तरुण प्रकाशन प्रा.लि.
प्रकाशक/सम्पादकः परशु घिमिरे
सहसम्पादकः विन्दुकान्त घिमिरे
प्रबन्ध निर्देशकः सीबी खड्का
कार्यालय
अनामनगर, काठमाडौं
फोन/फ्याक्स – ४२४५३४१
पोबन– ६००४
इमेलः tarunweekly@gmail.com
काठमाडौं, फागुन ८ । ठूला राजनीतिक दलहरू बाहिर शान्ति प्रक्रिया टुंग्याउन र संविधान बनाउन क्रियाशील भएको देखिए पनि भित्री रूपमा सत्ता परिवर्तनको खेलमा सक्रिय भएको रहस्य फेला परेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष झलनाथ खनालसाग अलग–अलग छलफल गरी दुवैसाग संयुक्त छलफल गरेको एउटा कूटनीतिक टोलीले कांग्रेसका नेताहरूसाग पनि अत्यन्त गोप्य ढंगले कुराकानी अघि बढाएको बुझिएको छ। गत साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनालसाग संयुक्त छलफल गरी आगामी एजेन्डाको सूची बनाएको सो टोलीले शान्ति प्रक्रिया टुंगिएको दुई साताभित्र प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई हटाएर अर्को व्यक्ति प्रधानमन्त्री बनाउने पहल थालेको छ। यो पहलपछि प्रधानमन्त्री डा.भट्टराईकै निरन्तरताका लागि लबिङ गरिरहेको समूहले एमालेका माधवकुमार नेपाल र कांग्रेस सभापति सुशील कोइरालासाग भट्टराईका लागि कााध थापिदिन आग्रह गरेको बुझिएको छ। दुवै...
'ए बाउ, जुवा खेल्ने पैसा दिने भए देऊ, होइन भने घरमा आगो लगाइदिन्छु' भन्दै छोराले धम्की दिन थाल्यो भने त्यो घरपरिवारको हालत के होला? यस्तै कल्पना नै गर्न नसकिने अवस्थामा यतिबेला मुलुक पुगेको छ।
घटनाक्रमले क्रमशः पुष्टि गरिरहेका छन्– एक सय चार वर्षको राणा शासन, तीस वर्षे पञ्चायती शासन वा 'निरंकुश' राजतन्त्रको अन्त्यका लागि नेपालको घरेलु राजनीतिक शक्तिसंघर्ष हैन, दक्षिण छिमेकी भारतको भूमिका निर्णायक थियो। प्राविधिक रूपमा मात्रै २००७ र २०४६ को दुईवटा परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ कांग्रेसले अनि गणतन्त्र ल्याउने पछिल्ल्ाो आन्दोलनको अगुवाइ माओवादीले गर्यो। तर, न त पहिलेका दुईवटा परिवर्तन कांग्रेससहितका दलहरूको मात्रै योजना र हैसियतमा भएको थियो, न त गणतन्त्र...
काठमाडौं। प्रहरीले आफ्नो पदीय मर्यादा र जिम्मेवारी भुलेर स्वविवेक र लहडमा काम गर्न खोज्यो भने कस्तो दुर्नियत भोग्नुपर्दाे रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकमा देखिएको छ। सीमा प्रहरी चौकी लार्चाका प्रहरी निरीक्षक विश्व कार्कीलाई अहिले तातोपानी क्षेत्रका जनताले आतंकका रूपमा महसुस गरेका छन्। मंसिरदेखि सरुवा भएर त्यहाा गएका इन्सपेक्टर कार्कीको हैकम र अत्याचारको विरोधमा स्थानीय नागरिकले चार दिनसम्म तातोपानी भन्सार नाका बन्द गराउनुपर्यो। सो बन्दबाट तातोपानी भन्सार कार्यालले करिब सात करोड रुपैयाा...
काठमाडौं। सरकारको नेतृत्व गरेको नेकपा माओवादीले आफ्ना मन्त्रीहरूलाई लगाम लगाउन हरेक मन्त्रालयमा 'डिफ्याक्टो' खटाएपछि कर्मचारी संयन्त्र हाहाकार मच्चिएको छ। मन्त्रालयमा देखिने गरी एक/एकजना मन्त्री र राज्यमन्त्री रहे पनि पार्टीभित्र मन्त्रीको भन्दा माथिल्लो हैसियत भएकाहरूलाई 'डिफ्याक्टो' का रूपमा खटाइएका कारण कसको आदेश पालना गर्ने भन्ने विषयलाई लिएर कर्मचारी संयन्त्रमा हाहाकार मच्चिएको हो। जडसूत्रवादी कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकहरूमा मन्त्रीलाई गाइड गर्न पार्टीबाट वरिष्ठ नेताको व्यवस्था हुने गरे जस्तै संसदीय लोकतान्त्रिक शासन...
काठमाडौं। उपत्यकावासीको खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका लिमिटेड (केयूकेएल) माओवादी कर्मचारीबीचको झगडाले संस्थालाई धराशयी बनाएको छ। केयूकेएलमा हालै अध्यक्ष नियुक्त गरिएका प्रयागलाल जोशीको नियुक्तिलाई लिएर माओवादी संस्थापन र वैद्य पक्षबीच आरोप–प्रत्यारोप सुरु भएपछि संस्थाका सबै काम लथालिंग बनेका हुन्। जोशीलाई अध्यक्ष बनाइएपछि प्रधानमन्त्री पत्नी हिसिला यमी क्रुद्ध बनेकी छन्। तमलोपाको भागमा परेको भौतिक तथा योजना मन्त्रालय मातहतको निकाय केयूकेएलमा यमीले आफ्नी दिदी तिमिला यमी थापालाई अध्यक्ष बनाउन लबिङ थालेकी...
काठमाडौं। करिब एक महिना लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह हिजो राति १० बजे प्रफुल्ल मुद्रामा काठमाडौं फर्किएका छन्। सत्तारुढ गठबन्धनकी नेतृ सोनिया गान्धीलगायत प्रभावशाली नेताहरूसाग भेट गरेलगत्तै नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले फरक ढंगको अभिव्यक्ति दिएका कारण यसपटकको उनको भ्रमणलाई लिएर निकै ठूलो चर्चा चलेको छ। गणतन्त्र स्थापनापछि भारतका कुनै पनि कूटनीतिज्ञ एवं राजनीतिज्ञहरूले विघटित राजसंस्थाको भूमिका स्वीकार गर्ने अभिव्यक्ति दिएका थिएनन्। राजदूत जयन्त प्रसादले नेपालमा एकातिर...
काठमाडौं। संवैधानिक अंगहरूमा लामो समयदेखि रहेको रिक्तता पूरा नभएसम्म सुशासन कायम गर्ने कुरा केवल नारामै सीमित हुने अभिव्यक्ति दिएकै भोलिपल्टदेखि प्रधानमन्त्री डा.बाबुराम भट्टराई कम्तीमा यसै साताभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्ति गर्ने कसरतमा जुटेका छन्। अख्तियार अनुसन्धान आयोगको स्थापना दिवसका अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा प्रायः सबै वक्ताहरूले संवैधानिक अंगहरूको रिक्तताले सुशासनको खिल्ली उडाएको अभिव्यक्ति दिएपछि संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका डा.भट्टराईले आफ्नो कमजोरीलाई स्वीकार गर्दै अब छिट्टै नतिजा...
समयको सङ्केत। बाबुराम भट्टराईले आफूलाई अहिलेको सरकारी पदबाट राजीनामा दिन माग गर्नेहरू 'शान्ति र संविधान विरोधी' हुन् भनी हुङ्कार गरिरहेको बेला छ। सत्ताच्युत हुने खतराबाट जोगिन अरूप्रति आक्रामक भएको समय छ। कसैले कराउादैमा म राजीनामा दिन्ना भने पुग्नेमा 'चिल्लाउादैमा' भन्ने आयातीत भन्न सकिने शब्दको समेत उपयोग गरिरहेको स्थिति छ। आफ्नो बलबुताको स्रोतको सङ्केत दिन खोजेको देखिादैछ। जेठ १४ गतेको समय–सीमा नजिकिादो छ। आत्तिएको आवाज प्रतिध्वनित हुादो छ। तर बाबुरामको विरोध...
डा.बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्त भएदेखि कार्यपालिका र न्यायपालिकाबीचमा एक प्रकारको द्वन्द्व चलेको अवस्था छ। सरकारले गरेका निर्णयहरू संविधान, कानुन, नियम तथा यसअघि सम्मानित सर्वोच्च अदालतले गरेका निर्णयहरू विपरीत भएकाले त्यसलाई बदर गर्ने तथा त्यस प्रकारका निर्णयहरू संविधान, कानुन, नियम तथा सर्वोच्च अदालतका यसअघिका निर्णयहरूसाग बाझिएको हदसम्म अमान्य घोषित गर्ने असाधरण अधिकार संविधानले नै सर्वोच्च अदालतलाई प्रदान गरेको छ। शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तबमोजिम यो दायित्व सर्वोच्च अदालतको भएकाले सरकारका गैरकानुनी...
काठमाडौं। रोल्पा माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल भए पनि त्यसको प्रत्यक्ष असर छिमेकी जिल्ला रुकुम कांग्रेसले बेहोर्नुपर्यो। जिल्लाका सक्रिय कांग्रेस कार्यकर्तालाई माओवादीले खोजीखोजी हत्या, अंगभंग र विस्थापित गराएपछि यो रुकुममा कांग्रेसको संगठन कमजोर बन्न पुगेको हो। जसका कारण विगतका निर्वाचनमा दरिलो पोजिसन देखाउादै आएको कांग्रेस गत संविधानसभा निर्वाचनमा भने दुवै क्षेत्रबाट पराजित बन्न पुग्यो। शोषित, पीडित, सर्वहारा र गरिबका नाममा राजनीति गरिरहेको माओवादीले अहिले सरकारको नेतृत्व गरिरहे पनि उसको द्वन्द्वमा परेका...
'कुनै देश पूर्ण बन्नका लागि निश्चित भूगोल, त्यस भूगोलभित्र बसोबास गर्ने नागरिक र नागरिकहरूप्रति उत्तरदायी सरकार आवश्यक पर्छ। नेपालको आफ्नै भूगोल छ, नागरिक छन्, तर नागरिकप्रति उत्तरदायी सरकार छैन, त्यसैले नेपाललाई पूर्ण देश बनाउन मेरो संघर्ष हो।' नेपालबाट जहानियाा राणा शासन हटाउन महत्त्वपूर्ण योगदान पुर्याएका जननेता बीपी कोइरालाले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा दिएको अभिव्यक्ति हो यो। जुन देशमा नागरिकप्रति उत्तरदायी सरकार हुादैन, त्यो देशलाई राजनीतिकशास्त्रले पनि पूर्ण देश मान्दैन।...
मठ, मन्दिर र पोखरीका लागि चर्चित मिथिलाको राजधानी जनकपुर र राजगुठीको नाउाबाट ख्याति पाएकोे मठिहानी मठ भ्रष्टाचारले यतिबेला भ्रष्टाचारले चर्चामा छ। राजा जनकको राज्य मिथिला र सीताको जन्मस्थलको रूपमा त्रेतायुगदेखि विख्यात रहेका जनकपुर र तसमैया बाबाको तपस्यास्थलको रूपमा बहुचर्चित स्थानको रूपमा रहेको मठिहानी मठको धार्मिक तथा सांस्कृतिक गरिमालाई वर्तमान महन्थका गैरजिम्मेवारी तथा गैरधार्मिक, सांस्कृतिक क्रियाकलाप र द्वैधचरित्रले अस्तित्व नै संकटमा पर्न थालेको छ। महन्थले माछाको व्यापार गर्नु वा जनकपुरको पोखरीहरूमा...
माल्दिभ्समा उथलपुथल। दक्षिण एसियाको क्षेत्रीय सहयोग संगठन 'सार्क' को सदस्य–राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद नशीदले गत मंगलबार टेलिभिजन सम्बोधनमार्फत् आफ्नो राजीनामाबारे जनतालाई जानकारी दिएको खबर आयो। त्यसअघिका तीन सातामा त्यहाा व्याप्त तनाउले अन्तर्राष्ट्रिय समुदायलाई नशीदको राजीनामा असामान्य अवस्थामा भएको अनुमान गर्नेसम्मको ठाउा दिइसकेको थियो। तर यथार्थ झन् गम्भीर रहेछ। बुधबार नशीदले प्रेस–प्रतिनिधिसामु दिएको बयानमा बन्दुकधारी प्रहरीको घेरामा परी करकापले राजीनामा दिएको कुरा उनले स्पष्ट पारे। पछि अमेरिकी अखबार 'न्यूयोर्क टाइम्स' मा...
काठमाडौंको खुलामञ्चमा वर्गीय हैसियत र दूरीका चर्का नारा उठिरहेका बेला मेरो घरको चुहोमा खाना नपाकेको चौथो छाक गुजि्ररहेको थियो। उता, १७ औं वर्षगााठको उल्लासमा क्रान्तिकारी भाषणको फोहोरा छुटिरहेको थियो, यता भोकले आजित मेरो तर्कशील कर्मले बारम्बार प्रश्न गरिरहेको थियो, 'कुन वर्गको हैसियतमा छु?' कुनै निरंकुश तानाशाही व्यवस्थाभन्दा पनि गणतन्त्रात्मक व्यवस्थाको नियति बनेको भोक ज्यादै डरलाग्दो र भयावह हुन्छ। त्यो अत्यन्तै पीडादायी पनि हुन्छ। निम्नमध्यम परिवारको यो अवस्था छ भने गरिबीको...
उन्नाइसौं शताब्दीको नेपालको इतिहासमा महत्त्वपूर्ण स्थान प्राप्त गर्न सफल बेलायती कूटनीतिज्ञ तथा नेपाल र हिमाल अध्ययनका खास अग्रणी ब्रायन हाफ्टन हड्सन सन् १८२० देखि १८४३ सम्म नेपालमा कार्यरत थिए। तिनताका दूतावासलाई रेसिडेन्सी र राजदूतलाई रेजिडेन्ट भन्ने चलन थियो। दुई दशक मात्रको लक्का जवानी उमेरमा नेपाल उत्रेका हड्सनले कोलकत्तामा फार्सी, उर्दू तथा केही संस्कृत भाषाको अध्ययन गरेका थिए। हड्सनको नेपालमा पहिलो नियुक्ति तत्कालीन बेलायती रेजिडेन्ट एडवार्ड गार्डनरको सहायक वा सचिवको रूपमा...
अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टन तथा ब्रिटिस विदेशमन्त्री डेभिड मिलिब्यान्डले श्रीलंकामा मानवसंहार रोक्न लिबरेसन टाइगर्स अफ तमिल इलम तथा श्रीलंका सरकारलाई दबाब दिए पनि श्रीलंकाले टेरेन। आफू कुनै पनि स्थितिमा परिवर्तन हुन नचाहने र अरुलाई मात्र सच्चिन वा सुधि्रन उपदेश दिने रोगले अमेरिकादेखि नेपालसम्मका नेताहरू ग्रस्त छन्। भियतनाम युद्धदेखि खाडी युद्ध र इराकमा लाखौै मान्छे मार्ने अमेरिकाले अहिले पनि दर्जनौं राष्ट्रलाई भरिया र करिया बनाएको छ। महेन्द्रा राजपाक्षेलाई उपदेश दिने...
राज्य पुनःसंरचना आयोगको पक्षले तयार गरेको प्रादेशिक खाकाको जातीय पक्षका बारेमा थुप्रै बहस तथा विवाद उत्पन्न भएको छ। सिंगो मुलुकलाई राई, लिम्बू, नेवार, तामाङ, मगर, गुरुङ, मधेसी तथा थारुका नाममा अंशबन्डा गरिएको विषयलाई लिएर आयोगको बहुमत पक्ष करिब करिब सामाजिक बहिष्कारको डिलमा पुगेको छ। दाजुभाइबीच झगडा हुादा शत्रु पक्षले आएर अंशबन्डा गरिदिए जस्तै आयोगका सदस्यहरूले कुन शत्रुराष्ट्रको प्रतिनिधि बनेर मुलुकलाई जातीय आधारमा खण्ड खण्ड पार्ने प्रयत्न गरेका हुन्? भन्ने कुराको...
स्वेच्छिक अवकाशमा जाने लडाकुहरूलाई बाटो खर्च दिने कार्य अगाडि बढायौं, देशको आर्थिक अवस्था र कानुनलाई आधार मानिएर गरिएको निर्णय हो, त्यो। लडाकुहरू शिविरमा रहेका छन्, उनीहरू पााच वर्षसम्म शिविरमा बसे, दिएको पैसा हिनामिना नहोस् भनेर हामीले एकाउन्ट पेयी चेक दिने व्यवस्था गर्यौं। त्यो चेक व्यक्तिविशेषलाई दिने र त्यो चेक जम्मा मात्र हुने, तर पैसा झिक्न नमिल्ने हिसाबले दिएका थियौं। बाटो खर्च चाहिा उहााहरूलाई नगदनै दिएका हौं। अहिले लडाकुहरूको जति पनि...
सरकारले राज्यका सूचना प्रवाहलाई कसिलो बनाउने गरी सूचनाको वर्गीकरण गरेको मुद्दालाई लिएर यतिबेला आमपत्रकारहरू आन्दोलनमा छन्। मुख्यसचिव माधव घिमिरेको संयोजकत्वमा गठित समितिले गत मंसिर २६ गते सूचना प्रवाहलाई कसिलो बनाउने नियम सरकारले जस्ताको त्यस्तै ल्याएपछि विरोध सुरु गरेको हो। उक्त निर्णयविरुद्ध पत्रकारहरूले तत्कालै सरकारको ध्यानाकर्षण नगराएका होइनन्। नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराउादा गराउादै पनि मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको व्यवस्थापन तथा जनशक्ति विकास महाशाखले माघ १ गतेदेखि वर्गीकरण लागू गर्न राष्ट्रिय सूचना आयोगलाई...
० आजकाल के गरेर दिन बिताउादै हुनुहुन्छ? – अहिलेको देशको अवस्था देख्दा रुन मन लाग्छ। तर अरुले देख्ने गरी रुन त भएन, हाासेरै दिन बिताइरहेको छु भन्नुपर्यो। यतिबेला हामीले १२ वर्ष पहिले स्थापना गरिएको पूर्वसांसद मञ्चलाई सक्रिय बनाएर मुलुकको वस्तुस्थिति विश्लेषण गरिरहेका छौं। कस्तो संविधान जनताले चाहेका छन्? त्यसको राय संकलन गर्ने र आफ्ना सुझाव र अनुभव बााड्ने काम गरेका छौं। ० संविधान बन्ने वा नबन्ने अथवा कस्तो संविधान बन्ने...
भोको पेट र खाली खुट्टा भए पनि अधिकारको लडाइामा आमनेपाली धेरै अगाडि छन्। त्यसका लागि अधिकारवादी संस्थाहरूले पे्ररणादायी भूमिका निर्वाह गरेका छन्। त्यसमध्ये मानव विकास तथा शान्ति अभियान (हुडेप) पनि एउटा हो। हुडेप यतिबेला शान्ति, लोकतन्त्र र मानवअधिकारको पक्षमा लबिङ गरिरहेको कोषाध्यक्ष सरिता गौतम बताउाछिन््। समाजसेवामा क्रियाशील गौतमसाग तरुणले गरेको कुराकानी: ० बाल्यकाल कहाा बित्यो नि? – बुबा–आमा कर्मचारी भएकाले बाल्यकाल विभिन्न जिल्लामा बिताउनुपर्यो। हाम्रो पढाइ पूर्वको उदयपुरदेखि पश्चिमको पाल्पा...
० प्रधानसेनापति छत्रमानसिंह गुरुङले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई के प्रस्ताव दिनुभएको हो? – गत माघ १७ गते विशेष समितिद्वारा नेपाली सेनामा लडाकु समायोजन प्रक्रिया आरम्भ गर्न महानिर्देशनालयको अवधारणालाई नेपाल सरकारले अगाडि बढाउने भन्ने निर्णय गर्यो। त्यसपछि माघ २६ गते रक्षा मन्त्रालयबाट त्यही कामलाई मूर्तरूप दिन नेपाली सेनामा पत्र प्राप्त भयो। त्यसैका आधारमा हामीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै पालादेखि महानिर्देशनालयको अवधारण बाहिर आएको हो। त्यसैलाई तीव्रता दिएर थप योजना तयार गर्यौं। माघ २९...
० नेपाली सेनामा फेरि खेल राजनीति सुरु भएको हो? – त्यो हामीले गरेको होइन, किन भन्ने प्रश्नको जवाफ मसाग अहिले छैन। ० सेनाले सहभागी नहुने निर्णय किन गर्यो? – नेपाली सेनाले हिजो र अस्ति सञ्चारमाध्यमलाई भन्दै आएको कुरा के हो भने दक्षिण एसियाली सैन्य खेल महोत्सव हामीले आयोजना गर्दैछौं। उक्त प्रतियोगितामा नेपाली खेलाडी सहभागी हुने भए। त्यसका लागि पनि हामीले उत्कृष्ट तयारी गर्नुपर्छ। पूर्वनिर्धारित विभागीय टोली छन्, माओवादी लडाकुको टिमलाई...
० श्ान्ति प्रक्रियाको गतिलाई कसरी हेर्नुभएको छ? – शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने भित्री चाहना राजनीतिक दलहरूमा देखिएको छैन। संक्रमणकाल लम्ब्याएर आफ्नो स्वार्थसिद्ध गर्न सबै दल तल्लीन भएको देखिादैछ। दायाा अथवा बायााका खेलहरूको भुमरीमा मुलुक फसिरहेको अनुभूति भइरहेको छ। शान्ति र संविधानप्रति जुनस्तरको चासो र पहलकदमी हुनुपर्थ्यो, त्यो नहुादा मुलुक झन्झन् संकटमा फस्दै गइरहेको छ। ० कुन राजनीतिक दलको के स्वार्थपूर्ति हुने देख्नुभएको छ? – परम्परागत राजनीतिक शक्तिहरूले पनि आफू...
रश्मी आचार्य र उज्ज्वल चापागाईंको जोडी संयोग होइन, भगवानको उपहारभन्दा फरक पर्दैन। मिरेस्ट नेपालका चापागाईं र पहिला ब्युटीपार्लरको व्यवसाय गरेकी आचार्य औधि मिल्छन्। काममा चापागाईको सहयोगभन्दा पनि आचार्यको सहनशील स्वभावले सुन्दर घरको जग बसेको छ। यसै सेरोफोरोमा तरुणले गरेको कुराकानी: ० थातथलो कहाा हो नि? – हामी सर्लाही भक्तिपुरका हौं, नजिकै स्कुल थियो, त्यहीा पढियो, हुर्कियौं। ० परिवारमा कतिजना हुनुहुन्थ्यो? – दुई दाजुभाइ र हामी दुई दिदी–बहिनी हौं। बुबा शिक्षित...
काठमाडौं। नेपाली चलचित्रका सदाबहार नायक राजेश हमाललाई अहिले नयाा नयाा प्रयोग गर्ने भूत सवार भएको छ। विगत २० वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका राजेश अहिले यौन मनोविज्ञानमा आधारित चलचित्रमा अभिनय गर्न बढी उत्सुक रहेको उनी निकट कलाकारहरू बताउाछन्। घटना केही समयअघिको हो। बिजुली बजारस्थित नुतन फिल्म स्टुडियोमा चलचित्र किन किनको सुटिङ भइरहेको थियो। त्यसबेला राजेशको हर्कत देख्ने जोकोही पनि आश्चर्यमा परेका थिए। अझ निर्देशक र छायााकर त झन्...
काठमाडौं। नेपाली चलचित्रका करिब चार दर्जन सिनेकर्मी तथा लेखकहरू अहिले दोलखाको चिसो मौसममा बसेर सिनेमा अध्ययन गर्न जुटेका छन्। चलचित्र निर्देशक समाजको पहलमा आयोजना भइरहेको दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशालामा नेपाली चलचित्रकर्मीहरूलाई फ्रान्सेली, कोरियन तथा भारतीय सिनेकर्मीले सिनेमाको विषयमा प्रशिक्षण दिइरहेका छन्। सात दिने सो कार्यशालामा प्रशिक्षण दिन फ्रान्सबाट प्रोफेसर ड्रागन, भारतबाट प्रेमेन्दर मजुमदार र दक्षिण कोरियाबाट यु टेक चोई नेपाल आएका छन्। ड्रागन फ्रान्सेली चर्चित निर्देशक हुन्। उनी नेपालबाट स्वेदश...
काठमाडौ। यतिखेर नेपाली चलचित्र क्षेत्रमा लूट चलचित्रको चर्चा परिचर्चा बढी छ। कतिसम्म भने नेपाली लूटले हिन्दी फिल्म अग्निपथलाई पनि असफल तुल्याइदिएको विश्लेषण गर्न थालिएको छ। त्यस्तै, हिन्दी फिल्म हेर्ने दर्शक नेपाली चलचित्रतर्फ यही लूटका कारण आकर्षित हुन थालेका छन्। ४० लाख रुपैयाामा बनेको लूटले दुई करोड रुपैयाा बढी व्यापार गर्नु भनेको निकै ठूलो सफलता मानिएको छ। निर्मातालाई मात्र करिब डेढ करोड नाफा दिलाउन सक्ने लूट चलचित्र निर्माणको अवस्था भने धेरैलाई...
काठमाडौं। नेपाली चलचित्रको विकास र प्रवर्द्धन गर्न स्थापना भएको चलचित्र विकास बोर्डमा आकाश अधिकारीको दबदबा रहेको छ। अधिकारी विकास बोर्डको कुनै पनि जिम्मेवार पदमा छैनन्। न त उनी त्यहााको अध्यक्ष वा सदस्य नै हुन्। तैपनि बोर्ड यतिखेर उनकै इसारामा चलेको छ भन्ने कुरा धेरै कम मान्छेलाई मात्र थाहा छ। रणभूमि जस्तो फर्मुला चलचित्र बनाएर नेपाली चलचित्रको निर्देशनमा हामफालेका अधिकारी अहिले आफूलाई नेपाली चलचित्रकै सबैभन्दा बढी जान्ने र बुझ्ने व्यक्ति ठान्छन्। रणभूमिपछि...
काठमाडांै। आन्तरिक हवाई उडानमा छुट्टै पहिचान बनाउन सफल बुद्ध एयरले काठमाडौं–बनारस उडान गर्ने भएको छ। अन्य हवाई कम्पनीको तुलनामा सस्तोमा उडान गर्ने तयारी गरेको बुद्ध एयरले आगामी फागुन १८ गतेबाट उडान सुरु गर्ने जनाएको छ। सुरुमा सातामा चार दिन उडान गर्ने तयारीमा रहेको बुद्ध एयरले सम्पूर्ण तयारी पूरा गरेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जनकारी दिएका छन्। बस्नेतका अनुसार एकतर्फी टिकटको मूल्य करसहित पााच हजार ३१ रुपैयाा तोकिएको छ भने...
काठमाडौं। निजी क्षेत्रमा कुनै समय नाम कमाएको हिमालयन बैंक लिमिटेड यतिखेर आन्तरिक विवादको भुमरीमा फसेको छ। बंैकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाबीचको आपसी कलहले बैंकका निक्षेपकर्ताहरू अप्ठ्यारोमा परेका छन्। हबिब बैंक अफ पाकिस्तानको संयुक्त लगानीमा दुई दशकअघि स्थापना भएको हिमालयन बैंकमा सुरुको समयमा राणा समूहको धेरै सेयर थियो भने अहिले आएर श्रेष्ठ समूहको बढी सेयर रहेको छ। बैंकमा अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी राणाले दुई कार्यकाल...
मीरा अमात्यले नेपाली सञ्चारमाध्यमलाई अनुसन्धानको विषय बनाएकी छन्। आफूलाई अनुसन्धानको विद्यार्थी मात्र भन्न रुचाउाछिन् उनी। ०५५ सालमा मिडिया प्वाइन्टबाट १० महिने पत्रकारिता तालिम लिएपछि अमात्यलाई यस क्षेत्रमा प्रवेशको बाटो खुलेको हो। तालिमलगत्तै अन्यत्रै अलमल भए पनि डिग्रीको थेसिस लेखनपछि उनी सञ्चारजगतसाग नजिकिइन्। नेपाली सञ्चारमाध्यमबारे अमात्यसाग गरिएको कुराकानी: ० अनुसन्धानको विषय सञ्चारमाध्यमलाई नै किन बनाउनुभयो? – यो मेरो इन्ट्रेस्टको विषय हो। भूगोल र अर्थशास्त्रमा स्नातक सके पनि मेरो लगाव सञ्चार क्षेत्रमै रह्यो। डिग्रीमा...
वर्ष ९६ त्यो वेदान्त समग्र जान्न नसकी थर्किन्छ ज्यादै मन। त्यस्तै घोर लडाकुको शिविरको गम्भीर ती कीर्तन।। गर्नै मुस्किल पर्छ क्याम्प सबको नौलो गृहस्थाश्रम।। नारी ती नरको कथा शिविरको त्यो हैन पक्कै भ्रम।। पारी अनमिनले समग्र ननिको गुन्टा कसी ती चले।। लीला उग्र बढेर त्यो शिविरमा सन्तान धेरै फले।। त्यो तीतो अति पोल खुल्छ पछि नै उत्पातका ती कुरा।। मान्दै लाज पुराण भन्दछु म लौ मच्चाउादै पाखुरा।। उन्नाइस हजार फौज...
संसारमा करिब ७ अर्ब मानिस बसोबास गर्दछन्, तर कसैको पनि अनुहार एक अर्कामा ठ्याक्कै मिल्दोजुल्दो छैन। अनुहार मात्र होइन, शारीरिक रूप, डाल, रङ एवं आनीबानी पनि ७ अर्ब मान्छेका ७ अर्ब किसिमकै छन्। त्यसरी नै विश्वास र मान्यताहरू पनि अलग अलग छन्। हरेक व्यक्तिका निजी विश्वास र मान्यताका विषयलाई लिएर केही समयअघि विश्व विख्यात मिडिया नेसनल पब्लिक रेडियोले सन् १९५० को दशकमा 'दिस साइज विलिभ' (म यसमा विश्वास गर्छु) नामक...
'सारे तीरथ बारबार, गंगासागर एकबार' यो एउटा पौराणिक कहावत हो। मानव जीवनमा आफ्नो धर्मअनुसार मान्छेहरू तीर्थधाम गर्ने गरेको हामी पाउाछौं। हिन्दु धर्मावलम्बीहरूकोे ५६ करोड देवदेवीहरूको पूजा आराधना गर्ने क्रममा आकाशमा देवताहरूका निम्ति मात्र बग्ने गंगालाई भगिरथले तय गरेर पृथ्वी अर्थात् मर्त्यलोकमा ल्याउन सफल भएकै दिनदेखि तिनको अर्को नाउा भागिरथी गंगा हुन गएको पौराणिक तथ्य छ। देवलोक निवासिनी गंगा पृथ्वीमा प्रवाहित हुादा पृथ्वी नै जलमग्न हुने र मानव जीवन नष्ट हुने...
डा.विपिन अधिकारी संवैधानिक कानुनबारे गहन अभिरुचि राख्ने विद्वान्को रूपमा परिचित नाम हो। लोकतान्त्रिक परिपाटी आगाल्ने देशका संविधानमा के–कस्ता प्रावधान हुन्छन् र हुनुपर्छ, यसबारे डा.अधिकारीका मन्तव्य बराबर समाचार माध्यममा आइरहेका हुन्छन्। खरो विचार र तार्किक प्रस्तुति उहााका चिनारी हुन्। तर 'नेपालका खस जाति' नामक हालै प्रकाशित सानो पुस्तक (गोजिका) भने संविधान निर्माणसित सोझो सरोकार राख्ने कृति होइन। तर संघीय संरचनाको वकालत गर्नेहरूले जातिपातीका कुरा उठाएर एउटा खस समुदायलाई मात्र आदिवासी, जनजाति...
राजेन्द्र थापा ओठ, नोट र भोट गुलाब पत्रमा छापेपछि त्यो ओठ बन्छ कागजपत्रमा छापेपछि त्यो नोट बन्छ ओठ बोल्ने र नोट खोल्ने काम ठूलाले गरे भने सानाको हातले छापेपछि त्यो भोट बन्छ २०६४ पुस कुरा काट्ने मोराहरू उबेला खुप कुरा काट्थे मोराहरू पजेरोको अहिले प्वाँख पनि छाड्दैनन्, मोराहरू भंगेरोको कमसेकम एक धार्नी त, यिनले घिचेकै हुनुपर्छ सित्तैमा पाको बेला सुकुटी बिष्टा, मुसा र चमेरोको २०६४ मंसिर २ मेरी काली उनीलाई जगत आचार्य सम्झेको हैन मैले मेरी काली उनीलाई नलाएको हैन माया हाम्रो जुनीभरिलाई! नगाएको हैन...
काठमाडौं। सुदूरपश्चिम क्षेत्रको धनगढी, महेन्द्रनगर, कैलाली र टीकापुरमा आउादो फागुनको १४ देखि २१ गतेसम्म सञ्चालन हुने बृहत् छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताले यतिबेला लगातार दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लगातार चारपटक स्पर्ण पदक विजेता तेक्वान्दो खेलाडी दीपक बिष्टलाई निकै हर्षित बनाएको छ। 'छैटौं खेलकुद हुने भएपछि म यसै क्षेत्रको नागरिक एवं खेलाडी भएकाले निकै खुसी भएको छु। यो प्रतियोगिताले खेलाडीभित्र रहेको प्रतिभा प्रस्फुटन हुनेमा विश्वस्त छु,' उनले भने। काठमाडौंको त्रिपुरेश्वरस्थित...
काठमाडौं। फागुनको दोस्रो साता सुदूरपश्चिममा आयोजना हुने छैटौं राष्ट्रिय खेलकुद महोत्सव समयसीमामै सम्पन्न हुने बताइएको छ। निर्माण कार्यमा ढिलासुस्ती भएकाले खेल महोत्सव सर्नसक्ने चर्चा चलेको थियो। परिषद्का पे्रस सल्लाहकार दिवश गुरागाईले खेल महोत्सव निर्धारित समयमै आयोजना हुने दाबी गरे। 'कुनै प्राकृतिक विपत्ति आइलागेन भने खेल महोत्सव निर्धारित समयमै सम्पन्न हुनेछ। सार्नुपर्ने कुनै कारण छैन,' उनले भने। खेलस्थलको भौतिक निर्माणबारे ध्यानाकर्षण गराउादा गुरागाईले भने, 'पााचौं राष्ट्रिय खेलकुद राजधानीमा पाल टाागेर आयोजना...
काठमाडौं। बंगलादेशको ढाकामा भएको दोस्रो फजिलतुन्नेसा मुजिव अन्तर्राष्ट्रिय मार्सलआर्ट च्याम्पियनसिपअन्तर्गत कराातेतर्फ च्याम्पियन बनेको करााते टोलीलाई बिहीबार सम्मान गरिएको छ। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको उक्त कार्यक्रममा आईटीएफका चार स्वर्ण विजेता तथा बक्सिङमा रजत पदक जित्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो। जनवरी १० देखि १३ तारिखसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपको कराातेतर्फ कूल १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै सबै स्वर्णमाथि कब्जा जमाएको थियो। एकल...
काठमाडौं। बंगलादेशको ढाकामा सञ्चालित दोस्रो फजिलतुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सलआर्ट च्याम्पियनसीपअन्तर्गत कराातेतर्फ नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा समावेश सम्पूर्ण १४ स्पर्धामा स्वर्ण पदक जितेका छन्। प्रतियोगिता आयोजना भएको पहिलो दिन नै १० र बााकी चार स्वर्ण नेपालले अन्तिम दिन जितेको नेपाल करााते डो महासंघ तथा नेपाल सितोरियो करााते डो संघले जनाएको छ। खेलमा नेपाललाई स्वर्ण दिलाउने खेलाडीमा महिलाको ४६ केजीमुनिमा मल्लिका थापा, ५० केजीमुनिमा ११औं दक्षिण एसियाली खेलकुद (साग) की रजत...
काठमाडौं। अन्तर्राष्ट्रिय भलिबल संघले नेपालको भलिबल विकासका लागि दिएको ३५ हजार डलर यतिबेला नेपाल भलिबल संघमा खोजीको विषय बनेको छ। राष्ट्रिय खेलकुद परिषद्ले कार्यकाल पूरा भएका सबै संघको साधारणसभा गर्न दिएको निर्देशन दिएको थियो। तर भलिबल संघले साधारणसभा गर्ने कुनै चासो देखाएको छैन। भलिबल संघलाई प्राप्त भएको सहयोगको चर्चा हुने डरले संघका अध्यक्ष गंगा थापाले साधरणसभा गर्न आलटाल गरेको आरोप पदाधिकारीहरूले लगाएका छन्। ७५ वटै जिल्लामा भलिबल संघ छ। सबै...
काठमाडौं। स्कुलस्तरबाट खेलकुदलाई उकास्ने योजनाअन्तर्गत राष्ट्रपति खेल महोत्सव विभिन्न जिल्लामा आयोजना भइरहेको छ। राष्ट्रपति कप र खेल महोत्सवको आयोजना गरी युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रतियोगिता आयोजना गर्दै आएको छ। पञ्चायतकालमा वीरेन्द्र सिल्डको अवधारणालाई निरन्तरता दिन यस्तो प्रतियोगिता आयोजना हुादै आएको बताइन्छ। स्कुलस्तरमा प्रतियोगिता आयोजना हुने भएकाले खेलाडी पहिचान र सम्भावना बोकेका खेलाडीलाई अवसरका रूपमा यो प्रतियोगितालाई लिइन्छ। स्कुल–स्कुलबीच जिल्लामा प्रतियोगिता आयोजना हुने भएकाले नयाा खेलाडी उत्पादन हुने भएकाले...
यदि आफ्नो पति वा केटा साथीको क्षमता पत्ता लगाउनु छ भने साइाली औंला नियाल्नुहोस्। विशेष गरी साइाली औंलाको गोलाई नियाल्नुहोस्। युनिभर्सिटी अफ भियानाका अनुसन्धानकर्ताहरूका अनुसार कुनै सानो केटाको साइाली आंैलाको लम्बाइ गोलाइभन्दा सानो हुन्छ भने ऊ जन्मनुभन्दा अघि नै यौनश्रावको सम्पर्कमा रहन्छ। ऊ वयस्क हुनुभन्दा अघि नै उसका चेहेराले वयस्कको झलक दिन्छ। बच्चा जन्मनुअघि नै उसको यौनश्रावले अनुहारमा निर्णय प्रभाव राखेको हुन्छ। अनुसन्धानमा भनिएको छ, त्यसैबाट लिंग र औंलाले कस्तो...
विशेषज्ञहरूले दाबी गरेअनुसार झन्डै एक करोड ६० लाख चिनियाा महिलाका पुरुष समलिंगी छन्। उनीहरूले तिनीहरूबाट उत्पन्न हुने समस्या सामना गर्ने प्रयास गरिरहेका छन्। ती महिलाहरूले भूलवश त्यस्ता समलिंगीसाग विवाह गरेपछि सामाजिक संस्कार धान्न चुपचाप बस्न बाध्य भएको बताइएको छ। एड्स र एचआईभीमा शोध गरिरहेका किंगदाओ विश्वविद्यालयका प्राध्यापक झांग बेइ चुआन भने नब्बे प्रतिशत समलिंगीहरू सामाजिक परम्परा धान्न जबर्जस्ती विवाह गर्छन्। र, उनीहरूको पत्नी सामन्जस्य बनाएर राख्न संघर्ष गरिरहेका हुन्छन्। तिनीहरूको...
यदि तपाई नियमित सारी लगाउनुहुन्छ भने अनुसन्धानले नयाा कुरा सार्वजनिक गरेको छ। त्यो के हो भने पेटिकोटको इाजार कसिलो बााध्नुभएको छ भने त्यसले कम्मरमा गााठो बनाउाछ। कम्मरमा गिर्खा देखिएको छ भने तपाईंले तुरुन्त डाक्टरसाग सम्पर्क गर्नुहोला। किनभने त्यसले क्यान्सर जस्तो भयानक रोग निम्त्याउने सम्भावना रहन्छ। त्यसलाई भारतीय मेडिकल एसोसिएसन (आईएमए) ले सारी क्यान्सर नामाकारण दिइसकेको छ। भारतीय डाक्टरहरूले त्यसलाई सारी क्यान्सरको नामाकरण गरेेका छन्। अनुसन्धानकर्ता डा.जीडी बख्सीले भनेका छन्, विगत...
लिबियामा कर्नल मोहम्मर गद्दाफीको शासन अन्त्यपछि जनतामा गरिएको पहिलो सर्वेक्षण बाहिर ल्याइएको छ। लिबियाका बहुसंख्यक जनताले देशमा लोकतान्त्रिक शासन व्यवस्थाभन्दा पनि कुनै प्रभावशाली व्यक्तिको शासनको पक्षमा मत जाहेर गरेका छन्। अक्सफोर्ड, बेनगाजी विश्वविद्यालय र अक्सफोर्ड रिसर्च इन्टरनेसनल सोधकर्ताले दुई हजारभन्दा बढी लिबियाली नागरिकबीच यस्तो सर्वेक्षण गरेका थिए। गत वर्ष लिबियामा भएको जनआन्दोलनले ४२ वर्षसम्म लिबियामा शासन गरेका कर्णेल गद्दाफीको शासन अन्त्य गरिदिएको थियो। सर्वेक्षणमा संलग्न अधिकांशले देशको अवस्थाबारे चिन्ता व्यक्त...
पाकिस्तानमा हालै न्यायालय र सेना मिलेपछि कार्यपालिका अर्थात् देशको दैनिक प्रशासन चलाउने सरकार गम्भीर अप्ठ्यारोमा परेको थियो। त्यसलगत्तै दक्षिण एसियाको अर्को सानो मुलुक मालदिभ्समा पनि त्यस्तै मिल्दोजुल्दो घटना भएको छ। न्यायालयलाई सेनाले साथ दिादा राष्ट्रपति मोहमद नासिद पद छाड्न बाध्य भए। पूर्वराष्ट्रपति नासिदले आफ्नो उपराष्ट्रपतिले कू गर्ने योजनाअनुसार सशस्त्र प्रहरी तथा सैनिक अधिकारमार्फत दबाब दिएर आफूलाई पद त्याग्न बाध्य बनाएको बताएका छन्। 'गत साता म सैनिक मुख्यालय गएको थिएा। त्यहाा...
पाकिस्तानमा हालै न्यायालय र सेना मिलेपछि कार्यपालिका अर्थात् देशको दैनिक प्रशासन चलाउने सरकार गम्भीर अप्ठ्यारोमा परेको थियो। त्यसलगत्तै दक्षिण एसियाको अर्को सानो मुलुक मालदिभ्समा पनि त्यस्तै मिल्दोजुल्दो घटना भएको छ। न्यायालयलाई सेनाले साथ दिादा राष्ट्रपति मोहमद नासिद पद छाड्न बाध्य भए। पूर्वराष्ट्रपति नासिदले आफ्नो उपराष्ट्रपतिले कू गर्ने योजनाअनुसार सशस्त्र प्रहरी तथा सैनिक अधिकारमार्फत दबाब दिएर आफूलाई पद त्याग्न बाध्य बनाएको बताएका छन्। 'गत साता म सैनिक मुख्यालय गएको थिएा। त्यहाा...
उत्तर एटलान्टिक सैनिक संगठन नेटोले दस वर्षमा अफगानिस्तानको सेनालाई उन्नत बनाउन र देशको ढााचागत विकासका लागि सयौं अर्ब डलर लगानी गरेको छ। तर नेटो गठबन्धनले सार्वजनिक गरेको रिपोर्टलाई आधार मान्ने हो भने सन् २०१४ मा विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुनेवित्तिकै ती सबै लगानीको कुनै अर्थ हुने छैन। अफगानिस्तानमा तालिवानी प्रभाव यति व्यापक हुादै गएको छ, जसले राष्ट्रपति हमिद कारजाईको अस्तित्वसमेत संकटमा पार्ने विश्लेषण गरिएको छ। नेटोले सार्वजनिक गरेको रिपोर्टबाट स्पष्ट...
दुई दशकभन्दा बढी सैन्य सरकारले देशको प्रशासन सञ्चालन गरेको म्यानमारमा नयाा राजनीतिक सुधार देखापर्न थालेको छ। त्यहााको जुन्ता सरकारले देशको शासन प्रणाली प्रजातान्त्रिक पद्धतिका आधारमा गर्नेसंकेत दिएको छ। दुई वर्षअघि भएको राजनीतिक आन्दोलनले विस्तारै राजनीतिक प्रणालीमा सुधार आएको विश्लेषण गरिएको छ। राजबन्दी रिहा, जनजाति विद्रोहीसाग वार्ता र आउादो अप्रिलमा निर्वाचन घोषणाले त्यस्तो संकेत दिएको हो। अहिलेको जुन्ता सरकारले राजनीतिक दलको प्रतिबन्धलाई खुकुलो बनाउनुका साथै उत्तरी चिनियाा सीमा क्षेत्रमा फैलिएको काचिन...
भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले हालसालै एउटा प्रश्न उठाए– 'के अमेरिकाले ल्याटिन अमेरिकी मुलुकका वामपन्थी नेताहरूलाई क्यान्सर रोग लगाउने गोप्य प्रविधिको विकास गरेको हो?' पाराग्वेका राष्ट्रपति फर्नान्डो लुगो, ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ र उनीभन्दा अघिल्ला ब्राजिली राष्ट्रपति लुला डि सिल्भालाई पनि क्यान्सर रोग लागेको थियो। ह्युगो चाभेज यी कुरा आफूलाई निकै 'अनौठो' लाग्ने बताउाछन्। तर माथि दिइएको उनको प्रतिक्रियालाई उनी आरोप नभई आफ्नो सोचको शाब्दिक व्याख्या मात्र भएको बताउाछन्। 'अमेरिकाले क्यान्सर पैदा...
We have 109 guests and no members online