तरुण प्रकाशन प्रा.लि.
प्रकाशक/सम्पादकः परशु घिमिरे
सहसम्पादकः विन्दुकान्त घिमिरे
प्रबन्ध निर्देशकः सीबी खड्का
कार्यालय
अनामनगर, काठमाडौं
फोन/फ्याक्स – ४२४५३४१
पोबन– ६००४
इमेलः tarunweekly@gmail.com
काठमाडौं, जेठ १ । ट्युनिसियाका एकजना स्नातक व्यक्ति काम पाउन नसकेपछि फुटपाथमा सामान राखेर बेच्न थाल्यो। प्रहरीले फुटपाथमा किन पसल राखिस् भनेर सामान फाल्दै लात्ताले हानेर लखेटेपछि उसले अपमान महसुस गर्यो् र ऊ आत्महत्याको बाटो रोज्न बाध्य भयो। यो घटनापछि रोजगारी दिनुपर्थ्यो, नभए सडकमा पसल राखेर जीविकोपार्जन गर्नेलाई अपमान गर्नु हुादैनथ्यो भन्दै जनता आन्दोलनमा उत्रे। जसले आन्दोलनको आाधीबेहेरी नै सिर्जना गर्योर। त्यसको केही समयमै त्यहााका १६ वर्षदेखिका शासकले मुलुक छाडेर भाग्न बाध्य हुनुपर्योर। केही दिनपछि नै त्यो आन्दोलन नजिकैको देश इजिप्टमा प्रवेश गर्योड। इजिप्टका निकै बलिया शासक होस्नी मुबारक जसलाई अमेरिकाले वार्षिक चार अर्ब डलर बराबरको सैनिक सहायता र आर्थिक सहयोग दिने गर्दथ्यो, उनको शासन सत्ता पनि ढल्यो। त्यसको प्रभावले लिबियामा आन्दोलन सुरु भयो। लिबियाका ४० वर्षदेखिका तानाशाह कर्णेल गद्दाफी...
'ए बाउ, जुवा खेल्ने पैसा दिने भए देऊ, होइन भने घरमा आगो लगाइदिन्छु' भन्दै छोराले धम्की दिन थाल्यो भने त्यो घरपरिवारको हालत के होला? यस्तै कल्पना नै गर्न नसकिने अवस्थामा यतिबेला मुलुक पुगेको छ।
सधैं मन्त्री पद पाइरहनुपर्ने, आकर्षक मन्त्रालयमा बसेर भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्न पाउनुपर्ने, नपाए देश नै टुक्राइदिने चेतावनी कुनै विदेशीले दिएका छैनन्। हाम्रै मुलुकका मन्त्रीहरूले एकपछि अर्को गर्दै दिएका यस्ता धम्कीप्रति प्रधानमन्त्री डा.बाबुराम भट्टराई बेखबर जस्तै देखिन्छन्। २०६३ सालमा अन्तरिम संविधान निर्माण भई नेपाली जनता पूर्ण नागरिक बनेको भोलिपल्टदेखि मधेसवादका नाममा आउन थालेको देश टुक्र्याउने धम्की यतिबेला सामान्य जस्तो लाग्न थालेको छ। एउटा मन्त्रीको मुखमा होइन, दुईवटा मन्त्रीको मुखमा होइन, झन्डै आधा दर्जन मन्त्रीको मुखमा 'परिआए देश नै टुक्र्याइदिन्छौं' भन्ने पदावली झुन्डिने गरेको छ। देश जोगाएर सुशासन कायम गरिदेलान् भनेर जनताले चुनेर पठाएका नेताहरूको मुखबाटै देश टुक्र्याइदिन्छौं भन्ने धम्की आउन थाल्नु सामान्य संकट होइन। मुलुक गम्भीर संकटम फसेको प्रमाण हो यो।
रक्षामन्त्री शरतसिंह भण्डारीबाट सुरु भएको देश टुक्र्याउने धम्कीको शृंखला स्वास्थ्यमन्त्री राजेन्द्र महतो, उपप्रधानमन्त्री विजयकुमार गच्छदार हुादै यतिबेला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तासम्म आइपुगेको छ। मुलुकको सम्पूर्ण तराई क्षेत्र आफ्नै बाबुबाजेको निजी सम्पत्तिका रूपमा आर्जेको र त्यो सम्पत्तिलाई पछि नेपाललाई कमाई खान दिएको आशय मन्त्रीहरूको अभिव्यक्तिमा देखिन्छ। 'यदि भ्रष्टाचार गर्न नपाउने हो भने आफ्नो अंश फिर्ता गरिन्छ' भन्ने खालका यस्ता अभिव्यक्तिले खडा गरेको राष्ट्रिय संकटप्रति गम्भीर हुनु जरुरी छ। मधेसी, पिछडिएका आदिवासी एवं दुर्गम क्षेत्रमा बस्ने जनतालाई कसरी राष्ट्रिय मूलप्रवाहमा ल्याएर देशलाई समृृद्ध र बलियो बनाउने भन्ने विषयमा चिन्ता गर्ने भनेको राज्यको नीति निर्माण तहमा बस्नेहरूले नै हो। राज्यको नीति निर्माण तहमा जनउत्तरदायी प्रतिनिधिहरूको प्रवेश २०१६ सालपछिको १८ महिनालाई छाडेर २०४६ सालपछि हो। २०४६ सालपछि निरन्तर राज्यको नीति निर्माण तहमा बस्ने अवसर पाउने थोरै भाग्यमानी नेपालीमध्येका हुन्, गच्छदार, भण्डारी र गुप्ता। गच्छदार २०४८ पछि निरन्तर व्यवस्थापिका संसद्मा छन्। केही महिनाबाहेक निरन्तर मन्त्री पदमा छन्। भण्डारी पनि २०४८ पछि केही महिनाबाहेक निरन्तर संसद् तथा मन्त्री पदमा छन्। गुप्ता पनि कहिले प्रधानमन्त्रीको सल्लाहकार, कहिले सभासद् र मन्त्री रहादै आएका छन्। पिछडिएको मधेसी समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन यिनीहरूले प्रधानमन्त्रीको सल्लाहकार, सांसद, मन्त्री र पार्टीको नेता बनेर अहिलेसम्म मुलुकलाई के के योगदान दिए त?
मधेसी समुदाय राष्ट्रको मूलप्रवाहमा आउन नसक्नुको मूल कारण शिक्षा क्षेत्रमा हो। हुने खानेहरूले सदरमुकाम या भारत तथा काठमाडौंमा राखेर छोराछोरी पढाउने, तर गाउामै विद्यालय खोज्न कन्जुस्याइा गर्ने पुरानो प्रवृत्तिलाई गच्छदार, शरदसिंह वा गुप्तालगायतका नेताहरूले निरन्तरता दिए। साक्षरताको प्रतिशतमा र राष्ट्रिय सेनामा सहभागिताको प्रतिशतमा बाहेक हरेक क्षेत्रमा मधेसी समुदायको प्रतिनिधित्व समानुपातिक रहेको छ। २०४६ पछिको आंकडा हेर्ने हो भने राजनीतिक पदमा मधेसी समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातभन्दा बढी देखिन्छ। कूल जनसंख्याको ३० प्रतिशत हिस्सा मधेसी समुदायको छ। तर यतिबेला राष्ट्रप्रमुख, राष्ट्र उपप्रमुख मात्र होइन, मन्त्रिपरिषद्मा ५५ प्रतिशत हिस्सा मधेसी समुदायको छ। ५५ प्रतिशत मात्र होइन, सतप्रतिशत हिस्सा पुर्याउन खोजे पनि कहीा कतैबाट कानुनी वा संवैधानिक बाधा अड्चन छैन। देश टुक्र्याएर ८० लाख जनसंख्या र १५ हजार वर्गकिमी क्षेत्रफलमा खुम्चिनुपर्ने जरुरी उनीहरूलाई छैन। पौने तीन करोड जनसंख्या र डेढ लाख वर्गकिमी क्षेत्रको सिंगो राज्य संयन्त्रको लोकतान्त्रिक विधिद्वारा प्रतिनिधित्व गर्ने अवसर २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनले मुलुकका हरेक जाति तथा समुदयलाई प्रदान गरेको छ। सिंगो मुलुकलाई आफ्नै ठान्न नसक्नु मधेसवादी नेताहरूको लघुताभाष मात्र हो। केका लागि देश टुक्र्याउनु पर्यो।
कथित जनयुद्धलाई अघि बढाउने नाममा माओवादीले मुलुकभित्रका हरेक जाति तथा समुदायलाई आफ्नै राज्य प्रदान गर्ने सपना बााडेर संगठित गराएको थियो। मधेसी आन्दोलनका नेता उपेन्द्र यादव माओवादीकै मधेस फााटका संयोजक थिए। जतिसुकै घीनलाग्दो चरित्र प्रदर्शन गरेर भए पनि आफ्ना समर्थक बढाउने नाममा माओवादीले जे जति विकृति भित्र्याएको थियो, त्यसैको एउटा अंग मात्रै हो, मधेसवादी आन्दोलन। एक प्रकारले भन्नुपर्दा माओवादीभन्दा चर्को नारा र सपना बााड्नु मधेसवादीहरुको बाध्यता थियो। गजेन्द्रनारायण सिंहको अभियानभन्दा दुई कदम अघि सरेर माओवादीले आत्मनिर्णयको अधिकारसहितको प्रदेश दिन्छन् भने हामी स्वातन्त्र देश नै दिन्छौं भनेर मधेसवादी दलहरूले भन्नु राजनीति दाउपेचका हिसाबले स्वाभाविक पनि हो। आखिर आत्मनिर्णयको अधिकारसहितको मधेस प्रदेश भनेको पनि देश टुक्र्याउने आधारशीला नै हो। फरक यति मात्र हो कि माओवादीले घुमारो पाराले देश टुक्र्याउने प्रस्ताव अघि सारे। कथित मधेसवादी नेताहरूले सिधै सबैले बुझ्ने गरी सरल भाषामै देश टुक्र्याइदिन्छौं भने।
सञ्चारमन्त्री गुप्ताको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। यही प्रकृतिको मुद्दामा पूर्वमन्त्री चिरञ्जीवी वाग्ले अहिले थुनामा छन्। तसर्थ, 'आफूलाई थुनामा हाले तराई टुक्रिन्छ है' भन्ने धम्की दिएर अदालतलाई प्रभावित पार्ने मन्त्री गुप्ताको प्रयत्नका रूपमा धेरैले विश्लेषण गरेका छन्।
काठमाडौं। तराई–मधेसमा छुट्टै मिथिला राज्यको माग गर्दै धर्नामा बसेका आन्दोलनकारीकै बीचमा बम विस्फोटको घटना छानबिन गर्न गठित समितिले करिब १५ दिन कुर्दा पनि प्रतिवेदन सार्वजनिक नगरेपछि मिथिलावासीमा आक्रोश देखिएको छ। घटनास्थलबाट जयप्रकाश चौधरी र मोटरसाइकल धनी जयप्रकाश साहलाई गिरफ्तार गरिए पनि छानबिन समिति चाहिा जनकपुरका धनाढ्य ठेकेदार सञ्जयकुमार साह, जीवनाथ भनिने जिल्ला विकास समितिका कर्मचारी र मिथिला नाट्य परिषद्का अध्यक्ष सुशील मल्लिकमाथि केन्द्रित भएको छ। जनकपुरका सार्वजनिक संस्थाहरूमध्ये धनी मानिने...
काठमाडौं। संविधानसभाको म्याद १३ दिन बााकी रहादा मुलुकको एक मात्र प्रजातान्त्रिक पार्टी के गर्दै होला? सर्वसाधारण मात्र होइन, कांग्रेस केन्द्रीय समितिका सदस्यहरू पनि अनविज्ञ नै रहेको पाइएको छ। ८० सदस्यीय केन्द्रीय समितिको बैठक नबोलाएको सात महिना पुगिसकेको छ भने अनौपचारिक रूपमा प्रभावशाली नेताहरूको छलफलसमेत हुन छाडेको छ। सर्वदलीय बैठकका लागि अन्य दलको देखासिकी गर्दै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई संलग्न...
ईमेज एफ्.एम्. रेडियोका श्रोताहरूले बिहिबार बिहान प्रसारित भेटवार्ता सुन्नुभएको भए डा.शेखर कोइरालासित राजन कुइाकेलले त्यस दिन गरेको रोचक–घोचक संवाद संझेको हुनुपर्छ। एउटा प्रश्नको उत्तरमा डा.कोइरालाले २०६३ साल जेठ ४ गते प्रतिनिधिसभामा भएको घोषणाको प्रसङ्ग निकाल्दै भनेको सुनियो:– '(तत्कालीन प्रधानमन्त्री) गिरिजाबाबुको कम्प्युटरबाट निस्केको कागजमा 'धार्मिक स्वतन्त्रता' को मात्र उल्लेख भएको थियो तर सभामुख सुवास नेम्बाङले वाचन गरेको लिखतमा 'धर्मनिरपेक्ष' भन्ने बोली परेको पाइयो। यस्तो कसरी हुनगयो, थाहा पाइएन।' नेपाली कांग्रेसका मुख्य...
मानव जातिले ज्ञान, विज्ञान प्रविधिद्वारा आफूलाई जतिसुकै उन्नत अवस्थामा पुर्या ए पनि आपसी विद्वेष, घात–प्रतिघात, षड्यन्त्र, हत्या, हिंसा, अन्याय, अत्याचार जस्ता विकृतिलाई निर्मूल पार्नसकेको छैन। यस्ता विकृतिहरूले कुनै न कुनै रूपमा निरन्तरता पाइनै रहनेछन्। फरक यति हो कि हिजोका दिनमा यस्ता विकृति खुलेआम रूपमा प्रकट हुन्थ्यो, आज भित्रभित्रै षड्यन्त्रमूलक रूपमा प्रकट भइरहेको छ। २१ औं शताब्दीसम्म आइपुग्दा सञ्चार तथा यतायातका कारण विश्व सााघुरो हुादै गएको छ। विश्वको एक कुनाबाट अर्को...
भाषा परिवर्तनशील हुन्छ। हजार वर्षअघि हामीले कुनै शब्दलाई जुन अर्थका लागि प्रयोग गथ्यर्ौं, त्यो शब्दबाट आज त्यही अर्थ नखुल्न सक्छ। वषार्ंैपछि भाषामा दुईखाले परिवर्तन आउन सक्छ। एउटा कुनै वस्तुको नाम परिवर्तन हुनसक्छ, अर्को कुनै शब्दले के कुरा इंगित गर्थ्यो, त्यो परिवर्तन हुनसक्छ। हिन्दु शब्दलाई युरोपियनहरूले एक ढंगले व्याख्या गर्न खोजिरहेका छन्, त्यो व्याख्या भारतीय विद्वानहरूले स्वीकार गरेका छैनन्। युरोपियनहरूको भनाइमा यो एसियन कल्चर हो। उनीहरूले बुझे कि एसियन कल्चर सबैभन्दा...
प्रसिद्ध ब्रिटिस आख्यानकार जर्ज अर्वेलले भनेका छन्– 'मैले आठ–दस वर्षसम्म ग्रीक भाषा पढें, तर अहिले तेत्तीस वर्षको उमेरमा आइपुग्दा मलाई ग्रीक भाषाको एक अक्षर पनि आउादैन।' व्यवहारमा ल्याइएन भने प्रजातान्त्रिक आचरण पनि त्यस्तै हुन्छ। २००३ सालमा स्थापित प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो सिद्धान्त, दर्शन, आदर्श, मूल्य–मान्यता, धरातल र लाखौं कार्यकर्ताको भावना बिर्सेर अर्वेलले ग्रीक भाषा बिर्सेझैं व्यवहारमै आत्महत्या गरिरहेको छ। त्यहाा भाइरसहरू छिरेका छन्। पार्टीमा जातीय ध्रुवीकरण बढेको छ। सैद्धान्तिक...
अखण्ड सुदूरपश्चिमको नारामा तातेको आन्दोलनले मध्यपश्चिम हुादै अहिले पश्चिमाञ्चल तताएको छ। झन्डै तीन सातासम्म लगातार चलिरहेको अखण्ड सुदूरपश्चिम आन्दोलनको प्रभावले मध्यपश्चिमलाई छोयो र अहिले पश्चिमाञ्चलमा पनि चुलिएको छ। विकास क्षेत्रहरूको सगोलमा देखिएको यस्तो आन्दोलन जातीय संघीयताको विपक्षमा देखिन्छ। अर्थात्, जातीय राज्यको नाममा उठेका विभिन्न संगठनहरूको आन्दोलन र त्यसलाई मद्दत गरिरहेको विदेशीहरूको भूमिका शून्यप्रायः हुनुपर्छ भन्ने नै सामूहिक आवाज हो उनीहरुको। र, ती भीडबाट एनजीओ चलाएर राजनीतिक दलको नेताको हैसियत बनाएका...
जेठ १४ नजिकिादै गर्दा संविधान निर्माणमा अन्योलता सुरु भएको छ। संविधान निर्माण प्रक्रियालाई झन्झन् जटिल तुल्याइएको छ। सुरुदेखि नै सहमति कायम गरेर अघि बढ्नुपर्नेमा राजनीतिक दलहरू चुक्न पुग्दा जटिल स्थिति सिर्जना भएको हो। विशेषगरी राज्य पुनर्संरचनाको प्रक्रियामा उत्पन्न जातीयताको प्रश्नलाई सुरुमै सम्बोधन गरेको देखिएन। संविधान केन्द्रीतभन्दा पनि सत्ता केन्द्रीत राजनीतिमा दलहरूले जोड दिए। लोकतान्त्रिक संविधानको विषयवस्तु, त्यसको खाका के हुने भन्ने विषयमा दलहरूले आपसी सहमतिको प्रयाससमेत गरेनन्। अन्तिम समय आइपुग्दासम्म...
नया वर्षको भोलिपल्ट नेपाली पत्रकारिकता क्षेत्रका चर्चित दुई दर्जन पत्रकारहरू नगरकोटस्थित इलिफेन्ट हेभेन होटलमा जम्मा भएका थियौं। नयाा वर्षको अवसरमा हामीलाई नगरकोटमा रमाइलो गर्न बोलाइएको भने थिएन। काठमाडौंबाट जानेबेला हामीलाई 'नगरकोटमा एउटा वर्कसप छ, जसरी पनि जानुपर्योन' भनेर निम्तो गरियो। एकले अर्कोलाई निम्ता गर्ने पनि पत्रकारहरू नै थिए। आयोजक पक्ष को थियो भन्नेबारे धेरैलाई जानकारी दिइएको थिएन। निम्ता गरिएका सबै पत्रकारहरू कांग्रेस निकट भएकाले धेरै चासो पनि राखिएन। बरु उनीहरू...
० मुलुक त जातीय ध्रुवीकरणतर्फ गायो नि? – ध्रुवीकरणतर्फ गइसक्यो भन्न त मिल्दैन, प्रयास चाहिा भएको छ। जातीय सद्भाव खलबलिने हो कि भन्ने आशंका पैदा भएको छ। ० तपाईहरूले दुई दिने नेपाल बन्द आह्वान गर्दा जातीय सद्भाव कस्तो पाउनु भो? – हामीले दुईवटा मुद्दामा नेपाल बन्दको आयोजना गरेका हौं। जातीय सद्भाव मुलुकमा कायम हुनुपर्छ र संविधानसभा एवं कानुनका दृष्टिमा सबै नागरिक समान हुनुपर्छ भन्ने हाम्रो मुद्दामा अपार जनसमर्थन देखियो। लाखौं...
थोरै महिलाले पुरुषसाग विवाहको प्रस्ताव राख्छन्। तिनै थोरैमध्येमा पर्छिन् रेजिना। उनले विश्वसाग भेटघाट बाक्लिएपछि विवाहको प्रस्ताव राखिन्। उनीहरूको भेट युद्धमोर्चामै भएको थियो। रेजिनाको प्रस्ताव विश्वले सहजै स्वीकार गरेनन्, पार्टीमा सोध्नुपर्छ भने। पार्टीमा निवेदन चढाएपछि यी जोडीको पे्रम गर्ने बाटो खुल्यो। रेजिना अर्थात् रामकुमारी चौधरीले जनयुद्धकालको अनुभव र विश्वसागको पे्रमप्रसंग तरुणलाई यसरी सुनाइन्: ० माओवादी बन्न के कुराले पे्ररित गर्योस? – बुबा सानैमा बित्नुभयो। घरकी जेठी छोरी थिएा, कक्षा १० मा...
काठमाडौं। नया संविधानका लागि जनदबाब सिर्जना गर्न विभिन्न राजनीतिक दल, जातीय संघ/संगठनले बन्द गर्न थालेपछि चलचित्रका निर्माता र निर्देशकलाई पनि टेन्सन थपिएको छ। पछिल्लो समय नेपाली चलचित्रको बजार सुदृढ हुादै गइरहेका बेला बन्द तथा हडतालले चलचित्रको व्यापार प्रभावित हुन थालेपछि निर्माता निर्देशकमा चिन्ता देखिन थालेको हो। जेठ १४ गतेभित्र नयाा संविधान जारी गर्न भन्दै विभिन्न राजनीतिक दल तथा संघ/संगठनले विगत एक सातादेखि मुलुकभर बन्द तथा हडताल गर्दै आइरहेका छन्। अखण्ड...
Error: No articles to display
Error: No articles to display
काठमाडौं। आयुर्वेद, आध्यात्मिक चिकित्सा विज्ञान, अर्थ, प्रशासन, शिक्षा, संस्कृति, अध्यात्म, अध्येता र मौलिक स्वदेशी चिन्तन गर्नेहरूलाई यथासम्भव खुराक र कोसेली हुनेगरी तयार गरिएको पुस्तक सम्झनाका क्षणहरू भाग ६ प्रकाशित भएको छ। पुस्तकका लेखक अच्युतप्रसाद पौडेल हुन्। उनले यसअघि भाग ५ सम्म लेखिसकेका छन्। सदाझैं स्वधर्म र पूर्वीय जीवन शैलीलाई जोड दिने पौडेलले यसमा पनि त्यसैलाई निरन्तरता दिएका छन्। पुस्तकको थप आकर्षण जीवन, जगत र मानव स्वास्थसाग सम्बन्धित छ। लुकेर रहेको...
राजदरबार निकट विशाल संथागार (सभाभवन) कलात्मक मात्र छैन, भवनभित्र कुादिएका प्रत्येक वाणी सारगर्भित पनि छन्। राजसभा, साहित्यिक–प्राज्ञिक र बौद्धिक सम्मेलनलगायत महत्त्वपूर्ण भेला हुादा मात्र यो सभागृहको शोभा बढ्ने होइन, दरबारमा आउने प्रत्येक पाहुनाको आाखा पर्ने यो भवन तिलौराकोटको प्रज्ञाभवन पनि हो। न सा सभा यत्र न सन्ति वृद्धाः वृद्धाः न तो यो न वदन्ति धर्मम्। धर्मः स नो यात्र न सत्य मस्ति, सत्यं न तद्यच्छलभ्युपैति। महाभारत ५/३५/५८) अर्थ: त्यो सभा...
यदा यदा हि धर्मस्य ग्लानिभंवति भारत। अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्याहम्।। परित्राणाय साधुनां विनाशय च दुष्कृताम्। धर्म संस्था पनार्थाय सम्भवामि युगे युगे। – श्रीमद्भागवत गीता अर्थात् जब जब अन्याय बढेर जान्छ, तब तब न्यायका लागि कठोर कदम सुरु हुन्छ। अहिले जातीय राज्यको विरुद्धमा उठेको आन्दोलन त्यसैको संकेत हो। एक सय चार वर्ष राणाहरूले शासन गरे, दुई सय ४० वर्ष राजाहरूले शासन गरे, अब फलानो फलानो जातिले देशलाई भागबन्डा गरेर शासन...
काठमाडौं। निराश बनेका क्रिकेट पे्रमीलाई नयाा पुस्ताले केही आशा देखाएको छ। पछिल्लो समय खेल विकासभन्दा पनि राजनीति हाबी भएको नेपाली क्रिकेटले पछिल्लो पटक हात पारेको सफलता ठूलै मान्नुपर्छ। छिमेकी मुलुकमा क्रिकेटको लोकप्रियताले नेपाल पनि अछुतो छैन। भारत, बंगलादेश र पाकिस्तानमा जस्तो सफलता नेपाली क्रिकेटले पनि खोजेको दशकौं भइसक्यो। तर यहाा खेल विकासभन्दा पनि नेतृत्वको होडले क्रिकेट अस्तव्यस्त छ। त्यसो त राजनीतिक अस्थिरताले खेल विकास हुन नसकेको विश्लेषण गर्नेहरूको पनि यहाा...
Error: No articles to display
नवनिर्वाचित फ्रान्सका राष्ट्रपति फ्रान्वा होल्यान्ड अनुभवी राजनीतिक संयोजक मानिन्छन्। मे १५ अर्थात् भोलि मंगलबारदेखि होल्यान्डले औपचारिक रूपमा फ्रान्सको राष्ट्रपति पद सम्हाल्दै छन्। निर्वाचित हुनुभन्दा अगाडि उनले राष्ट्रियस्तरको सरकारी दायित्व सम्हालेका थिएनन्। सन् १९९७ देखि २००८ सम्म उनी सोसलिस्ट पार्टीका निर्वाचित प्रथम सचिव भए। त्यसअघि राष्ट्रियसभाका उपाध्यक्ष भएर काम गरेका उनले २००१ देखि २००८ सम्म तुलीका मेयर भएर काम गरे। पूर्वराष्ट्रपति निकोलास सार्काेजीको ठट्यौली कार्यशैलीविरुद्ध होल्यान्डको उदारवादलाई फ्रान्सेली जनताले रुचाएका छन्।...
We have 118 guests and no members online