
रोडम्याप नेपाल (प्रा.) लि. का लागि
सम्पादक
द्वारिका उप्रेती
प्रबन्ध सम्पादक
लामाटेण्डी शेर्पा
कार्यकारी सम्पादक
माधव पौडेल
कानुनी सल्लाहकार
राजीव पहारी
प्रमुख सम्वाददाता
सतीदेवी उपे्रती
प्रबन्ध निर्देशक
मोहन राई
व्यवस्थापक
सुरेश साह (तेली)
बजार प्रबन्धक
तुलबहादुर बुढाथोकी
बासुदेव खड्का
सल्लाहकारहरु
कमल कोइराला
डा. गोविन्दबहादुर थापा
डा. नारायणकृष्ण प्रधान
ई. अलि अख्तर मिकरानी
चन्द्रबहादुर शाही
श्रीमती बालिका गिरी
सुन्दर विश्वकर्मा
निर्मल गुरुङ
केदारबाबु शिवाकोटी
धर्मेन्द्र गुरुङ
कार्यालय
पुतलीसडक, जिफण्ट अगाडि, फोनः ४२१२२०९
फ्याक्सः ४४४२७७१
पोष्ट बक्स नं. – २१०२६
इमेल– roadmap_nepal@hotmail.com
roadmap_nepal@Yahoo.com
वेवसाइट– www.weeklynepal.com
काठमाडौं, फागुन ४ । २०५२ सालबाट शसस्त्र विद्रोहमा उत्रिएको तत्कालीन माओवादीले जनतालाई आकर्षण गर्ने नारा र एजेण्डाहरु खोजी गर्ने सवालमा उसले वर्गीय मुद्दालाई थाँती राखेर जातीय मुद्दालाई अगाडि सार्दै यो अवस्थासम्म आइपुग्दा माओवादीले त्यसबेला उठाएको मुद्दाहरु माओवादीलाई मात्र घाडो नभएर सिंगो राष्ट्र नै त्यसको चपेटामा पर्दै गएको आभाष हुन थालेको छ। जनयुद्धलाई जसरी पनि उत्कर्षमा पर्या्उने लक्ष्य लिएको माओवादीले दीर्घकालीन रुपमा पर्ने असरलाई नजरअन्दाज गर्दै जे कुरा भन्दा जनता आकर्षित हुन्छन् त्यै कुरा गरेकै कारण अहिले मुलुक अनिर्णयको बन्दी बनेको हो। पञ्चायती ब्यवस्थाले देशलाई जर्जर बनाएको अधिकार कुन्ठित भएको भएता पनि जातीय सद्भाव र धार्मिक सहिष्णुताले ओतप्रोत भएको नेपाली समाज आज...
संसदमा दर्ता भएका सम्पति शुद्धीकरण निवारण सम्बन्धी ३ वटा विधेयकहरु जसलाई समयमै पास गरिएन भने नेपाल कालो सूचीमा पर्ने करिब–करिब निश्चित हुदा समेत सरकारमै रहेका अर्थात एमाओवादी पार्टीकै प्रतिपक्षी वा भनौ वैद्य पक्षका सभासदहरुले उक्त विधेयकको विपक्षमा उभिएका कारण सो महत्वपूर्ण विधेयक अलपत्र परेको छ।
काठमाडौं / मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा (माओवादी) बागमती व्यू्रोले आज राजधानीमा एक कार्यक्रम आयोजना गरी १७ औं जनयुद्ध दिवस मनाएको छ। जनसञ्चार अभियानमा सोमबार आयोजित '१७ औं जनयुद्ध दिवसको अवसरमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम'लाई सम्बोधन गर्दै ने.क.पा. (माओवादी)का केन्द्रीय सदस्य तथा बागमती व्यूरो इन्चार्ज अशोक लामाले अहिलेको...
काठमाडौं / सत्यम् सेवा सुरक्षणम् भनेर लागेका प्रहरीले आफ्नो जिम्मेवारी बिर्सीए पछि अरुबाट हामीले के आशा गर्ने। नराम्रो काम गरि कमाएएको चर्चाले आफु मात्र नभएर संस्थ्ााकै उठिबास लगाउदो रहेछ। यस्तै भएको छ सशस्त्र प्रहरी बलमा। पछिल्लो पटक सशस्त्र प्रहरी बल बद्नाम बनाउन सफल भएका श्रीमतीका हत्यारा रञ्जन कोइरालाले जति बद्नाम...
काठमाडौं / नक्कली हैसियत देखाएर बिभिन्न बैंक तथा बित्तीय संस्थाको ऋण लिने तर नतिर्ने गरेका एक गिरोह अब फन्दामा पर्ने भएका छन्। चितवनमा जग्गा दलालीबाट उदाएर निरञ्जन रेग्मीलाई बैंकहरुले मात्र होइन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत खोजी गरिरहेको छ। त्यस्तै रेग्मीसँग मिलोमतो गरी बैंक डुबाउने कर्मचारीहरुसमेत प्रहरी अनुसन्धानको दायरामा...
आदीनाथ भगवान शिवले नारदमुनीको बहकाउमा लागेकोमा आफ्नो बाहन नन्दीलाइ एकचोटी बेस्सरी फट्कारे–'नारदले जे–जे सुनायो, त्यो–त्यो तिमी सुन्ने/मान्ने?' नारदमुनीले नन्दीलाइ केमात्र भनेका थिए भने 'शीघ्रातिशीघ्र सतीको पाउ कैलासमा पर्नेछ।' आराध्यदेवप्रति नन्दीमा अलि ज्यादा नै लगाव भएकाले जतिसक्दो चाँडो सतीको पाऊ कैलासमा परोस, शिव र शक्तिको मिलन होओस् र भगवानको एकाङ्कीपन दूर...
प्राचीन इतिहासमा विदेह साम्राज्यको व्याप्त लोकप्रियता जस्तै मधेशको दोश्रो अन्तर्राष्ट्रिय ख्याती प्राप्त स्थान कपिलवस्तु हो। शान्तिदूत गौतम बुद्ध यहीं जन्मेका थिए। समस्त मानव जातिलाई दुःख, क्लेशबाट मुक्ति दिलाउन र अमरत्व प्राप्त गर्न ज्ञानको ज्योति सर्वत्र संसारमा फैलाउने काम महात्मा बुद्धले गरेका थिए। कर्मकाण्डमा आधारित हिन्दु धर्म र त्यसबाट पीडित मानवजातिलाई...
नेपालका गाउँ शहर मजदुर किसान गरिब दुःखी सबै सर्वहारा जनताको मुक्ति गर्ने आकर्षक नारा लगाउँदै वर्षाको बाढीजस्तै गड्गडाउँदै खुनको होली खेल्दै नेपालका दुर्गम गाउँबाट २०५२ सालमा माओवादी नाम गरेको एउटा समूह संसार नै पुर्लुक्क पल्टाइदिने र पुरानो राज्यसत्ता पल्टाएपछि नेपाली जनताले सदाको लागि मुक्ति पाउने मिठो सपना बोकेर माओवादी युद्धमा...
डा. बाबुराम भट्टराईको वर्तमान सरकारको विकल्पबारे चर्चा सुनिन्छ तर त्यो सरकार राष्ट्रिय सहमतिको हुने/नहुने, त्यसको नेतृत्व कसले गर्ने, त्यसमा मधेशवादी दल अटाउन सक्छन् कि सक्दैनन्, सके भने पनि केवल सत्ताको स्वाद चाख्न कि मधेशको मुद्दा कतिवटा र कसरी सम्बोधन गरिने हिसाबमा हुने जस्ता विविध प्रश्नले वर्तमान सरकार पनि केही दिन...
निजामति कर्मचारी संगठन प्रशासन सुधार, पेशागत दक्षता, हकहीतको संरक्षण र सम्बर्द्धन, ट्रेन युनियन अधिकार प्राप्ति तथा उपयोगका सवालमा अन्य संगठन भन्दा अब्बल दर्जामा रही प्रशासनिक बिकृति र विसंगतिका बिरुद्ध आफ्ना अधिराज्यभरका ४८ हजार सदस्यहरुलाई गोलबन्द गर्दै प्रशासनिक क्षेत्रमा दह्रो उपस्थितिका साथ आफ्नो संगठनको पहिचान गराउन हरदम दत्तचित्त रहनु भएका संगठनका...
स्पष्ट राजनैतिक दृष्टिकोणकी धनी एवं प्रजातान्त्रिक धारबाट अघि बढेपनि सारमा साच्चिकै गणतान्त्रिकवादी झैं लाग्ने सरीता गिरीका बारेमा थप परिचयको आवश्यकता पर्दैन। वर्तमान सरकारमा सदभावना आनन्दीदेवीका तर्फबाट कुशलता पूर्वक श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी समाल्दै आउनु भएको छ। राजनैतिक र पारिवारिक पृष्टभूमिको सामाजस्यताका कारण राष्ट्रले एउटा यस्तो होनहार महिला नेतृ पाएको...
काठमाडौं / अमेरिकाको न्यूजर्सी भन्ने ठाउँमा बुधबार बिहान भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। प्राप्त समाचार हनुसार काठमाण्डौको अनामनगर स्थाई घर भई हाल अमेरिका बस्दै आएका राजेन्द्रकुमार बस्नेतको सडक दुर्घटनमा परि मृत्यु भएको हो। उनलाई सडक पार गर्ने क्रममा बुधबार बिहान गाडीले ठक्कर दिएको थियो। उनलाई स्टोरबाट घर...
यमुना अर्याल वैदेशिक रोजगार विभागको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारको लागि विदेशिने नेपालीहरु धेरै मात्रामा पोल्याण्ड र मकाउ जाने क्रममा ठगिएका छन्। तथ्यांकअनुसार पोल्याण्डका नाममा वेल इन्टरनेसनल प्रालिले रु. १३ करोड रकम ठगी गरेेको उल्लेख छ। त्यस्तै मकाउ पठाउने भन्दै अपरचुनिटी कम्पनीले रु. ३...
पवित्र शर्मा काठमाडौं / कृषि विकास बैंकमा बेकामे कर्मचारीहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ। ती बेकामे कर्मचारीहरु हप्तौंसम्म कार्यालय नजानेदेखि हाजिर मात्र गरेको भरमा तलवभत्ता खानेसम्मका कर्मचारीहरु रहेका छन्। अझ कतिपय त राजनीतिक संस्थाको काममा तल्लिन हुने र राजनीतिको आडमा लखनउ लुुट धन्दालाई जारी राख्ने गरेको आरोप समाचारस्रोतको छ। कृषि विकास...
म्याग्दी । म्याग्दीको राम्चेमा रहेका अगुवा कृषकलाई गुणस्तरीय बीउविजन उत्पादनमा टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय आलु विकास कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीद्वारा बीउ आलु उत्पादन आत्मनिर्भर कार्यक्रम सञ्चालन भएको छ। आलु खेती उत्पादनको क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको राम्चे गाविसका अगुवा कृषकलाई आलु खेती र व्यवस्थित बीउ उत्पादन सम्बन्धी दुईदिने...
काठमाडौं / वैदेशिक रोजगारीका लागि ओमन पुगेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास नहुँदा सास्ती व्यहोर्नु परेको छ। १० वर्षयता वैदेशिक रोजगारमा ओमन जाने नेपाली संख्या ह्वात्तै बढेको छ। ओमनमा अहिले राजकीय सेवा, होटल, सुपरमार्केट, निर्माण कम्पनी, बन्दरगाहा र घरेलु काममा गरी कम्तीमा ४० हजार नेपाली कार्यरत छन्। तिनमा सबैभन्दा बढी घरेलु...
काठमाडौं / गल्फ राष्ट्र साउदी अरब, ओमन र बहराईनमा रोजगारीको लागि जाने नेपालीको स्वास्थ्य परिक्षण गर्दै आएको गाम्का नेपालले एकाधिकार हट्नुपर्ने र एकाधिकार कायम रहे कारावही गर्ने चेतावनी बाणिज्य विभागले दिएको छ। राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा बाणिज्य विभागका कार्यवाहक महानिर्देशक शंकरप्रसाद पौडेलले यस्तो चेतावनी दिनु भएको हो। महानिर्देशक पौडेलले...
बलिउडकी सर्वाधिक ब्यस्त नायिका प्रियंका चोपडा सफलताको शिखर चढिरहेकी छिन्। हालै प्रदर्शनमा आएको चलचित्र अग्नीपथ हिट भएपछि उनको चर्चा झनै बढेको थियो। चोपडाको सफलताको यात्रामा फेरि अर्को सिंढी थपिएको छ। उनको हलिउडमा प्रवेश हुने भएको छ। चोपडा लस एन्जल्समा रहेको मनोरञ्जन तथा खेलसम्बन्धि चर्चित संस्था क्रियटिभ आर्टिस्ट एजेन्सीमा आवद्ध हुने...
बलिउडमा कलाकारहरुमा अहिले बिहे गर्नेहरुको लर्को नै लाग्न थालेको छ। अभिनेता रितेश देशमुख र जेनेलिया डी सोउजाले केही दिनअघि मात्र बिहे गरेका छन् भने फेबु्रअरी १० मा करीना कपूर र सैफ अली खानको इन्गेजमेन्ट हुँदैछ। लगनगाँठो कस्ने यो लहरमा अहिलेकी हट नायिका विद्या बालन पनि तम्सीएकी छिन्। अब विद्याले चाडै...
प्रदर्शनीअघि नै मुलुकभर च्यारिटी सो मार्फत चर्चा कमाएको फिल्म 'दसगजा' अब थाइल्यान्ड र हङकङ हुँदै कतार पुग्ने भएको छ। दोहास्थित खोटाङ सर्भिस सोसाइटीले फिल्मको र्यारिटी सो गर्नलागेको हो। आगामी फेब्रुअरी २४ कतारको दोहा सिनेमा हलमा दुई सो हुन लागेको फिल्मका निर्माता तथा कलाकार नवल खड्काले बताए। नेपाल–भारत सीमा समस्या र...
काठमाडौं / नेपाल टेलिकमको बेवसाइट खोलेर छानीछानी आफ्नो मोबाइलमा सीआरबिटी राख्ने व्यवस्था अहिले हटेको छ। गत सोमबार रातिदेखि टेलिकमले यो व्यवस्था हटाएको हो। विभिन्न म्युजिक कम्पनीले प्रविधिको दुरुपयोग गरी अरुको मोबाइलमा सीआरबिटी डाउनलोड गरेर करोडौँ रुपैयाँ ठगी गरेको समाचार सार्वजनिक भएपछि टेलिकमले सिआरबिटी राख्न मिल्ने व्यवस्था हटाएको हो। बेवसाइटको दुरुपयोग...
भारतीय टेलिभिजन रियालिटी शो 'बिग बोस'को पाँचांै सिजनको उपाधि हात पार्न जुही परमार सफल भएकी छिन् 'बिग बोस' पाँचांै सिजनकी बिजेता जुहीले यसकम साथै एक करोड भारतीय रुपैयाँ हात पारेकी छिन्। जूहीले उपाधि जितेकोमा केही आलोचना पनि आएको थियो। केही आलोचना आएता पनि जुहीका अधिकाशं फ्यान भने खुसी भएका छन्।...
काठमाडौं / पहिलो पटक उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार जनकपुरका पत्रकार उमेश साहलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले संयोजक, लेखक तथा स्तम्भकार चन्द्रकिशोर झा सदस्य र स्वर्गीय उमा सिंहकी आमा सुशीलादेवीका प्रतिनिधि रमेशकुमार साह सदस्य रहेको समितिले महासंघ धनुषा शाखाका पूर्वध्यक्षसमेत रहनु भएका मिथिला ऋतु...
शेरबहादुर तामाङ्ग, सचिव, वागमती अञ्चल समन्वय कमिटी, नेकपा (एमाले) भूमिका अहिले राज्य पूनर्संरचनाको विषय व्यापक बहस र विवादको विषय बनेको छ। यद्यपी हामीले यो गर्नुनै पर्ने विषय बनेको छ। आम जनता र राष्ट्रलाई फाईदा पुग्ने गरी राज्यको पूनर्संरचनाको ढाँचा अहिलेसम्म प्रस्तुत भएका सबै ढाँचाहरुले दिन सक्ने देखिंदैन। संविधानसभा राज्यको पूनर्संरचना...
प्रकाश कटेल काठमाडौं / नेपाल सरकारले खेलकुद क्षेत्रमा अद्धितिय लगानी गरेता पनि राखेपका सदस्य सचिव युवराज लामाले सो बजेटको दुरुपयोग गरेको तथा राजनीतिकरणको नाममा ब्यक्तिगत स्वार्थपूर्तिमा लागेको आरोप एनेकपा माओवादी निकट खेलाडीहरुले लगाएका छन्। जनयुद्ध कालदेखि नै खेलकुदको अतिरिक्त पार्टीका गतिबिधिमा सक्रिय कार्यकर्ताहरुलाई पाखा लगाइ राजाको प्रत्यक्ष शासनको बेला शाही कदमको...
१. वर्तमान परिस्थिति मुलुकमा ६ दशक लामो लोकतान्त्रिक आन्दोलन एवम् ०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट राजतन्त्रको अन्त्य भई सङ्धीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाँच वर्ष बितेको छ। त्यस युगान्तकारी परिवर्तनको ऐतिहासिक मोडमा हामीले हाम्रो गौरवमयी पार्टी नेकपा (एमाले)को आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गरेका थियौँ। त्यस महाधिवेशनले वैचारिक क्षेत्रमा विगतका अनुभवहरूको संश्लेषण...
आदरणीय देशभक्त विद्यार्थी साथीहरु नमस्कार : विद्यार्थी साथीहरु जिन्दगीमा सबै चिज खाउ तर हरेस नखाउ। तर निरास भने कहिलै हुनुहुदैन। सबै कुरा राम्रो हुनुपर्छ एक पल्ट थोरै मात्र नराम्रो गर्न पनि सधै खतम हुन्छ भन्ने कुरा मात्र आशावादी कुरो हो। किनकी हानी विद्यार्थी साथीहरुमा गल्ती कमजोरी भएपनि त्यसलाई सहर्ष स्वीकार...
We have 121 guests and no members online