
काठमाडौं, जेठ ३ । प्रमुख राजनैतिक दलहरूका बीचमा शासकीय स्वरूपका सन्दर्भमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्रीका बीचमा कार्यकारी अधिकार बाँडफाँड हुने मिश्रित प्रणालीमा सहमति भएपछि ने.क.पा.(मसाल)ले प्रत्यक्षरूपमा निर्वाचित राष्ट्रपतिको प्रणाली अपनाउँदा त्यो 145गम्भीर राजनैतिक गल्ती हुने146 बताएको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपनाउँदा व्यवहारमा संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई भन्दा बढी अधिकार हुने र त्यसको परिणाम देशमा अधिनायकवादी शासन कायम हुने सम्भावना रहने ठहर मसालको छ। प्रचण्डको राष्ट्रपति बन्ने र देशमा अधिनायकवादी शासन कायम गर्ने महत्वकांक्षाका कारण नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा उनले जोड दिंदै आएको स्मरण गराउँदै मसालले प्रचण्डद्वारा 145संघीयताका विरूद्ध प्रतिकारमा उत्रन146 गरिएको आव्हानले उनमा निहित त्यही अधिनायकवादी चिन्तनलाई उजागर गरेको पनि बताएको छ। ने.क.पा.(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जेठ २ मा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ। विज्ञप्तिमा...
नेपालको कम्युनिस्ट आन्दोलनमा फुट र विभाजन बारम्बार भइरहने गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दुई दशक पछि कम्युनिस्टहरूका विभिन्न समूहहरू देखा पर्न थालेका छन्। विश्वकम्युनिस्ट आन्दोलनमा भएको विवाद र विभाजनको असर नेपाल कम्युनिस्ट पार्टीमा परेको कारणले पनि यसो हुन गएको हो। सनसाठीको दशकको महाविवादले विश्व कम्युनिस्ट आन्दोलनमा हलचल मात्र ल्याएन, संसारका अधिकांश देशका पार्टीहरू फुट र विभाजनको पीडा भोग्न बाध्य भए। हुनत यो कुरालाई यसरी बुझ्न पनि सकिन्छ। जसरी फलामलाई आरनमा तताएर ज्यासलले पिटिन्छ र फलामभित्र रहेको सार चीज खारिएर स्पात बलियो बन्छ। अनावश्यक बस्तु आगोको राप र ज्यासलको चोट खप्न नसकि निस्कन्छ। त्यसैगरी कम्युनिस्ट आन्दोलनमा रहेका गलत तत्वहरू अनावश्यक बस्तुहरू बाहिरीले कुरा विज्ञानसम्मत नै हुन्छ।
कम्युनिस्ट आन्दोलनभित्र रहेको सार कुरा आफ्नो गतिमा निरन्तर क्रियाशील हुन्छ। यसमा कुनै दुइमत छैन। विश्व कम्युनिस्ट आन्दोलनमा विवाद हुनु अगाडि कम्युनिस्टहरू एक पार्टीको हैसियतले एकढिक्का भएर अन्य विभिन्न प्रकारका अवसरवादी प्रतिक्रियावादी तथा संशोधनवादका विरूद्ध वैचारिक, सैद्धान्तिक संघर्ष गर्दथ्यो। संशोधनवादीहरूले छुट्टै प्रकारले आफ्नो पहिचान बनाएर संगठित रूपमा कम्युनिस्टहरूसँग संघर्ष गर्न सक्दैनथ्यो। तर महाविवाद पछाडिको स्थिति फेरियो सोभियत संशोधनवादको आडमा विभिन्न देशका सुधारवादी, अवसरवादीहरूले आफ्नो अस्तित्व कायम गर्न जनताहरूमा भ्रम दिन र कम्युनिस्ट नाम प्रयोग गरेर सत्तामा पुग्न र जनताको टाउकोमा गिड खेल्न सफल हुँदै आएका छन्।
सोभियत संघ कम्युनिस्ट पार्टी बोल्सेभिकको गौरवपूर्ण किर्तिमानलाई देखेका विश्वका श्रमजीवी जनताहरूको आस्था विश्वास र समर्थन लाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न , छलकपटपूर्ण व्यवहारले मात्र सकिने देखेर कम्युनिस्ट नामबाट, रातो झण्डा समाएर, मार्क्सवाद लेनिनवादका शुत्रहरू कण्ठस्थ गरेर सर्वसाधारण जनता झुक्याउनु आफ्नो अनुकूल रोटी सेक्नु अवसरवादीहरूको प्रमुख काम भई आएको छ।
रूसी संशोधनवादी गद्दारहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीले संघर्षको संखघोष गरेपछि चीनसमर्थक र रूस समर्थक धार देखा परे र पछि तिनै धारहरूले आआफ्नो सक्कलीपना देखाउन थाले। रूसीधारको पक्षपोषक सबै अवसरवादी बनेर प्रतिक्रान्तिलाई सहयोग गर्न पुगे भने चिनियाँहरूको क्रान्तिकारी धारले विश्वभरीका श्रमजीवी जनताको नेतृत्व गरेको थियो। माओको निधनपछि चीनमा पनि प्रतिक्रान्ति भयो। चिनियाँ कम्युनिस्ट पार्टीले संशोधनवादको झण्डा समायो। रूसी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको शत्रुतापूर्ण संघर्षले अन्य देशका कम्युनिस्ट पार्टीभित्र पनि सत्रुतापूर्ण रूप लिन थाल्यो। यो कुराको प्रभाव नेपाल कम्युनिस्ट पार्टीमा पनि पर्यो। नेपालमा अहिलेसम्म आइपुग्दा दर्जनौं कम्युनिस्ट नाम गरेका गुटहरू जनतालाई ठगिरहेका छन्। छलकपटपूर्ण व्यवहारले स्वार्थसिद्ध गरिरहेका छन्। छलछामको ढटुवाको नीतिबाट आफ्नो वर्गलाई मात्र होइन सिंगो देशलाई,यो देशमा बसोबास गर्ने सम्पूर्ण वर्ग, जात, सम्प्रदाय, लिंग सबैल्ाई आघात पुर्याउँदैछन्।
कम्युनिस्टहरूको नीति अर्थात् मार्क्सवादको भास्यभित्र नपर्ने जातीय राज्यको कुरा उचालेर, सस्तो लोकप्रियता प्राप्तिका लागि माओवादीका नेताहरू जसरी हिजो हिंसात्मक क्रियाकलापमा उत्रन प्रेरित गरेका थिए। त्यसैगरी संघीयता जातीय राज्य, अग्राधिकार, आत्माघाती विचार अघि सारेर नेपालमा अर्को विनास निम्त्याउँदैछन्। कम्युनिस्ट पार्टीप्रतिको जनताको लगाव, समर्थन तथा संलग्नताबाट फाइदा लिन सकिन्छ भन्ने ठानेर कम्युनिस्ट पार्टीमा लाग्ने त्यसपछि अवसरवादीहरूको ग्याङ बनाएर पार्टी फुटाउने, सच्चा नेताको चरित्र हत्या गर्ने, सस्तो लोकप्रियताका लागि जे पनि बोलिदिने र गरिदिने, बदमास फटाहाहरूसँग सजग र सर्तक नभएसम्म जनताहरू तिनलाई राम्रो सँग नचिन्दासम्म नेपाल र नेपालीले धेरै ठूला दुःख कष्ट, युद्ध अशान्ति जस्ता दुःखद घटना बेहोरीरहनुपर्ने हुन्छ।
नेपालको जलस्रोत, कच्चापदार्थ, खनिज पदार्थमाथि आँखा लगाएका साम्राज्यवादी डाँकुहरूको अर्को उद्देश्य पनि देखिन्छ त्यो हो नेपालको भूमिमा टेकेर चीनमा अस्थिरता ल्याउने, चीनलाई टुक्राउने र कमजोर बनाउने संसािरभर आफ्नो एकछत्र हैकम कायम गर्ने। बेलैमा नेपालीले सोचविचार गरेर निर्णय लिन सकेनन् भने देश पनि नरहन सक्छ। देश रहेन भनेको के सम्पत्ति, केको घर घडेरी, केको जागिर, यो कुरा सबैल्ाई बुझ्न जरूरी छ। शिक्षण कार्यमा लागेका प्राज्ञ समुदाय, शान्ति सुरक्षामा खटिएका सेना, प्रहरी, राष्ट्रसेवक, कर्मचारी, देशभक्त, व्यापारी, किसान, मजदुर, विद्यार्थी, सबैले बुझ्नु जरूरी छ। आजको स्थिति भनेको पहिले देश बचाउनु र पछि मात्र पेशा बच्ने छ। नत्र कुनै पनि पेशा व्यवसायबाट हात धुनुपर्ने स्थिति आउनेछ। अहिले समय अझै बिग्रेको छैन। सच्याउन सकिन्छ। जनता उठे देशले राम्रो मार्ग पहिल्याउने छ। जनता सुतिरहे कसैको हित हुनेछैन।
काठमाडौं। ने.क.पा.(मसाल)ले देशमा जातिवादका कारणले तनावपूर्ण वातावरण सिर्जना हुँदै गएको र संघीयता सम्बन्धी विवादका कारणले संविधान निर्माणबारे अनिश्चयताको स्थिति सिर्जना हुँदै गएको प्रति गम्भीर चिन्ता प्रकट गरेको छ। उक्त स्थितिमाथि ध्यान दिंदै मसालले समयमै संविधानको निर्माण लगायतका विषयमा व्यापक जनदबाब सिर्जना गर्न र आन्दोलन संगठित गर्न पहल गर्ने निर्णय समेत...
संयुक्त राज्य अमेरिकामा आएको सन् २००८ को आर्थिक सङ्कटको असर युरोपेली सङ्घमा अहिले गहिरिँदैछ। साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूले बारम्बार आउने आर्थिक सङ्कटलाई टार्न अनेकौँ आर्थिक नीतिहरू प्रयोगमा ल्याय पनि...
वामपन्थी आन्दोलनको इतिहासमा पार्टी फुट एउटा समस्याको रूपमा देखा परेको छ। सर्वसाधारण जो कोहीलाई लाग्छ पार्टी नफुटे हुन्थ्यो, पार्टी सशक्त भए हुन्थ्यो र क्रान्ति छिट्टै सफल भए हुन्थ्यो। तर पार्टीमा...
शनिवार कुनै जमानाका 145कुन्साङ काका146 अर्थात् खगेन्द्र संग्रौलाको 145त्रिमूर्तिको उदेकलाग्दो विचलन146 लेख छापियो, पाठकको रूपमा पढ्न पाइयो। कनीकुथी झर्रा र ठर्रा नेपाली शब्दजाल बिछ्याउनमा माहिर खगेन्द्र दादा हामी नयाँ पिढीका...
नेपालको राजनीति सरसर्ती हेर्दा यतिखेर निकै बैशालु देखिएको छ। बैशले मन्दोन्मत्त राजनीतिले थुप्रैलाई लोभ्याउनु, कैयौँलाई आफ्ना पछिपछि हिँडाउनु स्वाभाविक हो। तर कतिपय राजनीतिक अल्लारेको सहचार्यले यो बैश यस्तरी मात्तिएको छ...
(२०६९ बैशाख ३० गतेको कान्तिपुर दैनिकमा खगेन्द्र संग्रौलाको एक लेख आयो– “त्रिमूर्तिको उदेकको विचलन” शीर्षकमा। लेखकको वैचारिक दरिद्रता राम्रैसँग उजागर भएको सो लेखमाथि आधारित रहेर लेखिएका लेख र प्रतिक्रियाहरुलाई हामीले...
संविधानसभाको अन्तिम म्याद, जेष्ठ १४ जति नजिक आउँदैछ। देशमा त्यति नै बढी भद्रगोल र भाँडभैलोको स्थिति सिर्जना हुँदैछ। संघीयताको आवरणमा साम्प्रदायिकतावाद र विखण्डनवादको जहरिलो पालुवा फक्रिंदै र हुर्किदै गरेका प्रष्ट...
जीवनी संक्षेप – जन्म – वि.सं. १९९२ बैशाख ०३ गते, मरूटोल, काठमाडौं – बुबा– खिमविक्रम घर्ति क्षेत्री – आमा– ताराकुमारी – बाल्यकाल– ओखरकोट र बांगे (आफ्नै घरहरू), प्यूठान। – वि.सं. २००१ सालमा बुबा खलंगा जेलमा हुँदा बुबासंग जेलमा बस्दै खलंगाको प्राथमिक भाषा स्कूलमा पढ्दै। – वि.सं. २००२ मा बुबाको मुद्दाको...
Error: No articles to display
दुनियाँ स्वार्थी छ रूप र रंगका स्वार्थहरू नियाल्दै भौतारिन्छ कहिले सरकार ताक्छ कहिले सदनको रस धोक्छ कहिले न्यायलयको पाउ पर्छ नसके साम, दाम र भेदको तुच्छ अस्त्र बोक्छ। मुनालाई सपना बाड्छ फूलहरूलाई बास्ना छर्छु भन्दै आरोह अवरोहमा तातो अग्नी भट्टिभित्र घुसार्दै बलेको रातो तापको न्यानो ताप्छ जब ब्रहमाण्डमा शिशिरको बिदाईले...
Error: No articles to display
We have 109 guests and no members online