Weekly Nepal


सञ्चार कार्य तथा अनुसन्धान समूह “मार्ग” का लागि प्रकाशित सम्पादक : राजेश अहिराज सम्पादन सहयोगी : सुरक्षा ठाकुर, कृपा थापा प्रबन्ध निर्देशक : मनोजकुमार यादव व्यवस्थापन सहयोगी : रामसुकुल मण्डल कार्यालय : हनुमानस्थान चोक, अनामनगर, काठमाडौं–३२ फोन ― ०१–४२६६१४२ फ्याक्स ― ०१–४२५५४३१ पो.ब.नं. ११८५८ इमेल - madheshvani@gmail.com

बलिया भए संघीयताका पक्षधर

मधेशीसहित चार सय १४ सभासद् एकढिक्का -- काठमाडौं। संविधानसभाको विवादित विषयमा निर्वाचन हुने भएपछि दलहरूबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको नयाँ समीकरण बनेको छ। दलहरूले अपेक्षा नै नगरेको समीकरण बिहीबार विभिन्न पार्टीका सभासद्हरूले बनाएका छन्। समीकरणमा दलीय स्वार्थभन्दा माथि उठेर सभासद्हरूले जातीय र क्षेत्रीय पहिचानका लागि मोर्चाबन्दी गरेका छन्। समिकरणले नै संघीयतासहितको संविधानलाई सार्थक बनाउने देखिन्छ। संयुक्त लोकतान्त्रिक मधेशी मेार्चा, एकीकृत नेकपा माओवादीका मोहन बैद्य समूह, वर्षमान पुनको जनजाति समूह, आदिवासी जनजाति(ककस), थारू, मुस्लिमलगायत अन्य दलका सभासद्हरूबीच चारबँुदे सहमति भएको छ। सहमतिबाट मधेशी, मुस्लिम र अन्य दलका गरी १ सय ९६ सभासद् र आदिवासी जनजाति (ककस)का २ सय १८ सभासद् एक ढिक्का...

जनयुद्ध र मधेश आन्दोलनका कार्यदिशा कता? / राजाराम अधिकारी

खासगरी नेपालको राजनीति यतिबेला अत्यन्तै संक्रमणकालीन अवस्थामा गुज्रेको पाइन्छ। नेपालमा राणाशासनका समाप्ति र प्रजातन्त्रको उदय र २०४७ सालको प्रजातन्त्र स्थापना र यसमा २०४६ सालको पहिलो जनआन्दोलनका मूल्यांकनसम्म आइपुग्दा जनक्रान्तिको उत्पति नेपाली कांग्रेस र सत्तामा राज गरेर जनता भुलेपछि वि.सं. २०२७ सालपछि भूमिगत रुपमा उठाएको नेकपा एमाले र उसको पनि सत्ता राजपछि जनताको माग र आवाजलाई बिर्सिएर राज्यसत्तालाई नै प्रमुख हतियार बनाएको पाइन्छ। त्यसैले यी सबै क्रान्तिमा नेपालमा मुख्य रुपमा सहभागिता दलित, जनजाति, मधेशी, उत्पीडित वर्ग र क्षेत्र वा भनांै राज्यसत्तामा पहुँच नभएका मानिसहरुलाई राजनैतिक नाराको सस्तो लोकप्रियताको कारणले गर्दा नै बहुसंख्यक जनताको नाम कजाएर सत्तामा दाम कमाउन लागिपरेको पाइन्छ। खासगरी नेपाललाई पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउ र प्रत्येक गाविसलाई ५ लाख रुपैयाँ वितरण, वृद्ध भत्ता लगायतका स्मरणीय कार्य पहिलोपल्ट केही राहत जनतालाई दिनुभएको आजपनि स्मरणीय छ। त्यसो त वि.सं. २०५२ फाल्गुन १ गते सशस्त्र जनयुद्धका घोषणा गरेको नेकपा माओवादीले आफूलाई साम्यवाद, माओवाद वा समाजवाद अनेकौं उपनाम दिएपनि मुख्य कार्यदिशा अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको मार्गका नाममा खासगरी वर्गीय मुद्दा, लैङ्गिक विभेद, जातीय विभेदको अन्त्य र सामन्ती राज्यसत्ताको आमूल परिवर्तन थियो। तर २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डपछि श्री ५ महाराजाधिराज भइसकेका राजा श्री ५ ज्ञानेन्द्र र सहयोगी शासकहरुले संकटकालीन व्यवस्था घोषणा गरेपछि वि.सं. २०५९ तत्कालीन नेकपा माओवादीको चुनवाङ बैठकले गोलमेच सम्मेलन लगायतलाइ छोडि संसदवादी राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायतसँग मिलेर जाने निर्णय गर्योल। यस निर्णयले दुईवटा कार्यदिशा दियो। पहिलो राज्यको आमूल परिवर्तनलाई त्यागी र सैद्धान्तिक रुपमा सर्वहारा वगको मुक्तिको कार्यदिशा छोडेको र आफ्नो कार्यकर्ताको शक्तिको मान र विश्लेषण गरेन। दोस्रो पक्ष राजनैतिक संसदवादी दलहरुसँग मिलेर गएपछि संसदवादी पार्टीहरुसँगको संसद साझेदारी वा सत्ताको पदलुप र हतियारबाट क्रान्ति सफल नहुने र शान्तिबाट नै क्रान्ति गर्ने उद्घोष गरेको लिन सकिन्छ। खासगरी राजनैतिक सत्ता नपाएको र २०६१ माघ १९ को शाही घोषणाल गर्दा कांग्रेस र एमालेलाई बाध्य भएर सत्ताको भोकमा दिल्ली भौतारिएको र नेकपा माओवादी पनि शान्तिको क्रान्तिमा दिल्लीमा १२ बुँदे समझदारी भई संसदवादी राजनीतिमा प्रवेश गन सम्झौता गर्योन। ऐतिहासिक जनआन्दोलन २०६२/६३ ले तत्कालीन निरंकुश शासक राजा ज्ञानेन्द्रलाई संसद पुनसर््ंथापनाको माग सम्बोधन गर्न बाध्य भयो र २०६३ मंसिर ५ गतेको बृहत शान्ति सम्झौताको अवतरण भएको आज ५ वर्ष नाघिसकेको छ। खासगरी माओको शब्दमा जातीय, क्षेत्रीय, गरिबी र पिछडिएको वर्गलाई केन्द्रिकृत सामन्तवादलाई ध्वंश गरी समता र समानताको मुख्य मुद्दा त उठ्यो तर त्यो माग संविधानसभापछि जनयुद्धबाट धनयुद्धमा परिणत भएको अधिकांश जनताले महसुस गरेको पाइन्छ। आज सबै राजनीतिक पार्टीहरु विचलन, विचार र आर्थिक अपारदर्शितामा लागेको पाइन्छ। यिनै मुद्दालाई सम्बोधन नहुँदा २०६३ माघको मधश आन्दोलनको उदय भएको र पहिलोपटक मधेशको नाम अन्तरिम संविधानमा उल्लेख भएको पाइन्छ। खासगरी समस्याको समाधान र राज्यसत्तालाई उजागर गर्न आन्दोलनको श्रेय माआवादीलाई नै जान्छ। त्यसैको सिकोबाट इतिहासमा जागेको मधेशले पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक इतिहासमै उल्लेख गर्न राजनीतिक दलहरुलाई बाध्य बनाए र संविधानसभापछि मधेशवादी दलहरु इतिहासमा उदाएका पाइन्छ। उनीहरुले मुख्य उपलब्धी हासिल गरको भनेको क्षत्रीय स्वायत्तता, समावेशी, संघीयता र नेपाली सेनामा मधेशी, जनजाति, आदिवासी लगायतको पहिचान स्वरुपको प्रवेश हो। उसले पनि माओवादीको सिको गरेर र यिनै समुदायको नाम कजाएर दाम कमाउन सिपालु भएको पाइन्छ। नेपालमा संघीयताको बहस निकै चर्को रुपमा उठेको र संविधानसभाको राज्य शक्तिको बाँडफाँट समिति १४ प्रदेश र राज्य पुनर्संरचना आयोगल दिएको ११ प्रदेश र अल्पमतले दिएका ६ प्रदेशका खाका पनि आइसकेको छ। तर जातीयताको रटान लगाइएका छ भने प्राकृतिक, आर्थिक, भौगोलिक रुपमा साधन स्रोतको बाँडफाँट, केन्द्र प्रदेश र स्थानीय संरचनाको सर्वमान्य बाँडफाँट र प्रत्यक्ष जनतालाई उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरिएको छैन। नक्सांकन, सीमांकन, खासगरी मधेश पहाड र हिमालबीचको सम्बन्ध र उत्पादनहरुको आदान प्रदान र सामञ्जस्यता गरी राष्ट्रिय एकता भौगोलिक अखण्डता र प्रादेशिक स्वायत्तताको मागलाइ गौण बनाइएको पाइन्छ। पहिचान भनेको कुनै जाति विशेषको अखाडा होइन यी त सदियौंदेखि उत्पीडन र विभेदमा परेका के बाहुन, के क्षेत्री, के मधेशी, के दलित, गैरदलित जा जातीय आधारमा नभई वर्गीय आधारमा विभेद र सामन्ती संरचनाको खाडल पुर्न वा भनांै नयाँ समानतामूलक संरचनाको निर्माण गर्न राज्यसत्तामा यसका प्रमुख अंग र निकायहरुमा समान हिस्सेदारी हो। तर विडम्बना आज बहुजातीय नेपालमा जातीय सद्भाव खल्बलाइ राजनैतिक सत्ता हत्याउन योजनामा रहेका राजनैतिक दलहरुको अकर्मण्यता र अधैर्यता, अदूरदर्शिताको कारणले गर्दा पहिचानको मुद्दा झन जटिल बन्दै गएको पाइन्छ। खासगरी माओवादी र मधेशवादी वा भनौं जनयुद्ध र मधेश आन्दोलनको समानता यस्तो छ :   

१. जनयुद्धले वर्गीय, मधेशी, जनजाति, दलित आदि उत्पीडित निम्न वर्गीय जनताको साथ लिएको र मधेश आन्दोलनमा पनि यिनै समुदायको बाहुल्यता हुनु। 

२. जनयुद्धले संविधानसभा र गणतन्त्रको पहिलापल्ट शब्द उच्चारण गर्योि भने मधेश आन्दोलनले पहिलोपल्ट संघीयता र समावेशी वा आरक्षणको नीतिलाई अवलम्बन गर्योर।  

३. जनयुद्धले विभेद, उत्पीडनमा परेका सबै जाति, वर्ग, लिङ, भाषा, वर्गीय उत्पीडनको अन्त्य गर्ने, मधेश आन्दोलनले पनि जातीय, लैङि्गक समानता, र एक भाषा एक भेषको अन्त्य। 

४. जनयुद्ध र मधेश आन्दोलनको समानता र धर्म निरपेक्ष राष्ट्रको आवश्यकता। 

५. जनयुद्धले सर्वहारा वर्गको राज्यसत्तामा समान हिस्सेदारी हुनुपर्ने माग उठायो भने मधेश आन्दोलनले मधेशी, जनजाति लगायत त्यसैभित्रका पात्रहरुको माग उठायो। 

६. जनयुद्धले राष्ट्रियता र समानतालाई बढी प्रश्रय दियो भने मधेश आन्दोलनले मधेश स्वायत्त प्रदेश वा क्षेत्रीयतालाई बढी प्रश्रय दियो। 

दुवैको मिल्दोजुल्दो विकृति :  

१. जनयुद्धल राष्ट्रियताको नाममा त मधेश आन्दोलनले क्षेत्रीयताको नाम कजाएर दाम कमाउन लागिपर्योल। 

२. माओवादी र मधेशवादीहरु सत्ताको आयोग स्थापनार्थ लागिपरको पाइन्छ। 

३. माओवादी र मधेशवादीहरु अरु पार्टीजस्तै आर्थिक सुदृढिकरणमा लागेर धनाढ्य बन्न सफल हुँदै गएको पाइन्छ।  

४. माओवादी र मधेशवादी पार्टीहरुमा पछिल्लोपटक आफ्नो पार्टीको आदर्शता, मूल्यमान्यता र विचारमा विचलित भएको पाइन्छ। 

५. आफ्नो मुद्दा र विषयमा केन्द्रित हुन नसक्नु। 

६. सत्ता र भत्तामा लीन भएर सच्चा कार्यकर्ता र शुभचिन्तकहरुलाई बेवास्ता गरेको छ। 

७. राजनैतिक शक्तिमा उदाएको र यो नै अन्तिम अवसर हो अबको चुनाव के हो? भनेर भय र त्रासले ग्रसित भई एमाले, कांग्रेस जस्तै राजनैतिक व्यापारमा लिप्त भएको। 

८. अरु पार्टीजस्तै जनताको दैनिक र अत्यावश्यक उपभोग्य वस्तुहरु सर्वसुलभ तरिकाले प्रदान गर्न नसक्नु। 

९. अल्पसंख्यक निम्बवर्गीय समुदायको पहिचान र आन्दोलनको बाटोबाटै प्राप्तिको नशा लाग्नु वा भनौं सत्ता नपाए आन्दोलनको धम्की दिन खप्पिस छन्। 

वस्तुतः आज जनयुद्ध र मधेश आन्दोलनसँगको कथित माओवाद र मधेशवादको फ्युजनबाट सत्ताका संयोजन भएको अहिलेको अवस्थामा यी पार्टीले जनताको भावना, भावी नयाँ संविधानमा उत्पीडित वर्ग, क्षेत्र, लिङ्गलगायत राज्यबाट विभेदमा पारिएका जनताको मागलाई सम्बोधन गरी आफ्नो मुद्दा र विषय, विचार, दर्शनमा केन्द्रित भई पुराना पार्टीभन्दा नयाँ सोच, आदर्श, दूरदर्शिता र राजनैतिक इमान्दारिता नै प्रमुख विषय हो भन्ने मनन गर्नु जरुरी छ। पार्टीको आर्थिक सुदृढिकरण र कमाउधन्दामा लागेर विदेशी दर्शन र नकल छाट्नु र आयातीत दर्शन, विचारभन्दा मौलिक विचार समस्याको सही समाधान र समानताको लडाई र वास्तविक गरिबीको निवारण, रोग, भोक, अशिक्षाबाट मुक्त र रोजगारीको सिर्जना नै आजको आवश्यकताको जननी हो। नेपाली जनताले कुनै नेताको भाषण र आश्वासन हैन प्रयोगात्मक परीक्षाको प्रतिफल खोजेका छन्। त्यसैले राजनीतिक पार्टीहरुल अब्राहम् लिंकनको 'कुशल शासकलाई भविष्यको चिन्ता रहन्छ तर राजनीतिज्ञलाई आगामी चुनावको मात्र चिन्ता हुन्छ' भन्ने भनाई हृदयंगम गरी राजनीतिज्ञ होइन कुशल शासक र कुशल राजनीति गर्न सिक्नुहोस् भन्ने हाम्रो कामना छ। 

मधेशवाणी - समाचार

मधेशलाई दुई टुक्रा गरिने

मधेशमा दुई प्रदेश हुने प्रायः निश्चित भएको छ। बिहीबार आदिवासी जनजातिसहित अन्य दलसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको सहमति अनुसार मधेशमा थारू, आदिवासी, जनजाति, मुस्लिमसहितको पहिचानलाई समेटी दुई मेधश बनाईने छ।  बैठक पश्चात एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले मधेशवाणीसँग भने मधेशमा जातीय आधारमा दुई प्रदेश बनाईने सहमति भएको छ।...

एक मधेश प्रदेशका लागि अभियान

काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र बृहत मधेशी मेार्चाले जुनसुकै हालतमा एक मधेश प्रदेशको माग गरिरहँदा मधेशका विभिन्न संघसंस्थाले पनि एक मधेश प्रदेशका लागि अभियान नै थालेका छन्। एक मधेश प्रदेशका लागि राजधानीमै एकदिनमै आधा दर्जन भन्दा बढि दबाबका कार्याक्रमहरू भएका छन्। यसैसाता मधेशी पत्रकार समाज, संयुक्त मधेशी दबाब समूह...

नेपालमा चिनिया चलखेल अन्तर्राष्ट्रिय सरोकार

जडिबुडी तस्करीमा चिनियाँ नागरिक, डलर तस्करीमा चिनियाँ नागरिक, दुर्लभ बन्यजन्तुको तस्करीमा चिनियाँ नागरिक, दुलभ वन्यजन्तुका हाड छाला तस्करीमा चिनियाँ नागरिक, नेपालका सम्वेदनशील निकायका हाकिमहरू जाने रेष्टुरेन्ट, बार, मसाज पार्लरहरूमा उनको सेवामा लाग्ने चाइनिज युवतीहरू, हत्या लुटपाटका घटनामा प्रयुक्त हुने गरेका चाइनिज पेस्तोल। यसरी बढ्दैछ चिनियाँ चलखेल नेपालमा। चीनको तिब्बतप्रतिको चिन्ता...

समग्र मधेश एक प्रदेश नै चाहिन्छ : सिंह

काठमाडौं। नेपाली कांगे्रसका नेता अमरेशकुमार सिंहले समग्र मधेेश एक प्रदेशका लागि दल, जाति, धर्म, र भाषाबाट माथि उठेर सबै मधेशी एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले मधेश प्रदेशलाई सकेसम्म कम भुभाग दिने षड्यन्त्रलाई मिडियाले पनि साथ दिइरहेको बताउनुभयो। उहाँले मिथिला, कोच, भोजपुरा, थरूहटको मुद्दालाई प्राथमिकता दिई मिडियाले मधेशलाई खण्डित पार्ने प्रयत्न गरिरहेको...

ठूलो मात्रामा बम, विष्फोटक पदार्थ तथा गोली र म्याग्जिन बरामद

धनगढी। सशस्त्र प्रहरी बलको टोलीले कैलाली जिल्लाको सुगरखाल गाविस ९ भालुमारे खोलाको ओडारबाट ठूलो मात्रामा विभिन्न खालको गोली तथा म्याग्जिन बरामद गरेको छ। सो ओडारमा चार वटा प्लाष्टिकको कट्टामा गोली तथा म्याग्जिन लुकाई राखेको अवस्थामा सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरियाबाट खटिएको एपीएफ टोलीले फेला पारेको...

छापा मार्दा विस्फोटक पदार्थ बरामद

महोत्तरी। जलेश्वर नगरपालिका–५ बाट बुधबार प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ। ८ थान डिटोनेटर, २० थान जिलेटिन, २ थान रिमोट, तार क्वाइल, नेपाली र भारतीय गरी १२ थान सिमकार्ड बराम गरेका छन्। महोत्तरी र प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले जितु भन्ने जितेन्द्रलाल कर्णको घरमा छापा मार्दा ती सामान बरामद...

मधेशवाणी - निजी विचार

अवध प्रदेशको सवाल – विनोद कुमार उपाध्याय

दुनियालाई थाहा भएकै हुनु पर्दछ कि मधेशमा थुप्रै गण राज्यहरू समाहित थिए। तिरहुत वज्जी संघ, अवध गणराज्य, मिथिला, भोजपुर, वैशाली आदि इत्यादि गणराज्यहरूको व्यापारिक केन्द्र वैशाली गण राज्य थियो। यसै किसिमले अवध गणराज्य अन्तर्गत कोलीय राज्य, शाक्य गणराज्य, कोशल महाजनपथ, काशी महा जनपथ, मल्ल गण राज्यहरू थिए। इतिहासमा ओभ्काकको पाँचौ...

मधेश, रोइरहेको देश र नेपाल बन्द – राजाराम अधिकारी

खासगरी देश यतिबेला जटिल र अन्तिम राजनीतिक परिवर्तनको पर्खाइमा छ। खासगरी राजनीतिक क्रिडास्थल र भोट बैंकको लागि उर्बरा दाता बन्दै गएको मधेश यतिबेला निकै चर्चामा छ। अर्कोतर्फ पहाड हिमाली प्रदेशका जनताहरूको मुद्दा र जागरण पनि मधेशका विभिन्न मोर्चा र संगठनसँगैको नियतिबाट प्रभावित भएको अवस्था छ। खासगरी राजनीतिक पार्टीहरूमा पनि मधेश...

नेपाल सद्भावना पार्टी के राष्ट्रीय अध्यक्ष सरिता गिरी द्वारा सार्वजनिक

नेपाल सद्भावना पार्टी के राष्ट्रीय अध्यक्ष सरिता गिरी द्वारा सार्वजनिक किया गया पार्टी दस्तावेज  सरकार विदेशी ऋण लेकर अत्यन्त महंगी परियोजनाओं को राष्ट्रीय गौरव की पयिोजना कह कर उस पर खर्च करना पसंद करती है क्योंकि महंगी परियोजनाओं में ज्यादा भ्रष्टाचार होने की जगह होती है , भले ही उससे...

मधेशवाणी - अन्तर्वार्ता

हाम्रो सरोकार संविधान र अधिकार -- उपेन्द्र यादव अध्यक्ष

                           मधेशी जनअधिकार फोरम, नेपाल ० वर्तमान राजनीतिक परिस्थितिलाई कसरी समीक्षा गर्नुहुन्छ? ― अहिले राजनीति परिस्थिति सबभन्दा अन्योलग्रस्त, नेपालको इतिहासमा सबभन्दा अनिश्चित परिस्थिति रहेको छ।  ० तपाइँले २०६३ को मधेश आन्दोलनको नेतृत्व गर्नुभएको थियो र अहिले फेरि बृहत् मधेशी मोर्चा गठन गरेर मधेश केन्द्रित हुनु भएको छ, यसलाई जनताले कसरी...

संघीयतालाई थाँती राखेर संविधानको कुरा अगाडि बढ्न सक्दैन -- जितेन्द्र सोनल सभासद्

-- तराई मधेश लोकतान्त्रिक पार्टी  --० संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा छ भने बृहत् मधेशी मोर्चा आन्दोलनमा छ, यसलाई कसरी हेरिरहनु भएको छ? ― जनताले जुन मधेशवादी पार्टीहरूलाई भोट दिए र यहाँसम्म पुर्याीए ती पार्टीहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन गर्यौंद। हामीले मधेश आन्दोलन दोस्रो गर्यौंर र त्यसकै बलबुतामा...

मधेशवाणी - विविध

दुई शब्द – प्रभात राय भट्ट

 अखण्ड मधेशलाई विखण्डन गर्ने षड्यन्त्र सामन्तवादी शासकवर्गका उत्तराधिकारीहरू माओवादी पार्टी, कांग्रेस र एमाले पार्टीले राज्य पुनर्संरचनाको खाका तयार गरेको छ जसले अखण्ड मधेशलाई टुक्रा–टुक्रामा विभाजित गरेर मधेशलाई विखण्डनको खाल्डोमा धकेल्दैछन्। माओवादी पार्टीले ल्याएको राज्य पुनर्संरचनाको खाका पूर्णतः मधेशको भविष्य र भावनासँग विभेदपूर्ण खेलवाड गरेको छ। माओवादीले ल्याएको दस वटा राज्यको...

जनकपुर बम विष्फोटको नालीबेली – सुरेश यादव

जव–जव सम्पूर्ण मधेशको आवाज जुरमुराउन थाल्द्धछ तब–तव निमुखा र मिथिला राज्यको  द्धार भएर पवित्र मिथिला राज्यका निमुखा र मिथिलाघातीहरूको प्रयोग हुँदै आएको कुरा छर्लङ्ग  छ। यसै कथाको अर्को अध्याय –२०६९ साल वैशाख १७ गतेको जनकपुर वमविष्फोट, होइन भन्न वडो गाह्रो लाग्यो। वैशाख १७ गते हत्याहुने गरि नै गरिएको विभत्स घटना...

खस' महिमा र मधेश आन्दोलन–१२०–उपेन्द्र झा

सत्ययुगमा मध्यदेशको प्रधानता सत्ययुग (३५०० ई०पू०―२७०० ई०पू०)ः– भारतको अर्वाचीन नाम मध्यदेश हो। अहिलेको भारत भूभागमा काश्मिरको खैबर दर्रा (गुफा) भएर आर्यहरूको आगमन ३५०० ई.पू. भएको थियो, (राँगेय राघव, प्रा०भा०प०ई०, पृष्ट १२४)। इतिहासकार पार्जिटर पनि आर्यहरूको आगमनको यस तिथिबाट सहमत देखिन्छ। पार्जिटरले पुराण गवेषणाको आधारमा आर्यहरूको आगमनको तिथि निर्धारित गरेको छ।...

Weekly Video

We have 101 guests and no members online