साँघु सम्पादक तथा प्रकाशकः गोपाल बुढाथोकी
कार्यालय
मच्छे गल्ली (पद्मकन्या कलेजको अगाडी)
बागबजार, काठमाडौं
फोन / फ्याक्सः ४२३०७४८
इमेलः sanghuweekly@gmail.com
पो.ब. नं. २९८४
काठमाडौ, जेठ १ । इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा चर्को आलोचना हुन थालेको छ। बार्षिक एक अर्बभन्दा बढी रुपैयाँ खर्च गर्दै उक्त आइएनजीओले अपारदर्शी लगानी बढी गर्ने गरेको पनि कुरा पनि समाचारमा बताइएको छ। अर्बौं रुपैयाँ लगानी गरेर प्रमुख दलहरु फुटाउनेसम्मको खेल भइरहेको जानकारी पाएपछि शीर्ष नेताहरु स्तब्ध बनेको उच्च स्रोतले जनाएको छ। अहिले बिभिन्न पार्टीका सभासदहरुले आ–आफ्नो पार्टीमा विद्रोहको घुर्की देखाउनुको पछाडि आइडियाको डलरले काम गरेको चर्चा पनि चलेको छ। सांसदलाई नगदको प्रलोभनमा पारेर पार्टी नेतृत्वको ह्वीप उल्लंघन गर्न उक्साउनेदेखि जातीय पार्टी निर्माण गर्न पनि सुझाव दिन थालेको नेकपा एमालेका एक जनजाति सभासदले साँघुलाई जानकारी दिए। जनजाति ककसमा सबै पार्टीका गरी २ सय १८ जना जनजाति सभासद सदस्य...
काठमाडौं, फागुन ८ ।
श्रीमान् सम्पादकज्यू
सत्य सेवा सुरक्षणम्को मूल मन्त्र विपरीत प्रहरी कारबाही अगाडि बढेका छन्। प्रहरी जनताको सेवक नभएर पीडकका रुपमा चित्रित भएकै कारण जनताले प्रहरीलाई सकारात्मक रुपमा हेर्दैनन्। प्रहरीप्रंतिको जनविश्वास गुमाउने काम स्वयं प्रहरीले गदैआएका छन्। यसैक्रममा महानगरीय प्रहरी बृत्त महाराजगंजका वृत्तपति डीएसपी जगदिश पोखरेलले नयाँ बसपार्कबाट एक घरमालिकलाई अनाहकमा पक्राउ गरी थुनामा राखेर सार्वजनिक मुद्दा चलाएका छन्। नयाँबसपार्क नजिकै घर भएका कृष्णभक्त श्रेष्ठको घर बहालमा लिने एक व्यक्तिको रिस प्रहरीले उनीमाथि पोखेको छ। घर बहालमा लिनेले रक्सी उत्पादन गरेको भन्दै घरधनीलाई समातेर कारबाही गर्ने काम प्रहरीले गरेको छ। रक्सी उत्पादन गर्ने व्यक्तिलाई पक्राउ नगरी घरधनीलाई पक्राउ गर्ने प्रंहरीको कदम धान खाने मुसाृ चोट पाउने भ्यागुतो जस्तै हो। नयाँबसपार्क प्रहरी प्रभागका इन्स्पेक्टर योगेन्द्र खड्काले पटक पटक श्रेष्ठसँग पैसा मागेको र उनले दिन आनाकानी गरेपछि घरबहालमा लिनेले गरेको कसुरमा उनलाई पक्राउ गरिएको छ। उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव डा. शितलकाजी श्रेष्ठले कृष्णभक्त निर्दोष भएकाले छाड्न अनुरोध गर्दा पनि प्रहरीले छोडेन। धादिङको खानीखोलाबाट काठमाडौं प्रहरी परिसर सरुवा भएका इन्स्पेक्टर खड्कालाई एसपी राजेन्द्र श्रेष्ठले बसपार्कमा यस्तै निर्दोषहरूबाट असुली गर्न पठाएका हुन्?
त्यसो त महाराजगंजका बृत्तपत्ति पोखरेलले सई टेकबहादुर कुँवरलाई घुुमुवा राखी असुली कार्यलाई बढावा दिई नै रहेका छन्। ३ त्रर्षदेखि घुमुवाका रुपमा महाराजगंजमा कार्यरत सई कुँवरको काम नै अपराध नियन्त्रण होइन, असुली डीएसपीलाई बुझाउने हो। घुमुवा भएर उनले आफ्नो पनि उन्नति गरेकै छन्। उनले बसपार्कमा दुईवटा घर लिएर होटल संचालन गरेका छन्। ती होटलमा अवैध रुपमा बेश्याबृत्ति हुँदा पनि प्रहरीले चासो नै नदिने तर रक्सी उत्पादन गर्नेको अपराधमा एक घरधनीलाई थुनाउने काम प्रहरीले बहादुरीपूर्वक गरेको छ।
– भूषण राना, गोंगबु
कानुन देखाउन कि कार्यान्वयन गर्न?
श्रीमान् सम्पादकज्यू
नेपालका सन्दर्भमा कुरा गर्दा के विचारणीय हुन आउँछ भने यहाँको कानूनलाई हात्तीको दाँतसँग तुलना गर्न सकिन्छ किनकि हात्तीको देखाँउने र खाने दाँत अलग अलग प्रकृतिको हुन्छ। नेपालमा विश्वकै सर्वोकृष्ट कानून बन्दछ र विश्वमा हाम्रो नेपालको कानून तुलनात्मक रुपमा शायदै कम गुणस्तरीय नहोला तर त्यसको कार्यान्वयन प212 भनेको मृत्युशैय्याको बाघ जस्तै हो। कानून बनिसकेपछि त्यसको कार्यान्वयन प212ले सही महत्त्व राख्न सकेन भए त्यो कानून निर्जीव बस्तु सरह हुनेछ। नेपालमा धेरै ऐन, कानून, निर्देशिकाहरू नबनेका होइनन् तर त्यसको कार्वान्वयन शायद केही प्रतिशत मात्र भएको होला। त्यस्तै निर्देशिका हो “निजामती कर्मचारीको शै212िक प्रमाणपत्र प्रमाणीकरण निर्देशिका–२०६६“। यस निर्देशिकाको प्रस्तावमा भनिएको छ “निजामती सेवा प्रवेश गर्ने कर्मचारीह181को सेवा प्रवेश र बढुवाको चरणमा नै शै212िक योग्यताका प्रमाणपत्रहरू सम्बन्धित निकायबाट प्रमाणीकरण गराई नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश गर्ने र सेवामा बहाल रहिरहने अवस्थाको अन्त्य गरी निजामती सेवालाई मर्यादित तुल्याउने।' यो प्रस्तावनाको भावना धेरै मार्मिक र समयसाप212 रहनुको साथै यसले ब्यापकता अंगाल्न खोजेको छ तर वास्तविक 181पमा भन्ने हो भने यो निर्देशिका एउटा ऐतिहासिक दस्तावेज मात्र हो किनकि यो लिखित रुपमा कुनै पुस्तकालय वा कुनै सरकारी निकायको फाइलहरूमा पञ्जिकृत भएर रहेको छ। यसको कार्यान्वयन भने कहिले होला भनेर प्रति212ाको विषय भएको छ। कुनै समयमा एक पटक सामान्य प्रशासन मन्त्रालयले निर्देशिका अनुसार गर्न गराउन भनी विभिन्न मन्त्रालयह181लाई सामान्य परिपत्र गरेको थियो। परिपत्र गरिसकेपछि त्यस सम्बन्धमा के कति प्रगति भयो र के कति निजामती कर्मचारीह181ले शै212िक प्रमाणपत्रहरू प्रमाणीकरण प्रक्रियामा पठाए सोबारे कुनै खोजखबर र ताकेता समेत गरेको छैन। मात्र परिपत्र गरेर सामान्य प्रशासन मन्त्रालय आफ्नो दायित्त्वबाट अलग भयो। यो निर्देशिकाको मूल उद्देश्य आज मृत्युशैय्यामा पुगेको हो कि भन्ने अनुमान गर्न सकिन्छ। जुन नियम लागू गर्न सकिदैन भने त्यसको निर्माण गरिनुको औचित्य छैन। नियम बनाइसकेपछि त्यसको कार्यान्वयन प212 मजवुत भएमा मात्र बनेको नियमले सार्थकता पाउन सक्दछ। तसर्थ यस नियमको कार्यान्वयन गर्नु नै नियमको धर्म हो। विनाधर्मको नियमको केही सार र महत्त्व रहँदैन। तसर्थ सम्बन्धित प212ले यसलाई अङ्गिकार गरिदिन हुन म एक नेपालीको हैसियतले विनम्रं अनुरोध गर्दछु। – नेपाल नेपाली
भन्सारछलीमा प्रहरीको साथ
श्रीमान् सम्पादकज्यू
बीरगंज, बिराटनगर र झापाका प्रहरी प्रमुखहरूले भन्सारछली सामान ल्याउन कडाइ गरेपछि तस्करहरूले बैकल्पिक नाका प्रयोग गरी सामान भित्र्याउन थालेका छन्। धनुषाको जयनगर नाकाबाट कपडा, सिमेन्ट, चिनी, मल, गुट्खा लगायतका विद्युतीय सामानको आयात ह्वात्तै बढेको छ। भन्सारछली गरी सो नाकाबाट दैनिक दर्वनौं ट्रक सामान भित्रिरहँदा पनि सो नाका हेर्ने नेपाल प्रहरीको खजुरी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास बोहराले चासो देखाएका छैनन्। इन्स्पेक्टर बोहरालाई मासिक ३ लाख रुपैयाँ दिएर भन्सार छली गरी सामान भित्रिरहेको छ। सो नाकाबाट भन्सार छलीका सामान भित्र्याउने व्यापारीहरूमा सुरेश साह, भरत महासेठ लगायतका २० जना छन्। धनुषाका एसपी पुरुषोत्तम कँडेल र जनकपुरका एसएसपी माधव जोशीलाई समेत बुझाउनुपर्छ भन्दै इन्स्पेक्टर बोहराले जयनगर नाकाबाट भन्सार छली गर्ने तस्करहरूबाट मासिक घुस असुली गर्दैआएका छन्। जयनगर नाकाबाट भइरहेको यो तस्करीमा इन्स्पेक्टरले एसपी र एसएसपीको बदनाम गरेका हुन् कि उनीहरूले पनि भागशान्ति पाएर मौन बसेका हुन्? सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल पनि सीमा सुरक्षा भन्दा घुसको सुरक्षामै लागेकाले जयनगर नाकाको भन्सार छलीमा मौन बसेको छ।
– जिवच्छ साह, धनुषा, पिडारीचोक
जागिर कहिले पाउने मन्त्रीज्यू,
श्रीमान सम्पादकज्यू,
साँघु साप्ताहिकले गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको सुरक्षाको जिम्मा विद्यार्थीलाई दिने आशयको प्रतिवेदन तयार भएको पढ्ने अवसर पाइयो। सुरक्षाकर्मी, कर्मचारी तथा अन्य थुप्रैगरी हजारौंले सुरक्षा गर्न नसकेको विमानस्थललाई एक सय जना विद्यार्थीले कसरी सुरक्षा गर्न सक्छन्। चोरीका घटना रोक्न सक्लान्। यो त पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले आफ्ना कार्यकर्तालाई जागिर खुवाउने मनसायले प्रतिवेदन तयार गर्न लगाएको जस्तो देखियो। त्यसमा पनि हवाई क्षेत्रमा ज्ञान नै नभएका व्यक्तिहरू समितिको सदस्यमा रहेछन्। पर्यटन क्षेत्रमा काम गरेका व्यक्ति ज्योति अधिकारीसम्मलाई ठीकै मान्न सकिएला। तर जब अन्य सदस्यको नामावली पढियो, त्यसबाट भने मेरो मनमा निकै प्रश्न उठयो। के यो देशमा हवाई क्षेत्रमा काम गर्ने व्यक्ति कोही छैनन्। नागरिक उड्डयन प्राधिकरणका पूर्व प्रमुखहरू पनि रहेनछन। हवाई क्षेत्रमा काम नै नगरेका व्यक्तिलाई विमानस्थल सुधार समितिमा राखेर पर्यटन मन्त्रीले के गर्न खोजेका हुन् भन्ने कुरा त त्यही प्रतिवेदनले देखाउन खोजेको छ। प्रतिवेदनले पनि सामान्य हल्का सुझावमात्रै दिएको छ। मजस्ता विद्यार्थीले रोजगारी पाइएला भनेर खुशी हुनुपर्ने थियो प्रतिवेदन पढेर। तर क्याम्पसका विद्यार्थी संगठनको दादागिरी चल्ने जमनामा साँच्चिकै गरिब, जेहन्दार र विपन्न विद्यार्थील अवसर पाउन गाह्रो छ। त्यही पनि विद्यार्थीले जागिर कहिलेबाट पाउने हुन भन्ने कौतुहलता भने अवश्य छ। हुन त नेपाल वायुसेवा निगमका जहाज कौडीको मूल्यमा भाडामा दिने मन्त्रीले अरु त के नै पनि गर्न सक्थे र। जे सक्थे त्यही गरे। यस्ता पर्यटन मन्त्रीबाट आश गर्ने अवस्था पनि देखिएन।
रामहरि फुयाँल–रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौ।
काठमाडौं। जेठ १४ पछि पनि संविधानसभा कायमै रहने निश्चित भएको छ। तर संविधानसभाको म्याद कति महिना थप्ने र म्याद थपछि पनि बाबुरामकै नेतृत्वको सरकार कायम रहने वा कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भन्ने अन्यौलता रहेको छ। संविधानसभाको म्याद फेरि थप्नका लागि जनताको आँखामा छारो हाल्ने गरी संविधानको पहिलो मस्यौदा तयार हुन लागेको छ। जेठ १४ मा संविधानको पहिलो मस्यौदा जारी गर्ने र त्यही मस्यौदा लिएर संविधानसभा अध्यक्ष र...
काठमाडौं। मेरो मोबाइलमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको पार्टनर भएर जादुगर शैलीमा धनी भएका हेटौंडाका व्यापारी अजेयराज सुमार्गीले नेपाली कांगे्रसका होनहार र युवानेतालाई पनि आफ्नो बाहुपासमा पारेका छन्। यिनै सुमार्गीको कृपाबाट नेपाली कांग्रेसका युवानेता तथा सभासद् गगन थापा, चित्रलेखा यादव, सुरेन्द्र पाण्डे र शंकर भण्डारी तीन घण्टामा गाडीबाट पुगिने हेटौंडामा पनि हेलिकोप्टर चढेर जान थालेका छन्। मकवानपुर कांग्रेसले सभामा निम्त्याएका नेता नआउने अवस्था बनेपछि इज्जत जोगाउन सुमार्गीको शरण परेको थियो। मकवानपुरमा...
काठमाडौं। प्रहरीको कडा सुरक्षा घेरामा महालेखा नियन्त्रक कार्यालयले २०६९ वैशाख १८ गते सार्वजनिक गरेको विशेष लेखाअधिकृतको सरुवामा ऐन नियम अनुसार भन्दा पनि पहुँच र शुभलाभलाई नै आधार बनाएको समाचार छ। बैशाख १८ गतेदेखि सरुवाको विरोधमा टे्रड युनियनहरूले विरोध गर्नसक्ने संभावनालाई ध्यानमा राखी महालेखामा अद्यापि प्रहरीले सुरक्षा दिइरहेको छ। महालेखाले ३ सय ४२ जना २४ (घ१)का विशेष अधिकृतको सरुवा गरेको छ। २०६८ फागुनमा गरेको सरुवा संशोधनमा समेत महालेखाले न्याय गर्न नसकेको...
काठमाडौं। एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजनिक गरेको थियो। छापाहरूमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा 'कनेक्ट' सित्तैमा पाइनेछ। २९९९। रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८। रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने? त्यसैले सर्वसाधारणले यो स्किमप्रति उल्लेख्य चासो राखेका छन्। तर विज्ञापनमा भनिए जस्तो उपभोक्तालाई सित्तैमा डाटाकार्ड दिए जस्तो गरे पनि एनसेलले घुमाईफिराई उपभोक्तालाई...
० अनेमसंघको अधिवेशनमा तपाईं प्रतितिधि नै नबनी पोखरा जानुभएछ। तपाईंका कारण महिला नेतृहरूबीचमा विवाद पनि भएछ नि? – अखिल नेपाल महिला संघको २०६२ मा विद्या भण्डारी नै अध्यक्ष भएको बेलामा बनाएको विधान अनुसार प्रतिनिधि भएको हो म। म प्रतिनिधि भएपछि अध्यक्षको उम्मेदवार हुन पनि योग्य भएँ। म उम्मेदवार भएपछि विद्या कमरेड चुनाव हार्ने देखेर नै मलाई प्रतिनिधिबाट रोक्ने अनेकन हत्कण्डा अपनाउनुभयो। पार्टीको जनसंगठनको राष्ट्रिय अधिवेशनमा उहाँले स्वयम्सेवक लगाएर पूरै हस्तक्षेप...
० नेपाली कांग्रेसका जनजाति, मधेशीहरू पनि पार्टी हि्वप नमान्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन। खास के के कुरामा असहमति रहेछ? – जनजाति सभासदहरूले असन्तुष्टि पोखेको देखिएको छ। उहाँहरूले एकल जातीय पहिचानसहितको राज्य चाहियो भन्ने सहमति भन्दै हस्ताक्षर अभियान सुरु गर्नभएको रहेछ। त्यो पार्टीभित्र छलफल र बहस नभई नै भएको काम हो। त्यसकारण पार्टीका हामी सबैलाई विस्तृत जानकारी छैन। मधेशी, जनजातिहरू एकगठ भएर आन्दोलनको समेत तयारी गरेको भन्ने पनि सुुनिएको...
पहिचान भनेको के हो? मेरो पहिचान के हो? मेरो पहिचान म जन्मदाको मेरो बाबु आमाको धर्म हो कि, म जन्मदाको मेरो जात हो कि, पछि मैले अपनाएको पेसा हो कि, मैले अपनाएको सिद्धान्त हो कि, के हो? केही दिनअघि मैले काठमाडौंमा एउटा उपजाति कानु समाजको सानो प्रदर्शन देखेको थिएँ। ५ बर्षजति अघि चितवनको भरतपुरको सडकमा एउटा जुलुस 'अखिल नेपाल माझी संघ'को ब्यानर लिएर हिंडिरहेको देखेको थिएँ। बैशाख ३० गते शनिवार...
समय बित्दैजाँदा थुप्रै थुप्रै परिदृश्यहरू देखियो र देखिइरहेको छ। काला धव्वाहरू सतहमा आउन थालेका छन्। योजनावद्ध रुपमा महान् जनयुद्धको विद्रुपीकरणमा शृंखलाहरू जारी रहेका छन्। सुन्दरहरू कुरुपमा फेरिन थालेका छन्। हामीले आदर्श मानेकाहरू घृणाका पात्रमा फेरिन थालेका छन्। आफ्ना हुन् कि पराइ हुन्, भेद पाउन गाह्रो हुन थालेको छ। परिचय फेरिएको छ। नायकहरू खलनायकमा रुपान्तरिक हुन थालेको बोध भएको छ। रगतको त्यो इतिहास, त्यो महागाथा खण्डितखण्डित भएर विसर्जन हुने पो हो...
Error: No articles to display
राजा आफूलाई भेट्न आउने सबै मानिससंग संधै तीन प्रश्न सोध्ने गर्दथे। उनको पहिलो प्रश्न हुन्थ्यो–'व्यक्तिहरूमध्ये सर्वश्रेष्ठ को हो? दोस्रो प्रश्न–सर्वोत्तम समय कुन हो? तेस्रो प्रश्न–सर्वश्रेष्ठ कर्म के हो?' अनेक मानिसहरू आआफ्नै तरिकाबाट उत्तर दिन्थे। तर राजा ती उत्तरबाट सन्तुष्ट हुँदैनथें। एक दिन राजा जंगलको बाटो यताउति–हिंड्दाहिंड्दै एउटा कुटीमा पुगे। त्यहाँ एक साधु फलफूलका बोटबिरुवामा पानी हाल्दै थिए। राजालाई देख्नासाथ साधु आफ्नो काम छोडेर राजाका लागि चिसो पानी र फलफूल लिएर...
मान्छेले सित्तैमा पाएपछि अलकत्रा पनि खान्छ भन्ने उखानै छ हामीकहाँ। किनेर खानुपर्ने कुरा सित्तैमा पाएपछि धेरै मान्छे आफ्नो स्वास्थ्यलाई ध्यानै नदिई धमाधम हसुर्छन्। तर कहिलेकहीँ किनैर खाएको चिज आवश्यकताभन्दा बढी खाइयो भनेपनि त्यसले नराम्रो असर गर्छ। यस्तै भएको छ न्युजिल्याण्डमा। त्यहाँकी एक महिलाले एकै दिनमा ८ लिटर कोकाकोला पिएपछि ठहरै भएकी छिन्। ८ वटा बच्चाकी आमा समेत रहेकी ३० वर्षीया नतासा ह्यारिसको अत्यधिक कोकाकोला पिउने बानी थियो। उनले एकै दिनमा...
कुनै बजार, विद्यालय, कलकारखाना वा सडक बन्दले आर्थिक गतिविधिमा प्रत्यक्ष र प्रतिकूल प्रभाव पर्ने कुरा स्पष्ट नै छ। यातायात र सडक बन्द हुँदा मानिसहरूको आवागमन र मालसामानको ओसार पसारको काम अवरुद्ध हुन्छ भने कलकारखाना बन्द हुँदा चिजवस्तुको उत्पादनको काम अवरुद्ध हुन्छ। उत्पादन र वितरणको काममा सिर्जना हुने अवरोधले राष्ट्रिय आम्दानीमा नै प्रतिकूल प्रभाव पर्ने कुरा पनि स्पष्ट नै छ। एकदिनको नेपाल बन्द वा काठमाडौं उपत्यका बन्द वा अरु कुनै क्षेत्रको...
जम्माजम्मी एकपसर पढाइको जुगाड गर्न नसकेर मात्र हो। संविधानसभा र संघीयतामा देखिएको तिनको उत्ताउलो जडता। पढ्न मात्रै पाएको भए'नि हुन्थ्यो। दुईवटा कार्यपत्रसम्म मात्रै पढेको भए'नि। होइन भने, छ क्रेडिट आवरको जुन सुकै विश्वविद्यालयमा पढेको भए'नि संविधानसभा र संघीयतामा ती जोताहा हुने थिएनन्। न त बँधुवा नै हुने थिए, आफ्ना सन्तति अघिल्तिर। संविधानसभाले मात्र उत्कृष्ट संविधान दिन्छ भन्ने लिंडेढिपीमा पनि उभ्भिने थिएनन्। संघीयताले मात्र सिमान्तकृतको रक्षा गर्छ भन्ने एकहोरो ज्ञान पनि...
काठमाडौंमा अहिले नेपाली चेली तर, बेलायतमा ब्यबसायिक मोडलिङमा संलग्न भइसकेकी सुन्दरी तथा यस बर्षकी मिस नेपाल सृष्टि श्रेष्ठको चर्चा छ यतिखेर शहरमा। कतिपयले उनी नियम मिचेर चोरबाटोबाट प्रतियोगितामा छिरेको आरोप लगाइरहेका छन भने कतिपयले उनको सुन्दरताले मिस वर्ल्डमा केही गरिपो हाल्छ कि भनेर आशा पनि गर्न थालेका छन्। चोरबाटोबाट मिस नेपालमा छिरेकोे बारेमा सृष्टिले साप्ताहिकसंगको कुराकानीमा यसो भनेकीछिन्–''मैले सन् २०१० मै मिस नेपालमा भाग लिन हिडेनसंग सम्पर्क गरेकी थिएँ। त्यसबेला...
वाशिंगटन। वैज्ञानिकहरूको भनाई छ कि, कुकुरहरूले आफ्नो मालिकको आनीबानीमा खुब ध्यान राख्छन्। कुुकुरहरूले थाहा पाई हाल्छन् आफ्नो मालिक कुनदिन खुसी छन् कुन दिन दुःखी। इमोरी यूनिभर्सिटी फर न्यूरोपोलिसीस्थित रिसर्चरहरूले सक्रिय कुकुरको मस्तिष्कको गतिविधिहरूलाई हेर्नका लागि म्यागनेटिक रिसोनेन्स इमेजिंग (एफएमआरआई)को प्रयोग गर्दा फेला पारेे अनुसार, केही कुकुरहरू आफ्नो मालिकप्रति अति नै ध्यान दिन्छन्। एक प्रयोगको रिपोर्ट अनुसार, दुई कुकुरलाई हातको संकेतहरूप्रति प्रतिक्रिया ब्यक्त गर्नका लागि प्रशि212ित गरियो। एक संकेतको मतलब थियो,...
''महिलाले मात्र विहेको चिनोस्वरुप सिउँदोमा सिन्दूर, गलामा पोते/ मंगलसूत्र, हातमा स्वयंबरको औंठी तथा साडी–ब्लाउज संधै लगाइरहनु पर्ने! '' विवाहित महिलाहरू आक्रोशित भए! ''हाम्रा श्रीमानले अविवाहित हुँ भनेर केटीहरूसंग घुमफिर गरेको हामीलाई थाहा छैन र?'' उनीहरूको उकुसमुकुस सतहमा प्रकट भयो! ''अब हामीले केही उपाय गर्नपर्छ जसले गर्दा उनीहरू विवाहित हुन भन्ने सबैलाई थाहा होस!'' आक्रोशपूर्ण गन्थन र मन्थनपश्चात उनीहरूले निर्णय गरे– आ–आफ्ना श्रीमानलाई तातो पन्यूले गालामा डाम्ने! गालामा तातो पन्यूले डामेको...
अमेरिकाको भजिर्नियामा बसोवास गर्ने पत्रकार, कवि, तथा लेखक वासु श्रेष्ठको एउटा कविता 'मैले फुकेको बेलुन' पढ्ने मौका पाएँ। कवितामा प्रस्तुत ब्यङग्य बिम्बले मलाई आकर्षित गर्योध। कविता तत्वभन्दा पनि विचार तत्वले बढी भूमिका खेलेको प्रस्तुत कविता आजको समाजका स्वार्थ–प्रवृत्तिलाई उछित्तो काढ्ने गरी गरिएको ब्यङ्ग्यको झटारो मैले माने। मान्छे सचेत र सहयोगी समाजको समुन्नत प्राणी हो। आपत्–विपत् पर्दा आफ्नो गच्छेअनुसार आफू बाँचेको वरिपरिको सुख–दुःखमा सहभागी हुनु स्वभाविक मान्नु पर्छ। सक्नेले नसक्नेलाई टेवा...
बैशाख २९ गते साँझ अखिल नेपाल फुटबल संघ एन्फाका शीर्ष पदाधिकारी निकै तनावमा देखिन्थे, कारण बैशाख ३० गते शनिवार पनि नेपाल बन्दलाई निरन्तरता दिने घोषणा भइसकेको थियो। शहिद स्मारक ए डिभिजन र राष्ट्रिय लिग विजेता नेपाल पुलिस क्लब र भारतको चर्चित फुटबल क्लब मोहन वगान बीचमा शनिवार साँझ मैत्रीपूर्ण खेल खेलाउनु पर्ने थियो। पाहुना टिम मोहन बगान काठमाठौं आईसकेको थियो। खेलको मिति सार्न पनि एन्फालाई विकल्प थिइन। किनकि पाहुना टीम...
राजनीतिमा महिला सहभागिताको कमी नेपालमा मात्रै होइन, यो सदियौंदेखि विश्व समुदायका महिलाहरूले देख्दै, भोग्दै आएको कुरो हो। आज यसै सन्दर्भमा छोटो टिप्पणी लेख्न मन लाग्यो। पश्चिमा समाजको एकदमै ठूलो पुरुष बाहुल्यता भएको ग्रेट ब्रिटेनमा सन् १९७५ मा कन्जरभेटिभ पार्टीको नेतृत्व सम्हालेकी मार्गेट थ्याचर जसले सन् १९७९ को जनरल इलेक्सन जितेर ब्रिटेनको पहिलो मात्रै होइन, अहिले सम्मकी एउटी मात्र महिला प्रधानमन्त्री बन्न सफल व्यक्तिले झन्डै दश बर्षसम्म अनवरत रुपमा देशको शासन...
१. संविधान निर्माणको अन्यन्तै कम समय बाँकी रहँदा सरकार परिवर्तनको विषय किन उठाउनु परेको? जब कि आगामी सरकारको नेतृत्व पनि उसले पाउने संभावना थिएन। २. सरकार परिवर्तनको कुरा उठाइसकेपछि प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार बनाउन ५ बुँदे सम्झौतामा किन हस्ताक्षर गरेको? ३. अनि आफैले हस्ताक्षर गरिसकेपछि फेरि किन सरकारमा नजाने निर्णय गरेको? ४. मन्त्रालय बाँडर्फाडको किचलो हो भने १ महिनाभन्दा कम समयका लागि बन्ने सरकारमा त्यसो...
ती सबैलाई सम्झन चाहन्छु, जसले यो पाँच बर्ष काँचको पर्दा यात्रामा साथ दिए... मित्र प्रेमलाई विशेष....एभिन्युज टिभी, जसले मलाई यो यात्रामा पहिलो परिचय दियो...सायद त्यही आधारबाट जीवनको एक यात्रा तय हुने नै छ....धन्यबाद एभिन्युजलाई...यो पाँच वर्षा मैले एभिन्युजलाई न्याय गर्नसकिन होला... अन्याय पक्कै गरेको छैन...ती सहकर्मी जोसंग संगै सुत्दा खुट्टा लागे झैं भो होला, भए माफ पाउँ....कुनै दिन नियोजित या संयोगमै भेट भए मित्रवत् साथ होस्...संचारबाट सायद टाढा हुन नसकिएला...कतै...
श्रीमान सम्पादकज्यू नेपाली सेनाले सैनिक ऐन, नियम तथा प्रचलित परम्परा र मर्यादालाई मिचेर चाकडी र चाप्लुसिको भरमा गैरकानुनी तवरबाट सिनियर अधिकृत हुदाहदै जुनियरलाई बढुवा गरिदा त्यसबाट दीर्घकालीन रुपमा कसरी असर पर्दोरहेछ भन्ने कुरा जंगी अड्डास्थित कानुन विभागका कर्र्णेल रत्न प्रकाशले गरेको अत्याचारबाट प्रस्ट हुन्छ। यी कर्र्णेल सार्हैक चतुर भएका कारण कानुन विभाग प्रमुखलाई हात लिएर जुनियर हुँदाहुदै पनि सुडान अब्जर्भर जाने सुनौलो मौका पाए। सुडानबाट चालिसलाख लिएर नेपाल फर्केपछि आफूभन्दा...
We have 132 guests and no members online