Weekly Nepal

सम्पादक/प्रकाशक - गोकुल बाँस्कोटा
कार्यकारी सम्पादक - विकास गिरी
प्रबन्ध निर्देशक - बिजय कुमार सिह
कार्यालय - बागबजार, काठमाडौ
फोन - २१७२६१२ (UTL), मोबाइल ९८४१६०७०५४, इमेलः sambodhanweekly@gmail.com

 

 

 

वैधानिक सत्ताकब्जाको बाटोमा माओवादी

काठमाडौं, बैशाख २९ । बुधवार मध्यरातसम्मै बानेश्वरमा बसेर गति गलफत्ती गरे पनि संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेपछि विवादित सबै विषय संविधानसभामा मतदानका लागि लगिने भएका छन्। दुई दिन भित्र बाबुराम भट्टराईको सरकारलाई सहमतिको स्वरुप दिने र तीन दिन भित्र संविधानका विवादित विषयमा सहमति कायम गरी संविधान घोषणा गर्नु पूर्व कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने २१ बैशाखको मध्यरातमा भएको सहमति पनि कार्यान्वयन नहुने स्पष्ट संकेत देखिएको छ।  खासगरी एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माण गर्ने र समग्र तराईलाई एउटै प्रदेश बनाउने कुरामा माओवादी र मधेसी मोर्चावीच अलिखित सहमति भएपछि र त्यसको बदलामा बाबुराम भट्टराईको सरकार अनन्तकालसम्म लम्याउने भित्री खेलमा ति दुवै पक्ष सामेल भएपछि ५ बुँदे सहमतिको कच्चापनको प्रभाव मुलुकमा पर्ने देखिएको हो । दुई दिन भित्रै सहमतिको स्वरुप दिइने...

कान्तिहीन 'जनयुद्ध' दिवस


हतियारवद्ध लडाईं विश्रामको ६ वर्षपछि माओवादीले उराठलाग्दो 'जनयुद्ध' दिवस मनाएको छ। फगुन १ गते राजधानीको खुला मञ्च र देशका विभिन्न भागमा मनाइएको युद्ध दिवसमा माओवादी नेताहरूले आफ्ना कार्यकर्ताहरूमा फेरि एक पटक विद्रोह र क्रान्तिको हरियो घाँस छरे।

युद्धविश्रामपछि क्यान्टोनमेन्टमा थुनिएका हजारौं लडाकुको जीवन खोसिएपछि र राजनीतिक परिचालनको आधार पैसालाई बनाएपछि क्लान्त भएका माओवादी कार्यकर्ताहरू अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूको अर्काे फोस्रो आश्वासनमा ताली पिटेर फर्के। 
जनयुद्ध दिवसको सभामा भाग लिन देशभरबाट खण्डहर जीवन भोगिरहेका कार्यकर्ताहरू जुटाइएका थिए। लाजिम्पाटको नयाँ नारायणहिटीवाट सवारी भएका पुष्पकमल दाहालले पार्टीले जनविद्रोहको लाइन नछोडेको उद्घोष गरे। उता पोखरा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको समृद्धि र राष्टियताको हित सम्बर्द्धनको भाषण ठोके। भूमिगत जीवन त्यागेर माओवादी नेताहरू प्रधानमन्त्री, मन्त्री र सांसद्को भूमिकामा उदाएपछि अन्य सबै धुरीका राजनीतिज्ञभन्दा सम्पन्न भएका छन् र उनीहरूको जीवन श्री ३ महाराजको भन्दा उन्नत बन्न पुगेको छ। तर, उनीहरूको युद्धलाई कठीन तपस्या मान्ने हो भने त्यही तपस्यावाट आएका लडाकु र कार्यकर्ताहरूलाई भने राज्यले दिएको अढाइ लाखको चेक पनि उनै नेताहरूले खोसेका छन्। 
यस्तो भाव परिवेशमा माओवादीको जनयुद्ध दिवस फगुन १ गते आइपुगेको थियो। युद्धमा सदस्य गुमाएका परिवारहरू उनीहरूको त्यसको औचित्य खोजीरहेका छन्। घाइते भएकाहरू इुद्धले आफ्नो जीवनमा ल्याएको परिणाम र राजनीतिमा भएको रुपान्तरणको लेखाजोखा गरिरहेका छन्। नेताका अनुुहारमा आएको चमक र चिल्लोपना, उनीहरूका स्वमित्वमा चलेका उद्योग र ब्यापारिक कम्पनीहरू, परिवारका सदस्यहरूसँगको हाँसीखुशी जीवन र कार्यकर्ताको खण्डहर जीवनवीचको विरोधाभाष खोज्न यसपटकको जनजयुद्ध दिवसले नेपाली समाजलाई धेरै हदसम्म सघायो। पैसाको शक्तिमा चलाउन खोजेको सांगठनिक संरचना, त्यसका लागि लुटिएको मुलुकको अर्थतन्त्र र प्रतिफलस्वरुप नागरिकले पाएको गरिवी र महंगीको जीवन माओवादीका सभामा पनि प्रतिबिम्बित हुन्थ्यो। 
विद्रोहको एउटै आव्हानले खुला मञ्च भरिने र सभामा गरिने मुक्तिका मायावी भाषणले उम्लने रगत यसपटक सेलाएको देख्न पाइयो। एउटा मुक्तिका लागि नयाँ नारायणहिटीको जीवन ब्यतित गरिरहेको छ अन्य पार्टीका नेताहरूलाई यथास्थितिवादीको पगरी थोपर्दै। अर्काे खुला मञ्चमा बाँडिएको क्रान्तिको सपनाप्रति अविश्वास गर्दै क्लान्त मुद्रामा घर फर्कने तयारी गर्दैछ। माओवादीको जनयुद्ध नाममा वितण्डाले दिएको परिणाम यही देखिएको छ। कायृकर्ता र संगठनको पंक्तिलाई नेताहरूको शासकीय शक्ति आर्जन गर्ने स्रोतका रुपमा प्रयोग गर्ने र त्यसैका लागि उनीहरूको जीवन बलिदानी गर्ने माओवादीलाई अव यसअघिका अश्वासनमात्र पर्याप्त छैनन्। मञ्चमा बोलिएका कुरा र जीवनमा अपनाइएका कुरावीचको विरोधाभाषले जे सन्देश दिएको छ त्यसले माओवादीलाई अहिलेसम्मकै सामन्तवादी नोकरशाही संयन्त्रका रुपमा चिनाएको छ। जसले आफ्ना लागि गरिवहरूको मृत्युलाई बोलिमा बलिदानी भन्छ र ब्यवहारमा गरिवहरूको पीडामाथि आफ्नो शासनको महल खडा गर्छ। 
दाहाल र भट्टराईले अहिले गरिहेको पनि त्यही हो जुन यसअघि सामन्तवादी युगको प्रतिनिधित्व गर्ने शासकहरूले गर्थे। माओवादीले सरकार सञ्चालन गरेको अवधीमा जनताले गरेको अनुभुति र कार्यकर्ताको जीवन सत्तासँग विनिमयका लागि उनीहरूले अपनाएको ब्यवहारले यसको खुलासा गरिसकेको छ। भलै खुला सभामा माओवादीले आफ्ना सांस्कृतिक प्रचारयन्त्रमार्फत गीत घन्काए र भने, 'माओवादी विग्रेको छैन, माओवादी भत्केको छैन।' नभत्केको र नबिग्रेको माओवादीले गर्ने यही हो भने नेपाली समाजमा अव माओवादी नामको बुटी चाहिएको छैन र यो मुलुकको निम्ति काम लाग्दैन भन्ने मनोवैज्ञानिक निश्कर्षमा माओवादी कार्यकर्ता स्वयं देखिन्थे।

सम्वोधन - समाचार

सम्बोधनका समाचारहरु

सिटौलाले डुबाएपछि बल्ल खुल्यो होस  काठमाडौं। शान्ति प्रक्रियामा माओवादीको स्वार्थ अनुरुप गिरिजाप्रसाद कोइरालालाई पनि लोभमा फसाएर अहिलेको भद्रगोल निम्त्याउने पात्र मानिएका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले फेरि एक पटक कांग्रेसलाई माओवादीसामु दाउमा राखेको अभियोग लाग्न थालेको छ। खासगरी बाबुराम भट्टराईको सरकारमा कांग्रेस सहभागिताका लागि धेरै अगाडीदेखि मेहेनतपूर्वक लागेका सिटौला बैशाख २० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निजी निवासमा भारतीय राजदूत...

सम्वोधन - दूरविन

राज्यको पुनर्संरचना: समस्या र सम्भावना –मोहनविक्रम सिंह

राज्य पुनर्संरचना आजको देशको गम्भीर र ऐतिहासिक आवश्यकता हो। नेपालमा लामो समयदेखि सामन्ती र केन्द्रीकृत राज्य व्यवस्था रहँदै आएको छ। आजको शासन र राज्ययन्त्र वा शासन प्रणाली सामन्ती स्वार्थहरु पूरा गर्नका लागि बनेको हो। आजको देशको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था मूल रुपमा सामन्ती नै छ। अथवा त्यो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै छ। तैपनि देशमा गतकालमा भएका विभिन्न आन्दोलनहरुको...

सम्वोधन - विचार/विश्लेषण

कम्युनिष्ट आन्दोलनका प्रवृत्ति –शंकर पोखरेल

सोभियत मोडेलको समाजवादको असफलता र सोभियत संघ विघटनपछि विश्व कम्युनिष्ट आन्दोलनमा झै नेपालमा पनि जडसूत्रवादी, विसर्जनवादी र क्रान्तिकारी गरी तीन प्रकारका धार देखिए। जडसूत्रवादले सोभियत मोडेलको समाजवादको असफलतालाई विश्व कम्युनिष्ट आन्दोलनमा आएको चुनौतीका रूपमा बुझ्नै चाहेन। उसले उक्त असफलतालाई संशोधनवादको संकटका रूपमा लियो र नेपालमा कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका रूपमा जनयुद्ध नामको उग्रवामपन्थी र अतिवादी बाटो अनुशरण गर्‍यो। विसर्जनवादीधाराले...

सात प्रदेश र एक परिषद् दलितको माग –गणेश विके देउल्याल

आगामी १४ जेठमा संविधान जारी गर्ने लक्ष्यका साथ अघि बढेको नेपाली राजनीतिले धेरै मुद्दामा सहमति गर्दै अघि बढे पनि दलितलगायत समुदायलाई केवल निराश पार्दै गएको छ। विशेषगरी ठूला दलका बीचको सहमतिका नाममा आफैँले सहमतिमा गठन गरेको उच्चस्तरीय राज्य पुनर्संरचना आयोग र सार्वभौम सम्पन्न संविधानसभाको राज्य पुनर्संरचना समितिले गरेका सिफारिस बेवास्ता गर्न थालेपछि यो अवस्था सिर्जना भएको हो। अब भिटो पावरसहितको...

सम्वोधन - प्रतिकोण

स्थानीय निकाय, सुशासन र रेडियो -- दिपेश घिमिरे

स्थानीय निकाय निर्वाचित प्रतिनिधीविहिन भएको एक दशक भयो। यसबीचमा स्थानीय निकाय कसरी सञ्चालन भए भन्नेबारेमा धेरैले चासो राखेनन्। जो जसले चासो राखे उनीहरुको सकारात्मक धारणा छैन। कोहि भन्छन् केहि कर्मचारीले जागिर खाए। कोहिले भन्छन् केहिले सरकारी सम्पत्तीमा भ्रष्टाचार गरे। सञ्चारमाध्यमले पनि यस्तै सवाललाई उठाईरहेको छ। के सााच्चै नै स्थानीय निकायहरुले यसबीचमा निर्वाह गरेको भुमिका नकारात्मकनै छ त? जति सामान्य प्रश्न...

सम्वोधन - खेल

Error: No articles to display

सम्वोधन - साहित्य

Error: No articles to display

सम्वोधन - विविध

बैकिङ खबरहरु

मेगा बैंकको मोबाइल बंैकिङ सेवा मेगा बैंक नेपालले अत्याधुनिक मेगा मोबाइल बैंकिङ सेवा सुरु गरेको छ। सेवामार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रूपमै बैंकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन्।  मोबाइलबाटै खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकका लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानी, विनिमयदर, मोबाइल रिचार्ज र एटिएम उपलब्ध स्थानबारे जानकारी लिन सक्नेछन्। सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध छ। यसअघि...

Weekly Video

We have 111 guests and no members online