Weekly Nepal

संघीयता खारेज गराएरै छाड्छौं: अध्यक्ष के.सी.

काठमाडौं, फागुन १० । समयमै संविधान निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनका लागि सशक्त जनदबाब सिर्जना गर्न राष्ट्रिय जनमोर्चाले काठमाडौंमा विशाल जनप्रदर्शन र सभा सम्पन्न गरेको छ। देशभरीबाट दशौं हजारको संख्यामा आएका राजमोका नेता, कार्यकर्ता र जनसमूहले फागुन ५ मा शान्ति, संविधान, गणतन्त्र र राष्ट्रियताको पक्षमा तथा संघीयताका विरूद्धमा गगनभेदी नाराहरू लगाउँदै राजधानी गुञ्जयमान पारे। काठमाडौंका विभिन्न गल्लीहरूमा जनप्रदर्शन गरिसकेपछि राजमोले खुल्लामञ्चमा जनताको विशाल उपस्थितिमा सभा सम्पन्न गर्‍यो। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी.ले नेपालबाट संघीयता खारेज गराएरै छाड्ने उद्घोष गर्नुभयो। “हाम्रो नाक काटिए पनि, हामीलाई मारे पनि, हामीलाई पैसाले नुहाइदिन खोजे पनि हामीले संघीयतासित कुनै प्रकारको सम्झौता गर्दैनौं।” विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले भन्नुभयो–“हामीले संघीयतालाई खारेज गराएरै छाड्छौं।” देशभन्दा ठूलो कुनै...

फिजीकरणको खतरालाई रोकौं


देशमा फिजीकरणको खतरा प्रबल देखिन थालेको छ। गृहमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयमा एकल निर्णय गरी देशका पचहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई हालै पठाएको नागरिकता सम्बन्धी 'परिपत्र'ले नेपाललाई फिजीकरण गर्न योजनाबद्ध तरिकाले ठूलै शक्ति लागिपरिरहेका प्रष्ट पारेको छ।

Read more: फिजीकरणको खतरालाई रोकौं

हाँक - समाचार

जनजातिको महाधिवेशन मंसिरमा हुने

काठमाडौं। अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो राष्ट्रिय महाधिवेशन २०६९ साल मंसिर २४,२५ र २६ गते पोखरामा हुने भएको छ। फागुन ६ मा सम्पन्न सम्मेलनको दशौं पूर्ण बैठकले राष्ट्रिय महाधिवेशनको सो मिति तय गरेको हो। बैठक पश्चात् फागुन ७ गते अध्यक्ष निमबहादुर बुढाथोकीद्वारा जारी गरिएको वक्तव्यमा सो जानकारी दिइएको छ। बैठकले...

हाँक - विचार/विश्लेषण

संयुक्त राज्य अमेरिकामा युद्ध सरदारको चुनाव – अपत्य शर्मा

विश्व इतिहासमा धेरै साना ठूला युद्ध सरदारहरू देखा परे। जति धेरै नरसंहार गर्ने, ठूलठूला भूभागहरूमाथि अधिकार जमाउने ठूलठूला मानव सभ्यताका धरोहरहरूलाई ध्वस्त गर्ने युद्ध सरदारहरू कति चुनिएर कति स्वयं स्वघोषित...

'प्यूठान अभियान'को सन्देश – रामबहादुर बुढा

राष्ट्रिय जनमोर्चा सम्बद्ध देश र प्रवासमा कार्यरतसमेत विभिन्न युवकहरू माघ महिनामा प्यूठानमा परिचालित भए। जिल्लाबाहिरबाट प्यूठान पुगेका युवकहरू र स्थानीय राजमो नेता तथा कार्यकर्ताहरूलाई मिलाएर विभिन्न टोली निर्माण गरी सङ्गठन...

संघीयता र दलित मुक्तिको सवाल – प्रा.डा. श्रीधर गौतम

प्रजातन्त्रमा सबै जनजातिका मानिसलाई कानुनको दृष्टिमा बराबर भनिन्छ तर व्यवहारमा वर्षौंदेखिको संस्कारको कारण प्रजातन्त्रका मसिहा भनिने देशमा पनि तिनीहरूप्रति भीषण भेदभाव गरिन्छ। संयुक्त राज्य अमेरिका ब्रिटेनको औपनिवेशिकताबाट मुक्त भएपछि त्यो...

संघीयतालाई जरैदेखि खारेज गराउनुको विकल्प छैन – चित्रबहादुर के.सी.…

हामीलाई २०६५ साल जेठ १५गते संविधानसभामा एक्कासी के कुरा सुनाइयो भने अब उपरान्त नेपाल संघीय गणतन्त्रमा गयो।संघीयता यो मुलुकको लागि आवश्यक छ कि छैन भन्ने कुरा संविधानसभामा छलफल गराइएन। संविधानसभाका...

तराईको काठमाडौंसित “सम्बन्धविच्छेद”को अभिव्यक्ति – मोहनविक्रम सिंह

सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले तराई/मधेशको काठमाडौं सित “सम्बन्ध विच्छेद” को अभिव्यक्ति दिएपछि त्यसको धेरैतिरबाट विरोध भएको छ। तर यो कुराप्रति कम मानिसहरूको ध्यान गएको छ कि त्यो प्रश्न खालि गुप्ताको...

हाँक - अन्तर्वार्ता

संघीय प्रणालीका लागि मुलुकलाई बलिदान नगरौं –चित्रबहादुर के.सी. अध्यक्ष, राष्ट्रिय जनमोर्चा

० के.सी.जी, राज्यपुनर्संरचना आयोगले भर्खरै आफ्नो प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनप्रतिको राजमोको धारणा के हो? –यो आयोग बन्दाका बखत नै यसले कस्तो प्रतिवेदन ल्याउँछ भन्ने कुरा सबैलाई थाहा थियो। संविधानसभाको चुनाव भएको चार वर्ष पुग्ने बेलामा अन्तरिम संविधानमा व्यवस्था भएको हुनाले त्यो गाल छल्नका लागि, आयोग बनाइयो। जुन आयोग स्वतन्त्र...

एकता समाज मजदुरहरूकै संगठन हो – दलबहादुर गाहा मगर , कोषाध्यक्ष, बहराइन…

० तपाईको घर? –पाल्पा जिल्ला रिड्डनेरह गाविस, वडा नं. ५ रोड्डढेड्डमा मेरो घर पर्छ। ० तपाईको सांगठनिक जीवनबारे बताउनुस् न? –२०४८ सालमा नेकपा(मसाल)ले संविधानसभाको चुनाव माग गदर्ैै संसदीय चुनाव बहिष्कार गरेको थियो।  त्यतिबेलादेखि नै मसालप्रति मेरो आकर्षण थियो। २०५० सालतिर उद्बुद्ध मावि रिड्डनेरहमा कक्षा ९मा पढ्दा अनेरास्ववियु (छैठौं) इकाई समिति...

हाँक - अन्तराष्ट्रिय

सिरिया कमजोर हुँदै

दमास्कस। एक प्रतिष्ठित व्यवसायीले विदेशी प्रतिबन्धका कारण सिरियाको अर्थव्यवस्था कमजोर भइरहेको गुनासो गरेका छन्। सिरियाका पूर्वराष्ट्रपतिका छोरा फैसल अल कुदसीले राष्ट्रपति बसर अल असदको सरकार अब बढीमा ६ महिना टिक्न सक्ने बताए। उनले भने, 'प्रदर्शनकारीविरूद्ध हुने सैन्य कार्वाही ६ महिनासम्म मात्र हुन सक्छ। सुरक्षाकर्मी निकै थाकिसकेका छन् र अब उनीहरू...

विद्रोहको चपेटामा माल्दिभ्स

काठमाडौं। दक्षिण एसियाको शान्त एवं कमै समाचारमा आउने राष्ट्र माल्दिभ्स यतिखेर राजनीतिक विद्रोहको चपेटामा परेको छ। करिब बाह्र सय टापुले बनेको यस राष्ट्रमा गत साता शुरू भएको विद्रोहको उचाई अझै अग्लिने आशंका बढेको छ।  पदीय ओहदा विपरीत काम गरेको भन्दै राष्ट्रपति मोहमद नसिदले फौजदारी अदालतका प्रमुख न्यायाधीश अब्दुल्लाह मोहम्मदलाई पक्राउ आदेश...

हाँक - साहित्य

असमानता तोड्नुपर्छ –योगेन्द्र काउचा

 सडक छेउछाउ डुली हिड्ने  भोक र प्यासले  गलीरहने  बालकलाई सोध्नुपर्छ  बेसहारा  मगन्तेलाई सोध्नुपर्छ  घरवारविहीन  अनाथहरूलाई सोध्नुपर्छ  भोक कस्तो हुन्छ? मायाँ कस्तो हुन्छ? परिवार कस्तो हुन्छ?  कर्णालीका  झुप्रोभित्र रहने  ढुङ्गे युगका  रोगैरोगले गालिएका  विरामीलाई  अकालका लासलाई सोध्नुपर्छ मानवियता कस्तो हुन्छ? औषधी कस्तो हुन्छ? जीवनको रहर कति हुन्छ?  एकपेटका लागि  शरीर पुरै...

साहित्य: संघर्ष र साधनका दुई रूप – फैज अहमद फैज

प्रत्येक साहित्कार कुनै न कुनै रूपमा समाजको एक एकाइ हुन्छ। साहित्यकारको आफ्नो समाजसित दुई किसिमको सम्बन्ध हुन्छ। एउटा व्यक्तिगत सम्बन्ध र दोस्रो साहित्यकारको सम्बन्ध। यी दुई सम्बन्धले साहित्यकारमा दोहोरो जिम्मेवारी सिर्जना गर्छ। एउटा सामान्य जिम्मेवारी, जुन कुनै समाजको सबै व्यक्ति या कुनै देशको नागरिकहरूका निम्ति एकैप्रकारको हुन्छ। दोस्रो विशेष जिम्मेवारी,...

हाँक - विविध

कम्युनिस्ट आन्दोलन र अवसरवाद – टंकप्रसाद शर्मा

नेपालको कम्युनिस्ट आन्दोलनमा फुट र विभाजन बारम्बार भइरहने गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दुई दशक पछि कम्युनिस्टहरूका विभिन्न समूहहरू देखा पर्न थालेका छन्। विश्वकम्युनिस्ट आन्दोलनमा भएको विवाद र विभाजनको असर नेपाल कम्युनिस्ट पार्टीमा परेको कारणले पनि यसो हुन गएको हो। सनसाठीको दशकको महाविवादले विश्व कम्युनिस्ट आन्दोलनमा हलचल मात्र...

नेपालमा नागरिकताको प्रावधान र समस्या – भरतमणि भण्डारी

राज्य भन्नाले सरकारको माध्यमबाट सञ्चालित एकत्रित स्वरूपको राजनीतिक समुदाय हो। राज्य निर्माणनको प्रक्रियामा प्रमुखरूपमा कृषि र लिपीको प्रमुख भूमिका रह्यो। कृषिले वर्गको रूपमा बलियो र कमजोर पक्षको निर्माण गरिदियो र लिपीको माध्यमबाट विभिन्न महत्वपूर्ण सुचनाहरू एकत्रित गरी सोको माध्यमबाट उच्च वर्गका व्यक्तिले कमजोर वर्गमाथि नियन्त्रण गर्न सक्षम भए र यी...

प्यूठानको संगठनात्मक अभियान: एक संस्मरण – धनपति सापकोटा

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले माघ ५ गतेदेखि फागुन ५ गतेसम्म प्यूठानमा विशेषरूपमा सङ्गठनात्मक कामका लागि निर्देशन गरेको थियो। यता पौष १५ देखि १७ गतेसम्म बसेको अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) राष्ट्रिय प्रशिक्षण भेलाले ६ महिने कार्यक्रम पनि बनाएको थियो। त्यसका बावजुद अन्टुकको स्वीकृतिमा नै प्यूठानको अभियानलाई सफल बनाउन म...

संयुक्त राज्य अमेरिकामा युद्ध सरदारको चुनाव – अपत्य शर्मा…

विश्व इतिहासमा धेरै साना ठूला युद्ध सरदारहरू देखा परे। जति धेरै नरसंहार गर्ने, ठूलठूला भूभागहरूमाथि अधिकार जमाउने ठूलठूला मानव सभ्यताका धरोहरहरूलाई ध्वस्त गर्ने युद्ध सरदारहरू कति चुनिएर कति स्वयं स्वघोषित रूपले आफ्नै सैन्यशक्तिको विस्तार गरेर ठूला “वीर” मा गणना गरिएका छन्। भलै जीवित पराजीत मानव शरीरमाथि वा उनीहरूका टाउकालाई ईंटाको...

Weekly Video

Life&style

Women

We have 171 guests and no members online