प्रकाशक/सम्पादक नवराज शर्मा तिमल्सिना ९८४१४७०१०९
प्रबन्ध सम्पादक यादवप्रसाद शर्मा (९८४१७६३९९७)
विशेष प्रतिनिधि नारायणप्रसाद शर्मा
कार्यालय बागबजार, काठमाडौं,
इमेल nayaprakash.weekly@gmail.com
कम्प्युटर नयाँ प्रकाश डेस्कटप, काठमाडौं, फ्याक्स नं ०१४२२७४१४
मुद्रण प्रिन्ट स्काई भुरुङ्खेल, (९८४१–५२३१८१)
काठमाडौं, साउन २१ । बाहिर देखाउनको लागि एउटा सिद्धान्त अँगालेको सिद्धान्तवादी बन्ने, तर ब्यवहारमा आफ्नै सिद्धान्त विपरितका काम, कुरा गर्दै हिँडने ब्यक्तिलाई पाखण्डी भनिन्छ। पाखण्डी त्यस्तो ब्यक्ति हो जो मुखले एउटा कुरा भन्छ, तर काम चाहिँ अर्कै गर्छ। हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्कै भए जस्तै पाखण्डीको पनि बाहिरी रुप एउटा र भित्री रुप अर्कै हुन्छ। पाखण्डी साधुको भेष धारण गर्ने लम्पट ब्यभिचारी र दुराचारी जस्तै हुन्छ, जो मुखले रामराम भन्दै, गेरुवा वश्त्रमाथि रामनामी ओढेर मद्यपान, मांशाहार र ब्यभिचारमा लिप्त हुन्छ। पाखण्डी अनेक अर्ती उपदेश छाँटदै हिँडछ, जो उ आफ्नो जीवनमा अनुशरण चाहिँ कहिल्यै गर्दैन। पाखण्डी आफ्नो ब्यभिचार र दुराचारलाई सहज र शंका रहित बनाउन साधुको भेष धारण गर्दछ। पाखण्डी समाजका हरेक क्षेत्रमा हुन्छन्। चाहे धार्मिक होस् वा...
नेकपा (एमाले) का उच्च तहका नेताहरु आफ्नै पार्टी अध्यक्ष तथा देशका प्रधानमन्त्रीलाई किन उछित्तो काड्न, अत्तो थाप्न, खुइल्याउन र असफल पार्न जीऊ ज्यान छोडेर लागि परेका छन्, यो बुझिनसक्नु छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको बिरोध गर्नु, राजीनामा माग्नु स्वभाविक मान्न सकिन्छ तर सत्तारुढ प्रमुख दल नै, जसले सरकारको नेतृत्व समेत गरेको छ, उसैले प्रतिपक्षले भन्दा पनि चर्को स्वरले तत्काल प्रधानमन्त्रीको राजीनामाका लागि तीब्र दबाब सिर्जना गर्नुलाई कुन रुपमा बिश्लेषण गरिने हो हेर्न बाँकी छ।
सहजरुपमा यो घटना हेर्दा पार्टीभित्रको चरम इर्ष्या, गुटबन्दी तथा आफूभन्दा फरक मत राख्ने भएकाले कुनै पनि हालतमा उनलाई पतन गराउने अभिप्राय बाहेक केही देखिंदैन। किन भने एमालेका अन्य नेताहरुले भने जस्तो जेठ १४ गतेको पाँचबुँदे सहमति कार्यान्वयन नगर्ने ढिपी वा ब्यवहार प्रधानमन्त्री झलनाथ खनालले देखाएका छैनन्। पाँचबुँदे सहमतिको पाँचौं बुँदामा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, स्पष्ट उल्लेख छ। राष्ट्रिय सहमति गरौं म राजीनामा गर्न जुनसुकै बेला तयार छु भनी पटक–पटक प्रतिबद्धता ब्यक्त गरिसकेका छन्। बरु राष्ट्रिय सहमति निर्माण गर्न खरु तीन राजनीतिक शक्ति (कांग्रेस, माओवादी र मधेसी मोर्चा) सँग सहमतिको वातावरण निर्माणमा एमालेले आफ्नो उर्जा र कौशल उपयोग गरिनु पर्थ्यो, एमालेको यस अघिको कुशल मध्यस्तकर्ता बन्ने क्षमताको छवि आफैले धमिल्याउँदै एमालेका अध्यक्ष झलनाथ विरोधीहरु समय र उर्जा व्यर्थमा नोक्सान् गरिरहेका छन्।
जहाँसम्म गठबन्धन सरकारको अर्को घटकले आफूले सरकारमा पठाएका प्रतिनिधिहरु फेरबदल गर्न गरेको सिफारिस कार्यान्वयन नगरियोस् भनी एमालेले गरेको निर्णयको कुरा छ त्यो त हद दर्जाको निकृष्ठ व्यवहारको प्रदर्शन हो। किनभने माओवादी पार्टीभित्रको बहस विवाद र निर्णयलाई प्रभावित पार्ने, त्यसका बिरुद्ध निर्णयमा पुग्ने कुनै अधिकार एमाले वा अन्य कसैलाई छैन। हो, राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति प्रक्रिया र संविधान प्रारम्भिक खाका भदौ १४ अगावै तयार गर्ने काम अहिलेको प्राथमिक कार्यभार हो। यसमा प्रधानमन्त्री आफ्नो बल–बुत्ताले भ्याए सम्म लाग्नुपर्छ। तर, अन्य राजनीतिक पक्ष र एमलो भित्रकै नेताहरुले चाहीं राष्ट्रिय सहमति निर्माणका लागि उपयुक्त वातावरण बनाउन जिम्मेवारीपूर्ण ढंगले सक्रिय हुनु पर्दैन र?
संविधान सभाको सबैभन्दा ठूलो दल, शान्तिप्रक्रियाको सिङ्गो एउटा पक्ष, सत्ता घटकको प्रमुख हिस्सेदार पार्टीले आफ्नो पार्टी भित्रको सन्तुलन मिलाउन मन्त्री परिषद केही हेरफेर गर्दा रोकिएको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई गति दिन बल नै पुग्छ। त्यसमा पनि प्रधानमन्त्रीले फेरिएका मन्त्रीहरुलाई सपथग्रहण गराउनै हुँदैन भनेर प्रधानमन्त्रीको बिशेषाधिकारमाथि हस्तक्षेप गर्ने हदसम्म निर्णय गर्नुलाई कहाँसम्मको सही कदम भन्न सकिएला? देश संक्रमणकालको साह्रै पेचिलो बाटोबाट गुजिं्रदैछ। प्रधानमन्त्री झलनाथ खनाल स्वयंले पनि पार्टी भित्रै र बाहिरबाट आक्रमणमा परेको भन्दै अधैर्य बन्ने, आत्तिने र बढी संवेदनशील भै आवेगमा कुनै निर्णय लिईहाल्नु उपयुक्त हुँदैन। देशमा एउटा सून्यता सिर्जना गरी आफ्नो अनुकूलको राजनीतिक परिस्थिति सिर्जना गराई लाभ लिन उद्यत देशी–विदेशी प्रतिक्रियावादीहरुको इच्छालाई मद्दत पुग्नेगरी कुनै निर्णय लिनु अघि देशभित्रका राष्ट्रिय स्वाधीनता, समानता र सामाजिक न्याय सहतिको समृद्ध नेपाल बनाउन चाहने मित्रशक्तिहरुसँग प्रधानमन्त्रीले सघन छलफल चलाउनु पर्दछ। संविधानसभाको सबैभन्दा ठूलो जिम्मेवार भएकाले एमाओवादीले पनि परिस्थितिको गम्भीरता बुझेर कुशलतापूर्वक पाइला चाल्नु आवश्यक छ।
काठमाडौं/ डाडुपन्यु हातमा हुनेले मीठो खानेकुरा आदी आफ्नै भागमा पार्न जे पनि गर्न संस्कृतिको विकास हुँदा नेपालको कर्मचारीतन्त्र जनताको विश्वास दिन परदिन धरापमा पर्दै गएको छ। परराष्ट्र सम्बन्ध, मामला, आवागमन विषयमा नियम कानून कार्यान्वयन गरि विदेशीहरुको दृष्टिमा समेत नेपालको छवि उज्यालो पार्नुपर्ने जिम्मेवारी पाएको परराष्ट्र मन्त्रालयकै धेरै कर्मचारी पासपोर्ट र...
हेटौंडा/ मकवानपुरबाट प्रकाशन सुरु गरेको साझाकुरा राष्ट्रिय दैनिकले आइतबारबाट आफ्नो नियमित प्रकाशन सुरु गरेको छ। यससंगै मकवानपुरबाट प्रकाशन हुने दैनिक पत्रिकाको संङख्या पा147च पुगेको छ। आइतबार पत्रिकाको विमोचनपछि नियमित प्रकाशन थालिएको प्रकाशन गृहले जनाएको छ। सविन न्यौपानेद्धारा प्रकाशित सम्पादित साझाकुरा राष्ट्रिय दैनिक जिल्लाकै सार्वधिक आकारमा प्रकाशन थालेको छ। सुरुआतमा मध्यमाञ्चललाई...
वन तथा भू संरक्षण मन्त्रालयले संशोधन प्रकृयामा रहेको वन ऐन २०४९ को प्रस्तावित मस्यौदालाई कानून मन्त्रालयबाट फिर्ता लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ भन्दै सामूदायिक वन उपभोक्ता महासंघले प्रेस विज्ञप्ती जारी गरेको छ। वन ऐन २०४९ ले समुदायमा आधारित वन व्यवस्थापन प्रकृयालाई अगाडी बढाई केही सफलता प्राप्त गरेको भएता पनि...
काठमाडौं। प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया नभए साउन २८ गते राजीनामा दिन्छु भनि दिएको प्रतिक्रिया सान्दर्भिक नभएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले बताउनु भयो। प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत शान्ति प्रक्रिया पुरा गर्न माओवादीलाई दिएको साउन २८ गतेसम्मको अल्टिमेटम पुरा हुन सम्भव नभए नभएको भन्दै उपाध्यक्ष बैद्यले व्यवहारिक स्थिति...
काठमाडौं। सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ द्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको छपन्नौ श्रृंखला सामाखुसी स्थित नवोदित कलेजमा २०६८ साल श्रावण महिना १४ गते शनिवार सम्पन्न भयो। उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा रामबहादुर पहाडी, दिनेशविक्रम थापा, अर्जुन पौडेल, अरुणबाबु खत्री “नदी”, कौशला लामिछाने, कृष्णप्रसाद बस्याल, डा.बमबहादुर...
काठमाडौं। गत बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले कृषि तथा सहकारी मन्त्रालयलाई कृषकहरुको माग सम्बोधन गर्ने गरी नीति र कार्यक्रम ल्याउन दिर्नेशन दिएको छ। काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारीबजारले मात्र काठमाडौंबासीलाई तरकारी धान्न नसकेको भन्दै अर्को व्यवस्था गर्नसमेत सरकारलाई समितिले निर्देशन गरेको छ। कृषि तथा सहकारी मन्त्रालयको भक्तपुरको मनहरास्थित...
यो भौतिक जगतमा मानव सभ्यता सँगै, स्रष्टाहरु पनि उदयमान हुने गर्छन्। आफ्ना कृतिहरुको माध्यमले चन्द्र, नक्षत्र जस्तै चम्किरहेका हुन्छन्। हाम्रो नेपाली धर्ती, आकाशमा पनि बिगतदेखि बर्तमान सम्मको ऐतिहासिक तथ्यहरु हाम्रा अगाडि विद्यमान छन्। यति हो कोहि अल्प आयु मै अस्ताउने कोही नेपाली धर्तीलाई आलोकित पार्न साच्चै नक्षत्र नै भैदिन्छन्। कसैले...
Error: No articles to display
यो बजेटले संघीयतालाई गौण तुल्याएको छ। नेपाल संघीयतामा प्रवेश भइसकेकाले प्रस्तावित संघीय राज्यका सम्भावित राजधानीहरुको पूर्वाधार विकासमा यो बजेट केन्द्रित छैन। ० यसपालिको बजेटमा थारुहरुको आवश्यकता र मागहरु के–कति सम्बोधन भएको छ? ― अहिलेको संक्रमणकालीन अवस्थामा गठबन्धन सरकारले ल्याएको बजेट परम्परागत भन्दा कुनै फरक छैन। यो बजेटले थरुहट र देशको...
हेटौँडा। मकवानपुरका चारसय ५० सहकारीहरुले आर्थिक बर्ष २०६७/०६८ मा एकअर्ब ७९ करोड ८१ लाख रुपियाँको आर्र्थिक कारोबार गरेका छन्। जिल्लाका सहकारीहरुले ८१ करोड ७२ लाख ५२ हजार रुपियाँ बचत, ७५ करोड ५९ लाख ७२ हजार रुपियाँ ऋण लगानी र २२ करोड ४९ लाख ५६ हजार रुपियाँ कूल आम्दानी गर्न सफल...
काठमाडौं। नेपाल आयल निगम गरीब निमुखा ग्राहक उपभोक्ताहरुलाई महंगीको मारले पटक–पटक सेक्ने एउटा शोषक निकाय हो। यसले आम सर्वसाधारण जनतालाई शोषण त गरेकै छ साथ–साथै आफ्नै संस्थाभित्र 'ठूलालाई चैन सानालाई ऐन' भन्ने उखान चरितार्थ गर्दै सबै भन्दा तल्लो तहका कर्मचारीहरुमाथि भ्रष्टाचार गरेको आरोपमा कारवाही गरिरहेको छ। नेपाल आयल निगम अमलेखगञ्ज...
१५ मध्ये तीन मुलुकहरुको समूहलार्य पश्चिमी अफ्रिका भनिन्छ। सहारा मरुभूमिले अँठ्याएको, अर्ध मरुभूमिकरण भएको, प्राकृतिक श्रोत सम्पदाको दोहन गर्न नसक्दा गरिबीले च्याप्दै लगेको राजनीतिक अस्थीरता, बिदेशी हस्तक्षेप वातावरणीय बिनास विरुद्ध निरन्तर सङघर्षरत अफ्रिकी मुलुकहरुको यो समूह दुःख कष्ट मात्र हैन प्राकृतिक श्रोत सम्पदा, खनिज र फलफूल तथा गेडागुडी बालीका लागि...
रुसी वैज्ञानिकहरुले केही वर्ष अघि अमेरिकाबाट लेनिनग्राद (हालको पिटर्सवर्ग) आएको एउटा निमेबु समुदाय (नाकमा प्वाल पारेको) को आदिवासीसँग भेट गरेका थिए। जेम्स फेनिमोर कुपरले बयान गरेको जस्तो अमेरिकी आदिवासी भन्ने त्यो थिएन। त्यो अमेरिकी पाहुनाले मकासिन (हरिणको छालाको जुत्ता) लगाएको थिएन र टाउकोमा झल्लरी टोपी पनि लाएको थिएन। उसले सुट...
तमिल विद्रोहलाई दमन गरेपछि विजयोन्मादमा रहेको श्रीलंका सरकारले विद्रोह साम्य पार्नका लागि पछिल्ला दिनहरुमा गरेको चरम मानव अधिकार हनन्का घटना अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाहरुलाई प्रतिबन्ध लगाएको थियो। जापमा टि्रन्कुमाली जस्ता तमील पकड भएका ठाउँबाट उनीहरुलाई त्यहँबाट बिस्थापित गर्न श्रीलंकाली सेनाले चरम यातना दिएको, सामूहिक हत्या...
उसलाई?– भान्छेले केटीलाई नराम्रो गाली गर्यो र दुःखित स्वरमा भन्दैगयो।– “यहाँ सुँगुरैसुँगुर मात्र छन्। यो जहाज गाउँभन्दा खराब छ। के कहिल्यै गाउँमा बसेको छस्?” अहँ। “गाउँ सड्नुसम्म सडेको हुन्छ। खास गरी हिउँदमा....” उसले चुरोटको ठूटोलाई जहाजबाहिर फ्याँक्यो र केही बेरपछि भन्यो : “यी सुँगुरहरुबीच तेरो भाउ नै रहनेछैन। मलाई तेरो...
अरुणबहादुर खत्री “नदी” समयले कुन रुप लिन थाल्यो अचेल मुस्किल परेको छ पहिचान गर्न सत्य बोल्ने मानिस भेट्टाउन दुरुह नै भइसक्यो देशको भविष्य निर्माण गर्न। देशमा अन्याय र अत्याचार गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन नेपालीको इज्जत लुटिदैछ। सगरमाथाको शिर झुकाइँदै छ नेपालीको मन किन हो कुन्नि हिउँझैँ एकढिक्का भएर बसेको छ पग्लिने...
बलराम विष्ट समावेसीको नाममा फेर्ने काम जति गरेपनि हुन्छ फेेरेको–फेर्यै गरेर घाम ओझेलमा पार्ने काम गरे हुन्छ ज्याला केही बढाएर मजदुरको आँखामा छारो हाले पनि हुन्छ धान बनाउछु भनी पालै पालो माथि जति फेरे पनि हुन्छ। समावेसीको नाममा फोहोरी खेल जति खेले पनि हुन्छ तीन प्रमुखहरुले पासा जता पल्टाए पनि...
Error: No articles to display
नेपाल आर्थिक रुपमा अति कमजोर राष्ट्र हो।यहाँका कुनै पनि क्षेत्रले गति लिन सकेको छैन। यहँा विश्व परिस्थितिमा भएका प्राय : सबै क्रियाकलापले भने छिट्टै प्रभाव पारेको देखिन्छ। तर आर्थिक क्रियाकलापको नकारात्मक प्रभावव मात्र परेको छ। आन्तरिक रुपमा बजेट आएपति सेयर बजारमा सकारात्मक वा नकारात्मक प्रभाव पर्दै आएको थियो। कहिले नेप्से...
नेपाली खेलकुदको इतिहासमा खेलखेल्दै गर्दा वा साँगठानिक रुपमा दबाब दिने किसिमका दादागिरिमा प्रहरी परिचालन गर्नुपरेका घटना नौला नभएपनि हालै भएको प्रहरीको राष्ट्रिय खेलकुद परिषदमा देखिएको उपस्थितिको प्रकृति भने नितान्त बेग्लै थियो। प्रतियोगितामा झगडा पर्दा वा रेफ्रिलाई बलियो टिमको धम्कि आउंदा सुरक्षाको लागि प्रहरी उपस्थित हुनु वा प्रहरीको आफ्नो टिमको खेल...
पोखरा। कलेज विधार्थीको प्रतिभा प्रस्फुटन गराउनको निम्ती ट्रेनर नेपाल पोखराले दोस्रो इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा २०११ गर्ने भएको छ। कलेजमा पढ्ने विधार्थीको सुन्दरता र प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यका साथ पोखरा चिप्लेढुङ्गामा रहेको ट्रेनर नेपाल पोखराले आगामी असोज ७ गते पोखरामा दोस्रो इन्टर कलेज मिस्टर एण्ड मिस पोखरा...
पोखरा, साउन १६ गते पोखरामा स्थापित पहिलो एफ.एम माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा ११ औं तीज गित प्रतियोगिता “छमछमी तीज” आयोजना गर्ने भएको छ। स्थापनाकालदेखि नै नेपाली कला,संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा समर्पित उक्त एफ.एमले आगामी भाद्र ११ गते पोखरा उद्योग वाणिज्य संघको हलमा प्रतियोगिता आयोजना...
We have 95 guests and no members online