जनविद्रोह गर्ने निर्णय गरेपनि प्रम भट्टराईले पार्टीभित्र आफ्नो नाजुक स्थिति सुदृढ पार्नका लागि जनसत्ताका निर्णयलाई वैधानिकता दिने दुस्प्रयास गरिरहेका छन्। अन्तरिम संविधानको कसम खाएर जनयुद्धकालका निर्णयलाई वैधानिकता दिने जस्तो गैरजिम्मेवार काम प्रम भट्टराईबाट भएको छ। माओवादीले शान्ति र संविधानको बाटो...

जनप्रहार - पाठकपत्र

श्रमको मिलेमत्तोमा रेशुङ्गाको ठगि धन्दा

श्रीमान सम्पादक ज्यू,  तपाईको यस लोकप्रिय पत्रिका जनप्रहारमार्फत हामीलाई परेको पिर मर्का बताउन चाहान्छौं।  आशा छ यसलाई स्थान दिएर हामीलाई सहयोग गर्नु हुनेछ। बदनामी कमाएको रेशुङगा इन्टनेशनल प्रालि मेन्ापावर कम्पनीका संचालक पारस लोहनीले फेरी मकाउ पठाउंछु भन्दै लाखौं उठाइरहेका छन्। श्रम विभागको कारबाही फुकुवा समेत नभएको सो मेनपावर कम्पनीका संचालक लोहनीले...

Weekly Video

Life&style

Women

We have 129 guests and no members online