Weekly Nepal




जनदबाब समुहद्वारा प्रकाशित
सल्लाहकार
जे.पी. शर्मा
अम्बिका शर्मा
विष्णुप्रसाद पोखरेल
मिनबहादुर गुरुङ
प्रधान सम्पादक
प्रेम दाहाल
कार्यकारी सम्पादक
रामजी बगाले
प्रबन्ध सम्पादक
मान छिरिङ तामाङ
 
युएई संयोजक :  छत्र लामा
वहराईन संयोजक :  काजी थापा मगर
साउदी अरव संयोजक :  सागर श्रेष्ठ
पोखरा संयोजक :  राजेन्द्र के.आर.
धादिङ संयोजक :  विना तामाङ
नारायणी संयोजक :  सुनिल खड्का
दाङ संयोजक :  रमेश थापा
व्यवस्थापक :  चित्रबहादुर केसी / चन्द्र लामा
ग्राफिक्स :  लक्ष्मण चित्रकार
मुद्रण :  नेपाल छापाखाना, लगनटोल, काठमाडौं
कार्यालयः
डिल्लीबजार, काठमाडौं, समाचार कक्ष :  ९८५१०९५३४५फोनः २०२३७२५
janadabab_1@yahoo.com/janadabab@gmail.com

सहमतिले ल्याउने भयो विवादास्पद संविधान जनजाति र मधेशीले आधा संविधान नमान्ने

काठमाडौं, जेठ ३ । लामो समयको बिवाद बहस र तानातानपछि  मंगलबार बिहान सुरु भएको मुख्य चार दलको बैठकले भावी संविधानका मुख्य विवादित विषयमा सहमति गरेको छ। तर यो सहमति आफैंमा पनि पूर्ण र स्वीकार्य हुन सकेको छैन। सहमतिमा हस्ताक्षर गर्न नपाउँदै त्यसबिरुद्ध आन्दोलन र आक्रोश सुरु भएको छ।  मंगलबार भएको सहमति अनुसार ११ प्रदेशमा राज्य पुनसंर्रचना गरी देशलाई संघीय स्वरुप दिइनेछ। तर ती प्रदेशको नाम र सीमा भने अहिले नै तोकिएको छैन। नामकालागि प्रादेशिक संसद र सीमाकालागि उच्च स्तरीय आयोगलाई जिम्मा दिइने बताइएको छ। यो प्राबधान दलहरूले स्वीकारे पनि मधेसी शक्ति र जनजातिले अस्वीकार गर्ने निश्चित प्राय नै छ। यसअघि...

प्रहरीमा राजनीतिक नेताहरूको चलखेल चर्को हुँदै गयो – विवेककुमार शाह, पूर्व सैनिक सचिव, रथी



राज्यको एउटा महत्वपूर्ण निकाय प्रहरीले व्यापक क्षति ब्यहोर्दै जानु तर हातहतियार र तालिमप्राप्त अर्को उत्तिकै महत्वपूर्ण निकाय सेना परिचालन नहुनु विडम्बना थियो। जसले क्षति ब्यहोरे पनि आखिर नेपाल र नेपालीकै क्षति हो भन्ने त्यो बेलाको नेतृत्वले बुझ्न नसक्नु अर्को दुर्भाग्य हुन पुग्यो। प्रहरीलाई हातहतियार र लजिस्टिक्स तथा उपकरण उपलब्ध गराउने क्रममा प्रहरीको वार्षिक बजेट सेनाको भन्दा बढी यसै समयमा भएको तथ्य सबैर्ला अवगत भएकै विषय हो। प्रहरीलाई गनसिप हेलिकप्टरसमेत उपलब्ध गराउन प्रयास भयो। केही विश्लेषकले भने जस्तै माओवादी समस्या 'कसैका लागि कमाउने धन्दा' बन्न पुग्यो। प्रहरीले मात्र माओवादी समस्या समाधान हुँदैन भन्ने बुझेर पनि दलहरूले ठोस राष्ट्रिय दृष्टिकोण बनाउनै सकेनन्। दलहरूको साथ र सहयोग लिई उपलब्ध साधन र शक्तिको परिचालन गर्न नसक्नु प्रहरी संगठनले क्षति ब्यहोर्नुको मुख्य कारण हो। प्रहरी संगठनको उच्च तहका केही व्यक्तिको निहित स्वार्थ, संकीर्ण दृष्टिकोण र राजनीतिक दलका नेतालाई तिनले पारेको प्रभावले पनि यसमा भूमिका खेलेको छ।
प्रसंग २०५६ सालकै हो। एक साँझ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामकाजी बान्तवासँग मेरो नितान्त व्यक्तिगत छलफल भएको थियो। मैले उहाँलाई 'माओवादी समस्या साधारण शान्ति–सुरक्षाको समस्या होइन, यसले विद्रोहको बृहत् रूप लिँदै छ, तपाईंहरू श्री ५ को सरकारलाई यो प्रहरीको काम होइन, प्रहरीले यो समस्या समाधान गर्न सक्दैन भनेर किन भन्नुहुन्न?' भनेर प्रश्न राखेँ। उहाँले 'प्रजातन्त्रमा आन्तरिक सुरक्षामा सेना परिचालन गर्नु ठीक हुँदैन, आवश्यक स्रोत–साधन, आधुनिक हातहतियार र अन्य उपकरण पाए प्रहरीले यो समस्या समाधान गर्न सक्छ' भनेर आफ्ना कुरा राख्नुभयो। मैले उहाँलाई 'यदि त्यसो हो भने हातहतियार र तालिमप्राप्त सेनालाई किन परिचालन नगर्ने त?' भनी प्रतिप्रश्न गरेको थिएँ। उहाँले भन्नुभयो, 'सेना ब्यारेकबाट बाहिर आएपछि ब्यारेक फर्कदैन, सत्ता कब्जा गर्नपट्टि लाग्छ भन्ने अधिकांश नेताको बुझाइ छ। प्रजातन्त्रमा सेनालाई ब्यारेकबाहिर ल्याउँदा समस्या पर्न सक्छ।' उहाँका कुरा सुनेर मैले 'प्रहरीलाई सेनाको जस्तो हातहतियार तथा उपकरण ावश्यक भए सेना किन राख्नुपर्‍यो?' भनेँ। उहाँले सेना परिचालन गर्ने समय भइनसकेको आफ्नो विश्लेषण सुनाउनुभयो। उहाँका कुरा सुनेपछि मलाई सरकारले सेना परिचालन सम्बन्धी निर्णय नगरी प्रहरीलाई सक्षम बनाउन प्रयास गर्नुको पछाडि यस्तै सोचविचारले काम गरे जस्तो लाग्यो। 
माओवादी हत्या–हिंसाले प्रहरी प्रधान कार्यालयमा कार्यरत उच्च नेतृत्व वर्गलाई खासै असर नपर्ला, तर गाउँमा रहेका प्रहरी जवानले ठूलै क्षति ब्यहोरेको तथ्य कसैलाई पनि जानकारी नभएको हो वा बुझेर बुझ पचाएको हो, मैले त्यति बेला बुझ्न सकिनँ।
माओवादी समस्या र सशस्त्र प्रहरी बल
माओवादीका विरुद्ध शाही नेपाली सेना परिचालन गर्न नसकेपछि श्री ५ को सरकारले सशस्त्र प्रहरी बल गठन गरेको भन्ने धेरै राजनीतिक नेता, बुद्धिजीवी, नागरिक समाजका सदस्य र केही हदसम्म सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूको समेत बुझाई छ। सतही तवरले हेर्दा यसमा सत्यतासमेत देखिन्छ। तर, वास्तविकता पक्कै पनि यस्तो होइन। जुन बेला सशस्त्र प्रहरी बल गठन भयो, त्यस बेलासम्म माओवादी समस्याले उग्र रूप लिइसकेको थियो। कुनै पनि नयाँ सुरक्षा निकाय खडा भएपछि त्यसलाई एउटा सशक्त सुरक्षा बलमा रुपान्तरण हुन निकै समय लाग्छ। नेपाल प्रहरी र शाही नेपाली सेनाबाट तथा नयाँ भर्ना लिएर गठन हुने फोर्सलाई एक ढिक्का र सशक्त बनाउन, तालिम दिलाउन धेर्रै समय लाग्ने स्पष्टै थियो। त्यसैले सशस्त्र प्रहरी माओवादी समस्याको समयमा जन्माइएको फोर्स भए पनि देशमा भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौति र आवश्यकतालाई ध्यान राखेर बनाइएको सुरक्षा बल हो।
पंचायती व्यवस्थाको अन्त्यतिर नै देशको आवश्यकतालाई सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न गाउँका वडास्तरसम्म नेपाल प्रहरीको प्रभाव विस्तार गर्ने सोचाई बनेको थियो। यसका लागि प्रहरीको संख्या बृद्धि गर्नु जरुरी थियो। साथै प्रहरी स्थानीय तहमा शान्ति–सुरक्षा कायम गर्न परिचालन हुने हुँदा संगठनलाई क्षेत्रीय स्वरूपमा बदल्नुपर्ने समेत सोचाइ बनेको थियो। प्रहरीलाई सामान्य हतियार दिने र प्रहरीका सशस्त्र डफ्फालाई बेग्लै संगठन बनाएर अर्धसैनिक संरचनाको बल निर्माण गर्ने धारणा पुरानै हो। तर, २०४६ सालको परिवर्तनपछि प्रहरीमा कुनै पनि परिवर्तन भएन। सेनाको प्रतिस्पर्धी सुरक्षा निकायका रूपमा दरबन्दी र बजेट थप्ने प्रक्रिया मात्र जारी रह्यो। यसले गर्दा प्रहरी संगठन ठूलो हुँदै गयो। साथै चरम राजनीतिक हस्तक्षेप भई समग्र संगठनकै राजनीतिककरण भयो। प्रहरीमा नियुक्ति, सरुवा, बढुवा इत्यादिमा राजनीतिक नेताहरूको चलखेल चर्को हुँदै गयो। प्रहरी महानिरीक्षक पद पनि यसबाट अछुतो रहन सकेन। प्रहरीका अधिकृतहरूलाई नेताहरूको संरक्षण आवश्यक हुन थाल्यो भने नेताहरूलाई पनि चुनाव जित्न शक्ति र आर्थिक स्रोत जुटाउन प्रहरीको आवश्यकता पर्न थाल्यो। २०५६ सालको आमनिर्वाचनमा केही उम्मेदवारलाई जिताउन र केहीलाई हराउन तत्कालीन प्रहरी महानिरीक्षकले खेलेको भूमिकाबारे ठूलै विवाद भएको थियो।

जनदबाब - समाचार

केन्द्रमा सहमति, जिल्लामा भीडन्त र तनाव

काठमाडौं/ मुख्य राजनीतिक दलहरूबीच निकै ढीलो गरेर सहमति भए पनि संघीयताका बिषयमा बिभिन्न जाति र समूहका चाहना र मुद्दा सम्बोधन हुने अवस्था नआएपछि मुलुक ठप्प हुन थालेको छ। त्यससँगै बिभिन्न जातजाति र समुदायमा आपसी झडप पनि बढ्ने खतरा सुरु भएको छ। अखण्ड सुदूरपश्चिमको नाममा दुई साताभन्दा लामो समयदेखि आन्दोलन थालेका सुदूरपश्चिमेलीहरूले मंगलबार एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय र थरुहट स्वायत्त राज्य परिषद् कार्यालय तोडफोड गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले...

जनदबाब - विचार विश्लेषण

एमालेलाई प्रश्न, संविधान नबनाउने नै हो? – रामनारायण विडारी

संविधानसभाले संविधान निर्माण गर्नु पर्ने म्याद अब थोरै दिन मात्र बाँकी छ। सो म्यादभित्र संविधान बन्न सक्ने सम्भावना पनि अति कम छ। एकपटक माधव नेपाल प्रधानमन्त्री भएको बेलामा भनेका थिए, 'संविधानसभाको विषय हाम्रो होइन माओवादीको हो।' यो भनाइमा सत्यता भए पनि माधव नेपालले लोकलाज माफी माग्नु परेको थियो। यो कुरा...

मधेशमा संघीयता विरुद्धको षड्यन्त्र – उपेन्द्र झा

संविधान सभाको निर्णायक अन्तिम घडीमा अधिकारवादी आन्दोलन मार्फत उठेका आवाजहरूलाई सम्बोधन गराउन देशको विभिन्न ठाउँमा शान्तिपूर्ण तवरले सचेतता कार्यक्रमहरू भई रहेको क्रममा जनकपुरको रामानन्द चौकमा वैशाख १८ गते सर्वसाधारणद्वारा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रमलाई लक्षित गरि गराईएको बम विस्फोट अमानवीय, घृणित र निन्दनीय छ। यस घटनामा ५ जनाको मृत्यु र दर्जनौं...

बढ्दैछ विश्वभर समाजवादको उज्यालो – प्रेम दाहाल

अन्तर्राष्ट्रिय आतंकवाद बिरुद्ध सैन्य हस्तक्षेप गरेको अभिव्यक्ति दिंदै सुन्दर र शालिन देशहरूको सार्वभौमिकतामाथि हस्तक्षेपगर्दै आएको अमेरिकाले इराक माथिको आक्रमणका क्रममा १ लाख इराकी जनताले मृत्युवरण गरेको डरलाग्दो तथ्य बाहिर आएको छ।  आतंकवाद नियन्त्रण गर्ने नाममा संयुक्त राज्य अमेरिकाले थालेको सैन्य हमलापछि अहिलेसम्म मारिनेहरूको संख्या एक लाख भन्दा बढी पुगेको सरकारी...

जनदबाब - अन्तर्वार्ता

केही दिनमै अनुपम योजना देख्न पाउनुहुन्छ – केशव स्थापित, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण…

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तमा नियुक्त भएपछि धेरैले धेरैथरी आशा गरेका छन्। अब काठमाडौंको मुहार फेरिन्छ भनेर। विगतमा महानगरपालिकाको मेयर भएका बेला उनले गरेका केही प्रशंसनीय कामले उनीमाथि विश्वास र आशा बढाएको हो। तर यतिबेला संक्रमणकाल छ, सरकार कति दिन टिक्छ थाहा हुँदैन। यस्तो बेला आयुक्त जस्तो महत्वपूर्ण जिम्मेवारी पाएका स्थापितका आगामी योजनाबारे केन्द्रित रहेर...

जनदबाब - वैदेशिक रोजगार समाचार

नेपाली कामदारमाथि आक्रमण हत्या भएको हल्लाले तनाव

काठमाडौं/–यूएईको पश्चिमक्षेत्र हफ््सनमा रहेको हुण्डाई इञ्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई बंगालीहरूले कुटपिट गरेका छन्। सोही कम्पनीमा कार्यरत बंगालीहरूले मे १२ को शनिवार रातीको समय पारी नेपालीहरूलाई कुटपिट गरेको समाचार प्राप्त भएको छ।  ए एम्बी हटेल स्काफोल्डिङबाट सप्लायरका रुपमा उक्त हुण्डाई कम्पनीमा काम गर्न गएका प्रत्यक्षदर्शी लमजुङका नरदेव...

जनदबाब - अर्थ समाचार

किस्टद्वारा युवा स्वरोजगार कोषको रकम फिर्ता

काठमाडौं/जस– किस्ट बैंकले युवा स्वरोजगार कोषको रकम फिर्ता गरेको छ। बैंकले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत रिकसाचालकको लागि कर्जा उपलब्ध गराउन तीन वर्षअघि १० करोड रुपैयाँ लगेको थियो। रिक्साका लागि रकम लगे पनि सो शीर्षकमा कर्जाको माग त्यति नभएपछि दुई किस्ता गरी बैंकले उक्त रकम फिर्ता गरेको हो। कोषले अन्य बैंकलाई...

जनदबाब - मनोरञ्जन

विमान दुर्घटनामा बालअभिनेत्रीको निधन

सोमबारको जोमसोम जहाज दुर्घटनामा बलिउडको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त सिनेमा 'पा'की बालअभिनेत्री तरुण सच्देवको समेत निधन भएको छ। भारतीय समाचार एजेन्सी एनडीटीभीले यो खबरको पुष्टि गरेको हो। तरुणले चर्चित सिनेमा 'पा'मा उरो अर्थात बिग बी अमिताभ बच्चनसँग सँगै अभिनय गरेकी थिइन्। उक्त दुर्घटनामा १३ भारतीयले ज्यान गुमाएका थिए। सिनेमा...

जनदबाब - विविध

मनमोहन नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री – विवेककुमार शाह, पूर्व सैनिक सचिव, रथी…

मैले राजनीतिक स्थितिको व्याख्या र विश्लेषण गर्दै जाहेर गरेँ, 'सरकार, बाहिर कम्युनिस्ट नेतालाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन भनेर डेडलक भइरहेको छ। तर, मेरो विचारमा कम्युनिस्टलाई प्रधानमन्त्री बनाउँदा पनि राम्रो हुन सक्छ। मुलुकको वर्तमान राजनीतिक समीकरणका आधारमा समेत कम्युनिस्ट नेता मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाउनै पर्ने हुन्छ। यसबाट देशका लागि...

चे ग्वेभारा क्रान्तिका नायक– ५२

यसको अर्थ, वर्गको सट्टा अग्रिम दस्ताले क्रान्ति गर्न सक्छ भन्ने सैन्यवादको समर्थन गर्नु पनि होइन। शासक वर्गको दमनकारी यन्त्रसँग निर्णायक मुकाविला गर्ने काम खाली अग्रिम दस्ताको हो भन्ने धारणा पनि मार्क्सवादसंगत होइन। जनताले स्वतः गुरिल्ला दस्तालाई साथ दिन्छ र गतिशील सामरिक दस्तालाई त्यसले स्वतः आफ्नो अग्रणी दस्ता स्वीकार गर्दछ भन्ने...

Weekly Video

We have 96 guests and no members online