Weekly Nepal

प्रकाशक/सम्पादक नवराज शर्मा तिमल्सिना ९८४१४७०१०९
प्रबन्ध सम्पादक यादवप्रसाद शर्मा (९८४१७६३९९७)
विशेष प्रतिनिधि नारायणप्रसाद शर्मा
कार्यालय बागबजार, काठमाडौं,
इमेल nayaprakash.weekly@gmail.com
कम्प्युटर  नयाँ प्रकाश डेस्कटप, काठमाडौं,    फ्याक्स नं ०१४२२७४१४
मुद्रण  प्रिन्ट स्काई भुरुङ्खेल, (९८४१–५२३१८१)

 

राजनीतिक पाखण्डीहरुको बिगबिगी

काठमाडौं, साउन २१ । बाहिर देखाउनको लागि एउटा सिद्धान्त अँगालेको सिद्धान्तवादी बन्ने, तर ब्यवहारमा आफ्नै सिद्धान्त विपरितका काम, कुरा गर्दै हिँडने ब्यक्तिलाई पाखण्डी भनिन्छ। पाखण्डी त्यस्तो ब्यक्ति हो जो मुखले एउटा कुरा भन्छ, तर काम चाहिँ अर्कै गर्छ। हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्कै भए जस्तै पाखण्डीको पनि बाहिरी रुप एउटा र भित्री रुप अर्कै हुन्छ। पाखण्डी साधुको भेष धारण गर्ने लम्पट ब्यभिचारी र दुराचारी जस्तै हुन्छ, जो मुखले रामराम भन्दै, गेरुवा वश्त्रमाथि रामनामी ओढेर मद्यपान, मांशाहार र ब्यभिचारमा लिप्त हुन्छ। पाखण्डी अनेक अर्ती उपदेश छाँटदै हिँडछ, जो उ आफ्नो जीवनमा अनुशरण चाहिँ कहिल्यै गर्दैन। पाखण्डी आफ्नो ब्यभिचार र दुराचारलाई सहज र शंका रहित बनाउन साधुको भेष धारण गर्दछ।  पाखण्डी समाजका हरेक क्षेत्रमा हुन्छन्। चाहे धार्मिक होस् वा...

शान्तिप्रकृया ठप्प




विजया दशमीको छुट्टीको अवसरलाई सदुपयोग गर्ने भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अभिव्यक्ति दिए पनि त्यो हावादारीमा परिणत हुन पुगेको छ। शान्ति प्रक्रियालाई ४५ दिन भित्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धतासहित भट्टराई प्रधानमन्त्रीमा निर्वाचित हुनु भएपनि त्यो प्रकृया अघि बढ्न सकेको छैन। शान्ति प्रकृया अघि नबढेसम्म मुलुकले विकास पाउन सक्दैन। शान्ति प्रक्रिया टुगोमा पुर्‍याउन माओवादी पीडितका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत् माओवादीद्वारा नियन्त्रणमा लिइएका घरजग्गा तथा सम्पत्तिको विवरण बुझाउने कार्य पनि भैसकेको छ। त्यसैले शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्री भट्टराई संवेदनशील भई शान्ति प्रक्रियालाई जारी राख्नु उचित हुन्छ। अहिलेको हिसाबमा शान्तिप्रक्रिया ठप्प पारियो भने प्रधानमन्त्री भट्टराई पनि बेकामेमा परिणत हुनुहुनेछ।
– अशोक ढोडारी
काभ्रेपलाञ्चोक

 


प्रचण्डको बुद्धि आओस्
 
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पिता मुक्तिनाथ दाहालको निधन हालै भएको सुनेर दुःख लाग्यो। प्रचण्डका पिता विभिन्न रोगका कारण केही समयदेखि थलिदै आएको समाचारहरु पनि पढेको थिएँ। 'नयाँ विमर्श' ले केही महिना अघि उहाँको स्वास्थ्य स्थिति बिग्रिएको तथा छोरा प्रचण्डले उहाँको अवस्थाप्रति खासै चासो नराखेको समाचार पनि आएको थियो। अझ नरमाइलो पक्ष प्रचण्डले आफ्नो बृद्ध पितालाई साथमा नराख्दा उहाँ आफ्ना भतिजाको घरमा बस्न विवश रहेको पनि जानकारीमा आएको हो। धार्मिक प्रवृत्तिका मुक्तिनाथ दाहालको निधन हुँदा हाम्रो धार्मिक संस्कारसहित प्रचण्डले आफ्ना पिताको दाहसंस्कार गरी क्रियामा बस्ने अपेक्षा गरिएको थियो। त्यसविपरित दागबत्ती दिने बाहेक कुनै कर्म नगरी प्रचण्डले अधर्म गर्नुभएको छ। आफूलाई खरो कम्युनिष्ट देखाउन उहाँले त्यसो गर्नुभएको होला तर कम्युनिस्टका जननी मानिने मुलुक रुस र चीनमा समेत धर्म मान्ने गरिएको छ। मानिसको मृत्युपछि उसको संस्कार त्यो पनि विधिवत् रुपमा गरिएमा मात्र सत्गति प्राप्त हुने बताइन्छ। यस्तो अवस्थामा प्रचण्डबाट गल्ती भएको छ, उहाँको बुद्धि आओस्, यही कामना।
– त्रिलोक दाहाल
देवघाट, चितवन
 

नयाँ प्रकाश - समाचार

परराष्ट्रमा भ्रष्टाचारको पहिरो

काठमाडौं/ डाडुपन्यु हातमा हुनेले मीठो खानेकुरा आदी  आफ्नै भागमा पार्न जे पनि गर्न संस्कृतिको विकास हुँदा नेपालको कर्मचारीतन्त्र जनताको विश्वास दिन परदिन धरापमा पर्दै गएको छ। परराष्ट्र सम्बन्ध, मामला, आवागमन विषयमा नियम कानून कार्यान्वयन गरि विदेशीहरुको दृष्टिमा समेत नेपालको छवि उज्यालो पार्नुपर्ने जिम्मेवारी पाएको परराष्ट्र मन्त्रालयकै धेरै कर्मचारी पासपोर्ट र...

मकवानपुरमा पाँचौ दैनिक

हेटौंडा/ मकवानपुरबाट प्रकाशन सुरु गरेको साझाकुरा राष्ट्रिय दैनिकले आइतबारबाट आफ्नो नियमित प्रकाशन सुरु गरेको छ। यससंगै मकवानपुरबाट प्रकाशन हुने दैनिक पत्रिकाको संङख्या पा147च पुगेको छ।  आइतबार पत्रिकाको विमोचनपछि नियमित प्रकाशन थालिएको प्रकाशन गृहले जनाएको छ। सविन न्यौपानेद्धारा प्रकाशित सम्पादित साझाकुरा  राष्ट्रिय दैनिक जिल्लाकै सार्वधिक आकारमा प्रकाशन थालेको छ। सुरुआतमा मध्यमाञ्चललाई...

वन उपभोक्ताको आठबुँदे भाग

वन तथा भू संरक्षण मन्त्रालयले  संशोधन प्रकृयामा रहेको वन ऐन २०४९  को प्रस्तावित मस्यौदालाई कानून मन्त्रालयबाट फिर्ता लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ भन्दै सामूदायिक वन उपभोक्ता महासंघले प्रेस विज्ञप्ती जारी गरेको छ।  वन ऐन २०४९ ले समुदायमा आधारित वन व्यवस्थापन प्रकृयालाई अगाडी बढाई केही सफलता प्राप्त गरेको भएता पनि...

साउन २८ को अल्टिमेटम सच्याउ

काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया नभए साउन २८ गते राजीनामा दिन्छु भनि दिएको प्रतिक्रिया सान्दर्भिक नभएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले बताउनु भयो। प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत शान्ति प्रक्रिया पुरा गर्न माओवादीलाई दिएको साउन २८ गतेसम्मको अल्टिमेटम पुरा हुन सम्भव नभए नभएको भन्दै उपाध्यक्ष बैद्यले व्यवहारिक स्थिति...

छपन्नौ श्रृङ्खला सम्पन्न

काठमाडौं। सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ द्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको छपन्नौ श्रृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६८ साल श्रावण महिना १४ गते शनिवार सम्पन्न भयो। उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा रामबहादुर पहाडी, दिनेशविक्रम थापा, अर्जुन पौडेल, अरुणबाबु खत्री “नदी”, कौशला लामिछाने, कृष्णप्रसाद बस्याल, डा.बमबहादुर...

लेखा समितिले कृषि मन्त्रालयलाई निर्देशन दियो

काठमाडौं। गत बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले कृषि तथा सहकारी मन्त्रालयलाई कृषकहरुको माग सम्बोधन गर्ने गरी नीति र कार्यक्रम ल्याउन दिर्नेशन दिएको छ। काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारीबजारले मात्र काठमाडौंबासीलाई तरकारी धान्न नसकेको भन्दै अर्को व्यवस्था गर्नसमेत सरकारलाई समितिले निर्देशन गरेको छ। कृषि तथा सहकारी मन्त्रालयको भक्तपुरको मनहरास्थित...

नयाँ प्रकाश - मुक्त कलम

'मनमा आँधी चलेपछि' को अन्तर कुन्तर' - राजेश बान्तवा

यो भौतिक जगतमा मानव सभ्यता सँगै, स्रष्टाहरु पनि उदयमान हुने गर्छन्। आफ्ना कृतिहरुको माध्यमले चन्द्र, नक्षत्र जस्तै चम्किरहेका हुन्छन्। हाम्रो नेपाली धर्ती, आकाशमा पनि बिगतदेखि बर्तमान सम्मको ऐतिहासिक तथ्यहरु हाम्रा अगाडि विद्यमान छन्। यति हो कोहि अल्प आयु मै अस्ताउने कोही नेपाली धर्तीलाई आलोकित पार्न साच्चै नक्षत्र नै भैदिन्छन्। कसैले...

नयाँ प्रकाश - निरन्तर

Error: No articles to display

नयाँ प्रकाश - अन्तर्वार्ता

यो संघीयता विरोधी बजेट हो -लक्ष्मण थारू, अध्यक्ष–थरूहट राज्य परिषद्

यो बजेटले संघीयतालाई गौण तुल्याएको छ। नेपाल संघीयतामा प्रवेश भइसकेकाले प्रस्तावित संघीय राज्यका सम्भावित राजधानीहरुको पूर्वाधार विकासमा यो बजेट केन्द्रित छैन। ० यसपालिको बजेटमा थारुहरुको आवश्यकता र मागहरु के–कति सम्बोधन भएको छ? ― अहिलेको संक्रमणकालीन अवस्थामा गठबन्धन सरकारले ल्याएको बजेट परम्परागत भन्दा कुनै फरक छैन। यो बजेटले थरुहट र देशको...

नयाँ प्रकाश - अर्थ वाणिज्य

सहकारीद्वारा पौने दुई अर्ब कारोबार

हेटौँडा। मकवानपुरका चारसय ५० सहकारीहरुले आर्थिक बर्ष २०६७/०६८ मा एकअर्ब ७९ करोड ८१ लाख रुपियाँको आर्र्थिक कारोबार गरेका छन्।   जिल्लाका सहकारीहरुले ८१ करोड ७२ लाख ५२ हजार रुपियाँ बचत, ७५ करोड ५९ लाख ७२ हजार रुपियाँ ऋण लगानी र २२ करोड ४९ लाख ५६ हजार रुपियाँ कूल आम्दानी गर्न सफल...

आयल निगममा सानालाई सास्ती

काठमाडौं। नेपाल आयल निगम गरीब निमुखा ग्राहक उपभोक्ताहरुलाई महंगीको मारले पटक–पटक सेक्ने एउटा शोषक निकाय हो। यसले आम सर्वसाधारण जनतालाई शोषण त गरेकै छ साथ–साथै आफ्नै संस्थाभित्र 'ठूलालाई चैन सानालाई ऐन' भन्ने उखान चरितार्थ गर्दै सबै भन्दा तल्लो तहका कर्मचारीहरुमाथि भ्रष्टाचार गरेको आरोपमा कारवाही गरिरहेको छ।  नेपाल आयल निगम अमलेखगञ्ज...

नयाँ प्रकाश - परदेश

जानिराखौं पश्चिमी अफ्रिका

१५ मध्ये तीन मुलुकहरुको समूहलार्य पश्चिमी अफ्रिका भनिन्छ। सहारा मरुभूमिले अँठ्याएको, अर्ध मरुभूमिकरण भएको, प्राकृतिक श्रोत सम्पदाको दोहन गर्न नसक्दा गरिबीले च्याप्दै लगेको राजनीतिक अस्थीरता, बिदेशी हस्तक्षेप वातावरणीय बिनास विरुद्ध निरन्तर सङघर्षरत अफ्रिकी मुलुकहरुको यो समूह दुःख कष्ट मात्र हैन प्राकृतिक श्रोत सम्पदा, खनिज र फलफूल तथा गेडागुडी बालीका लागि...

इसाराको बोली, बोलिरहेका हात र चित्रशब्द

रुसी वैज्ञानिकहरुले केही वर्ष अघि अमेरिकाबाट लेनिनग्राद (हालको पिटर्सवर्ग) आएको एउटा निमेबु समुदाय (नाकमा प्वाल पारेको) को आदिवासीसँग भेट गरेका थिए। जेम्स फेनिमोर कुपरले बयान गरेको जस्तो अमेरिकी आदिवासी भन्ने त्यो थिएन।  त्यो अमेरिकी पाहुनाले मकासिन (हरिणको छालाको जुत्ता) लगाएको थिएन र टाउकोमा झल्लरी टोपी पनि लाएको थिएन। उसले सुट...

श्रीलंकाली सेनाको मानवअधिकार प्रतिवेदन र वास्तविकता

तमिल विद्रोहलाई दमन गरेपछि विजयोन्मादमा रहेको श्रीलंका सरकारले विद्रोह साम्य पार्नका लागि पछिल्ला दिनहरुमा गरेको चरम मानव अधिकार हनन्का घटना अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुलाई प्रतिबन्ध लगाएको थियो। जापमा टि्रन्कुमाली जस्ता तमील पकड भएका ठाउँबाट उनीहरुलाई त्यहँबाट बिस्थापित गर्न श्रीलंकाली सेनाले चरम यातना दिएको, सामूहिक हत्या...

नयाँ प्रकाश - साहित्य

त्यो फोहोरी जहाज सम्झेर ल्याउँदा- मैक्सिम गोर्की

उसलाई?– भान्छेले केटीलाई नराम्रो गाली गर्‍यो र दुःखित स्वरमा भन्दैगयो।– “यहाँ सुँगुरैसुँगुर मात्र छन्। यो जहाज गाउँभन्दा खराब छ। के कहिल्यै गाउँमा बसेको छस्?” अहँ।  “गाउँ सड्नुसम्म सडेको हुन्छ। खास गरी हिउँदमा....” उसले चुरोटको ठूटोलाई जहाजबाहिर फ्याँक्यो र केही बेरपछि भन्यो :  “यी सुँगुरहरुबीच तेरो भाउ नै रहनेछैन। मलाई तेरो...

कविता- देशको भविष्य

अरुणबहादुर खत्री “नदी” समयले कुन रुप लिन थाल्यो अचेल मुस्किल परेको छ पहिचान गर्न सत्य बोल्ने मानिस भेट्टाउन दुरुह नै भइसक्यो देशको भविष्य निर्माण गर्न।  देशमा अन्याय र अत्याचार गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन नेपालीको इज्जत लुटिदैछ।  सगरमाथाको शिर झुकाइँदै छ  नेपालीको मन किन हो कुन्नि हिउँझैँ एकढिक्का भएर बसेको छ  पग्लिने...

आजको कविता समावेशी

बलराम विष्ट  समावेसीको नाममा फेर्ने काम जति गरेपनि हुन्छ  फेेरेको–फेर्‍यै गरेर घाम ओझेलमा पार्ने काम गरे हुन्छ  ज्याला केही बढाएर मजदुरको आँखामा छारो हाले पनि हुन्छ धान बनाउछु भनी पालै पालो माथि जति फेरे पनि हुन्छ।  समावेसीको नाममा फोहोरी खेल जति खेले पनि हुन्छ  तीन प्रमुखहरुले पासा जता पल्टाए पनि...

नयाँ प्रकाश - रोचक विश्व

Error: No articles to display

नयाँ प्रकाश - विविध

पूँजी निर्माण नभए आम नागरिकको जीवनस्तर उठ्दैन - भेषराज पोखरेल

नेपाल आर्थिक रुपमा अति कमजोर राष्ट्र हो।यहाँका कुनै पनि क्षेत्रले गति लिन सकेको छैन। यहँा विश्व परिस्थितिमा भएका प्राय :  सबै क्रियाकलापले भने छिट्टै प्रभाव पारेको देखिन्छ। तर आर्थिक क्रियाकलापको नकारात्मक प्रभावव मात्र परेको छ। आन्तरिक रुपमा बजेट आएपति सेयर बजारमा सकारात्मक वा नकारात्मक प्रभाव पर्दै आएको थियो। कहिले नेप्से...

खेलकुदमा दादागिरिको खेल

नेपाली खेलकुदको इतिहासमा खेलखेल्दै गर्दा वा साँगठानिक रुपमा दबाब दिने किसिमका दादागिरिमा प्रहरी परिचालन गर्नुपरेका घटना नौला नभएपनि हालै भएको प्रहरीको राष्ट्रिय खेलकुद परिषदमा देखिएको उपस्थितिको प्रकृति भने नितान्त बेग्लै थियो। प्रतियोगितामा झगडा पर्दा वा रेफ्रिलाई बलियो टिमको धम्कि आउंदा सुरक्षाको लागि प्रहरी उपस्थित हुनु वा प्रहरीको आफ्नो टिमको खेल...

इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा २०११ हुने

पोखरा। कलेज विधार्थीको प्रतिभा प्रस्फुटन गराउनको निम्ती ट्रेनर नेपाल पोखराले दोस्रो  इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा २०११ गर्ने भएको छ।           कलेजमा पढ्ने विधार्थीको सुन्दरता र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यका साथ पोखरा चिप्लेढुङ्गामा रहेको ट्रेनर नेपाल पोखराले आगामी असोज ७ गते पोखरामा दोस्रो  इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा...

माछापुच्छे्र एफ.एम. द्वारा छमछमी तिज गीत प्रतियोगीता

पोखरा, साउन १६ गते पोखरामा स्थापित पहिलो एफ.एम माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा ११ औं तीज गित प्रतियोगिता “छमछमी तीज” आयोजना गर्ने भएको छ।  स्थापनाकालदेखि नै नेपाली कला,संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा समर्पित उक्त एफ.एमले आगामी भाद्र ११ गते पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिता आयोजना...

Weekly Video

We have 93 guests and no members online