
सञ्चार कार्य तथा अनुसन्धान समूह “मार्ग” का लागि प्रकाशित सम्पादक : राजेश अहिराज सम्पादन सहयोगी : सुरक्षा ठाकुर, कृपा थापा प्रबन्ध निर्देशक : मनोजकुमार यादव व्यवस्थापन सहयोगी : रामसुकुल मण्डल कार्यालय : हनुमानस्थान चोक, अनामनगर, काठमाडौं–३२ फोन ― ०१–४२६६१४२ फ्याक्स ― ०१–४२५५४३१ पो.ब.नं. ११८५८ इमेल - madheshvani@gmail.com
काठमाडौं, फागुन ५ । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं सञ्चारमन्त्री जयप्रकाश गुप्ताले बिहीबार राष्ट्रपति डा. रामवरण यादवलाई एक पत्र लेखि मधेश र काठमाडौंको सम्बन्ध टुट्न सक्छ भन्ने आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुभएको छ। देश टुक्र्याने अभिव्यक्ति दिएको भन्दै विवादमा परेका मन्त्री गुप्ताले बिहीबार राष्ट्रलाई पत्र लेख्दै मधेश हिंसक आन्दोलनको मनोस्थितिमा रहेको अभिव्यक्ति दिएको स्वीकार गरेका छन्। राष्ट्रपति यादवले उनको अभिव्यक्तिको सम्बन्धमा गम्भीर चासो लिई प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित प्रमुख दलका नेताहरूलाई राष्ट्रियता विरूद्ध बोल्ने मन्त्रीलाई छुट नदिन सचेत गराएका थिए। गुप्ताले आफ्नो जवाफमा मधेशी समुदायको हृदय र मष्तिस्कमा पार्ने चिराका बारेमा कोसँगको शिष्टाचार भेटमा कसले, कसलाई सचेत गराउने? आफ्नो...
नेपालमा कानूनको प्रयोग समुदायको आधारमा हुन थालेको छ। अपहरणका आरोपी सभासद् श्यामसुन्दर गुप्तालाई हिरासत र सर्वोच्च अदालतद्वारा हत्यारा सावित भइसकेका सभासद् बालकृष्ण ढुंगेललाई उन्मुक्तिले के संकेत गर्दैछ? पहाडी समुदायका दर्जनौं अपराधीहरू संसदमा खुलेआम घुम्दै छन् तर सामान्य गल्तीमा मधेशी सभासद्लाई पक्राउ गरिदैँछ भनी सन्देश मधेशभरि छरिएको छ।
रौतहट/नमुना बस्ती विकास कार्यक्रम शीर्षकअन्तर्गत गाउँमा आएको रकमबाट नाला बनाउने योजना छनोट गरी निर्माण कार्य प्रारम्भ गर्न लाग्दा माओवादी पार्टीकै दुई समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो। सभासद् तथा केन्द्रीय सदस्य प्रभु साहले नाला निर्माण गर्न बनाएको उपभोक्ता समितिमा सर्वपक्षीय एवं सर्वदलीय व्यक्तिहरुलाई नराखी आफूनिकटलाई राखेकोमा विवाद बढेको माओवादीका कार्यवाहक जिल्ला...
काठमाडौं। सर्वोच्च अदालतले जन्मका आधारमा २०६४ सालमा नागरिकता पाउनेको छोराछोरीलाई अब वंशजको आधारमा नागरिकता बाँडन् गृहमन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय भरतराज उप्रेती र भरतबहादुर कार्कीको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म गृहको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको हो। गृहमन्त्रालयले जन्मका आधारमा २०६४ सालमा नागरिकता पाएकाको...
मणि प्रसाद गैहे्र कपिलवस्तु/स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनता भन्दा देशको राजनीति अस्वस्थले मुलुक नै विरामी परेको बताएका छन्। देशमा भएको राजनैतिक अस्थिरता र सविधान निर्माणमा भएको ढिलाईका कारण देश नै अस्वस्थ रहेको बताएका छन। एक हप्ते संघन एकिकृत जनस्वास्थ्य अभियान शिविरको शुक्रबार तौलिहवामा उदघाटन...
फोरम गणतान्त्रिकका कतिपय सभासद् र नेताहरुले आफ्नो पार्टी नेतृत्व र मन्त्रीको कार्यर्शलीबाट रुष्ट छन्। आसन्न चुनाव र मधेशी जनताप्रतिको कार्य सम्पादनमा इमान्दार हुन नसकेको कारण सिंगो पार्टी आफ्ना राजनीतिक भविष्य दाउमा रहेको अनुभूति नेताहरुले गर्दैछन्। पार्टीका निर्णयहरुसमेत लत्याउने वर्तमान कृषिमन्त्रीको कार्यशैलीबाट सिंगो पार्टी बदनाम भइरहेको छ। सभासद्हरुले पार्टीलाई सरकारबाट बाहिर...
काठमाडौं/नेपालका लागि भारतका राजदूत श्री जयन्तप्रसादको अध्यक्षतामा नेपालस्थित भारतीय भूपू सैनिक कल्याणकारी संघको २२ औं वार्षिक कल्याणकारी वैठक २२ जनवरी २०१२ मा काठमाण्डौमा बस्यो। नेपालमा बसोवास गर्ने भारत सरकारका सम्पूर्ण सेवानिवृत्तहरुको कल्याणको जिम्मेवारी बोकेको उक्त संघ भारतीय राजदूतावासको संरक्षणमा संचालित छ। नेपालमा करिव ९० हजार भारतीय भूपू सैनिकहरु बसोवास गर्छन्।...
काठमाडौं/तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरुले कान्तिपुर दैनिक जलाएको छ। अनामनगरस्थित हनुमानस्थान चोकमा तमलोपाका भ्रातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय अध्यक्ष सुरेश मण्डलको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले कान्तिपुर जलाएका छन्। कान्तिपुर दैनिकमा आइतबारको अंकमा 'आपत्तिजनक सम्झौता प्रति' शीर्षक लेखमा एकजना लेखकले मधेशका मुख्य नेताहरु खासगरी तमलोपाका अध्यक्ष महन्थ...
राजेश अहिराज ― अक्षम्य अपराध र असीमित भ्रष्टाचार गरेका व्यक्तिहरुको समूहले भ्रष्टाचार निवारणको नारा दिएर समाजको वातावरण हास्यास्पद बनाउनु बाहेक अरु के नै गर्न सक्छन् र! अदालतलाई प्रमाण चाहिन्छ। कसैले भ्रष्टाचारको मुद्दा दर्ता गराउँदैमा गुप्ता भ्रष्टाचारी सावित भइ हाल्दैन। न्यायालयमा उजुरीकर्ताको मनशाय, परपीडक प्रवृत्ति, सामुदायिक विभेदपूर्ण सोच र वातावरणको अनुकुलता समेतलाई...
महिना दिन पछि विज्ञहरूको कडा मिहनेतले राज्य पूर्नसंरचना आयोगको तर्फबाट अल्पमत र बहुमतको दुइवटा प्रतिवेदन सार्वजनिक भएको छ। हेर्दा राज्य पूर्वसंरचना तथा शन्तिको वाँडफाँड समितिको भन्दा संख्यात्मक फरक बाहेक अन्य केही भिन्नता देखिदैन। विभिन्न पत्र पत्रिका, एफ.एम, रेडियो र टेलिभिजनहरूमा नेता तथा बुद्धिजिविहरूको फरक फरक धारणा र विश्लेशन हेर्न, सुन्न...
प्राग् इतिहासमा कपिलवस्तु–३ शाक्य, बज्जि, मल्ल, लिच्छिवीहरुको गणतान्त्रिक राज्य व्यवस्थाको विशिष्टताबारे धेरै इतिहासकारले वर्णन गरेको छ। ईशाको छैठौं शताब्दीमा पनि यी गणराज्यहरु आफ्नो विशिष्टताको सफल अभ्यास गरि रहेका थिए। काशी प्रसाद जयसवाल अनुसार महात्मा बुद्धले राजनीतिक संघकै आधारमा बौद्ध संघको तानाबाना बुनेको थियो। डा० भण्डारकरले पनि काशी प्रसाद जयसवालको समर्थन गरेको...
नेपालको राजनीति परिवेश पुन एकपटक तातेको छ। तताउन विषय वस्तु हो मधेशीलाई समुहगत सेनामा प्रवेश र जन्मसिद्ध नागरिकता लिएका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता दिनुहुन। उक्त विषय वस्तु मधेशवादी राजनैतिकदल संयुक्त मधेशी मोर्चाको तल्लो स्तरदेखि माथिल्लो स्तरको कार्यकर्ता र तल्लो निकाय देखि माथिल्लो निकायको नेताहारूको निरन्तर प्रयासले राजनैतिक रूपमा स्थान पायो...
खासगरी वाद भन्ने शब्दसँग विश्व परिवर्तनसँगै पैदा हुँदै गएको पाइन्छ भने विश्वको विभिन्न इतिहास र कालखण्डसँगै विश्वमा क्रान्तिका नयाँ–नयाँ प्रलय र विचारहरू पैदा हुन्छ र त्यसैको जगमा सम्पूर्ण जनतालाई आकर्षित गरेर र आन्दोलनमा होमेर क्रान्तिको जनलहर पैदा गरेको पाइन्छ। खासगरी १७ औं शताब्दीमा रूसो, १८ औं शताब्दीमा मस्क्यूटो, सँगसँगै हिटलरको...
प्राग् इतिहासमा कपिलवस्तु–२ कपिलवस्तुको तिलौरकोटमा अहिले भग्नावशेषको रूपमा रहेको राजा शुद्धोदनको राजदरवार थियो। देवदहको कोलियवंशकी राजकुमारी मायादेवी राजा शुद्धोदनकी रानी थिइन। माइती जान लाग्दा लुम्बिनीवनमा मायादेवीलाई प्रसब बेदनाले च्यापेपछि एउटा बालकको जन्म भयो। यही बालक गौतम बुद्ध भए। बालक जन्मेको खबर पाउँदा अति हर्षित राजा शुद्धोदन उनको न्वारणमा सयौं...
० अहिलेको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनु भएकोे छ? ― अहिले राजनीतिक परिस्थिति नेपालको इतिहासमा देखिएका सबभन्दा अन्योल, अनिश्चितता र दिशाहीनताको अवस्थामा छ। यसको मूल कारण निर्धारित गरिएको दुई वर्षमा संविधान नबन्नु, शान्ति प्रक्रिया नटुंगिनु, मधेशी, आदिवासी, जनजाति, दलितलगायतका उपेक्षित र विभेदमा पारिएका समुदायलाई समान अधिकार अवसर दिएर राष्ट्रिय मूलधारमा ल्याउन...
० पछिल्लो समय शान्ति र संविधान पहाड बन्दै गयो नि? ― शान्ति र संविधान निश्चित रूपमा अहिले अल्भि्कएको छ। संविधान बन्दैन कि वा शान्ति प्रक्रिया टुंगिदैन कि भन्ने कुराको शंका आमजनतामा छ। तथापि शान्ति प्रक्रिया टुंग्याएर संविधान ल्याउँछौं भनेर अल्भि्कएका विषयवस्तुहरूमा हाम्रा शीर्ष नेताहरू भनिरहनु भएको छ, हामी पनि दबाब...
० नागरिक समाज पनि मधेशी र पहाडी हुन्छ त? ― मधेशमा जुन आन्दोलन भयो त्यसमा उहाँहरूले दिएको रिपोर्ट, उहाँहरूले देखाएको व्यवहारको बाबजुद पनि हामीले हाम्रो लागि आफै गर्नुपर्ने हुन्छ भनेर मधेशी समुदायको हकहितका लागि अरू नबोलिदिँदा हामीले मधेशी नागरिक समाज गठन गर्न बाध्य भयौं र आवश्यकता पनि त्यतिखेर थियो। ...
० फोरम नेपालमा भ्रष्टाचारीहरू हाबी भए, नातावाद, कृपावाद भयो आदि कुराहरू उठाएर नयाँ पार्टी गठन गर्दै मन्त्रालय छिर्नु भएको हो। अहिलेको अवस्थामा तपाइँको पार्टीले के गर्दैछ? ― अहिले हामी मोर्चाबन्दी गरेर एउटा शक्तिको रूपमा अगाडि बढिरहेका छौं। हामीले आफ्नो मोर्चाको अवधारणाले अगाडि बढिरहेका छौं। ० तपाइँले मोर्चाको अवधारणा अनुसार अगाडि...
० गजेन्द्र बाबु तपाइँको नजरमा कस्तो हुनुहुन्थ्यो? ― गजेन्द्र बाबु एउटा युग पुरूष हुनुहुन्थ्यो। उहाँले आजभन्दा ३० वर्ष पहिले यो देशलाई संघीयता चाहिएको छ, यो देशको संविधान एकाङ्ककी छ, संविधानसभाबाट नयाँ संविधान बनाइनु पर्दछ, यो देशमा नागरिकता समस्याको सर्वकालीन समाधान गरिनु पर्दछ, यो देशलाई समतामूलक समाजको निर्माण गरिनुपर्दछ भन्ने कुरा...
० तपाइँले श्यामसुन्दर गुप्ताको विषयमा कुन उद्देश्यले पत्रकार सम्मेलन गर्नुभयो? ― पत्रकार सम्मेलनको उद्देश्यले श्यामसुन्दर गुप्ता होइन, श्यामसुन्दरलाई यो स्थितिमा ल्याउने नेपाल सरकार, निर्वाचन आयोग र सर्वोच्च अदालत। त्यसको विषयमा मैले पत्रकार सम्मेलन गरेको हुँ। पत्रकारहरूसँग मेरो गुनासो के छ भने एउटा व्यक्तिले अपहरण गर्यो त्यो व्यक्तिलाई नेपाल सद्भावना पार्टीसँग...
खासगरी नेपालको राजनीति यतिबेला अत्यन्तै संक्रमणकालीन अवस्थामा गुज्रेको पाइन्छ। नेपालमा राणाशासनका समाप्ति र प्रजातन्त्रको उदय र २०४७ सालको प्रजातन्त्र स्थापना र यसमा २०४६ सालको पहिलो जनआन्दोलनका मूल्यांकनसम्म आइपुग्दा जनक्रान्तिको उत्पति नेपाली कांग्रेस र सत्तामा राज गरेर जनता भुलेपछि वि.सं. २०२७ सालपछि भूमिगत रुपमा उठाएको नेकपा एमाले र उसको पनि सत्ता...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक संयन्त्र खारेज गर्नुपर्छ भनी दिएको निर्देशन तथा स्थानीय विकास मन्त्रालयले उक्त निर्देशनको पालना गर्दै राजनीतिक संयन्त्र खारेज गरेको निर्णय गरेको छ। यो निर्देशन तथा निर्णय एकदमै स्वागत योग्य छ। तर राजनीति संयन्त्र खारेज गरेर मात्रै पुग्दैन, राजनीतिक संयन्त्रले गा.वि.स., नगरपालिका र जि.वि.स.मा व्यापक भ्रष्टाचार गरेको...
राज्य पुनर्संरचनाका निर्देशित सिद्धान्त सर्वोच्च अदालतले अन्तिम पटक छ महिना म्याद बढाउने भन्नेबारेको निर्णय आएपछि तीन प्रमुख दलको संविधान सभाका मूल मुद्दा विषयक बैठक घनीभूत रूपमा बस्न थालेको छ। प्रारम्भिक बैठकहरूमा निष्कर्ष ननिस्के पनि समयको दबावले तीन दललाई मुद्दाप्रति गम्भीर बनाइ रहेको भान हुन्छ। व्यापक गृहकार्यको अभावमा थालिएको राज्य पुनर्संरचनाको बिषय...
कानूनलाई एकमतले परिभाषित गर्नु गाह्रो नै हुन्छ। कानूनको बाहिरी र भित्री संरचनाका तत्वहरूलाई राम्रोसँग औंल्याएर मात्र, यसलाई एक अमूर्तताबाट मुर्ततातिर लैजान सकिन्छ। सामान्यतः साधारण व्यक्तिले कानूनलाई नियमहरूको संगालो भनेर बुझ्दछ। औपचारिक रूपमा कानूनको विकास मानव सभ्यतासँगै नभए तापनि अनौपचारिक रूपमा यसले आफ्नो स्थान बनाइसकेका थिए। पश्चिमी जगतमा हेर्ने हो भने...
अहिले संसारमा विद्यमान राष्ट्र/देशहरू सबै एकै किसिमका छैनन्। तिनीहरू अलग–अलग विशिष्टताका साथ अस्तित्वमा रहेका छन्। हाम्रो देश नेपाल पनि अत्यन्तै विविधतायुक्त विशिष्टता ओगट्ने देशमध्ये पर्छ। नेपाल जातीय, भाषिक, भौगोलिक, धार्मिक, सांस्कृतिक सबै हिसाबले यो विविधतायुक्त रहेको छ। यही विविधता नै नेपालको विशिष्टता हो। अतः राष्ट्र र देशको विशिष्टतालाई समग्रतामा बुझेर...
We have 126 guests and no members online