Weekly Nepal


सञ्चार कार्य तथा अनुसन्धान समूह “मार्ग” का लागि प्रकाशित सम्पादक : राजेश अहिराज सम्पादन सहयोगी : सुरक्षा ठाकुर, कृपा थापा प्रबन्ध निर्देशक : मनोजकुमार यादव व्यवस्थापन सहयोगी : रामसुकुल मण्डल कार्यालय : हनुमानस्थान चोक, अनामनगर, काठमाडौं–३२ फोन ― ०१–४२६६१४२ फ्याक्स ― ०१–४२५५४३१ पो.ब.नं. ११८५८ इमेल - madheshvani@gmail.com

बलिया भए संघीयताका पक्षधर

मधेशीसहित चार सय १४ सभासद् एकढिक्का -- काठमाडौं। संविधानसभाको विवादित विषयमा निर्वाचन हुने भएपछि दलहरूबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको नयाँ समीकरण बनेको छ। दलहरूले अपेक्षा नै नगरेको समीकरण बिहीबार विभिन्न पार्टीका सभासद्हरूले बनाएका छन्। समीकरणमा दलीय स्वार्थभन्दा माथि उठेर सभासद्हरूले जातीय र क्षेत्रीय पहिचानका लागि मोर्चाबन्दी गरेका छन्। समिकरणले नै संघीयतासहितको संविधानलाई सार्थक बनाउने देखिन्छ। संयुक्त लोकतान्त्रिक मधेशी मेार्चा, एकीकृत नेकपा माओवादीका मोहन बैद्य समूह, वर्षमान पुनको जनजाति समूह, आदिवासी जनजाति(ककस), थारू, मुस्लिमलगायत अन्य दलका सभासद्हरूबीच चारबँुदे सहमति भएको छ। सहमतिबाट मधेशी, मुस्लिम र अन्य दलका गरी १ सय ९६ सभासद् र आदिवासी जनजाति (ककस)का २ सय १८ सभासद् एक ढिक्का...

विद्रोहको तयारीमा मधेश

नेपालमा कानूनको प्रयोग समुदायको आधारमा हुन थालेको छ। अपहरणका आरोपी सभासद् श्यामसुन्दर गुप्तालाई हिरासत र सर्वोच्च अदालतद्वारा हत्यारा सावित भइसकेका सभासद् बालकृष्ण ढुंगेललाई उन्मुक्तिले के संकेत गर्दैछ? पहाडी समुदायका दर्जनौं अपराधीहरू संसदमा खुलेआम घुम्दै छन् तर सामान्य गल्तीमा मधेशी सभासद्लाई पक्राउ गरिदैँछ भनी सन्देश मधेशभरि छरिएको छ।

संसदभित्रै मन्त्री कुट्ने पहाडी सभासद्लाई उन्मुक्ति र महिनौं विचार राख्न समेत नपाएका मधेशी सभासद् सञ्जय साहलाई दण्डसहितका निलम्बनले के संकेत गर्दैछ? माओवादी लडाकुलाई जीवनयापनका निमित्त आर्थिक सहयोग र रोजगारीको व्यवस्थापन सरकारद्वारा हुँदैछ भने अर्कोतर्फ मधेशमुक्तिकर्मी सयौं लडाकु युवाहरूलाई राज्यकै तर्फबाट गैरन्यायिक हत्या गरिएको छ। समानताका लागि लडेका दुई हजारभन्दा बढी मधेशी युवाहरूलाई विभिन्न झुटा मुद्दामा फसाएर वर्षौदेखि हिरासतमा राखिएको छ। हतियार त्यागेर वार्तामा आएका सशस्त्र समूहका वार्ता टोली सदस्य रविदत्त मिश्र जस्तालाई मधेशी भएकै कारण विगत दुई वर्षदेखि कारागारमा राखिएको छ। वार्ता टोलीका सदस्यलाई हिरासतमा लिदा, कारागार चलान गर्दा नेपालका मानवअधिकार, सञ्चार र सचेत अधिकारकर्मीहरूद्वारा गरिएको बेवास्ताले रविदत्त मिश्रलाई आफू नेपाली भएको वा नभएको अनुभूतिले पोल्दो होला। 

वर्तमान सञ्चारमन्त्री जयप्रकाश गुप्ताको अभिव्यक्तिमा प्रयोग गरिएका शब्दमाथि ताण्डव नृत्य देखाइरहेका सभासद् र सञ्चारकर्मीहरू गुप्ताको पीडा बोध गर्न किन सकिरहेका छैनन्? उनका शब्द भन्दा पनि उनले बोल्नुपर्ने अवस्थाको निर्माणका कारण बारे किन बुझ्न चाहँदैनन्। के मधेशी हुनु अपराध हो? के मधेश नेपालभित्र पर्दैन? मन्त्री गुप्ताको पीडा र भाव नबुझी राष्ट्रविरोधी वा विखण्डनकारीका संज्ञा दिनेहरू हालै महोत्तरीमा भएको राजनीतिक प्रलयको संकेतलाई किन बुझ्न सकेनन्। विचारलाई दमन गरेर वा विचारवान व्यक्तिमाथि प्रहार गरेर विभेद विरुद्ध विद्रोह कदापि रूक्दैन। समानता, समन्याय र समान व्यवहार गर्न नरूचाउनेहरू मधेश विद्रोहको आगोमा झुल्सीन तम्तयार भएर बस्दा वेश होला। मन्त्री गुप्ताका अभिव्यक्ति राष्ट्र विरोधी होइन अपितु राष्ट्रिय अखण्डताका निमित्त पूर्व सचेत गराउने अभिव्यक्ति मात्र हो। मुख वा शब्द मन्त्री गुप्ताका भएपनि भाव र मनोदशा सिंगो मधेशको हो। उनी सम्पूर्ण मधेशीको साझा अभिव्यक्तिलाई राष्ट्र हितमा प्रयोग गर्न पूर्व संकेत मात्रै गरेका छन्। सञ्चारजगत साम्प्रदायिक भएर भूमिका निर्वाह गरिदिदा, शासकहरूले कानूनको प्रयोग समुदायका आधारमा गरिरहँदा, न्यायालयका निर्णय सर्वमान्य हुन नसक्दा र खसपुत्रहरूले मधेश विद्रोहको नेतृत्वको नाममा मधेशवादलाई सत्ता–भत्तामा प्रयोग गरिरहँदा वा मधेशका जायज आवश्यकतालाई विखण्डनको पूर्वाधारको रूपमा चित्रण गरिरहने हो भने मधेशभित्र ठूलो साम्प्रदायिक द्वन्द्वको थालिनी हुन सक्छ। राज्यद्वारा गरिने विभेदको निरन्तरतालाई सञ्चारजगतले गर्ने अन्धो समर्थनको परिणाम पक्कै अशुभ हुन्छ। नव प्रवेशी चैते मधेशवादीका हातबाट मधेशका नेतृत्व खोसिनेछ। युवा विद्रोहको तयारी मधेशमा हुँदैछ। सम्पूर्ण राष्ट्रप्रेमी शक्तिहरू तत्कालै एकजुट भएर समानता र समन्यायमा आधारित राज्य निर्माण गर्न सकेनन् भने शरतसिंह र जयप्रकाश गुप्ताका अनुमान हाम्रो सामु प्रस्ट लागू हुन सक्छ। मधेशी अधिकारकर्मीहरूमाथिको प्रायोजित र निरन्तर प्रहारले मधेश थप शक्तिशाली हुँदैछ। समुदायका आधारमा कानूनको प्रयोग तत्कालै रोकिएन भने मधेशभित्रको पृथकतावादी आन्दोलनले संस्थागत रूप लिन सक्छ। मधेशमा राज्यले मानव अधिकारको चरम उल्लंघन गरिरहेको छ। अन्तरिम संविधानको मूल भावना विपरीत न्यायालयले सेनाको समावेशीकरण, नागरिकता र शासन प्रणालीमा सहभागिता लगायत मधेशका अन्य विषयमा सरकारको निर्णय उल्टाएर पूर्वाग्रही भएको आरोप लाग्दैछ। न्यायालयमाथि जनताको अविश्वास बढ्दै जानु, अराजक समाजको निर्माण हुनु हो। 

मधेशवाणी - समाचार

मधेशलाई दुई टुक्रा गरिने

मधेशमा दुई प्रदेश हुने प्रायः निश्चित भएको छ। बिहीबार आदिवासी जनजातिसहित अन्य दलसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको सहमति अनुसार मधेशमा थारू, आदिवासी, जनजाति, मुस्लिमसहितको पहिचानलाई समेटी दुई मेधश बनाईने छ।  बैठक पश्चात एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले मधेशवाणीसँग भने मधेशमा जातीय आधारमा दुई प्रदेश बनाईने सहमति भएको छ।...

एक मधेश प्रदेशका लागि अभियान

काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र बृहत मधेशी मेार्चाले जुनसुकै हालतमा एक मधेश प्रदेशको माग गरिरहँदा मधेशका विभिन्न संघसंस्थाले पनि एक मधेश प्रदेशका लागि अभियान नै थालेका छन्। एक मधेश प्रदेशका लागि राजधानीमै एकदिनमै आधा दर्जन भन्दा बढि दबाबका कार्याक्रमहरू भएका छन्। यसैसाता मधेशी पत्रकार समाज, संयुक्त मधेशी दबाब समूह...

नेपालमा चिनिया चलखेल अन्तर्राष्ट्रिय सरोकार

जडिबुडी तस्करीमा चिनियाँ नागरिक, डलर तस्करीमा चिनियाँ नागरिक, दुर्लभ बन्यजन्तुको तस्करीमा चिनियाँ नागरिक, दुलभ वन्यजन्तुका हाड छाला तस्करीमा चिनियाँ नागरिक, नेपालका सम्वेदनशील निकायका हाकिमहरू जाने रेष्टुरेन्ट, बार, मसाज पार्लरहरूमा उनको सेवामा लाग्ने चाइनिज युवतीहरू, हत्या लुटपाटका घटनामा प्रयुक्त हुने गरेका चाइनिज पेस्तोल। यसरी बढ्दैछ चिनियाँ चलखेल नेपालमा। चीनको तिब्बतप्रतिको चिन्ता...

समग्र मधेश एक प्रदेश नै चाहिन्छ : सिंह

काठमाडौं। नेपाली कांगे्रसका नेता अमरेशकुमार सिंहले समग्र मधेेश एक प्रदेशका लागि दल, जाति, धर्म, र भाषाबाट माथि उठेर सबै मधेशी एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले मधेश प्रदेशलाई सकेसम्म कम भुभाग दिने षड्यन्त्रलाई मिडियाले पनि साथ दिइरहेको बताउनुभयो। उहाँले मिथिला, कोच, भोजपुरा, थरूहटको मुद्दालाई प्राथमिकता दिई मिडियाले मधेशलाई खण्डित पार्ने प्रयत्न गरिरहेको...

ठूलो मात्रामा बम, विष्फोटक पदार्थ तथा गोली र म्याग्जिन बरामद

धनगढी। सशस्त्र प्रहरी बलको टोलीले कैलाली जिल्लाको सुगरखाल गाविस ९ भालुमारे खोलाको ओडारबाट ठूलो मात्रामा विभिन्न खालको गोली तथा म्याग्जिन बरामद गरेको छ। सो ओडारमा चार वटा प्लाष्टिकको कट्टामा गोली तथा म्याग्जिन लुकाई राखेको अवस्थामा सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएको एपीएफ टोलीले फेला पारेको...

छापा मार्दा विस्फोटक पदार्थ बरामद

महोत्तरी। जलेश्वर नगरपालिका–५ बाट बुधबार प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ। ८ थान डिटोनेटर, २० थान जिलेटिन, २ थान रिमोट, तार क्वाइल, नेपाली र भारतीय गरी १२ थान सिमकार्ड बराम गरेका छन्। महोत्तरी र प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले जितु भन्ने जितेन्द्रलाल कर्णको घरमा छापा मार्दा ती सामान बरामद...

मधेशवाणी - निजी विचार

अवध प्रदेशको सवाल – विनोद कुमार उपाध्याय

दुनियालाई थाहा भएकै हुनु पर्दछ कि मधेशमा थुप्रै गण राज्यहरू समाहित थिए। तिरहुत वज्जी संघ, अवध गणराज्य, मिथिला, भोजपुर, वैशाली आदि इत्यादि गणराज्यहरूको व्यापारिक केन्द्र वैशाली गण राज्य थियो। यसै किसिमले अवध गणराज्य अन्तर्गत कोलीय राज्य, शाक्य गणराज्य, कोशल महाजनपथ, काशी महा जनपथ, मल्ल गण राज्यहरू थिए। इतिहासमा ओभ्काकको पाँचौ...

मधेश, रोइरहेको देश र नेपाल बन्द – राजाराम अधिकारी

खासगरी देश यतिबेला जटिल र अन्तिम राजनीतिक परिवर्तनको पर्खाइमा छ। खासगरी राजनीतिक क्रिडास्थल र भोट बैंकको लागि उर्बरा दाता बन्दै गएको मधेश यतिबेला निकै चर्चामा छ। अर्कोतर्फ पहाड हिमाली प्रदेशका जनताहरूको मुद्दा र जागरण पनि मधेशका विभिन्न मोर्चा र संगठनसँगैको नियतिबाट प्रभावित भएको अवस्था छ। खासगरी राजनीतिक पार्टीहरूमा पनि मधेश...

नेपाल सद्भावना पार्टी के राष्ट्रीय अध्यक्ष सरिता गिरी द्वारा सार्वजनिक

नेपाल सद्भावना पार्टी के राष्ट्रीय अध्यक्ष सरिता गिरी द्वारा सार्वजनिक किया गया पार्टी दस्तावेज  सरकार विदेशी ऋण लेकर अत्यन्त महंगी परियोजनाओं को राष्ट्रीय गौरव की पयिोजना कह कर उस पर खर्च करना पसंद करती है क्योंकि महंगी परियोजनाओं में ज्यादा भ्रष्टाचार होने की जगह होती है , भले ही उससे...

मधेशवाणी - अन्तर्वार्ता

हाम्रो सरोकार संविधान र अधिकार -- उपेन्द्र यादव अध्यक्ष

                           मधेशी जनअधिकार फोरम, नेपाल ० वर्तमान राजनीतिक परिस्थितिलाई कसरी समीक्षा गर्नुहुन्छ? ― अहिले राजनीति परिस्थिति सबभन्दा अन्योलग्रस्त, नेपालको इतिहासमा सबभन्दा अनिश्चित परिस्थिति रहेको छ।  ० तपाइँले २०६३ को मधेश आन्दोलनको नेतृत्व गर्नुभएको थियो र अहिले फेरि बृहत् मधेशी मोर्चा गठन गरेर मधेश केन्द्रित हुनु भएको छ, यसलाई जनताले कसरी...

संघीयतालाई थाँती राखेर संविधानको कुरा अगाडि बढ्न सक्दैन -- जितेन्द्र सोनल सभासद्

-- तराई मधेश लोकतान्त्रिक पार्टी  --० संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा छ भने बृहत् मधेशी मोर्चा आन्दोलनमा छ, यसलाई कसरी हेरिरहनु भएको छ? ― जनताले जुन मधेशवादी पार्टीहरूलाई भोट दिए र यहाँसम्म पुर्याीए ती पार्टीहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन गर्यौंद। हामीले मधेश आन्दोलन दोस्रो गर्यौंर र त्यसकै बलबुतामा...

मधेशवाणी - विविध

दुई शब्द – प्रभात राय भट्ट

 अखण्ड मधेशलाई विखण्डन गर्ने षड्यन्त्र सामन्तवादी शासकवर्गका उत्तराधिकारीहरू माओवादी पार्टी, कांग्रेस र एमाले पार्टीले राज्य पुनर्संरचनाको खाका तयार गरेको छ जसले अखण्ड मधेशलाई टुक्रा–टुक्रामा विभाजित गरेर मधेशलाई विखण्डनको खाल्डोमा धकेल्दैछन्। माओवादी पार्टीले ल्याएको राज्य पुनर्संरचनाको खाका पूर्णतः मधेशको भविष्य र भावनासँग विभेदपूर्ण खेलवाड गरेको छ। माओवादीले ल्याएको दस वटा राज्यको...

जनकपुर बम विष्फोटको नालीबेली – सुरेश यादव

जव–जव सम्पूर्ण मधेशको आवाज जुरमुराउन थाल्द्धछ तब–तव निमुखा र मिथिला राज्यको  द्धार भएर पवित्र मिथिला राज्यका निमुखा र मिथिलाघातीहरूको प्रयोग हुँदै आएको कुरा छर्लङ्ग  छ। यसै कथाको अर्को अध्याय –२०६९ साल वैशाख १७ गतेको जनकपुर वमविष्फोट, होइन भन्न वडो गाह्रो लाग्यो। वैशाख १७ गते हत्याहुने गरि नै गरिएको विभत्स घटना...

खस' महिमा र मधेश आन्दोलन–१२०–उपेन्द्र झा

सत्ययुगमा मध्यदेशको प्रधानता सत्ययुग (३५०० ई०पू०―२७०० ई०पू०)ः– भारतको अर्वाचीन नाम मध्यदेश हो। अहिलेको भारत भूभागमा काश्मिरको खैबर दर्रा (गुफा) भएर आर्यहरूको आगमन ३५०० ई.पू. भएको थियो, (राँगेय राघव, प्रा०भा०प०ई०, पृष्ट १२४)। इतिहासकार पार्जिटर पनि आर्यहरूको आगमनको यस तिथिबाट सहमत देखिन्छ। पार्जिटरले पुराण गवेषणाको आधारमा आर्यहरूको आगमनको तिथि निर्धारित गरेको छ।...

Weekly Video

We have 100 guests and no members online