Weekly Nepal




जनदबाब समुहद्वारा प्रकाशित
सल्लाहकार
जे.पी. शर्मा
अम्बिका शर्मा
विष्णुप्रसाद पोखरेल
मिनबहादुर गुरुङ
प्रधान सम्पादक
प्रेम दाहाल
कार्यकारी सम्पादक
रामजी बगाले
प्रबन्ध सम्पादक
मान छिरिङ तामाङ
 
युएई संयोजक :  छत्र लामा
वहराईन संयोजक :  काजी थापा मगर
साउदी अरव संयोजक :  सागर श्रेष्ठ
पोखरा संयोजक :  राजेन्द्र के.आर.
धादिङ संयोजक :  विना तामाङ
नारायणी संयोजक :  सुनिल खड्का
दाङ संयोजक :  रमेश थापा
व्यवस्थापक :  चित्रबहादुर केसी / चन्द्र लामा
ग्राफिक्स :  लक्ष्मण चित्रकार
मुद्रण :  नेपाल छापाखाना, लगनटोल, काठमाडौं
कार्यालयः
डिल्लीबजार, काठमाडौं, समाचार कक्ष :  ९८५१०९५३४५फोनः २०२३७२५
janadabab_1@yahoo.com/janadabab@gmail.com

सहमतिले ल्याउने भयो विवादास्पद संविधान जनजाति र मधेशीले आधा संविधान नमान्ने

काठमाडौं, जेठ ३ । लामो समयको बिवाद बहस र तानातानपछि  मंगलबार बिहान सुरु भएको मुख्य चार दलको बैठकले भावी संविधानका मुख्य विवादित विषयमा सहमति गरेको छ। तर यो सहमति आफैंमा पनि पूर्ण र स्वीकार्य हुन सकेको छैन। सहमतिमा हस्ताक्षर गर्न नपाउँदै त्यसबिरुद्ध आन्दोलन र आक्रोश सुरु भएको छ।  मंगलबार भएको सहमति अनुसार ११ प्रदेशमा राज्य पुनसंर्रचना गरी देशलाई संघीय स्वरुप दिइनेछ। तर ती प्रदेशको नाम र सीमा भने अहिले नै तोकिएको छैन। नामकालागि प्रादेशिक संसद र सीमाकालागि उच्च स्तरीय आयोगलाई जिम्मा दिइने बताइएको छ। यो प्राबधान दलहरूले स्वीकारे पनि मधेसी शक्ति र जनजातिले अस्वीकार गर्ने निश्चित प्राय नै छ। यसअघि...

चे ग्वेभारा क्रान्तिका नायक– ३९


त्यसबेला क. चे को छापामार संघर्षविरुद्ध बोलिभियाको आठौं सैनिक डिभिजनका क्याप्टेन भई भ्यालेग्राण्डेमा क्रियाशील रहेका मारियो भर्गासका अनुसार क. चेको लास गाडिएको बेला केवल तीनजना मात्र प्रत्यक्षदर्शी थिए। उनका अनुसार, अर्का प्रत्यक्षदर्शी मेजर गाइडो फ्लोरेसको मृत्यु भइसकेको छ भने अर्का एकजना तिकोना थरका व्यक्ति अहिले पनि बाँचिरहेको छ।
भर्गास सम्झँदै भन्छन्– ११ अक्टोबर १९६७ को रात, म र मेरा सहकर्मी सैनिक अधिकारी मेजर गाइडो फ्लोरेसलाई माथिबाट तिकोनालाई साथ लिएर चेेको लाश गाड्ने आदेश आयो। मध्यरातमा तिकानोले चे लगायतका ७ जना छापामारहरूको लास फोहोर फ्याँकिने ट्रकमा राखेर भ्यालेग्राण्डेको हवाइपट्टिमा ल्यायो। त्यसपछि उसले एउटा ट्याक्टर ल्यायो। ट्याक्टरले सामुहिक चिहान खनेपछि उसले त्यो फोहोर फ्याँक्ने ट्रकबाट फोहोर खसालेजस्तै लासहरू चिहानमा खसाल्यो। पछि लासहरू माथिबाट छोपछाप गरियो र ट्याक्टर ल्याएर फेरि त्यो सामुहिक चिहानलाई सम्म पारियो।
यो रहस्योदघाटन बोलिभियाको स्थानीय दैनिक ीब च्बशयल र त्जभ ल्भध थ्यगचप त्ष््कभधक मा प्रकाशित भएपछि यसले विश्वमै तहलका मच्चायो। त्यसमाथि क. चे को छापामार समूहसँग प्रत्यक्ष मुठभेड गर्ने र उहाँलाई जिउँदै पक्रेर ला हिग्वेराको स्कुलमा ल्याएर बन्दी बनाउने क्याप्टेन, हाल रिटायर्ड जनरल गेरी प्रादो सालोमनले पनि मारियो भर्गासकै विचारलाई प्रमाणित गर्ने विचार पोखेपछि क. चेको लाशसम्बन्धी थप रहस्यहरू खुल्न थाले। रायटर समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भने– चे ग्वेभाराको केही भाग जलेको लासलाई अरु छापामारहरूका साथ भ्यालेग्राण्डेमा गाडिएको कुरा सत्य हो। चेको लास सामुहिक चिहानमा फ्ँयाकिनुभन्दा अगाडि अर्जेन्टिनावासी गुप्तचर अधिकारीले उनका हातहरू काटेर लिएको थियो। एसोसियटेड प्रेसले क. चे को लास लुकाइएको सामुहिक चिहान खन्ने र ट्रक चलाउने तिकानो थरका व्यक्तिबाट पनि मारियो भर्गास र गेरी प्रादो सालोमनका विचारहरूलाई प्रमाणित गर्ने खालका तथ्यहरू फेला पारेको छ।
क. चे लगायत अन्य छापामारहरूको लास सम्बन्धी तीस वर्ष लामो रहस्य उदघाटन भएपछि बोलिभियाली सरकारमाथि व्यापक दबाब आउन थाल्यो। १९६७ मा मारिएका छापामारहरूका परिवारजनहरूदेखि लिएर उहाँहरूप्रति सहानुभूतिशील संगठन र सरकारद्वारा बोलिभियाली सरकारलाई लास खोज्नका लागि यति धेरै दबाब बढ्यो कि अन्ततः सरकार झुक्दै पर्‍यो। बोलिभियाका राष्ट्रपति गोन्जालो सान्जेज डी लोजादाले देशभित्र र बाहिरबाट आएको दबाबलाई ध्यानमा राखी ती लासहरूको खोजी गर्नका लागि आदेश दिए, लासहरूको खेाजी गरेर उहाँहरूका परिवारहरूलाई बुझाउनका लागि छुट्टै कमिसन नै निर्माण गरे। मानव अधिकारसम्बन्धी संसदीय समितिका अध्यक्ष जुआन डेल ग्रानाडोले लासहरूको खोजी गर्नका लागि आवश्यक वैधानिक व्यवस्था मिलाउनेर कमरेड चे लगायत सबै कमरेडहरूको लास खोजेर निकाल्ने दृढता प्रकट गरे।
यही राष्ट्रपतीय कमिसन अन्तर्गत सन् १९९५ देखि क. चे लगायतका कमरेडहरूको लासको खोजी गर्ने क्रमलाई तीव्र पारिएको थियो। यस कार्यमा क. चे जन्मेको देश अर्जेन्टिनाका फोरेन्सिक वैज्ञानिकहरूलाई लासहरूको खोजी अभियानका लागि स्वीकृति दिइएको थियो। पछि क. चेले क्रान्तिको सफल नेतृत्व गर्नुभएको देश क्युवाका फोरेन्सिक वैज्ञानिकहरूका साथमा तीनजना भू भौतिकविदहरू पनि बोलिभियामा बसेर तेज गतिले खोजी कार्यमा लागिपरे। 
यो खोजी कार्यको नेतृत्व क्युवाली इतिहासविद तथा चे विशेषज्ञ तथा प्रसिद्ध समाजशास्त्री मारिण डेल कार्मेन अरियतले गरेकी थिइन्। यस कार्यमा क. चेले सहादत प्राप्त गर्नुभएको देश बोलिभियाका सैनिकहरू, अन्य देशका ६० भन्दा बेसी पत्रकारहरू र इतिहासकारहरूको पनि संलग्नता रहेको थियो। त्यसका साथै, यस कार्यमा क. चे का नातेदारहरूका प्रतिनिधि जोर्गे गोन्जालेज पनि लागिपरेका थिए।
१९९५ डिसेम्बरको पहिलो हप्तादेखि उनीहरूले सुरुमा भ्यालेग्राण्डे हवाईपट्टिका चारवटा क्षेत्रमा वैज्ञानिक ढंगले खोजविन गर्न थाले। 

जनदबाब - समाचार

केन्द्रमा सहमति, जिल्लामा भीडन्त र तनाव

काठमाडौं/ मुख्य राजनीतिक दलहरूबीच निकै ढीलो गरेर सहमति भए पनि संघीयताका बिषयमा बिभिन्न जाति र समूहका चाहना र मुद्दा सम्बोधन हुने अवस्था नआएपछि मुलुक ठप्प हुन थालेको छ। त्यससँगै बिभिन्न जातजाति र समुदायमा आपसी झडप पनि बढ्ने खतरा सुरु भएको छ। अखण्ड सुदूरपश्चिमको नाममा दुई साताभन्दा लामो समयदेखि आन्दोलन थालेका सुदूरपश्चिमेलीहरूले मंगलबार एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय र थरुहट स्वायत्त राज्य परिषद् कार्यालय तोडफोड गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले...

जनदबाब - विचार विश्लेषण

एमालेलाई प्रश्न, संविधान नबनाउने नै हो? – रामनारायण विडारी

संविधानसभाले संविधान निर्माण गर्नु पर्ने म्याद अब थोरै दिन मात्र बाँकी छ। सो म्यादभित्र संविधान बन्न सक्ने सम्भावना पनि अति कम छ। एकपटक माधव नेपाल प्रधानमन्त्री भएको बेलामा भनेका थिए, 'संविधानसभाको विषय हाम्रो होइन माओवादीको हो।' यो भनाइमा सत्यता भए पनि माधव नेपालले लोकलाज माफी माग्नु परेको थियो। यो कुरा...

मधेशमा संघीयता विरुद्धको षड्यन्त्र – उपेन्द्र झा

संविधान सभाको निर्णायक अन्तिम घडीमा अधिकारवादी आन्दोलन मार्फत उठेका आवाजहरूलाई सम्बोधन गराउन देशको विभिन्न ठाउँमा शान्तिपूर्ण तवरले सचेतता कार्यक्रमहरू भई रहेको क्रममा जनकपुरको रामानन्द चौकमा वैशाख १८ गते सर्वसाधारणद्वारा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रमलाई लक्षित गरि गराईएको बम विस्फोट अमानवीय, घृणित र निन्दनीय छ। यस घटनामा ५ जनाको मृत्यु र दर्जनौं...

बढ्दैछ विश्वभर समाजवादको उज्यालो – प्रेम दाहाल

अन्तर्राष्ट्रिय आतंकवाद बिरुद्ध सैन्य हस्तक्षेप गरेको अभिव्यक्ति दिंदै सुन्दर र शालिन देशहरूको सार्वभौमिकतामाथि हस्तक्षेपगर्दै आएको अमेरिकाले इराक माथिको आक्रमणका क्रममा १ लाख इराकी जनताले मृत्युवरण गरेको डरलाग्दो तथ्य बाहिर आएको छ।  आतंकवाद नियन्त्रण गर्ने नाममा संयुक्त राज्य अमेरिकाले थालेको सैन्य हमलापछि अहिलेसम्म मारिनेहरूको संख्या एक लाख भन्दा बढी पुगेको सरकारी...

जनदबाब - अन्तर्वार्ता

केही दिनमै अनुपम योजना देख्न पाउनुहुन्छ – केशव स्थापित, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण…

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तमा नियुक्त भएपछि धेरैले धेरैथरी आशा गरेका छन्। अब काठमाडौंको मुहार फेरिन्छ भनेर। विगतमा महानगरपालिकाको मेयर भएका बेला उनले गरेका केही प्रशंसनीय कामले उनीमाथि विश्वास र आशा बढाएको हो। तर यतिबेला संक्रमणकाल छ, सरकार कति दिन टिक्छ थाहा हुँदैन। यस्तो बेला आयुक्त जस्तो महत्वपूर्ण जिम्मेवारी पाएका स्थापितका आगामी योजनाबारे केन्द्रित रहेर...

जनदबाब - वैदेशिक रोजगार समाचार

नेपाली कामदारमाथि आक्रमण हत्या भएको हल्लाले तनाव

काठमाडौं/–यूएईको पश्चिमक्षेत्र हफ््सनमा रहेको हुण्डाई इञ्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई बंगालीहरूले कुटपिट गरेका छन्। सोही कम्पनीमा कार्यरत बंगालीहरूले मे १२ को शनिवार रातीको समय पारी नेपालीहरूलाई कुटपिट गरेको समाचार प्राप्त भएको छ।  ए एम्बी हटेल स्काफोल्डिङबाट सप्लायरका रुपमा उक्त हुण्डाई कम्पनीमा काम गर्न गएका प्रत्यक्षदर्शी लमजुङका नरदेव...

जनदबाब - अर्थ समाचार

किस्टद्वारा युवा स्वरोजगार कोषको रकम फिर्ता

काठमाडौं/जस– किस्ट बैंकले युवा स्वरोजगार कोषको रकम फिर्ता गरेको छ। बैंकले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत रिकसाचालकको लागि कर्जा उपलब्ध गराउन तीन वर्षअघि १० करोड रुपैयाँ लगेको थियो। रिक्साका लागि रकम लगे पनि सो शीर्षकमा कर्जाको माग त्यति नभएपछि दुई किस्ता गरी बैंकले उक्त रकम फिर्ता गरेको हो। कोषले अन्य बैंकलाई...

जनदबाब - मनोरञ्जन

विमान दुर्घटनामा बालअभिनेत्रीको निधन

सोमबारको जोमसोम जहाज दुर्घटनामा बलिउडको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त सिनेमा 'पा'की बालअभिनेत्री तरुण सच्देवको समेत निधन भएको छ। भारतीय समाचार एजेन्सी एनडीटीभीले यो खबरको पुष्टि गरेको हो। तरुणले चर्चित सिनेमा 'पा'मा उरो अर्थात बिग बी अमिताभ बच्चनसँग सँगै अभिनय गरेकी थिइन्। उक्त दुर्घटनामा १३ भारतीयले ज्यान गुमाएका थिए। सिनेमा...

जनदबाब - विविध

मनमोहन नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री – विवेककुमार शाह, पूर्व सैनिक सचिव, रथी…

मैले राजनीतिक स्थितिको व्याख्या र विश्लेषण गर्दै जाहेर गरेँ, 'सरकार, बाहिर कम्युनिस्ट नेतालाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउनु हुँदैन भनेर डेडलक भइरहेको छ। तर, मेरो विचारमा कम्युनिस्टलाई प्रधानमन्त्री बनाउँदा पनि राम्रो हुन सक्छ। मुलुकको वर्तमान राजनीतिक समीकरणका आधारमा समेत कम्युनिस्ट नेता मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाउनै पर्ने हुन्छ। यसबाट देशका लागि...

चे ग्वेभारा क्रान्तिका नायक– ५२

यसको अर्थ, वर्गको सट्टा अग्रिम दस्ताले क्रान्ति गर्न सक्छ भन्ने सैन्यवादको समर्थन गर्नु पनि होइन। शासक वर्गको दमनकारी यन्त्रसँग निर्णायक मुकाविला गर्ने काम खाली अग्रिम दस्ताको हो भन्ने धारणा पनि मार्क्सवादसंगत होइन। जनताले स्वतः गुरिल्ला दस्तालाई साथ दिन्छ र गतिशील सामरिक दस्तालाई त्यसले स्वतः आफ्नो अग्रणी दस्ता स्वीकार गर्दछ भन्ने...

Weekly Video

We have 98 guests and no members online