Weekly Nepal

सम्पादक तथा प्रकाशक
केशव देवकोटा
deshpremweekly@yahoo.com
कार्यालय
भत्तपुर-१७ सिर्जनानगर
फोन ६६१७७४०, ६६१६७९०
पोब नं‌ २१९३५

न सरकार न संविधानको अबस्था सिर्जना गराउन कसरत…

काठमाडौ, बैशाख २४ । माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी दलहरुको षडयन्त्रका कारण नेपाल राज्य बिघटनको अन्तिम संघारमा पुगेको देखिएको छ। माओवादीका शीर्ष नेताहरुको बैठकमै नेपालका लागि भारतीय राजदूतको उपस्थिति हुन थालेपछि कतिपयले सिक्किमलाई भारतमा बिलय गराउादाको क्षणको संझना गर्नथालेका छन्। कतिपय भारतीय पक्षहरुले ०६२ सालको मंसिरमा दिल्लीमा भएको १२ बुादे संझौतादेखि नै आफूहरुले माओवादी र संसदवादी दलहरुलाई परिचालन गर्दै आएको दाबि गर्न थालेका छन्। संविधान घोषणागर्ने आखिरी समयमा आएर नाटकीय ढंगले सरकार परिबर्तनको रडाको मच्चाइएका कारण जेठसम्ममा नेपाल न सरकार न संविधानको अबस्थामा पुग्नसक्ने धेरैको बिश्लेषण रहेको छ। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका केहीलाई राखेर सरकार गठन गरे पनि उहााले भनेजस्तो  सहमतीय सरकार बन्न नसक्ने भएको छ। माओवादीको मोहन वैद्य पक्षले मुख्य तीन दल र मधेसी...

बढ्दै गएको भुटानीकरणको स्थिति


माओबादी र मधेशी दलको गठबन्धन क्रमशः राष्ट्रघाततर्फ अघि बढिरहेको देखिएको छ। बिबादास्पद चारबुादे सहमतिको जगमा बनेको बर्तमान सरकारले बिगत करिब ६ महिनामा गरेका गतिबिधिहरुले नेपाललाई भुटानीकरण गर्ने षडयन्त्र भैरहेको संकेत गरेका छन्। गत पंचायत कालदेखि नै भन्ने गरिन्थ्यो कि भारतले नेपालको सुरक्षा, परराष्ट्र मामिला र आन्तरिक श्रोत आफ्नो कब्जामा पार्न खोजीरहेको छ।

तर पंचायती सरकारहरुले समेत उपरोक्त कुरालाई स्वीकार गर्न सकेका थिएनन्। त्यसपछि करिब १२ बर्ष चलेको बहुदलीय संसदीय सरकार र त्यसपछिको राजाको तीनबर्षे तानाशाही शासनले पनि उपरोक्त कुरा लाई स्वीकार गर्न सकेको थिएन। तर ०६३ पछि बनेका प्रायः सरकारहरुले नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई ठाडो चुनौती दिने र भारतलाई नेपालको राष्ट्रिय राजनीतिमा हाबि गराउने खालका गतिबिधिहरु गरेको सबैतिरबाट मूल्यांकन गरिएको बिषय हो। अझ माओबादी नेतृत्वको सरकार बन्न थालेपछि नेपाल मामिलामा छिमेकी भारतको हात माथिपार्ने कार्यहरु तीब्र भएको धेरैले अनुभब गरेका छन्। खासगरी माओबादीको नेतृत्वमा बनेको दोश्रो सरकारका पालामा नेपाललाई भुटानीकरण गर्ने कार्यले तीब्रता पाएको देखिएको छ। यो आजका सन्दर्भमा सबैले ध्यान दिनुपर्ने गंभिर बिषय भएको छ। 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत भारत भ्रमणका क्रममा भारतसाग गरेको बिप्पा संझौता नेपालको हितमा थिएन भन्ने कुरा त्यतिबेला नै उठेको बिषय हो। उक्त संझौताले नेपाली उद्योग धन्दालाई निरुत्साहित गर्दै नेपालको उद्योग र बाणिज्य क्षेत्रलाई भारत निर्भर बनाउने काम गरेको कुरा पछिल्ला घटनाक्रमहरुले पनि स्पष्ट गरेका छन्। त्यस कार्यबाट नेपाल भारतको एकछत्र बजार हुन पुगेको छ। त्यसपछि गत केही दिन अघि नेपालका गृह र रक्षा मन्त्री बिजय गच्छेदारले भारतको आकस्मिक भ्रमण गरी नेपालको गृह मामिलालाई पनि भारत निर्भर बनाउने कुचेष्टा गर्नुभएको देखिएको छ। नेपालका सुरक्षा निकायका लागि भारतबाट हतियार र सल्लाहकार ल्याउने तथा नेपालका गुप्तचरलाई छिमेकी भारतमा तालिम दिनेजस्ता सहमति गरेर नेपालको सुरक्षा ब्यबस्थालाई भारत निर्भर बनाउने काम गरिएको थियो। अब आएर बिबादास्पद सुपुर्दगी सन्धिसमेत गरेर नेपालको सुरक्षामा भारतीय हस्तक्षेपलाई खुल्लारुपले आमन्त्रण गर्ने प्रयासहरु थालिएका छन्। नेपालले भारतसाग सुपुर्दगी सन्धि गर्दा सीमा शिल गर्ने र आवत जावतका लागि छिमेकी चीनमा जस्तै राहदानीको ब्यबस्था गर्ने लगायतका पूर्बाधारहरु पनि तयार नगरी सुपुर्दगी सन्धि गर्ने प्रयास भैरहेको छ। यसले नेपालको सुरक्षा भारतीय सुरक्षा छातामा जाने निश्चित नै छ। गृह प्रशासनमा भारतलाई हाबि गराउने प्रयास सागसागै षडयन्त्रपूर्ण ढंगले ०६३ पछि अंगिकृत नागरिकता दिलाइएका केही भारतीयहरुलाई बंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने प्रयास गरेर बर्तमान सरकारले आफ्नो अशली नियत पनि स्पष्ट गरेको छ। त्यसैगरी हालै सम्पन्न नेपाल र भारतका जलश्रोत मन्त्रीस्तरीय बार्ता र आगामी फागुनको अन्तिम सातामा हुन लागेको परराष्ट्र मामिला सम्बन्धी बार्ताले नेपालको जलश्रोत र परराष्ट्रमा पनि भारतको हात माथि पार्ने प्रयास भैरहेको स्पष्ट भएको छ। जसका लागि माओबादी र मधेशी दल मात्र नभएर नेपाली कांग्रेस र एमालेजस्ता पार्टीहरुले पनि अस्वाभाबिकरुपमा सक्रियता बढाउनु आम देशभक्त नेपालीहरुका लागि चिन्ता र चासोको बिषय भएको छ। स्पष्ट कुरा के हो भने माओबादी र मधेशी दलले संघीयताका नाममा देशलाई बिभिन्न जातीय र क्षेत्रीय रुपमा बिभाजन गर्ने प्रयास गरिरहेका छन्। उनीहरुले एकले अर्काको एजेण्डालाई स्वीकार गर्ने संकेतहरु देखिएका र त्यसमा नेकां र एमालेहरु पनि बिभिन्न प्रकरणबाट तानिदै आएकाले माओबादी र मधेशी दलका एजेण्डाहरु कुनै पनि आबरणमा पारित हुने देखिएका छन्। अहिलेको सरकार कुनै स्थायी र आम निर्बाचनबाट आएको होइन। संविधान बनाउन गठित संविधानसभाबाट काम चलाउ रुपमा बनाइएको हो। उसको प्रमुख दायित्व भनेको शान्ति र संविधान निर्माणलाई निश्कर्षमा पुर्‍याउनु र स्थायी सरकारका लागि आम निर्बाचन गर्ने/गराउने बाताबरण तयार गर्नु हो। तर उ दीर्घकालीनरुपले असर पर्ने बिभिन्न सन्धि र संझौता गर्न तम्सिरहेको छ। देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको सन्दर्भमा गणतन्त्र नेपालको नयाा संविधान नबन्दै अहिलेकोजस्तो संक्रमणकालीन अबस्थाको सरकारले यसरी बिभिन्न सन्धि र संझौताहरु गर्न सुहाउादा पनि सुहाउादैन र गर्नु पनि हुादैन तर बर्तमान माओबादी र मधेशी दलको सरकारले खासगरी भारतसाग जोडिएका बिषयहरुमा सन्धि र संझौता गर्ने प्रयास गरिरहेको छ। जसले पहिले पहिले भन्ने गरिए जस्तै नेपाल राजनीतिक रुपमा दोश्रो भुटान हुने र यो क्रमशः सिक्किमीकरणको बाटोमा अघि बढ्नसक्ने संकेतहरु देखिएका छन्। नेपाल र नेपालीको अस्थित्वलाई नै चुनौती दिनेखालका कतिपय गतिबिधिहरु पनि भैरहेका छन्। त्यसै भयो भने नेपालको सार्बभौमिकता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता निश्चय नै धरापमा पर्ने छ र भाबि पुस्ताले आफ्नो देशको अस्थित्वका लागि जोखिमहरु उठाउनु पर्ने हुनसक्छ। माओबादी र मधेशी दलहरुको सरकारले यस्तो राष्ट्रघातलाई तत्काल रोक्नु पर्छ। अन्यथा भाबि पुस्ताले उनीहरुलाई सराप्ने छ।

देशप्रेम - विविध

Error: No articles to display

देशप्रेम - समाचार

केसीलाई धम्की दिने जातीय अतिवादीहरु

काठमाडौ। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलाई १५ दिनभित्र मार्ने धम्की दिनेहरु जातीय अतिवादीहरु हुनसक्ने राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ। गत बिहिबार बिहान उहााको मोबाइलमा आफूलाई सुदीप यादव नाम बताउने व्यक्तिले संघीयताको विरोध गरेको भन्दै १५ दिनमा मार्ने चेतावनी दिएको केसीले बताउनु भएको थियो। केसीले आफूलाई मार्ने धम्की दिनेलाई...

देशप्रेम - अन्तर्वार्ता

Error: No articles to display

देशप्रेम - लेख विचार

सत्ताकब्जाको राजनीति र संक्षिप्त संविधानको कुरा बिक्रान्त

निर्धारित मितिमै सार्थक संविधान अव कसैगरे पनि नवन्ने निश्चित छ। माओवादी लगायतका दलहरुले मुखले नयाा संविधान निर्माणलाई पहिलो प्राथमिकता भन्ने तर ब्यवहारिक रुपमा संविधान वन्न नदिने गतिविधि गर्ने गरेको देखिएको छ। माओवादीको अहिलेको जसरी पनि सरकारको नेतृत्वमा आफै बस्न पाउनुपर्छ भन्ने रडाको पनि त्यही प्रयासको एउटा कडि हो। किनकी माओवादीले...

संविधानसभाको कार्यकाल र नया निर्वाचनको प्रशंग खेम परिश्रमी

संविधानसभाको कार्यकाल सकिन अब केबल २० दिन मात्र बााकी रहेको छ। वर्तमान संविधानसभाले गणतन्त्र नेपालको नयाा संविधान वनाउन नसक्ने निश्चित छ। आगामी जेठ १४ गते त नवन्ने नै भयो। जबरजस्ती जसरी पनि जस्तो तस्तो संविधान घोषणा गर्ने हो भने अर्कै कुरा अन्यथा अर्को १० वर्ष म्याद थपे पनि यो संविधानसभाले...

अझ मिचिदैछ सीमा खै स्वाधिनताको आन्दोलन? मानवहादुर खत्री

भारतद्वारा नेपालको सीमा मिच्ने काम अहिले पनि जारी रहेको छ। जनसाधारण मात्र होइन सभासदहरु पनि सीमा मिचिएको भनेर कराईरहेका छन् तर सरकारले भारतले काग कराउादैछ पिना सुक्दै छ को नीति अख्तियार गरेको गरेकै छ। ब्यवस्थापिका–संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले यसअघि नै भारतसाग सीमाना जोडिएका नेपालका ५४ भन्दा बढी स्थानका...

नब सामन्तवादी ब्यबस्था संघीयता र जनअधिकारको प्रश्न - राजेन्द्र श्रेष्ठ

संघीय राज्य व्यवस्था विश्वमा राज्य कसरी बने विश्व मै राज्य बन्ने प्रक्रियालाई हेर्दा एकीकरण प्रणाली देखिन्छ। कुनै पनि शक्तिशाली ब्यक्तिले अरु शक्तिलाई हराएर धेरै जसो राज्यहरुको निर्माण गरिएको देखिन्छ। विश्वमा २०० वटा जति देशमध्ये झन्दै १७५ देशमा एकात्मक व्यवस्था छ। वेलायत चीन भारत वा संसारभरी नै साना साना राज्यहरु थिए।...

द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद –हिमलाल पुरी

मानिस के हो? जीवनको उत्पत्ति कसरी भयो? सुख के हो? सुख कसरी प्राप्त हुन्छ? मृत्यपछि मानिस कहाा जान्छ? विश्वको उत्पत्ति कसरी भयो? मानिसको प्रकृतिसाग कस्तो सम्बन्ध छ? इत्यादि प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न मानिसहरुले प्राचीन कालदेखि नै गर्दै आएका छन्। यस्ता प्रश्नहरुको जवाफ खोज्ने सिलसिलामा दर्शनको प्रार्दुभाव  र विकास भएको छ।...

मधेशी नेताहरुले गरेको भूल र प्रायश्चितको आबश्यकता- प्रभात राय भट्ट

मधेशी नेताहरुले विगतका समयमा गरेको गल्ती स्वीकार्दै प्राश्चित हुने तत्परता व्यक्त गरेका छन्। यिनीहरुले गरेका गल्तीबाट मधेशको मुख्य मुद्दा नै धरापमा पर्योी। ०६२ र ६३ को मधेश आन्दोलनले दिएको जनादेश अन्तरिम संविधानले दिएको सुवर्ण अवसरबाट जति सक्दो छिटो लाभ उठाउनु पर्थ्यो। तर नेताहरुले बेखबर भई मधेश मुद्दालाई अवमूल्यन गरे। मधेशी...

देशप्रेम - स्वास्थ्य

Error: No articles to display

देशप्रेम - आफ्नो-आफ्नो डम्फू

Error: No articles to display

देशप्रेम - अन्तराष्ट्रिय

अफगानिस्तानमा हारेको अमेरिका र तालिवानको युद्ध

साम्राज्यवाद कागजको बाघ हो भन्ने कुरा अमेरिकाको अफगानिस्तानमा भएको हार...

Weekly Video

We have 103 guests and no members online