Weekly Nepal

सम्पादक/प्रकाशक - गोकुल बाँस्कोटा
कार्यकारी सम्पादक - विकास गिरी
प्रबन्ध निर्देशक - बिजय कुमार सिह
कार्यालय - बागबजार, काठमाडौ
फोन - २१७२६१२ (UTL), मोबाइल ९८४१६०७०५४, इमेलः sambodhanweekly@gmail.com

 

 

 

वैधानिक सत्ताकब्जाको बाटोमा माओवादी

काठमाडौं, बैशाख २९ । बुधवार मध्यरातसम्मै बानेश्वरमा बसेर गति गलफत्ती गरे पनि संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेपछि विवादित सबै विषय संविधानसभामा मतदानका लागि लगिने भएका छन्। दुई दिन भित्र बाबुराम भट्टराईको सरकारलाई सहमतिको स्वरुप दिने र तीन दिन भित्र संविधानका विवादित विषयमा सहमति कायम गरी संविधान घोषणा गर्नु पूर्व कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने २१ बैशाखको मध्यरातमा भएको सहमति पनि कार्यान्वयन नहुने स्पष्ट संकेत देखिएको छ।  खासगरी एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माण गर्ने र समग्र तराईलाई एउटै प्रदेश बनाउने कुरामा माओवादी र मधेसी मोर्चावीच अलिखित सहमति भएपछि र त्यसको बदलामा बाबुराम भट्टराईको सरकार अनन्तकालसम्म लम्याउने भित्री खेलमा ति दुवै पक्ष सामेल भएपछि ५ बुँदे सहमतिको कच्चापनको प्रभाव मुलुकमा पर्ने देखिएको हो । दुई दिन भित्रै सहमतिको स्वरुप दिइने...

राष्ट्रिय खेलमा सेनाको सहभागिता अन्यौलमा –विजय सिंह


काठमाडौं। सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा १४ गते देखि २१ गते सम्म हुने बृहत छैटौं राष्ट्रिय खेलकुद सुरु हुन अब जम्मा ९ दिन मात्र बाँकी छ। सुदूरपश्चिममा नै हुने भनिएको यस अघिको पाँचौं राष्ट्रिय खेलकुद अन्तिममा आएर त्यस बेला सुरक्षा र भौतिक पूर्वाधारको कारण देखाउदै स्थगित भएको थियो। पछि आएर पाँचौं राष्ट्रिय खेलकुद काठमाडौंमा आयोजना गरियो। राज्यले जहिले पनि विकटका क्षेत्रकालाई त्यति महत्व नदिदा त्यहाँ हुनु पर्ने भौतिक पूर्वाधार नहुनु पनि स्वभाविकै हो। तर यस पटक भने राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिममा नै राष्ट्रिय खेलकुद आयोजना गर्ने भन्दै व्यावकरुपमा प्रचार गरेको छ। त्यसको लागि रकम निकासा गर्न पनि सफल भएको छ। राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तथा खेलकुद मन्त्रालय सम्हाल्ने पदाधिकारीहरु त्यहाँको निरिक्षणको लागि भन्दै लाखौं रकम खर्च पनि गरिसकेको छन्। तर सुदूरपश्चिमले यसपटक जति चर्चा र रकम पाएको छ त्यस अनुसार भौतिक पूर्वाधार निर्माण र अन्यकुरामा पुर्णता भने पाएको देखिदैन। राष्ट्रिय खेलकुद आयोजना हुन जम्मा जम्मी एक सातामात्र बाँकी रहदा सम्म राखेपले खेल तालिका पनि सार्वजनिक गर्न सकेको छैन। भने विभिन्न विकास क्षेत्रबाट भागलिने खेलाडीहरुको छनौट पनि पुरा गर्न सकेको देखिदैन। विभिन्न खेलका लागि बनाइएका भौतिक पूर्वाधारहरु पनि कामचलाउ पारले बनाइएका छन्। ति पूर्वाधारहरु न त पछि सम्म काम लाग्ने खालका छन् न त तत्कालै प्रयोग गर्न सकिने खालका छन्। भौतिक पूर्वाधारहरु निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको आशंका त्यस क्षेत्रका विशुद्ध खेलप्रति आस्थावान स्थानीयबासीहरुले गरेका छन्। 
खेलकुद भनेको राष्ट्र चिनाउने एक प्रमुख चिनारी हो। त्यसका लागि देशका हरेक कुना काप्चाका खेलाडीहरुको प्रतिस्पर्धा गराएर उत्कृष्ट खेलाडीहरुको छनोट गरी राष्ट्रिय खेलमेलामा सहभागी हुने गर्छन्। तर माओवादी कोटाबाट चलचित्र क्षेत्रका युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव बनाइएपछि उनले खेलकुदलाई पनि चलचित्रमा देखाइने काल्पनिक कथा जस्तै बनाएर छैटौं राष्ट्रिय खेलकुद मेलामा त्यस्तै खलाडीहरुको भिडन्त गराउने भएका छन्। उनी सदस्य सचिव भएपछि धरै जसो जिल्ला खेलकुद विकास समितिका अध्यक्षमा आफ्ना कार्यकर्ता भर्ती गरेपछि जिल्लाबाट पनि माओवादी समर्थित खेलाडीहरुको छनोट गरेर वास्तविक खेलाडीको खेल जीवनलाई अन्धकार तिर धकेलेर करोडौंको घोटाला गर्न सफल भएका छन्। खेलकुद क्षेत्रमा यस्ता खालका काल्पनिक काम हुनु भनेको खेलक्षेत्रलाई एक कदम पछाडि धकेल्नु नै हो। 
यस्तै हरेक भाषणमा राजनीतिबाट आफु टाढा रहेको बताउने राखेप सदस्यसचिव लामा वास्तविक रुपमा भने उनी राजनीतिक खेलाडी र नुनको सोझो गर्नमा माहिर देखिएका छन्। यसको पछिल्लो उदाहरण हो, समायोनको क्रममा रहेको माओवादी सेनाको पिएलए स्पोर्टस् क्लवलाई छुट्टै विभागीय टिमको मान्यता दिदै राष्ट्रिय खेलकुदमा सहभागी गराउनु। यसबाट के प्रष्ट हुन्छ भने उनी राजनीतिबाट टाढा छैनन्। आफ्नो पदको रक्षाका लागि उनी जे पनि गर्न सक्छन् भन्ने प्रष्ट देखिएको छ। माओवादी सेनाको पिएलए स्पोर्टस्को सहभागीतालाई लिएर नेपाली सेनाले आफ्नो विभागीय टिम त्रिभुवन आर्मी क्लव छैटौं राष्ट्रिय खेलकुदमा सहभागी हुन नसक्ने समेत घोषणा गरिसकेको छ। तर सहभागी हुनु नहुनु आ–आफ्नो आन्तरिक कुरा भए पनि नेपाली सेनाको  विभागीय क्लब भित्र रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको भविष्य भने धरापमा पर्ने देखिएको छ। छैटौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट भएका खेलाडीहरुले नै आसन्न भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुदमा भाग लिन पाउने प्रावधान रहेकाले त्रिभुवन आर्मी क्लब भित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतियोगितामा सहभागी हुन नपाउदा उनीहरुको स्थानमा सफल हुने खेलाडीहरुले भारतमा गएर कस्तो नतिजा ल्याउलान् त्यो त सहजै अनुमान गर्न सकिन्छ। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका दावेदार रहेका त्रिभुवन आर्मी क्लवका खेलाडीहरु अहिले ओझेलमा परेका छन्। यसले गर्दा भारतमा हुने दक्षिण एसियाली खेलकुदमा नेपालको स्थान अझै तल  हुने अनुमान पनि गर्न थालिएको छ। 
नेपाली सेनाले भाग नलिने  निर्णय गरेपछि सदस्यसचिवले छैटौं राष्ट्रिय खेलकुदलाई १२  औं दक्षिण एसियाली खेलकुदको छनौंटका रुपमा व्याख्या गर्दै छैटौं राष्ट्रिय खेलकुदमा सहभागी नहुनेले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने बताएका थिए। तर फुटबलका राष्ट्रिय खेलाडी पनि छैटौं राष्ट्रिय खेलकुदमा अनुपस्थिती हुने भएका छन्। फुटबल टोली राष्ट्रिय खेलकुद लगत्तै काठमाडौंमा हुने एएफसी च्यालेन्ज कपको बन्द प्रशिक्षणमा छन्। एएफसी च्यालेन्जकपका कारण फुटबल टोलीलाई घरेलु प्रतियोगितामा पनि खेल्न दिइएको छैन। यस्तै क्रिकेटका खेलाडी अर्को महिना संयुक्त यु.ए.ई मा हुने विश्व ट्वान्टी–२० कपको छनोटका लागि बन्द प्रशिक्षण तथा तयारी गर्न भारत भ्रमणमा रहेका कारण क्षेत्रीय छनोटमा सहभागी भएका छैनन्। तर क्षेत्रीय छनोटमा नै सहभागी नभएका क्रिकेट खेलाडीलाई छैटौं राष्ट्रिय खेलकुदमा भने सहभागीता जनाउन पाउने भएका छन्।  राष्ट्रिय खेलकुद जस्तो प्रतियोगितामा यस्ता दोधारे र मनपरी नीतिले नेपाली सेनाका खेलाडीहरु भने अन्यौलमा परेका छन्। नेपाली सेनाका खेलाडीहरुको बारेमा भने राखेपले अहिले सम्म पनि छैटौं राष्ट्रिय खेलकुदमा सहभागी नभए अन्तर्राष्ट्रिय खेलकुदमा पनि सहभागी हुन नपाउने आफ्नो अडान कायम राखेको छ। राखेपले नेपाली सेनालाई राष्ट्रिय खेलकुदमा सहभागी हुन औपचारिक रुपमा पत्राचार गरिसकेको तर सेनाबाट कुनै पनि प्रतिक्रिया नआएको बताएको छ। छैटौं राष्ट्रिय खेलकुदमा राखेपले विभागीय टोलीका खेलाडी र सोझै सहभागी हुन पाउने खेलका खेलाडीहरुको संख्या तोके पनि अहिले सम्मको खेलको तालिका र टाइसिट सार्वजनिक गर्न सकेको छैन। हतार हतारमा राष्ट्रिय खेलकुद हुन केही समयमा मात्र बाँकी रहँदा गरिएका जिल्ला र क्षेत्रका प्रतियोगिता धमाधम भइरहेको जानकारी दिएको छ। तर राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरु आफ्ना खेलमा प्रतिस्पर्धा गर्नु अघि प्रशिक्षणको मौका पाउने अवस्था भने देखिदैन। यदि तोकिएको समयमा नै राष्ट्रिय खेलकुद संचालन भएमा छनोट भएका खेलाडीहरु सोझै राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन्। यस्तो खालको लतपते राष्ट्रिय खेलकुद प्रतियोगिताले कस्ता खेलाडी जन्माउला त्यो त आगामी अन्तर्राष्ट्रिय खेदकुदमा नेपालको सहभागीता पछि आउने नतिजाले नै बताउनेछ। 

 


क्रिकेटमा अन्तिम टोलीको घोषणा
काठमाडौं। फागुन ३० देखि चैत १० सम्म युएईमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोटका खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बुधबार अन्तिम छनोट गरिएको छ। अन्तिम छनोटमा १४ सदस्यीय टोलीको घोषणा गरिएको छ। यस पटकको नेपाली क्रिकेटको राष्ट्रिय टोलीमा पूर्व उपकप्तान शक्ति गौचनको पुनरागमन भएको छ।  दुइ वर्ष अघि चीनको ग्वाङ्झाउमा भएको एसियाली खेलकुद र डिसेम्बरमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपमा शक्तिलाई नेपाली टोलीमा राखिएको थिएन।
यस्तै १४ सदस्यीय टोलीमा परेश लोहनीले पनि तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्।  १८ सदस्यीय नेपाली टोली मुम्बई भ्रमणमा अभ्यास खेल खेलेर मंगलबार काठमाडौं फकिर्एको थियो। अभ्यास खेलका लागि भारत भ्रमणमा रहेका नेपाली टोलीलाई मुम्बइमा खेलिएको ९ अभ्यास खेलको प्रदर्शनलाई आधार मानेर छनोट गरिएको बताइएको छ।
घोषित नेपाली टोलीमा कप्तानमा पारस खड्का, उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने अन्य खेलाडीहरुमा शरद भेषावकर, परेश लोहनी, पृथु बाँस्कोटा, महबुब आलम, अनिल मण्डल, सञ्जम रेग्मी, शक्ति गौचन, अमृत भट्टराई, बसन्त रेग्मी, कृष्ण कार्की, प्रदीप ऐरी र चन्द्र साउद रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार विनोद भण्डारी, सुवाष खकुरेल, राहुल विक र अविनाश कर्णलाई वैकल्पिक खेलाडीमा राखिएको छ। एसिसी ट्वान्टी–२० कप खेलेको टोलीबाट विनोद भण्डारी, सुवाष खकुरेल र राहुल विकलाई हटाएर परेश लोहनी, शक्ति गौचन, कृष्ण कार्की र चन्द्र साउदलाई टिममा समावेश गरिएको छ।  
समूह 'ए' मा रहेको नेपालले खेल्ने खेलहरु नेपाली समयअनुसार दुबईमा फागुन ३० गते हङकङसँग दिउँसो ३:४५ मा, चैत १ गते दुबईमा डेनमार्कसँग दिउँसो ३:४५ मिनेटमा,   चैत २ सारजहामा पपुवा न्यु गिनीसँग दिउँसो ३:४५ मिनेटमा, चैत ३ सारजहामा अफगानिस्तानसँग दिउँसो ३:४५ मिनेटमा, चैत ५ अबुधाबीमा बर्मुडासँग दिउँसो ३:४५ मिनेटमा, चैत ६ दुबईमा नेदरल्यान्डसँग
बिहान ११:४५ मिनेटमा र चैत ७ सारजहामा क्यानाडासँग दिउँसो ३:४५ मा खेल्ने कार्यक्रम तय भएको छ।   
 छनोट चरणमा सहभागी १६ टोलीबाट चार टोलीले श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न पाउने छन्।

 


फिफा बरियतामा सुधार
नेपाल फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान माथि उक्लिन सफल भएको छ। भने नेपाल एसियाको बरियताक्रममा २७ औँ स्थानमा छ।
फेब्रुअरी महिनालाई विश्व फुटबल महासंघ (फिफा) ले फिफाले बुधबार सार्वजनिक गरेको वरियताक्रममा नेपाल १५२औं स्थानमा रहेको छ।
नेपाल पछिल्लो केही समयदेखि द212िण एसियाली राष्ट्रमध्ये पहिलो स्थान सुरक्षित गर्दै आएकोमा यस पटकपनि आफ्नो स्थानमा यथावत रहेको छ। द212िण एसियाली राष्ट्र भारत ४ स्थान माथि उक्लिदै १५४ औं स्थानमा छ।
यसैगरी फिफा वरियतामा बंगलादेश १५७ औं, माल्दिभ्स १७५ औं, अफगानिस्तान १७८ औं, पाकिस्तान १८१ औं, श्रीलंका १८२ औं र भुटान २०१औं स्थानमा रहेका छन्। फिफा वरियताको शीर्ष स्थानमा स्पेन यथावत छ। जर्मनी दोस्रो स्थानमा उक्लेको छ भने नेदरल्यान्ड्स तेस्रो स्थानमा झरेको छ। चौथोमा उरुग्वे र पाँचौंमा इङल्यान्ड यथावत् छन्।  यसैगरी छैटौंमा पोर्चुगल, सातौंमा ब्राजिल, आठौंमा इटाली, नवौंमा क्रोएसिया र दसौं स्थानमा डेनमार्क रहेका  छन्।

सम्वोधन - समाचार

सम्बोधनका समाचारहरु

सिटौलाले डुबाएपछि बल्ल खुल्यो होस  काठमाडौं। शान्ति प्रक्रियामा माओवादीको स्वार्थ अनुरुप गिरिजाप्रसाद कोइरालालाई पनि लोभमा फसाएर अहिलेको भद्रगोल निम्त्याउने पात्र मानिएका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले फेरि एक पटक कांग्रेसलाई माओवादीसामु दाउमा राखेको अभियोग लाग्न थालेको छ। खासगरी बाबुराम भट्टराईको सरकारमा कांग्रेस सहभागिताका लागि धेरै अगाडीदेखि मेहेनतपूर्वक लागेका सिटौला बैशाख २० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निजी निवासमा भारतीय राजदूत...

सम्वोधन - दूरविन

राज्यको पुनर्संरचना: समस्या र सम्भावना –मोहनविक्रम सिंह

राज्य पुनर्संरचना आजको देशको गम्भीर र ऐतिहासिक आवश्यकता हो। नेपालमा लामो समयदेखि सामन्ती र केन्द्रीकृत राज्य व्यवस्था रहँदै आएको छ। आजको शासन र राज्ययन्त्र वा शासन प्रणाली सामन्ती स्वार्थहरु पूरा गर्नका लागि बनेको हो। आजको देशको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था मूल रुपमा सामन्ती नै छ। अथवा त्यो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै छ। तैपनि देशमा गतकालमा भएका विभिन्न आन्दोलनहरुको...

सम्वोधन - विचार/विश्लेषण

कम्युनिष्ट आन्दोलनका प्रवृत्ति –शंकर पोखरेल

सोभियत मोडेलको समाजवादको असफलता र सोभियत संघ विघटनपछि विश्व कम्युनिष्ट आन्दोलनमा झै नेपालमा पनि जडसूत्रवादी, विसर्जनवादी र क्रान्तिकारी गरी तीन प्रकारका धार देखिए। जडसूत्रवादले सोभियत मोडेलको समाजवादको असफलतालाई विश्व कम्युनिष्ट आन्दोलनमा आएको चुनौतीका रूपमा बुझ्नै चाहेन। उसले उक्त असफलतालाई संशोधनवादको संकटका रूपमा लियो र नेपालमा कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका रूपमा जनयुद्ध नामको उग्रवामपन्थी र अतिवादी बाटो अनुशरण गर्‍यो। विसर्जनवादीधाराले...

सात प्रदेश र एक परिषद् दलितको माग –गणेश विके देउल्याल

आगामी १४ जेठमा संविधान जारी गर्ने लक्ष्यका साथ अघि बढेको नेपाली राजनीतिले धेरै मुद्दामा सहमति गर्दै अघि बढे पनि दलितलगायत समुदायलाई केवल निराश पार्दै गएको छ। विशेषगरी ठूला दलका बीचको सहमतिका नाममा आफैँले सहमतिमा गठन गरेको उच्चस्तरीय राज्य पुनर्संरचना आयोग र सार्वभौम सम्पन्न संविधानसभाको राज्य पुनर्संरचना समितिले गरेका सिफारिस बेवास्ता गर्न थालेपछि यो अवस्था सिर्जना भएको हो। अब भिटो पावरसहितको...

सम्वोधन - प्रतिकोण

स्थानीय निकाय, सुशासन र रेडियो -- दिपेश घिमिरे

स्थानीय निकाय निर्वाचित प्रतिनिधीविहिन भएको एक दशक भयो। यसबीचमा स्थानीय निकाय कसरी सञ्चालन भए भन्नेबारेमा धेरैले चासो राखेनन्। जो जसले चासो राखे उनीहरुको सकारात्मक धारणा छैन। कोहि भन्छन् केहि कर्मचारीले जागिर खाए। कोहिले भन्छन् केहिले सरकारी सम्पत्तीमा भ्रष्टाचार गरे। सञ्चारमाध्यमले पनि यस्तै सवाललाई उठाईरहेको छ। के सााच्चै नै स्थानीय निकायहरुले यसबीचमा निर्वाह गरेको भुमिका नकारात्मकनै छ त? जति सामान्य प्रश्न...

सम्वोधन - खेल

Error: No articles to display

सम्वोधन - साहित्य

Error: No articles to display

सम्वोधन - विविध

बैकिङ खबरहरु

मेगा बैंकको मोबाइल बंैकिङ सेवा मेगा बैंक नेपालले अत्याधुनिक मेगा मोबाइल बैंकिङ सेवा सुरु गरेको छ। सेवामार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रूपमै बैंकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन्।  मोबाइलबाटै खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकका लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानी, विनिमयदर, मोबाइल रिचार्ज र एटिएम उपलब्ध स्थानबारे जानकारी लिन सक्नेछन्। सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध छ। यसअघि...

Weekly Video

We have 117 guests and no members online