
जनदबाब समुहद्वारा प्रकाशित
सल्लाहकार
जे.पी. शर्मा
अम्बिका शर्मा
विष्णुप्रसाद पोखरेल
मिनबहादुर गुरुङ
प्रधान सम्पादक
प्रेम दाहाल
कार्यकारी सम्पादक
रामजी बगाले
प्रबन्ध सम्पादक
मान छिरिङ तामाङ
युएई संयोजक : छत्र लामा
वहराईन संयोजक : काजी थापा मगर
साउदी अरव संयोजक : सागर श्रेष्ठ
पोखरा संयोजक : राजेन्द्र के.आर.
धादिङ संयोजक : विना तामाङ
नारायणी संयोजक : सुनिल खड्का
दाङ संयोजक : रमेश थापा
व्यवस्थापक : चित्रबहादुर केसी / चन्द्र लामा
ग्राफिक्स : लक्ष्मण चित्रकार
मुद्रण : नेपाल छापाखाना, लगनटोल, काठमाडौं
कार्यालयः
डिल्लीबजार, काठमाडौं, समाचार कक्ष : ९८५१०९५३४५फोनः २०२३७२५
janadabab_1@yahoo.com/janadabab@gmail.com
काठमाडौ, फागुन १० । सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री एवम् गणतान्त्रिक फोरमका अध्यक्ष जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै साढे एक बर्ष कैद तथा ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ रुपैयाँ जरिवाना तथा त्यति नै बराबरको बिगो तिराउने फैसला गर्दै उनलाई कैद पठाएको छ। मुलुकको इतिहासमै बहालवाला मन्त्री यसरी भ्रष्टाचारको आरोपमा कैदी बनेको यो पहिलो घटना हो। भ्रष्टाचार निवारण ऐन,२०५९ को धारा २४ अनुसार भ्रष्टाचारको मुद्दामा उनलाई ६ महिना र सार्वजनिक पद धारण गरेको समयको भ्रष्टाचार भएका कारण थप एक बर्ष कैदमा राख्ने आदेश दिइएको हो। न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले लामो सुनुवाईपछि मंगलबार अपरान्ह ५ बजेर...
राज्यको एउटा महत्वपूर्ण निकाय प्रहरीले व्यापक क्षति ब्यहोर्दै जानु तर हातहतियार र तालिमप्राप्त अर्को उत्तिकै महत्वपूर्ण निकाय सेना परिचालन नहुनु विडम्बना थियो। जसले क्षति ब्यहोरे पनि आखिर नेपाल र नेपालीकै क्षति हो भन्ने त्यो बेलाको नेतृत्वले बुझ्न नसक्नु अर्को दुर्भाग्य हुन पुग्यो। प्रहरीलाई हातहतियार र लजिस्टिक्स तथा उपकरण उपलब्ध गराउने क्रममा प्रहरीको वार्षिक बजेट सेनाको भन्दा बढी यसै समयमा भएको तथ्य सबैर्ला अवगत भएकै विषय हो। प्रहरीलाई गनसिप हेलिकप्टरसमेत उपलब्ध गराउन प्रयास भयो। केही विश्लेषकले भने जस्तै माओवादी समस्या 'कसैका लागि कमाउने धन्दा' बन्न पुग्यो। प्रहरीले मात्र माओवादी समस्या समाधान हुँदैन भन्ने बुझेर पनि दलहरूले ठोस राष्ट्रिय दृष्टिकोण बनाउनै सकेनन्। दलहरूको साथ र सहयोग लिई उपलब्ध साधन र शक्तिको परिचालन गर्न नसक्नु प्रहरी संगठनले क्षति ब्यहोर्नुको मुख्य कारण हो। प्रहरी संगठनको उच्च तहका केही व्यक्तिको निहित स्वार्थ, संकीर्ण दृष्टिकोण र राजनीतिक दलका नेतालाई तिनले पारेको प्रभावले पनि यसमा भूमिका खेलेको छ।
प्रसंग २०५६ सालकै हो। एक साँझ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामकाजी बान्तवासँग मेरो नितान्त व्यक्तिगत छलफल भएको थियो। मैले उहाँलाई 'माओवादी समस्या साधारण शान्ति–सुरक्षाको समस्या होइन, यसले विद्रोहको बृहत् रूप लिँदै छ, तपाईंहरू श्री ५ को सरकारलाई यो प्रहरीको काम होइन, प्रहरीले यो समस्या समाधान गर्न सक्दैन भनेर किन भन्नुहुन्न?' भनेर प्रश्न राखेँ। उहाँले 'प्रजातन्त्रमा आन्तरिक सुरक्षामा सेना परिचालन गर्नु ठीक हुँदैन, आवश्यक स्रोत–साधन, आधुनिक हातहतियार र अन्य उपकरण पाए प्रहरीले यो समस्या समाधान गर्न सक्छ' भनेर आफ्ना कुरा राख्नुभयो। मैले उहाँलाई 'यदि त्यसो हो भने हातहतियार र तालिमप्राप्त सेनालाई किन परिचालन नगर्ने त?' भनी प्रतिप्रश्न गरेको थिएँ। उहाँले भन्नुभयो, 'सेना ब्यारेकबाट बाहिर आएपछि ब्यारेक फर्कदैन, सत्ता कब्जा गर्नपट्टि लाग्छ भन्ने अधिकांश नेताको बुझाइ छ। प्रजातन्त्रमा सेनालाई ब्यारेकबाहिर ल्याउँदा समस्या पर्न सक्छ।' उहाँका कुरा सुनेर मैले 'प्रहरीलाई सेनाको जस्तो हातहतियार तथा उपकरण ावश्यक भए सेना किन राख्नुपर्यो?' भनेँ। उहाँले सेना परिचालन गर्ने समय भइनसकेको आफ्नो विश्लेषण सुनाउनुभयो। उहाँका कुरा सुनेपछि मलाई सरकारले सेना परिचालन सम्बन्धी निर्णय नगरी प्रहरीलाई सक्षम बनाउन प्रयास गर्नुको पछाडि यस्तै सोचविचारले काम गरे जस्तो लाग्यो।
माओवादी हत्या–हिंसाले प्रहरी प्रधान कार्यालयमा कार्यरत उच्च नेतृत्व वर्गलाई खासै असर नपर्ला, तर गाउँमा रहेका प्रहरी जवानले ठूलै क्षति ब्यहोरेको तथ्य कसैलाई पनि जानकारी नभएको हो वा बुझेर बुझ पचाएको हो, मैले त्यति बेला बुझ्न सकिनँ।
माओवादी समस्या र सशस्त्र प्रहरी बल
माओवादीका विरुद्ध शाही नेपाली सेना परिचालन गर्न नसकेपछि श्री ५ को सरकारले सशस्त्र प्रहरी बल गठन गरेको भन्ने धेरै राजनीतिक नेता, बुद्धिजीवी, नागरिक समाजका सदस्य र केही हदसम्म सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूको समेत बुझाई छ। सतही तवरले हेर्दा यसमा सत्यतासमेत देखिन्छ। तर, वास्तविकता पक्कै पनि यस्तो होइन। जुन बेला सशस्त्र प्रहरी बल गठन भयो, त्यस बेलासम्म माओवादी समस्याले उग्र रूप लिइसकेको थियो। कुनै पनि नयाँ सुरक्षा निकाय खडा भएपछि त्यसलाई एउटा सशक्त सुरक्षा बलमा रुपान्तरण हुन निकै समय लाग्छ। नेपाल प्रहरी र शाही नेपाली सेनाबाट तथा नयाँ भर्ना लिएर गठन हुने फोर्सलाई एक ढिक्का र सशक्त बनाउन, तालिम दिलाउन धेर्रै समय लाग्ने स्पष्टै थियो। त्यसैले सशस्त्र प्रहरी माओवादी समस्याको समयमा जन्माइएको फोर्स भए पनि देशमा भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौति र आवश्यकतालाई ध्यान राखेर बनाइएको सुरक्षा बल हो।
पंचायती व्यवस्थाको अन्त्यतिर नै देशको आवश्यकतालाई सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न गाउँका वडास्तरसम्म नेपाल प्रहरीको प्रभाव विस्तार गर्ने सोचाई बनेको थियो। यसका लागि प्रहरीको संख्या बृद्धि गर्नु जरुरी थियो। साथै प्रहरी स्थानीय तहमा शान्ति–सुरक्षा कायम गर्न परिचालन हुने हुँदा संगठनलाई क्षेत्रीय स्वरूपमा बदल्नुपर्ने समेत सोचाइ बनेको थियो। प्रहरीलाई सामान्य हतियार दिने र प्रहरीका सशस्त्र डफ्फालाई बेग्लै संगठन बनाएर अर्धसैनिक संरचनाको बल निर्माण गर्ने धारणा पुरानै हो। तर, २०४६ सालको परिवर्तनपछि प्रहरीमा कुनै पनि परिवर्तन भएन। सेनाको प्रतिस्पर्धी सुरक्षा निकायका रूपमा दरबन्दी र बजेट थप्ने प्रक्रिया मात्र जारी रह्यो। यसले गर्दा प्रहरी संगठन ठूलो हुँदै गयो। साथै चरम राजनीतिक हस्तक्षेप भई समग्र संगठनकै राजनीतिककरण भयो। प्रहरीमा नियुक्ति, सरुवा, बढुवा इत्यादिमा राजनीतिक नेताहरूको चलखेल चर्को हुँदै गयो। प्रहरी महानिरीक्षक पद पनि यसबाट अछुतो रहन सकेन। प्रहरीका अधिकृतहरूलाई नेताहरूको संरक्षण आवश्यक हुन थाल्यो भने नेताहरूलाई पनि चुनाव जित्न शक्ति र आर्थिक स्रोत जुटाउन प्रहरीको आवश्यकता पर्न थाल्यो। २०५६ सालको आमनिर्वाचनमा केही उम्मेदवारलाई जिताउन र केहीलाई हराउन तत्कालीन प्रहरी महानिरीक्षकले खेलेको भूमिकाबारे ठूलै विवाद भएको थियो।
प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको बिहारलगायतका सीमावर्ती भारतीय राज्यसँग बलियो आर्थिक सहकार्यको प्रस्ताव राखेका छन्। बिहारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्न बिहारको राजधानी पटना पुगेर प्रधानमन्त्री भट्टराईले यस्तो प्रस्ताव राखेर गौरबमय इतिहास भए पनि सदियौंदेखि पछाडी परेका वुद्ध र अशोकका भूमिमा मानिसलाई सहकार्य गर्दै एक्काइसौं शताब्दीको नेतृत्व गर्ने सपना बाँडेका छन्।
मन्त्री पदमा आसीन मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जयप्रकाश गुप्ताले 'राज्यसँग मधेसको सम्बन्ध टुट्न सक्ने' भन्ने अभिव्यक्ति अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको छ।
काठमाडौ/ आदीवासी जनजातीको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी तयारी गरिएको समावेशी विधेयक फिर्ता लिन थारु संघ संगठनहरूले सरकारलाई दुइृ साताको अल्टिमेटम दिएका छन्। थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ति मोर्चा, लोकतान्त्रिक थारु संघ, लोकतान्त्रिक समाजवादी दल, पूर्वी थारुवान कोचिला राज्य संयूक्त संघर्ष समिति, राष्ट्रिय प्रजातान्त्रिक थारु संगठन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी नेपाल, थारु महिला जागरण केन्द्र र थारु विद्यार्थी समाज सम्मिलित थारु संयूक्त संघर्ष समितिले मंगलबार...
काठमाडौं/ नेपाल वैदेसिक रोजगार व्यवसायी संघको चैतमा हुने अधिवेसनको सरगर्मी सुरु भएको छ। वर्तमान कार्यसमितिको म्याद चैत अन्तिमसम्म मात्र भएका कारण अधिवेशन र निर्वाचनको सरगर्मी करिब दुई महिनाअघि नै सुरु भएको हो। बिगतमाभन्दा यसपटक संघको निर्वाचनमा केही फरक मुद्दा उठ्ने भए पनि मूल मुद्दाका रुपमा भने दुई समूहबीचको एकीकरण नै प्रमुख रुपमा अघि आएको छ। संघको समानान्तर संस्थाका रुपमा केही बर्षअघि स्थापित फरेन इम्प्लोइमेन्ट एसोसिएसन नेपालबीच एकीकरणको मुद्दा मूल रुपमा...
काठमाडौं/ दूरसञ्चार प्राधिकरणले सार्वजनिक लेखा समितिको निर्देशनलाई बेवास्ता गर्दै सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्न प्रस्ताव गरेको छ। प्राधिकरणले प्रथम श्रेण्ँीका निर्देशकमात्र पाँचजना राख्नेगरी दरबन्दी सिर्जना गरेको छ। प्राधिकरणको प्रस्तावअनुसार प्राविधिकतर्फ २, प्रशासनमा २ र कानुनमा एक निर्देशक राख्न लागिएको हो। अहिले प्राविधिकमा एक, प्रशासनमा दुई निर्देशक छन्। प्राधिकरणले प्रशासनको दरबन्दी यथावत राख्दै प्राविधिकमा एक र कानुनमा एक निर्देशकको दरबन्दी थप्ने प्रस्ताव मन्त्रालयमा पठाएको हो। 'प्राधिकरणको प्रस्ताव आएको छ,...
काठमाडौं, फागुन ३ । नेपालको इतिहासमै सबैभन्दा महँगो संस्थाको निर्वाचनका रुपमा चिनिने नेपाल वैदेसिक रोजगार व्यवसायी संघको अधिवेसनको सरगर्मी सुरु भएको छ। वर्तमान कार्यसमितिको म्याद चैत अन्तिमसम्म मात्र भएका कारण अधिवेशन र निर्वाचनको सरगर्मी सुरु भएको हो। बिगतमाभन्दा यसपटक संघको निर्वाचनमा केही फरक मुद्दा उठ्ने भएका छन्। यसपटक साउदी अरबमा कामदार पठाउने संस्थाको विषयदेखि स्वास्थ्य परीक्षणको जिम्मा पाएको गाम्का नेपालसम्मका विषय अहिले नै सतहमा देखिन थालेका छन्। तर, बिगतमाभन्दा...
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रक्षामन्त्री भएका शरतसिंह भण्डारीले केही महिना अघि मधेसका जिल्लाले नेपालबाट छुट्टिन चाहेभने कसैले रोक्न नसक्ने चेतावनी दिए। उनको उक्त अभिव्यक्तिको चर्को आलोचना भयो, सर्वत्र निन्दा भयो। सबैले राजीनामा नै मागे तर भण्डारी राजीनामा दिन तयार भएनन् बाध्यभएर प्रधानमन्त्रीले नै उनलाई बर्खास्त गरे। झन्डै दुई महिनापछि...
यो साता फेरि एक महिलाले क्रुर यातना सहेर मृत्युवरण गर्नुपर्यो, बोक्सीको आरोपमा। २१ औं शताब्दीको पहिलो दशकमा चमत्कारिक राजनीतिक परिवर्तन गरेर संसारलाई चकित तुल्याएको दाबी गर्ने ढोंगी नेताहरूको बहुलता भएको यो देशमा यस्ता घटना बारम्बार भइरहेका छन्। राजनीतिक अधिकारको लागि ठूलो संघर्ष गरेको दाबी गर्ने नागरिक समाज पनि यहि मुलुकमा...
समग्र तराईको शान्ति सुरक्षामा सुधार आएको बताएर सरकारी निकायहरूद्वारा आफ्नो उपस्थितिलाई राम्रो देखाउने काम अहिले गरिएको छ। पर्साको बीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी भएका पर्साका मध्यक्षेत्रका प्रहरी प्रमुख बीरेन्द्रबाबु श्रेष्ठ र पर्साका प्रहरी प्रमुख रमेश खरेलले आफ्नो क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको दाबी गरे। उनीहरूले सर्वसाधारणले त्यसको प्रत्यक्ष महशुस...
सेना २०५८ मंसिरदेखि दोस्रो जनआन्दोलनको समाप्ति २०६३ वैशाखसम्म माओवादीका विरुद्ध परिचालन भयो। यसबीच 'युनिफाइड कमान्ड' सुरक्षा अवधारणा अनुरूप सेनाले माओवादीका विरुद्ध परिचालित सबै सुरक्षा निकयाको नेतृत्व गरेको थियो। यसका लागि केन्द्रमा शाही जङ्गी अड्डामा प्रधान सेनापतिको अध्यक्षतामा केन्द्रीय सुरक्षा समन्वय समिति गठन भएको थियो। त्यसको सदस्यता सुरक्षा निकायका सबै...
सामान्यतया सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको माघ मसान्तसम्ममा कर्मचारीको सरुवा–बढुवा गर्ने परम्परा पुरानै हो। र, एउटा कर्मचारीले एकै स्थानमा कम्तीमा दुई वर्ष काम गरिसकेपछि उनीहरूले सरुवाका लागि अवेदन दिन पाउने प्रावधान पनि पुरानै हो। तर सरुवामा अनियमितता भएको भन्दै अहिले जिल्ल्ाा–जिल्लाबाट कर्मचारीहरू स्थानीय विकास मन्त्रालयमा चासो र गुनासो बोकेर...
अपराध कर्म र भ्रष्टाचारबाट आर्जित सम्पत्ति वैध हुन नदिने विश्वव्यापी अभियानमा नेपालको छवि धूमिल हुँदै गएको मात्र छैन, मुलुक नै 'जोखिमपूर्ण' सूचीमा पार्ने खतरा देखिएको छ। लागूआषधको कारोबार, आतंकवादी क्रियाकलाप, गुन्डागर्दी, मानव बेचबिखन, अवैध हातहतियारको बेचबिखनजस्ता कसुरजन्य अपराधकर्मबाट आर्जित सम्पत्तिलाई विश्वभर अवैध घोषित गर्ने अभियान चलिरहेको छ। तर नेपालले...
नयाँ संविधान जारी गर्न राजनीतिक दलहरूले तय गरेको पछिल्लो र सम्भवत अन्तिम...
० अहिलेको अवस्थामा मधेशको राजनीति कुन अवस्थाबाट गुज्रदै छ? ― हामी मधेशका दलहरू...
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' माओवादीभित्रै पनि विद्रोही...
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल जारी राजनीतिक प्रक्रियाको एक...
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभाको सबैभन्दा ठूलो दलका नेता मात्र होइनन्,...
काठमाडौं/ वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्ने विषयमा सरकार गम्भीर देखिन थालेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन्। फरेन इम्प्लोईमेन्ट एसोसियसनले राजधानीमा गरेको पत्रकार सम्मेलनमा वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यबीस्थत बनाउन सरकारले ठोस पहल गर्ने आश्वासन दिएको बताएको छ। एशोसियसनका अध्यक्ष प्रेम कटुवालले सरकार र व्यवसायीबीच भएको छलफलमा यस अघिभन्दा...
काठमाडौं/ पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वैदेशिक रोजगारको क्षेत्र मर्यादित, व्यवस्थित र पारदर्शी हुनु पर्ने बताएका छन्। उनले वैदेशिक रोजगारका क्रममा एक जनाको गल्तीले नेपाल र नेपालीकै वेइज्जती भइरहेको वताए। प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले राजधानीमा आइतवार मञ्च निकट व्यवसायीलाई मञ्चको सदस्यता प्रमाण पत्र वितरण गर्नआयोजना...
काठमाडौं/ गाम्का नेपालले सरकारी निकायमा दर्ता नभई सिन्डिकेट र कार्टेलिङ गरे पनि सरकारले साउदी अरबले कामदार रोक्न सक्ने डरले अनुमति दिने गरेको छ। स्वास्थ्य मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र वैदेशिक रोजगार विभागमा दर्ता नभई काम गरे पनि सरकारले मान्यता दिने गरेको हो। गाम्का नेपालको प्रबन्धपत्रमा समेत नेपालको कानुनबमोजिम...
काठमाडौं/ वैदेशिक रोजगार विभागले दुई म्यानपावरबाट ११ करोड रूपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ। यी दुईबाट १ हजार २७ जना ठगिएका छन््। वेल इन्टरनेसनल म्यानपावरबाट ८ करोड १२ लाख र अपरच्युनिटी म्यानपावर सर्भिसबाट २ करोड ७८ लाख ३८ हजार रूपैयाँ ठगी गरेको विवरण सहित विभागले न्यायाधिकरणमा...
टोकियो/ जापानमा नेपाली मनि ट्रान्सफर कम्पनीहरूवीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला अर्को नयाँ कम्पनीले आइतवारवाट आफ्नो कारोवार सुरु गरेको छ। जेनिथ रेमिट नामक सो कम्पनीले आक्रामक अफरसहित कारोवार सुरु गरेको हो। कम्पनीले जापानबाट ५ सय येनमै नेपालमा पैसा पठाउन सकिने प्रोमोसनल अफर पनि सार्वजनिक गरेको छ। आइतवार नै दुई कम्पनी जेनिथ...
काठमाडौं/ नयाँ विकास बैंक खोल्न स्वीकृति दिने क्रम स्थगित गरेकोमा नेपाल राष्ट्र बैंकले फेरि स्वीकृति दिने भएको छ। बैंकले उत्पादनमूलक र प्राथमिक क्षेत्रमा लगानी गर्ने विकास बैंकलाई क्षेेत्रीयस्तरमा काम गर्ने गरी स्वीकृति दिन लागेको हो। राष्ट्र बैंकले बिगत २ वर्र्षदेखि नयाँ विकास बैंक र फाइनान्स कम्पनी खोल्न रोक लगाएको थियो...
काठमाडौं/ जापानमा नेपाली मनि ट्रान्सफर कम्पनीहरुवीच प्रतिस्पर्धा भइरहेका बेला अर्को नयाँ कम्पनीले पनि कारोवार थालेको छ। जेनिथ रेमिट नामक नयाँ कम्पनीले आक्रामक प्रस्तावसहित फेब्रुअरी १६ बाट कारोवार सुरु गर्न लागेको हो। कम्पनीले ५ सय येनमै नेपालमा पैसा पठाउन सकिने प्रोमोसनल अफर पनि सार्वनिक गरेको छ। यसअघि पर्यटन ब्यबसायमा...
काठमाडौं/ सिभिल ग्रुपले काठमाडौं सुन्धारामा निर्मित सिभिल ट्रेड सेन्टरको बिक्रि वितरण्ँका लागि 'सिभिल सुनमा सुगन्ध सुपर बम्पर अफर योजना' ल्याएको छ। काठमाडौं आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष इच्छाराम तामाङले योजनाबारे जानकारी दिँदै १५१ ग्राहकबाट लक्कि ड्र गरी एक जनालाई ल्यान्ड रोभर गाडी उपहार प्रदान गरिने, पहिलो र दोस्रो बुकिङकर्तालाई क्रमशः...
काठमाडौं/दुग्ध विकास संस्थानले मंगलबारदेखि लागूहुने गरि दूधको भाउ बढाएको छ। संस्थानले प्रशोधित दूध प्रति प्याकेट २ देखि ३ रूपैयाँ बढाउने निर्णय गरेको छ। दूधको भाउ वृद्धिले सर्वसाधारण उपभोक्ताको खर्च र बजार मूल्य बढाउने भएको छ। संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहका अनुसार मंगलबारदेखि निलो प्याकेटमा हुने स्टेन्डर्ड दूधलाई उपभोक्ताले २४ र हरियो प्याकेटमा...
प्रियंका चोपडालाई रेस– २ का निर्माताले आठ करोड (भारु पाँच करोड) रुपैयाको प्रस्ताव गरेका छन्। यस चलचित्रबाट दिपिका पादुकोण छ दिनको सुटिङ्ग गरेपछि अलग भएकी थिइन्। नयाँ हिरोइनको खोजीसँगै प्रियंकालाई ठूलो अफर आएको हो। तर प्रियंकाले भने यस प्रस्तावका सम्बन्धमा अहिलेसम्म कुनै निर्णय लिइसकेकी छैनन्। यो रकम उनको बजार भाउभन्दा...
हालै लगनगाँठो बाधेका रितेश र जेनेलिया वैवाहिक जोडीका रुपमा आफ्नो पहिलो भ्यालेटाइन डे मनाउदै छन्। बलिउडमा धेरै जोडी यस्ता पनि छन् जो निकै अघिदेखि विहे पूर्व नै भ्यालेन्टाइन डे मनाइरहेका छन्। अनी केही यस्ता बहादुर छन् जसले खुलेआम आफ्नो प्रेमको घोषणा गरेका छन् अर्थात बलिउडमा प्रेमको परम्परा फिल्मि पर्दासम्म...
काठमाडौं/नेपाली चलचित्र बाटोमुनीको फूल फेब्रुअरी २६ तारिख आइतवारको दिन साइतामाकेनको खावागोएमा प्रदर्शन हुने भएको छ। यसअघि चलचित्र सिबुयाको अपलिंक हलमा चलेको थियो। जापानी दर्शकहरूको बिशेष अनुरोधमा प्रदर्शन हुन लागेको चलचित्रको प्रचारप्रसार खावागोए केबल टिभीलगायत बिभिन्न स्थानिय पत्रपत्रीकाहरू ले सहयोग गरेको एसिया फ्रेण्डशिप एसोसियसनका अनोज शाक्यले बताए। नेपाली कलालाई जापानमा परिचय...
होण्डुरस, कोस्टारिका, पानामा, हैटी, भेनेजुयला, इक्वेडर, बोलिभिया, पारागुवे र पेरु लगायतका देशहरूमा १९६० र १९७० कोदशकमा क. चेको जीवन र मृत्युबाट प्रभावित भएर सुरु भएका छापामार आन्दोलनहरू सरकारी दमन र आन्तरिक टुटफुटका कारणले नष्ट भए। अहिले पेरुमा माओवादी कम्युनिष्ट पार्टी (साइनिङपाथ) र क्युवावादी एवं क. चेवादी टुपाक अमारु रिभोल्युसनरी मुभमेन्ट...
काठमाडौं/ बर्लिन फिल्म महोत्सवमा नेपालको 'हाइवे'ले 'बेस्ट फस्ट फिचर अवार्डमा भिड्ने भएको छ। महोत्सवका सहभागीमध्ये निर्देशकले पहिलोपटक निर्देशन गरेको फिल्म यो प्रतिस्पर्धामा समावेश गरिएको छ। यसपालि दीपक रौनियारद्वारा निर्देशित 'हाइवे'सहित २७ फिल्मले यसमा भिड्दैछन्। नयाँ पुस्ताका फिल्मकर्मीलाई हौसला दिन सन् २००६ देखि सुरु गरिएको यो अवार्ड जित्नेलाई ५० हजार युरो...
त्यसबेला क. चे को छापामार संघर्षविरुद्ध बोलिभियाको आठौं सैनिक डिभिजनका क्याप्टेन भई भ्यालेग्राण्डेमा क्रियाशील रहेका मारियो भर्गासका अनुसार क. चेको लास गाडिएको बेला केवल तीनजना मात्र प्रत्यक्षदर्शी थिए। उनका अनुसार, अर्का प्रत्यक्षदर्शी मेजर गाइडो फ्लोरेसको मृत्यु भइसकेको छ भने अर्का एकजना तिकोना थरका व्यक्ति अहिले पनि बाँचिरहेको छ। भर्गास सम्झँदै...
तर उनीहरूको उग्रवामपन्थी शैलीका छापामार संघर्षहरूले गर्दा क्रान्तिलाई नजिक्याउनुको सट्टा झन् टाढा पार्ने, असचेत, असंगठित जनतामाथि सरकारको दमन नजिकयाउने, जनताको क्रान्तिकारी संघर्षबीच फाटो ल्याउने, प्रजातान्त्रिक अधिकारहरू खोस्नलाई सैनिक तानाशाहहरूको लागि बाटो सुगम बनाउने काम प्रत्यक्ष अप्रत्यक्ष रुपमा हुन गएको कटु विश्लेषणलाई पनि बेवास्ता गर्न सकिँदैन। यिनै गल्ती कमजोरीहरूबाट ...
जनदबाब साप्ताहिक यस अंकबाट पाँच वर्ष पूरा गरेर छैटौं वर्षमा प्रवेश गरेको छ। छैटौं वर्षसम्म आइपुग्दा गर्नुभएको सहयोग र देखाउनुभएको मार्गदर्शनका लागि हामी हाम्रा पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरूप्रति आभारी छौं। राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र तहसनहस भएका बेला हामी पनि अछुतो रहन सकेनौं। तै पनि हामीले समाज परिवर्तनको पक्षमा जनतालाई...
यति प्रभावशाली जीवन बाँचेका क. चे र क. फिडेल क्यास्त्रोकोे नेतृत्वमा सम्पन्न क्युवाको सशस्त्र क्रान्तिले ल्याटिन अमेरिकामा पारेको प्रभाव अति नै महत्वपूर्ण देखिन्छ। क. चेले क्युवाको सशस्त्र क्रान्तिलाई सफल पार्न र त्यसलाई समाजवादी दिशा प्रदान गर्नमा मात्र आफ्नो सम्पूर्ण बल, बुद्धि र समय खर्च गरेका भए उहाँ यति धेरै ख्यात र...
We have 170 guests and no members online