Weekly Nepal

साँघु सम्पादक तथा प्रकाशकः गोपाल बुढाथोकी
कार्यालय
मच्छे गल्ली (पद्मकन्या कलेजको अगाडी)
बागबजार, काठमाडौं
फोन / फ्याक्सः ४२३०७४८
इमेलः sanghuweekly@gmail.com
पो.ब. नं. २९८४

दलहरु फुटाउन आइडियाको अर्बौं लगानी जनजाति र महिला…

काठमाडौ, जेठ १ । इन्टरनेशनल आइडिया नामक आइएनजीओले जनजाति सभासद तथा महिला सभासदलाई अतिवादी धारमा लैजान लागेको भन्दै संविधानसभा सचिवालयमा चर्को आलोचना हुन थालेको छ। बार्षिक एक अर्बभन्दा बढी रुपैयाँ खर्च गर्दै उक्त आइएनजीओले अपारदर्शी लगानी बढी गर्ने गरेको पनि कुरा पनि समाचारमा बताइएको छ। अर्बौं रुपैयाँ लगानी गरेर प्रमुख दलहरु फुटाउनेसम्मको खेल भइरहेको जानकारी पाएपछि शीर्ष नेताहरु स्तब्ध बनेको उच्च स्रोतले जनाएको छ। अहिले बिभिन्न पार्टीका सभासदहरुले आ–आफ्नो पार्टीमा विद्रोहको घुर्की देखाउनुको पछाडि आइडियाको डलरले काम गरेको चर्चा पनि चलेको छ।  सांसदलाई नगदको प्रलोभनमा पारेर पार्टी नेतृत्वको ह्वीप उल्लंघन गर्न उक्साउनेदेखि जातीय पार्टी निर्माण गर्न पनि सुझाव दिन थालेको नेकपा एमालेका एक जनजाति सभासदले साँघुलाई जानकारी दिए। जनजाति ककसमा सबै पार्टीका गरी २ सय १८ जना जनजाति सभासद सदस्य...

अर्बौं रुपैयाँ कमाउने कपालको कथा – अमृता लम्साल


आज सर्वथा पृथक विषय, कसैलाई मनोरन्जन हुन सक्ला! या कसलाई केही नौलो सूचना पनि लाग्ला! या कसैलाई गन्थन मात्रै पनि लाग्ला! तर यो पंक्तिकारको दिमागमा बसिहाल्यो (145स्ट्राइक146 भन्छन नि!)त्यसैले नलेखी धर नै पाइन! केही समय अगाडिको कुरो हो, यो पंक्तिकारले स्वय्सेवा गर्ने गरेको अस्पतालमा फुर्सदको समयमा सबैजना वरिपरि बसेर गफ गरिरहेका थियांै।
त्यत्तिकैमा, एकजना ककेसियन महिला (गोरी, महिला भन्न खोजेको)ले आफ्नो टाउको घुमाएर अर्को तर्फ फर्कदा झण्डै हृदयाघात हुन लागेझैँ गरी तर्सिइन! भएछ के भने, भर्खरै नाईजेरियाबाट आएकी अफ्रिकन महिलाले आफ्नो टाउकोमा लगाईराखेको डल्लो खालको ''विग''(नक्कली कपाल)झिकेर काखमा राखेकी रहिछन। भोलन्टियरको युनिफर्म सेतो पाइन्टमाथि अकस्मात त्यो कालो डल्लो देख्दा उनी तर्सिनु स्वाभाविक भएतापनि यो पंक्तिकारलाई भने हाँसो त उठ्यो नै तर त्यो भन्दा पनि बढी आश्चर्य लाग्यो। आश्चर्य लाग्नुको कारण, साठी बर्ष पार गरिसकेकी, अमेरिकामै जन्मी हुर्की गरेकी महिलाले झन्डै पन्चान्नब्बे प्रतिशत अफ्रिकन अमेरिकन महिलाह181ले प्रयोग गर्ने नक्कली कपालको बारेमा थाहा नहुनु चाहिं मेरा लागि ठूलै आश्चर्यको कुरा थियो। तर यो कुराले मलाई के पनि पाठ सिकायो भने जतिसुकै सह–अस्तित्व र रंगभेदविहीन समाजको व्याख्या भएपनि अमेरिकामा आज पनि त्यस्ता पुस्ताहरू छन, जो आफूभन्दा फरक रंग र संस्कृति भएका ब्यक्तिहरूसँग कमै मात्रामा हेलमेल हुन्छन, जसको फलस्वरुप उनीहरू आफ्नै नाकको डाँडी मुनि के हुन्छ र भैराखेको छ भन्ने समेत जानकारीमा राख्तैनन। त्यो 212णपछि उनलाई अफ्रिकन अमेरिकनहरूले प्रयोग गर्ने ''विग''को बारेमा लामै शि212ा दिनुपरेको थियो। उनलाई मात्र त्यो कुरा थाहा नभएको होईन रहेछ कि, त्यहाँ हुने धेरैलाई (जो पचास–साठी –असी बर्षसम्मका थिए)त्यो कुरा थाहा रहेनछ। त्यस अस्पतालमा स्वय्सेवा गर्न आउनेहरूमा मुश्किलले एक प्रतिशत अफ्रिकन अमेरिकन हुने हुँदा र अलि पैसावाल ककेसियनहरू बसेको छिमेकमा धेरै ककेसियन नै हुने हुँदा उनीहरूलाई अन्य जातिहरू अर्थात, हिस्प्यानिक, अफ्रिकन अमेरिकन, एसियनहरूको बारेमा कमै जानकारी हुन्छभन्दा पनि फरक परोइन। 
एसियनकै कुरा गर्दा, उनीहरू मध्ये अधिकांशले एसियन भन्यो भने कि त ''चाइनिज'' या ''इन्डियन''भन्ठान्छन। अनि अझ हाँसोलाग्दो कुरो त ''इन्डियन''को कुरो उठ्ने बित्तिकै ''करी'' को कुरा उठाउन भुल्दैनन!
सन्दर्भ, फेरि पनि नक्कली कपाल कै! यो पंक्तिकारले पनि पहिलो पटक त्यस्तो कपाल वारे थाहा पाउँदा होसहवास उडेथ्यो! सन् १९९५ मा एउटा ट्रेनिङ्गमा भाग लिन करिब तीन हप्ताका लागि बेजिङग बस्दा आफ्नी समूहकी एक महिला बिरामी परिन, संयोगबश उनी पनि नाईजेरिया बाटै कार्यक्रममा भाग लिन आएकी थिइन। कार्यक्रम आयोजकहरूले हामीलाई पालै पालो विरामी कुर्न अस्पताल पठाए। उनलाई हनहन्ती ज्वरो आईरहेको थियो, खाना पनि केही खाएकी थिइनन्। एक दिन यो पंक्तिकारले पनि अर्को एउटा साथीसँगै कुर्न बसेकी थिएँ, त्यसैबेला अकस्मात एक गुजुल्टो कपाल भूइँमा खसेको देखेँ। हँसले ठाउँ छाड्यो, एक त त्यस्तो ज्वरो, अनि खाना पनि खाएकी थिइनन, त्यसमाथि कपालको गुजुल्टै खसेको देख्दा त अब के हुने भो! भनेर आँत्तिदै आयोजकलाई खबर गरियो। तर त्यो गुजुल्टो त केही समयका लागि हालेको कपाल पो रहेछ! त्यो सुनेर बल्ल सास आयो!
यो पछिल्लो चरणको विदेश बसाई क्रममा त त्यस्ता नक्कली कपाल बारे धेरै जानकारी प्राप्त भएको छ मात्रै होईन हेर्दै कडा देखिने ठूलो ठूलो जुरो उनीहरूको अनुमति लिएर छोएर समेत हेरेकी छू, कुनै कुनै त ढुँगाभन्दा पनि कडा हुँदो रहेछ। त्यसरी कपाल बनाउनका लागि अफ्रिकन अमेरिकनहरूले थुप्रै पैसा खर्च गर्ने रहेछन। त्यस्ता विशेष आकार र प्रकार दिन महिलाहरू अमेरिकाका अन्य शहरहरूबाट न्यूयोर्कमा प्लेनबाट विहान आई सात–आठ घन्टा सैलुनमा बिताएर फर्कने रहेछन, किनकि, त्यस्तो आकार–प्रकार दिन अन्य कपाल बनाउने भन्दा विशेष तालिमकै आवश्यकता पर्ने रहेछ। यी सबै तथ्य र तथ्याँकहरूलाई समेटेर सन् २००९ मा अफ्रिकन अमेरिकन कमेडियन–एक्टर क्रिस रकले ''गुड हेयर'' (असल र राम्रो कपाल) भन्ने चाख लाग्दो हास्यप्रधान डकुमेन्ट्री बनाएका छन।
यस लेखमा कपालको कुरा उठाउन खोजिए पनि उद्देश्य अफ्ि्र्ककन अमेरिकन महिलाहरूको नक्कली कपाल बर्णन गर्नु भने पक्कै होईन। यो त केवल प्रसँगबस उल्लेख गरेकी मात्र हुँ।
विदेश बसाँई सरेपछि पैसाको महत्व एकदमै बुझिएको छ भन्दा फरक नपर्ला! यो ठाउँले यति कन्जुसीका साथ जीवन बिताउन सिकाईसकेको छ कि, ग्रोसरी गरेर ल्याएको एउटा प्लास्टिकको झोला पनि त्यत्तिकै फाल्न माया लाग्छ, त्यसलाई रिसाइकल गरेर अर्को कामका लागि प्रयोग गरिन्छ। लगाएका लुगाहरू र चल्ती गरेर अघाएका भाँडाकुँडाहरू फोहोरमा थुपार्नुको सट्टा गुडविल वा साल्भेसन आर्मी(जसले ती कुराहरू बेच्न मिल्ने भए बिक्री गर्छन, नभए सडकमा जीवन बिताउनेहरूलाई वितरण गर्छन)मा पुर्‍याउन जान मन लाग्छ। कपालको सन्दर्भमा पनि यस्तै सोच आउँछ। केही दिन अगाडि एक पुरुष मित्रले लामो पारेर राखेको कपाल छोट्याउनुभएछ, उहाँको फोटो देख्ने बित्तिकै यो पंक्तिकारलाई सकसक लागिहाल्यो अनि लेखेँ,''त्यो काटेको कपाल क्यान्सर पीडितहरूका लागि ''विग'' बनाउने संस्थालाई दिनुभएको भए हुनेथियो नि!'' 
 हो, यहाँका धेरै ब्यक्तिहरू कपाल लामो पाल्छन अनि त्यो कपाल क्यान्सरका रोगीहरू जसको केमोथेरापीले कपाल झरेर मुडुलो बनाएको हुन्छ, र विग प्रयोग गर्न मन गर्छन, त्यस्ता ब्यक्तिहरूका लागि ती कपाल प्रयोग गरिन्छन। तर गत हप्ता एकजना क्यान्सरबाट भर्खर तङ्ग्रिदै गरेकी महिलालाई भेटेपछि भने अबदेखि कसैलाई पनि क्यान्सर पीडितका लागि कपाल दान गर भनेर सुझाव दिने कार्य उचित लागेन। पहिलो पटक स्तनको क्यान्सर, दोस्रो पटक पाठेघरको क्यान्सर भएर ठीक भएकी उनलाई सात–आठ महिना अगाडि फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो र हतार हतार अप्रेसन गरिएको थियो। त्यसपछि केमोथेरापी गरेर भर्खर मात्र घर बाहिर निस्कन थालेकी उनलाई देखेपछि, उनको कपाल पहिलेको भन्दा लामो र राम्रो देखेर कसरी त्यस्तो भयो होला भन्ने चासो लागिहाल्यो। हुन त, यहाँको समाजमा कसैसँग गएर तुरुन्तै ब्यक्तिगत प्रश्न राख्नु भनेको अरुको ब्यक्तिगत गोप्यतामा हस्त212ेप गर्नु हो, जुन कुरा कसैले पनि मन पराउँदैनन्। तर उनीसँग धेरै वर्षदेखि परिचित भएको हुँदा माफी माग्दै आफ्नो जिज्ञासा राखिहालेँ, के त्यो उनको कपाल मानव रौँबाट बनेको ''विग'' हो? भनेर। उनको जवाफ थियो, ''होइन, यो सिन्थेटिक हो। साँच्चिकैको मानव रौँबाट बनेको ''विग'' धेरैनै महँगो हुने मात्र होइन, त्यसले टाउको पोल्ने बनाउँछ अर्थात, त्यस्तो रौँबाट बनेको ''विग''ले गर्मी हुन्छ, त्यसैले हामी जस्ता धेरै बिरामीहरू त्यो प्रयोग गर्दैनौँ।'' यो सुनेपछि आजसम्मको भ्रमबाट मुक्ति मिल्यो, एक त क्यान्सर जस्तो रोग लागेर विरामीको धन यसै पनि रित्तिसकेको हुन्छ भने त्यसमाथि झनै के के न दान गरेँ भनेझैँ गरेर थप मानव कपालको भार दिएर उनीहरूलाई अर्को मारमा किन पार्नु भन्ने तर्कले घर गर्‍यो। त्यसैले अब उप्रान्त, कसैलाई पनि थप आर्थिक भारमा पार्ने जोड नगर्दै ठीक होला भन्ने निर्क्योलमा पुगियो।
अन्त्यमा जाँदा जाँदै रमाइलो कुरा जोड्न मन लाग्यो, भारतका विभिन्न मन्दिरहरूमा गएर गरिने मुन्डनबाट प्राप्त हुने मानव रौँहरू बर्षको लाखौँ रुपैँयामा अमेरिकामा निर्यात हुने रहेछ। त्यहाँको बाटु केभको श्री सुब्रमनियास्वामी मन्दिरमा भगवानको नाममा चढाइने कपाल त्यहाँका रौँ ब्यापारीहरूले अमेरिकामा निर्यात गर्ने रहेछन। दी स्टार अनलाइनमा दिएको समाचार अनुसार तिरुमला, आन्ध्र प्रदेशको कपाल उद्योगको मूल्य मात्रै अमेरिकन डलर दुई सय मिलियन ( भारतीय रुपैँया ६ सय मिलियन) को छ भनेर उल्लेख गरिएको छ। त्यहाँ मन्दिरमा चढाईएको कपाल ब्यापारीहरूले प्रति किलो अमेरिकन डलर आठ सयसम्ममा बेच्छन भनिन्छ। त्यो त लामो कपालको कुरो भो, छोटा कपालहरू पनि पेन्ट गर्ने, सफा गर्ने जस्ता कार्यका लागि बुरुस बनाउन बेचिन्छ रे! कस्तो दिन आएछ त केही पनि खेरा नजाने भो!

साँघु- समाचार

जेठ १४ पछि के हुदैछ?

काठमाडौं। जेठ १४ पछि पनि संविधानसभा कायमै रहने निश्चित भएको छ। तर संविधानसभाको म्याद कति महिना थप्ने र म्याद थपछि पनि बाबुरामकै नेतृत्वको सरकार कायम रहने वा कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भन्ने अन्यौलता रहेको छ। संविधानसभाको म्याद फेरि थप्नका लागि जनताको आँखामा छारो हाल्ने गरी संविधानको पहिलो मस्यौदा तयार हुन लागेको छ। जेठ १४ मा संविधानको पहिलो मस्यौदा जारी गर्ने र त्यही मस्यौदा लिएर संविधानसभा अध्यक्ष र...

कांग्रेसका युवा सभासद पनि सुमार्गीद्वारा सोत्तर

काठमाडौं। मेरो मोबाइलमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको पार्टनर भएर जादुगर शैलीमा धनी भएका हेटौंडाका व्यापारी अजेयराज सुमार्गीले नेपाली कांगे्रसका होनहार र युवानेतालाई पनि आफ्नो बाहुपासमा पारेका छन्।  यिनै सुमार्गीको कृपाबाट नेपाली कांग्रेसका युवानेता तथा सभासद् गगन थापा, चित्रलेखा यादव, सुरेन्द्र पाण्डे र शंकर भण्डारी तीन घण्टामा गाडीबाट पुगिने हेटौंडामा पनि हेलिकोप्टर चढेर जान थालेका छन्। मकवानपुर कांग्रेसले सभामा निम्त्याएका नेता नआउने अवस्था बनेपछि इज्जत जोगाउन सुमार्गीको शरण परेको थियो। मकवानपुरमा...

महालेखाको घुसखेतीमा प्रताप ल्याप्चे!

काठमाडौं। प्रहरीको कडा सुरक्षा घेरामा महालेखा नियन्त्रक कार्यालयले २०६९ वैशाख १८ गते सार्वजनिक गरेको विशेष लेखाअधिकृतको सरुवामा ऐन नियम अनुसार भन्दा पनि पहुँच र शुभलाभलाई नै आधार बनाएको समाचार छ। बैशाख १८ गतेदेखि सरुवाको विरोधमा टे्रड युनियनहरूले विरोध गर्नसक्ने संभावनालाई ध्यानमा राखी महालेखामा अद्यापि प्रहरीले सुरक्षा दिइरहेको छ। महालेखाले ३ सय ४२ जना २४ (घ१)का विशेष अधिकृतको सरुवा गरेको छ। २०६८ फागुनमा गरेको सरुवा संशोधनमा समेत महालेखाले न्याय गर्न नसकेको...

सित्तैमा भन्दै उपभोक्ता ठग्दै– एनसेल नेपाल टेलिकम जचुका झै डुब्दै …

काठमाडौं। एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजनिक गरेको थियो। छापाहरूमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा 'कनेक्ट' सित्तैमा पाइनेछ। २९९९। रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८। रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने? त्यसैले सर्वसाधारणले यो स्किमप्रति उल्लेख्य चासो राखेका छन्। तर विज्ञापनमा भनिए जस्तो उपभोक्तालाई सित्तैमा डाटाकार्ड दिए जस्तो गरे पनि एनसेलले घुमाईफिराई उपभोक्तालाई...

साँघु –अन्तर्वार्ता

अनेमसंघ नेताका श्रीमती थन्क्याउने थलो भएको छ उर्मिला अर्याल, पोलिटव्युरो सदस्य, नेकपा…

० अनेमसंघको अधिवेशनमा तपाईं प्रतितिधि नै नबनी पोखरा जानुभएछ। तपाईंका कारण महिला नेतृहरूबीचमा विवाद पनि भएछ नि?  – अखिल नेपाल महिला संघको २०६२ मा विद्या भण्डारी नै अध्यक्ष भएको बेलामा बनाएको विधान अनुसार प्रतिनिधि भएको हो म। म प्रतिनिधि भएपछि अध्यक्षको उम्मेदवार हुन पनि योग्य भएँ। म उम्मेदवार भएपछि विद्या कमरेड चुनाव हार्ने देखेर नै मलाई प्रतिनिधिबाट रोक्ने अनेकन हत्कण्डा अपनाउनुभयो। पार्टीको जनसंगठनको राष्ट्रिय अधिवेशनमा उहाँले स्वयम्सेवक लगाएर पूरै हस्तक्षेप...

दलभित्र आईएनजीओको कुप्रभाव प्रशस्त छ शम्भुहजारा पासवान, सभासद, नेपाली कांग्रेस

० नेपाली कांग्रेसका जनजाति, मधेशीहरू पनि पार्टी हि्वप नमान्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन। खास के के कुरामा असहमति रहेछ? – जनजाति सभासदहरूले असन्तुष्टि पोखेको देखिएको छ। उहाँहरूले एकल जातीय पहिचानसहितको राज्य चाहियो भन्ने सहमति भन्दै हस्ताक्षर अभियान सुरु गर्नभएको रहेछ। त्यो पार्टीभित्र छलफल र बहस नभई नै भएको काम हो। त्यसकारण पार्टीका हामी सबैलाई विस्तृत जानकारी छैन। मधेशी, जनजातिहरू एकगठ भएर आन्दोलनको समेत तयारी गरेको भन्ने पनि सुुनिएको...

साँघु - यो बेला

हिटलर मार्ग सबैका लागि अहित - कमल कोइराला

पहिचान भनेको के हो? मेरो पहिचान के हो? मेरो पहिचान म जन्मदाको मेरो बाबु आमाको धर्म हो कि, म जन्मदाको मेरो जात हो कि, पछि मैले अपनाएको पेसा हो कि, मैले अपनाएको सिद्धान्त हो कि, के हो?  केही दिनअघि मैले काठमाडौंमा एउटा उपजाति कानु समाजको सानो प्रदर्शन देखेको थिएँ। ५ बर्षजति अघि चितवनको भरतपुरको सडकमा एउटा जुलुस 'अखिल नेपाल माझी संघ'को ब्यानर लिएर हिंडिरहेको देखेको थिएँ।  बैशाख ३० गते शनिवार...

साँघु - समय र विचार

क्रान्तिको झण्डा टुकुचामा फ्यालिसके....! डा. ऋषिराज बराल

समय बित्दैजाँदा थुप्रै थुप्रै परिदृश्यहरू देखियो र देखिइरहेको छ। काला धव्वाहरू सतहमा आउन थालेका छन्। योजनावद्ध रुपमा महान् जनयुद्धको विद्रुपीकरणमा शृंखलाहरू जारी रहेका छन्। सुन्दरहरू कुरुपमा फेरिन थालेका छन्। हामीले आदर्श मानेकाहरू घृणाका पात्रमा फेरिन थालेका छन्। आफ्ना हुन् कि पराइ हुन्, भेद पाउन गाह्रो हुन थालेको छ। परिचय फेरिएको छ। नायकहरू खलनायकमा रुपान्तरिक हुन थालेको बोध भएको छ। रगतको त्यो इतिहास, त्यो महागाथा खण्डितखण्डित भएर विसर्जन हुने पो हो...

साँघु - बेथिती

Error: No articles to display

साँघु - जीवनधारा

राजाको प्रश्न

राजा आफूलाई भेट्न आउने सबै मानिससंग संधै तीन प्रश्न सोध्ने गर्दथे। उनको पहिलो प्रश्न हुन्थ्यो–'व्यक्तिहरूमध्ये सर्वश्रेष्ठ को हो? दोस्रो प्रश्न–सर्वोत्तम समय कुन हो? तेस्रो प्रश्न–सर्वश्रेष्ठ कर्म के हो?' अनेक मानिसहरू आआफ्नै तरिकाबाट उत्तर दिन्थे। तर राजा ती उत्तरबाट सन्तुष्ट हुँदैनथें। एक दिन राजा जंगलको बाटो यताउति–हिंड्दाहिंड्दै एउटा कुटीमा पुगे। त्यहाँ एक साधु फलफूलका बोटबिरुवामा पानी हाल्दै थिए। राजालाई देख्नासाथ साधु आफ्नो काम छोडेर राजाका लागि चिसो पानी र फलफूल लिएर...

साँघु - रंग विरंग

कोक पिउँदा ज्यान खुत्रुक्कै

मान्छेले सित्तैमा पाएपछि अलकत्रा पनि खान्छ भन्ने उखानै छ हामीकहाँ। किनेर खानुपर्ने कुरा सित्तैमा पाएपछि धेरै मान्छे आफ्नो स्वास्थ्यलाई ध्यानै नदिई धमाधम हसुर्छन्। तर कहिलेकहीँ किनैर खाएको चिज आवश्यकताभन्दा बढी खाइयो भनेपनि त्यसले नराम्रो असर गर्छ। यस्तै भएको छ न्युजिल्याण्डमा। त्यहाँकी एक महिलाले एकै दिनमा ८ लिटर कोकाकोला पिएपछि ठहरै भएकी छिन्। ८ वटा बच्चाकी आमा समेत रहेकी ३० वर्षीया नतासा ह्यारिसको अत्यधिक कोकाकोला पिउने बानी थियो। उनले एकै दिनमा...

साँघु- आर्थिक विश्लेषण

बन्दका नायक नै सत्ताका बादशाह! युवराज पाण्डे, पूर्वसचिव–नेपाल सरकार

कुनै बजार, विद्यालय, कलकारखाना वा सडक बन्दले आर्थिक गतिविधिमा प्रत्यक्ष र प्रतिकूल प्रभाव पर्ने कुरा स्पष्ट नै छ। यातायात र सडक बन्द हुँदा मानिसहरूको आवागमन र मालसामानको ओसार पसारको काम अवरुद्ध हुन्छ भने कलकारखाना बन्द हुँदा चिजवस्तुको उत्पादनको काम अवरुद्ध हुन्छ। उत्पादन र वितरणको काममा सिर्जना हुने अवरोधले राष्ट्रिय आम्दानीमा नै प्रतिकूल प्रभाव पर्ने कुरा पनि स्पष्ट नै छ।  एकदिनको नेपाल बन्द वा काठमाडौं उपत्यका बन्द वा अरु कुनै क्षेत्रको...

साँघु - अर्थात जेमन्त

जम्माजम्मी एक चिम्टी ज्ञानको जोहो गर्न नसकेर मात्र हो।

जम्माजम्मी एकपसर पढाइको जुगाड गर्न नसकेर मात्र हो। संविधानसभा र संघीयतामा देखिएको तिनको उत्ताउलो जडता। पढ्न मात्रै पाएको भए'नि हुन्थ्यो। दुईवटा कार्यपत्रसम्म मात्रै पढेको भए'नि। होइन भने, छ क्रेडिट आवरको जुन सुकै विश्वविद्यालयमा पढेको भए'नि संविधानसभा र संघीयतामा ती जोताहा हुने थिएनन्। न त बँधुवा नै हुने थिए, आफ्ना सन्तति अघिल्तिर। संविधानसभाले मात्र उत्कृष्ट संविधान दिन्छ भन्ने लिंडेढिपीमा पनि उभ्भिने थिएनन्। संघीयताले मात्र सिमान्तकृतको रक्षा गर्छ भन्ने एकहोरो ज्ञान पनि...

साँघु - मनोरञ्जन

बेलायती लेडी बनिन मिस नेपाल?फोनबाट म सेलेक्ट भएकी हुँः सृष्टि …

काठमाडौंमा अहिले नेपाली चेली तर, बेलायतमा ब्यबसायिक मोडलिङमा संलग्न भइसकेकी सुन्दरी तथा यस बर्षकी मिस नेपाल सृष्टि श्रेष्ठको चर्चा छ यतिखेर शहरमा। कतिपयले उनी नियम मिचेर चोरबाटोबाट प्रतियोगितामा छिरेको आरोप लगाइरहेका छन भने कतिपयले उनको सुन्दरताले मिस वर्ल्डमा केही गरिपो हाल्छ कि भनेर आशा पनि गर्न थालेका छन्। चोरबाटोबाट मिस नेपालमा छिरेकोे बारेमा सृष्टिले साप्ताहिकसंगको कुराकानीमा यसो भनेकीछिन्–''मैले सन् २०१० मै मिस नेपालमा भाग लिन हिडेनसंग सम्पर्क गरेकी थिएँ। त्यसबेला...

साँघु - विज्ञान विविध

कुकुरले थाहा पाउछ मालिकको बानी

वाशिंगटन। वैज्ञानिकहरूको भनाई छ कि, कुकुरहरूले आफ्नो मालिकको आनीबानीमा खुब ध्यान राख्छन्। कुुकुरहरूले थाहा पाई हाल्छन् आफ्नो मालिक कुनदिन खुसी छन् कुन दिन दुःखी। इमोरी यूनिभर्सिटी फर न्यूरोपोलिसीस्थित रिसर्चरहरूले सक्रिय कुकुरको मस्तिष्कको गतिविधिहरूलाई हेर्नका लागि म्यागनेटिक रिसोनेन्स इमेजिंग (एफएमआरआई)को प्रयोग गर्दा फेला पारेे अनुसार, केही कुकुरहरू आफ्नो मालिकप्रति अति नै ध्यान दिन्छन्। एक प्रयोगको रिपोर्ट अनुसार, दुई कुकुरलाई हातको संकेतहरूप्रति प्रतिक्रिया ब्यक्त गर्नका लागि प्रशि212ित गरियो। एक संकेतको मतलब थियो,...

साँघु - साहित्य

चिनो (लघुकथा) – रवीन्द्र समीर

''महिलाले मात्र विहेको चिनोस्वरुप सिउँदोमा सिन्दूर, गलामा पोते/ मंगलसूत्र, हातमा स्वयंबरको औंठी तथा साडी–ब्लाउज संधै लगाइरहनु पर्ने! '' विवाहित महिलाहरू आक्रोशित भए! ''हाम्रा श्रीमानले अविवाहित हुँ भनेर केटीहरूसंग घुमफिर गरेको हामीलाई थाहा छैन र?'' उनीहरूको उकुसमुकुस सतहमा प्रकट भयो! ''अब हामीले केही उपाय गर्नपर्छ जसले गर्दा उनीहरू विवाहित हुन भन्ने सबैलाई थाहा होस!'' आक्रोशपूर्ण गन्थन र मन्थनपश्चात उनीहरूले निर्णय गरे– आ–आफ्ना श्रीमानलाई तातो पन्यूले गालामा डाम्ने! गालामा तातो पन्यूले डामेको...

बेलुनका वासु हरि घिमिरे,

अमेरिकाको भजिर्नियामा बसोवास गर्ने पत्रकार, कवि, तथा लेखक वासु श्रेष्ठको एउटा कविता 'मैले फुकेको बेलुन' पढ्ने मौका पाएँ। कवितामा प्रस्तुत ब्यङग्य बिम्बले मलाई आकर्षित गर्योध। कविता तत्वभन्दा पनि विचार तत्वले बढी भूमिका खेलेको प्रस्तुत कविता आजको समाजका स्वार्थ–प्रवृत्तिलाई उछित्तो काढ्ने गरी गरिएको ब्यङ्ग्यको झटारो मैले माने। मान्छे सचेत र सहयोगी समाजको समुन्नत प्राणी हो। आपत्–विपत् पर्दा आफ्नो गच्छेअनुसार आफू बाँचेको वरिपरिको सुख–दुःखमा सहभागी हुनु स्वभाविक मान्नु पर्छ। सक्नेले नसक्नेलाई टेवा...

साँघु - खेलकुद

अँध्यारोमा उज्यालो फुटबलः एन्फाको मनै कालो!

बैशाख २९ गते साँझ अखिल नेपाल फुटबल संघ एन्फाका शीर्ष पदाधिकारी निकै तनावमा देखिन्थे, कारण बैशाख ३० गते शनिवार पनि नेपाल बन्दलाई निरन्तरता दिने घोषणा भइसकेको थियो। शहिद स्मारक ए डिभिजन र राष्ट्रिय लिग विजेता नेपाल पुलिस क्लब र भारतको चर्चित फुटबल क्लब मोहन वगान बीचमा शनिवार साँझ मैत्रीपूर्ण खेल खेलाउनु पर्ने थियो। पाहुना टिम मोहन बगान काठमाठौं आईसकेको थियो। खेलको मिति सार्न पनि एन्फालाई विकल्प थिइन। किनकि पाहुना टीम...

साँघु- सहयात्रा

अमेरिकाको त भाँग्राको धोती! हाम्रो त झन....? – अमृता लम्साल

राजनीतिमा महिला सहभागिताको कमी नेपालमा मात्रै होइन, यो सदियौंदेखि विश्व समुदायका महिलाहरूले देख्दै, भोग्दै आएको कुरो हो। आज यसै सन्दर्भमा छोटो टिप्पणी लेख्न मन लाग्यो। पश्चिमा समाजको एकदमै ठूलो पुरुष बाहुल्यता भएको ग्रेट ब्रिटेनमा सन् १९७५ मा कन्जरभेटिभ पार्टीको नेतृत्व सम्हालेकी मार्गेट थ्याचर जसले सन् १९७९ को जनरल इलेक्सन जितेर ब्रिटेनको पहिलो मात्रै होइन, अहिले सम्मकी एउटी मात्र महिला प्रधानमन्त्री बन्न सफल व्यक्तिले झन्डै दश बर्षसम्म अनवरत रुपमा देशको शासन...

साँघु - पाठकपत्र

नेकपा एमालेसंग ६ प्रश्न?

१. संविधान निर्माणको अन्यन्तै कम समय बाँकी रहँदा सरकार परिवर्तनको विषय किन उठाउनु परेको? जब कि आगामी सरकारको नेतृत्व पनि उसले पाउने संभावना थिएन। २. सरकार परिवर्तनको कुरा उठाइसकेपछि प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार बनाउन ५ बुँदे सम्झौतामा किन हस्ताक्षर गरेको? ३. अनि आफैले हस्ताक्षर गरिसकेपछि फेरि किन सरकारमा नजाने निर्णय गरेको? ४. मन्त्रालय बाँडर्फाडको किचलो हो भने १ महिनाभन्दा कम समयका लागि बन्ने सरकारमा त्यसो...

बाईबाई एभिन्युज!

ती सबैलाई सम्झन चाहन्छु, जसले यो पाँच बर्ष काँचको पर्दा यात्रामा साथ दिए... मित्र प्रेमलाई विशेष....एभिन्युज टिभी, जसले मलाई यो यात्रामा पहिलो परिचय दियो...सायद त्यही आधारबाट जीवनको एक यात्रा तय हुने नै छ....धन्यबाद एभिन्युजलाई...यो पाँच वर्षा मैले एभिन्युजलाई न्याय गर्नसकिन होला... अन्याय पक्कै गरेको छैन...ती सहकर्मी जोसंग संगै सुत्दा खुट्टा लागे झैं भो होला, भए माफ पाउँ....कुनै दिन नियोजित या संयोगमै भेट भए मित्रवत् साथ होस्...संचारबाट सायद टाढा हुन नसकिएला...कतै...

सेनाका चतुर कर्णेलको कथा पीडितको ब्यथा

श्रीमान सम्पादकज्यू  नेपाली सेनाले सैनिक ऐन, नियम तथा प्रचलित परम्परा र मर्यादालाई मिचेर चाकडी र चाप्लुसिको भरमा गैरकानुनी तवरबाट सिनियर अधिकृत हुदाहदै जुनियरलाई बढुवा गरिदा त्यसबाट दीर्घकालीन रुपमा कसरी असर पर्दोरहेछ भन्ने कुरा जंगी अड्डास्थित कानुन विभागका कर्र्णेल रत्न प्रकाशले गरेको अत्याचारबाट प्रस्ट हुन्छ। यी कर्र्णेल सार्हैक चतुर भएका कारण कानुन विभाग प्रमुखलाई हात लिएर जुनियर हुँदाहुदै पनि सुडान अब्जर्भर जाने सुनौलो मौका पाए।  सुडानबाट चालिसलाख लिएर नेपाल फर्केपछि आफूभन्दा...

Weekly Video

We have 158 guests and no members online