Weekly Nepal

प्रत्यक्ष निर्वाचित राष्ट्रपति गम्भीर राजनैतिक गल्ती: मसाल

काठमाडौं, जेठ ३ । प्रमुख राजनैतिक दलहरूका बीचमा शासकीय स्वरूपका सन्दर्भमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्रीका बीचमा कार्यकारी अधिकार बाँडफाँड हुने मिश्रित प्रणालीमा सहमति भएपछि ने.क.पा.(मसाल)ले प्रत्यक्षरूपमा निर्वाचित राष्ट्रपतिको प्रणाली अपनाउँदा त्यो 145गम्भीर राजनैतिक गल्ती हुने146 बताएको छ।  प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपनाउँदा व्यवहारमा संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई भन्दा बढी अधिकार हुने र त्यसको परिणाम देशमा अधिनायकवादी शासन कायम हुने सम्भावना रहने ठहर मसालको छ। प्रचण्डको राष्ट्रपति बन्ने र देशमा अधिनायकवादी शासन कायम गर्ने महत्वकांक्षाका कारण नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा उनले जोड दिंदै आएको स्मरण गराउँदै मसालले प्रचण्डद्वारा 145संघीयताका विरूद्ध प्रतिकारमा उत्रन146 गरिएको आव्हानले उनमा निहित त्यही अधिनायकवादी चिन्तनलाई  उजागर गरेको पनि बताएको छ।  ने.क.पा.(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जेठ २ मा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ। विज्ञप्तिमा...

फिजीकरणको खतरालाई रोकौं


देशमा फिजीकरणको खतरा प्रबल देखिन थालेको छ। गृहमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयमा एकल निर्णय गरी देशका पचहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई हालै पठाएको नागरिकता सम्बन्धी 'परिपत्र'ले नेपाललाई फिजीकरण गर्न योजनाबद्ध तरिकाले ठूलै शक्ति लागिपरिरहेका प्रष्ट पारेको छ।


गृहमन्त्रालयबाट जारी गरिएको उक्त परिपत्रमा '२०६४ सालमा जन्मका आधारमा नागरिकता पाउनेका छोराछोरीलाई अब वंशजको आधारमा नागरिकता दिनु' भन्ने निर्देशन उल्लेख छ। यद्यपि गृहमन्त्रालयको उक्त परिपत्र कार्यान्वयनमा सर्वोच्च अदालतले यतिखेर रोक लगाइसकेको छ, तर पनि उक्त घटनाले नेपाललाई फिजीकरण गर्न देशका राज्य संयन्त्रहरूलाई कसरी प्रयोग गरिंदैछ भन्ने रहस्यको पर्दा उघारिदिएको छ। गृहमन्त्री गच्छदारले उक्त परिपत्र 'आफूले मधेसी मोर्चाको दबाबमा' जारी गरेको प्रतिक्रिया सञ्चारकर्मीहरूलाई दिएपछि त झन् एउटा गम्भीर आशंका पैदा भएको छ― कतै मधेशी मोर्चाको गठन नै नेपाललाई फिजीकरण गर्ने उद्देश्यबाट गरिएको त होइन?
मधेसी दलहरूले नागरिकता वितरणलाई निर्वाचनमा सहभागिताको सर्त बनाएपछि २०६४ सालमा अन्तरिम संविधानमा एकपटकलाई भन्दै २०४६ सालसम्म नेपालमा जन्मिएका व्यक्तिलाई जन्मका आधारमा नागरिकता दिने प्रावधान थपिएको थियो। अन्तरिम संविधानमा सामेल गरिएको उक्त प्रावधानप्रति स्वाभिमानी देशभक्त नेपालीहरूले तत्कालै विरोध जनाएका थिए। राष्ट्रियताको पक्षमा सम्झौताहीन संघर्ष गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले त जन्मका आधारमा नागरिकता वितरण गर्दा देशलाई फिजीकरण गर्ने ढोका खुल्ने भन्दै त्यसका विरूद्धमा संघर्ष नै अघि बढाएको थियो। जन्मका आधारमा नागरिकता दिने उक्त गलत नीतिका कारण लाखौं गैरनेपालीहरूले नेपाली नागरिकता प्राप्त गर्न सफल भएका थिए। जन्मका आधारमा नागरिकता लिएका व्यक्तिहरूका नागरिकताहरू छानविन गरी गैरनेपालीका नागरिकता खारेज गर्नुपर्नेमा उल्टै जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गर्नुमा नेपालमा नेपालीहरूलाई नै अल्पमतमा पार्ने नियत नलुकेको होला भन्न सकिँदैन।
जन्मका आधारमा नागरिकता बाँड्दाका दुष्परिणामहरू कति घातक हुन्छन् भन्ने तथ्य फिजीको उदाहरणबाट पनि प्रष्ट हुन्छ। एक स्वतन्त्र राष्ट्र फिजीमा नागरिकतासम्बन्धी यस्तै हल्का नीतिका कारण गैरफिजियनहरूको बाहुल्यता बढ्न गई भारतीय मूलका व्यक्तिको हातमा त्यहाँको सत्ताको बागडोर पुगेको थियो। भारतीय मूलका महेन्द्र चौधरी फिजीका प्रधानमन्त्री बनेका थिए। नेपालमा गृहमन्त्रालयले हालै जारी गरेको परिपत्र लागु भयो र जन्मका आधारमा नागरिकता बाँड्दै गइयो भने निश्चित छ― फिजीको जस्तै घटना नेपालमा पनि घट्न सक्नेछ।
दक्षिणतिरको छिमेकी मुलुक भारतबाट असल छिमेकीको व्यवहार हाम्रा लागि दुर्लभजस्तै बन्दै आइरहेको छ। नेपालप्रतिको भारत नीति सदैव विस्तारवादी रहँदै आएको छ। साँध–सिमानाहरू सार्दै हाम्रो भूमि हडप्नेमात्र होइन, हाम्रो राजनीतिमाथि पनि भारतीय विस्तारवादले हस्तक्षेप गर्दै आइरहेको पीडा हामीसँग ताजै छ। कहिले सिक्किमीकरणको प्रयत्न त, कहिले फिजीकरणको कसरतलाई भारतीय विस्तारवादले नेपालमा बढाउँदै लगिरहेको छ। सके सिक्किममा जस्तै 'लेण्डुप दोर्जेहरू' पैदा गरेर सम्पूर्ण नेपाललाई निल्ने, नसके यस्तै खुकुलो नागरिकता नीतिहरूमार्फत् 'नयाँ महेन्द्र चौधरीहरू' पैदा गरेर नेपालको शासनसत्तालाई आफ्नो कब्जामा पार्ने, यो पनि सम्भव नभएमा भूटानको जस्तै नेपालको सुरक्षा व्यवस्था पनि आफ्नो मुठीमा राख्ने रणनीतिमा भारत रहेको देखिन्छ। गृहमन्त्री गच्छदारले हालै जारी गर्न लगाएको 'परिपत्र' सोही रणनीतिको एक गोटी बनेर आएको छ।
'जन्मका आधारमा नागरिकता लिएकाहरूका छोराछोरीहरूलाई वंशजका आधारमा नागरिकता दिनु' भन्ने गृहको परिपत्र गैरकानुनी र असंवैधानिक छ। नेपालको अन्तरिम संविधानमा त्यस्तो कुनै प्रावधान छैन। यो नेपाललाई फिजीकरण गर्ने प्रयास नै हो। देशको शासनसत्तामा बसेकाहरूबाटै जब त्यस्ता राष्ट्रघाती प्रयासहरू हुन्छन् भने त्यसलाई असफल पार्ने दायित्व स्वाभाविकरूपमै देशभक्तहरूको काँधमा आउँछ। देशभक्त स्वाभिमानी नेपालीहरू सचेत र सजग भएनन् भने नेपाललाई फिजीकरण गर्ने भारतीय विस्तारवादको रणनीतिअनुरूप आएका त्यस्ता प्रयत्नहरू सफल हुन पनि सक्छन्। त्यसैले स्वाभिमानी देशभक्त नेपालीहरूले देशभक्तिपूर्ण आन्दोलनको ज्वारभाटा सिर्जना गर्न अब विलम्व गर्नु हुँदैन। किनकि त्यसप्रकारको आन्दोलनले मात्र नेपालमा बढ्दै गैरहेको फिजीकरणको खतरालाई रोक्न सक्नेछ।

हाँक - समाचार

जातिवादका कारण तनावपूर्ण वातावरण

काठमाडौं। ने.क.पा.(मसाल)ले देशमा जातिवादका कारणले तनावपूर्ण वातावरण सिर्जना हुँदै गएको र संघीयता सम्बन्धी विवादका कारणले संविधान निर्माणबारे अनिश्चयताको स्थिति सिर्जना हुँदै गएको प्रति गम्भीर चिन्ता प्रकट गरेको छ। उक्त स्थितिमाथि ध्यान दिंदै मसालले समयमै संविधानको निर्माण लगायतका विषयमा व्यापक जनदबाब सिर्जना गर्न र आन्दोलन संगठित गर्न पहल गर्ने निर्णय समेत...

हाँक - विचार/विश्लेषण

युरोपेली संघको आर्थिक संकट, मितव्ययिता र श्रमजीवी वर्ग – अपत्य शर्मा

संयुक्त राज्य अमेरिकामा आएको सन् २००८ को आर्थिक सङ्कटको असर युरोपेली सङ्घमा अहिले गहिरिँदैछ। साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूले बारम्बार आउने आर्थिक सङ्कटलाई टार्न अनेकौँ आर्थिक नीतिहरू प्रयोगमा ल्याय पनि...

पार्टीको नीति र सिद्धान्त नै प्रमुख हो – पिताम्बर भट्टराई

वामपन्थी आन्दोलनको इतिहासमा पार्टी फुट एउटा समस्याको रूपमा देखा परेको छ। सर्वसाधारण जो कोहीलाई लाग्छ पार्टी नफुटे हुन्थ्यो, पार्टी सशक्त भए हुन्थ्यो र क्रान्ति छिट्टै सफल भए हुन्थ्यो। तर पार्टीमा...

गालीशिरोमणिले कुन 145माला146 पढे होलान्? – झमकुमार विश्वकर्मा

शनिवार कुनै जमानाका 145कुन्साङ काका146 अर्थात् खगेन्द्र संग्रौलाको 145त्रिमूर्तिको उदेकलाग्दो विचलन146 लेख छापियो, पाठकको रूपमा पढ्न पाइयो। कनीकुथी झर्रा र ठर्रा नेपाली शब्दजाल बिछ्याउनमा माहिर खगेन्द्र दादा हामी नयाँ पिढीका...

फेरि एकपटक बुद्धिजीवी बन्ने कि? –शरद महतारा

नेपालको राजनीति सरसर्ती हेर्दा यतिखेर निकै बैशालु देखिएको छ। बैशले मन्दोन्मत्त राजनीतिले थुप्रैलाई लोभ्याउनु, कैयौँलाई आफ्ना पछिपछि हिँडाउनु स्वाभाविक हो। तर कतिपय राजनीतिक अल्लारेको सहचार्यले यो बैश यस्तरी मात्तिएको छ...

जातिवादको नशामा अराजकतावादी लेखक – रामप्रकाश पुरी

(२०६९ बैशाख ३० गतेको कान्तिपुर दैनिकमा खगेन्द्र संग्रौलाको एक लेख आयो– “त्रिमूर्तिको उदेकको विचलन” शीर्षकमा। लेखकको वैचारिक दरिद्रता राम्रैसँग उजागर भएको सो लेखमाथि आधारित रहेर लेखिएका लेख र प्रतिक्रियाहरुलाई हामीले...

माओवादी, मधेशवादी र जातिवादी एकताभित्रको रहस्य –रामबहादुर बुढा

संविधानसभाको अन्तिम म्याद, जेष्ठ १४ जति नजिक आउँदैछ। देशमा त्यति नै बढी भद्रगोल र भाँडभैलोको स्थिति सिर्जना हुँदैछ। संघीयताको आवरणमा साम्प्रदायिकतावाद र विखण्डनवादको जहरिलो पालुवा फक्रिंदै र हुर्किदै गरेका प्रष्ट...

हाँक - अन्तर्वार्ता

जेष्ठ १४ भित्र संविधानको निर्माणका लागि नै हामी बढी गम्भीर हुनुपर्दछ –मोहनविक्रम…

जीवनी संक्षेप – जन्म – वि.सं. १९९२ बैशाख ०३ गते, मरूटोल, काठमाडौं – बुबा– खिमविक्रम घर्ति क्षेत्री – आमा– ताराकुमारी – बाल्यकाल– ओखरकोट र बांगे (आफ्नै घरहरू), प्यूठान। – वि.सं. २००१ सालमा बुबा खलंगा जेलमा हुँदा बुबासंग जेलमा बस्दै खलंगाको प्राथमिक भाषा स्कूलमा पढ्दै। – वि.सं. २००२ मा बुबाको मुद्दाको...

हाँक - अन्तराष्ट्रिय

Error: No articles to display

हाँक - साहित्य

घात –लक्षिराम आचार्य “अविरल”

दुनियाँ स्वार्थी छ रूप र रंगका स्वार्थहरू नियाल्दै भौतारिन्छ कहिले सरकार ताक्छ कहिले सदनको रस धोक्छ कहिले न्यायलयको पाउ पर्छ नसके साम, दाम र भेदको तुच्छ अस्त्र बोक्छ। मुनालाई सपना बाड्छ फूलहरूलाई बास्ना छर्छु भन्दै आरोह अवरोहमा तातो अग्नी भट्टिभित्र घुसार्दै बलेको रातो तापको न्यानो ताप्छ जब ब्रहमाण्डमा शिशिरको बिदाईले...

हाँक - विविध

Error: No articles to display

Weekly Video

We have 106 guests and no members online