Weekly Nepal

साँघु सम्पादक तथा प्रकाशकः गोपाल बुढाथोकी

कार्यालय
मछ्छे गल्ली (पद्मकन्या कलेजको अगाडी)
बागबजार, काठमाडौं
फोन / फ्याक्सः ४२३०७४८
इमेलः sanghuweekly@gmail.com
पो.ब. नं. २९८४

जर्नेलहरुको आकस्मिक विशेष भेला

काठमाडौं, फागुन ८ । नेपाली सेनाको परम्परा र पद्धतिविपरीत प्रधानसेनापति छत्रमानसिंह गुरुङले अत्यन्त साँघुरो घेरामा बसेर सेना समायोजन सम्बन्धमा नेपाली सेनाको अवधारण तयार पारेपछि नेपाली सेनाको सकलदर्जामा तीब्र असन्तोष छाएको छ। सकल दर्जामै अन्योल, आशंका र असन्तोष छाएपछि प्रधानसेनापति गुरुङले अचानक फागुन ७ गते सार्वजनिक बिदाकै दिन सेनाको नीति निर्माण गर्ने उच्च निकाय पिएसओज् बैठक डाकेका थिए। सो बैठकमा पनि अधिकांश पृतनापतिहरु र अन्य जर्नेलहरुले प्रधानसेनापतिको कार्यशैलीको खुलेरै आलोचना गर्नुको साथै सेनाको मात्र होइन देशकै दीर्घकालीन भविष्यलाई असर पार्ने कुरामा फिल्डको राय नलिएकोमा आपत्ति जनाएको स्रोतले जनाएको छ।  सामान्यतः पिएसओज् बैठक बिदाको दिन बस्नेे प्रचलन छैन। तर सैनिक संगठनमा असन्तुष्टि चुलिएपछि प्रधानसेनापतिले आपतकालीन शैलीमा बैठक बोलाएको बताइन्छ। नेपाली सेनाको अवधारणा भनेर बाहिर आएको समायोजनसम्बन्धी प्रस्तावमा अधिकांश पृतनापति र जर्नेलहरु सहमत...

सम्पादकीय

कानुन निर्माण प्रक्रियालाई पारदर्शी बनाउ

काठमाडौं, फागुन ८ । अन्तर्राष्ट्रिय वित्तीय कार्यदलको बैठक २०६८ फागुन ५ गते शुक्रवार पेरिसमा बस्ने भएपछि सो बैठक बस्ने समय आउन एक हप्ता पनि बाँकी नभएको समय पारेर नेपाल सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि तीनवटा विधेयकहरू संसदमा प्रस्तुत गरेपछि मात्रै नेपालमा ती विधेयक तत्काल पास गर्न आवश्यक छ कि छैन भन्ने विषयमा वादविवाद शुरु भयो।

Read more: कानुन निर्माण प्रक्रियालाई पारदर्शी बनाउ

साँघु- समाचार

एनसेलको मोडल बन्ने रहर 'नाथे'गुप्ता- राजकुमार श्रेष्ठ

काठमाडौं, फागुन ८ । अनौपचारिक छलफल गर्न भन्दै फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका संचारमन्त्री जेपी गुप्ताले माघ २४ गते मंगलबार केही पत्रकारलाई आफ्नै मन्त्रालयमा बोलाएका थिए। पत्रकार साथीहरूसँग भेटौं भनेर कुरा सुरु गरेका गुप्ताले सुरुमा केही रमाइलो ठट्टा गरे।  तराईका जिल्लाहरूको भ्रमणबाट फर्किएपछि माघ २३ गते सोमबार राति अर्जेन्टकल गर्दा संचारमन्त्रीकै फोनले काम गरेन रे। उनले भने–'तीन पटकसम्म डिस्कनेक्ट भयो।' संचारमन्त्रीकै फोन नलागे अरुको हालत के होला भन्दै पत्रकारले उनलाई हाँसोमा...

बैदेशिक रोजगारमा असुल्ने नयाँ तरिका

काठमाडौं, फागुन ८ । एकाध दिन मत्थर जस्तो भएको बैदेशिक रोजगार विभागमा हुने अनियमित कारोबार फेरि शुरु भएको छ। घुस नदिने एजेन्टहरूलाई विभागका कर्मचारीहरूले कारबाही गर्न थालेका छन्। नयाँ प्रयासमा रोजगारीका लागि विदेशिने नेपाली पुरुषबाट प्रतिव्यक्ति पाँच हजार र महिलाबाट पन्ध्र हजारका दरले अनियमित रकम उठाउन थालिएको छ। सवारी चालकको भिसामा बैदेशिक रोजगारीमा जानेहरूबाट सम्बन्धित देशको सवारी अनुमतिपत्र (लाइसेन्स) देखाउन भनेर व्यक्तिगत शाखाका कर्मचारीहरूले मनपरी रकम उठाउन थालेको एजेन्टहरूले दाबी...

एमालेमा इन–आउटको लिष्ट

काठमाडौं, फागुन ८ । नेकपा (एमाले) को फागुन १० गते बस्ने चौधौं केन्द्रीय कमिटी बैठकले ६ जना केन्द्रीय सदस्य र करीव ३० जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरुको मनोनयन गर्ने भएको छ। एमालेको बिधान अनुसार केन्द्रीय कमिटीको पूर्ण संख्याको १० प्रतिशतमा नबढाई केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ। अहिले ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्नेबारेमा शीर्र्षनेताहरुबीच एक प्रकारको सहमति भइसकेको छ। तर संख्या थोरै भएकाले मनोनयनमा को को...

साँघु –अन्तर्वार्ता

स्ववियु चुनाव एक महिनाभित्र हुन्छ - माधव ढुंगेल, अध्यक्ष, अनेरास्ववियु

संविधानसभा निर्वाचनपछि एकीकृत नेकपा माओवादी नेपालको सबैभन्दा ठूलो राजनीतिक दल बने पनि देशका सबैभन्दा शिक्षित र पढेलेखेका युवाहरूको बाहुल्य रहेको त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय लगायत देशको शैक्षिक क्षेत्रमा भने एमाओवादी तेस्रो स्थानमा छ। अनि संविधानसभा निर्वाचनले तेस्रो शक्ति बनाएको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु भनें शैक्षिक जगतमा पहिलो शक्तिका रुपमा स्थापित छ। संविधानसभा चुनावलगत्तै भएको २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशका प्रमुख क्याम्पसहरू सहित करीव ६५ प्रतिशत...

एमालेमा बसेर त्यस्ता कुरा गर्ने?- शेरबहादुर तामाङ, सचिव, वागमती अञ्चल समन्वय कमिटी,…

० पार्टीकै एउटा विभागले तयार गरेको राज्य पुनःसरचनाको खाकालाई लिएर एमालेभित्र यति धेरै चर्को विवाद भएको हो?  – पुनसंरचनाको खाकाले बहसको हिसाबले खास बहस सुरु भएको छ। यसभन्दा अगाडि केही व्यक्तिलाई आफ्नो मनमा लागेका कुराहरू मात्रै आउने गरेका थिए। ती बहसका केन्द्र हुन संभव थिएन। त्यसकारण राजनीतिक तहमा बहस भर्खरै सुरु भएको छ। अब एमालेको राजनीतिक तहमा बहस हुनुपर्छ र दृष्टिकोण बन्नुपर्छ भनेर पार्टीको संघीय विभागले प्रतिवेदन ल्याएको हो। यो...

जनमुक्ति सेनाभित्र अरबौंको भ्रष्टाचार भएको छ- उदय चलाउने, डिभिजन सहकमाण्डर,…

(कुनै समय यस्तो थियो, माओवादी जनमुक्ति सेनाहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूलाई भाडाका सिपाही भन्थे। मुक्ति वा मृत्युको कसम खाएर हिंडेका माओवादी छापामारहरू पैसा र परिवारलाई तुच्छ ठान्थे। सरकारी सुरक्षाकर्मीलाई जनताको सबैभन्दा ठूलो दुश्मन भन्थे। आफ्ना कमरेडका लागि सर्बस्व लुटाउन तयार हुन्थे। तर बागमतीमा ढल बग्दा बग्दै धेरै परिवर्तन भइसकेछ। हिजो जनताका सबैभन्दा ठूला दुश्मन भनिनेहरूको शरणमा ज्यानको भीख माग्दै हिंडेका छन् तिनै जनसेनाहरू। आफ्नै कमरेडहरूबाट ज्यानको...

साँघु - यो बेला

हाम्रा 'मुख्यमन्त्री'ले कहिले सिक्लान्?- कमल कोइराला

बिहारका मुख्यमन्त्री नीतिश कुमारले नेपाल आउन मन गर्दा भारतको केन्द्र सरकारले अनुमति दिएन। उहाँ नेपाल आउनुभएन। केन्द्रीय सरकारले मुख्यमन्त्री नीतिश कुमारलाई चीन जाने अनुमति दियो। उहाँ चीन जानुभयो। हाम्रा वर्तमान प्रधानमन्त्री प्रधानमन्त्री भएपछि पहिलो पटक भारतका प्रधानमन्त्रीको निमन्त्रणामा र यसपटक नेपालका प्रधानमन्त्री बिहारका मुख्यमन्त्रीको निमन्त्रणामा भारत जानुभयो।  पत्रकार देवेन्द्र भटराईले यस विषयमा भन्नुभयो–'नेपालका प्रधानमन्त्रीले प्रोटोकल भुलेर भ्रमणमा जानुभयो, मुख्यमन्त्री प्रधानमन्त्रीको पदीय तहभन्दा तल पर्छन्' भन्दै एउटा नेपाली कूटनीतिज्ञले थपे 'त्यसमाथिको...

साँघु - समय र विचार

सूचनाको हक सम्बन्धमा अझै छलफल गरौं- युवराज पाण्डे, पूर्वसचिव–नेपाल सरकार

मुलुकमा अहिले नयाँ संविधानमा के कस्ता विषयहरूले स्थान पाउनुपर्छ भन्ने विषयमा पनि छलफल र वादविवाद भइरहेको छ। मुलुकको भावी संघीय संरचना कस्तो हुनुपर्छ भन्ने विषयमा सबभन्दा बढी छलफल र वादविवाद भइरहेको पाइन्छ भने शासकीय प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा पनि राजनीतिक दलहरूका बीचमा छलफल भइरहेको पाइन्छ। कतिपय विवादित विषयमा राजनीतिक दलहरूको बीचमा साझा धारणाको वा सहमतिको निर्माण समेत भइसकेको छ। त्यसो हुँदाहुँदै पनि कतिपय महत्वपूर्ण विषयमा नयाँ संविधानमा के कस्ता...

साँघु - बेथिती

ट्राफिक महाशाखा पोष्टैपिच्छे असुली

काठमाडौं, फागुन ८ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी गणेश राईले सडक फराकिलो पार्न देखाएको तदारुकतालाई उपत्यकाबासीले साहसिक कदमको रुपमा लिएका छन्। उनको सडक फराकिलो पार्ने कदम र मादक पदार्थ सेवन गर्नेहरूविरुद्ध चालेको अभियानलाई सबैले सराहना गरेका छन्। यद्यपि मादकपदार्थ सेवनको मामलामा उनले अपनाएको कदमले रेष्टुरेन्ट व्यवसायमा असर परे पनि दुर्घटना घटाएको कुरालाई सकारात्मक रुपमा लिइएको छ। महाशाखाले अपनाएका यी दुई कदमको चौतर्फी स्वागत भए पनि महाशाखा मातहतका ट्राफिक पोष्टहरू,...

विद्यार्थीलाई चोर तह लगाउने जिम्मा!?

. साँघु सम्बाददाता  काठमाडौं। यो कुनै ठट्टाको विषय होइन्, तर ठट्टा नै सही हुने गरी पर्यटन तथा नागरिक उड्डन मन्त्रालयमा एउटा विषयले चर्चा पाएको छ। सरकारले खटाएका सयौं कर्मचारीले धान्न र सुधार्न नसकेको विमानस्थल एकसय जना विद्यार्थीलाई जिम्मा दिने अनौठो प्रतिवेदन तयार भएपछि यो विषय हाँसो र ठट्टाको बन्न थालेको हो। आफ्ना कार्यकर्तालाई जागिर ख्वाउने गरी तयार पारिएको भनी आरोप समेत लाग्न थालेको भर्खरै सार्वजनिक भएको एउटा प्रतिवेदन तयार गर्दा...

नेपालको कानुन लत्याएर भारतीय हाकिम बने

कुनै पनि संघ संस्थाको कार्यसमितिमा रहन, निर्वाचित हुनका लागि नेपाली नागरिक हुनैपर्ने प्रावधान छ। संस्था दर्ता गर्दा नै संस्थाका पदाधिकारीहरूले नागरिकताको प्रतिलिपी, प्रहरी रिपोर्ट लगायतका धेरै कागजातहरू पेश गर्नुपर्ने व्यवस्था नेपालको प्रचलित ऐन कानुनमा रहेको छ। र, हरेक बर्ष नवीकरण गर्दा वा संस्थाका पदाधिकारीहरू परिवर्तन हुँदा पनि अनिवार्य रुपमा नेपाली नागरिकता पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। यस्तो कानुनी व्यवस्थाकाविपरीत नेपालमा कार्यरत एक गैरसरकारी संस्था संचालित रहेको खुलासा भएको छ। प्रसंग...

साँघु - जिवनधारा

गुरुको पहिचान

काठमाडौं, फागुन ८ । बौद्ध बोधिधर्म आफ्ना केही शिष्यहरूका साथ भ्रमण गर्दै  एक गाउँमा पुगे। मानिसहरूले उनलाई एकदम आदर गर्दथेे। बोधिधर्म र उनका शिष्यहरूलाई गाउँवासीलेे हार्दिक सत्कार गरे। अनि उनको पवित्र बचन सुन्नका लागि उनको आसपासमा एकत्रित भए। बोधिधर्मले मानिसलाई धर्म र आचरणको कुरा सरल भाषामा सम्झाउन थाले। मानिसहरू भावविभोर भएर उनको भाषण सन्दैथिए। तब त्यहाँ अचानक एक व्यक्ति आएर खडा भयो र बोधिधर्मलाई अपशब्दमा गाली गर्न थाल्योे। उपस्थित जनसमूहले...

साँघु - रंग विरंग

एक दिनमै २ हजार जनासँग सम्भोग

एउटी महिलाले एक दिनमा बढीमा कतिजना पुरुषसँग सम्भोग गर्न सक्लिन्? एक दुई वा बढीमा दश जनासम्म। कुनै कोठीमा वा रेडलाइट एरियामा बस्ने पेशेवर यौनकर्मीले पनि यो भन्दा बढी थाम्न सक्दिनन् होला। तर विश्वमा यस्ता रेकर्ड पनि भेटिएका छन्, एक जना महिलाले एकै दिनमा २ हजार पुरुषसँग सम्भोग गरेर विश्व रकेर्ड कायम गरेको धेरै वर्षपछि हालै सार्वजनिक गरिएको छ। बढी भन्दा बढी पुरुषसँग सम्भोग गरेर विश्व रेकर्ड कायम गर्ने प्रतिस्पर्धामा बेल्जियमकी...

बच्चालाई संगै सुताउने आमाहरू होसियार

आफ्ना बच्चालाई आफूसंगै बेडमा सुताएको आरोपमा नर्वेमा वसोवास गर्दै आएको एउटा भारतीय परिवारले आपत्तविपत्तको सामना गर्नु परिरहको छ। समाचार अनुसार, त्यो परिवारले आफ्ना बच्चालाई आफूसंगै बेडमा सुताउनु र उनीहरूलाई आफ्नै हातबाट खाना खुवाउनुलाई अपराध मानेर ती आमाबाबुबाट बच्चा खोसिएका छन्। यस घटनाको सिकार भएका छन्, भारतीय आमा–बाबु अनुरुप र सागरिका भट्टाचार्य। एक दिन नर्वेको सोशल सर्भिससंग सम्बन्धित सरकारी मानिसहरू उनीहरूको घर आएर उनका ३ वर्षेे छोरा र १ वर्षकी छोरीलाई...

बृद्धा महिलालाई रेप गर्दा १० वर्ष कैद

भारतको एउटा अदालतले पार्क भित्रको छातामुनि जीवन गुजारा गर्दै आएकी एकजना ८० वर्षीय महिलालाई अपहरण र बलात्कार गरेको अपराधमा कठो सजायको फैसला गरेको छ। यो मुद्दामा प्रल्हाद (१९) लाई १० वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। अडिशनल सेशन जज कामिनीको इजलासले दोषीलाई १७,००० भारु जरिवाना समेत गरेको छ। अदालतले बलात्कारको यो मुद्दालाई ''डिजिटल रेप'' को संज्ञा दिएको छ। जरिवाना रकम मध्ये १०,००० भारु पीडितलाई दिन पनि आदेश दिएको छ। सो...

साँघु- आर्थिक विश्लेषण

बिप्पा सम्झौताको भित्री रहस्य–५- प्रस्तोता: साध्यबहादुर भण्डारी

नेपालको सार्वभौमिकतामाथि नै खतरा                                         काठमाडौं, फागुन ८ । बिप्पा सम्झौता पछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापार घाटा कम हुने, रोजगारीको ढोका खुल्ने, र राजस्व वृद्धि हुने कुरा उल्लेख गरेका छन्।  अझ उहाँका आर्थिक सल्लाहकार रामेश्वर खनालले ३० लाख युवाले रोजगारी पाउने, देशको उन्नति गर्न भारतीय लगानीकर्तालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूको मुलुक रातारात सम्पन्न र धनी भई भारत लगायत अन्य मुलुकसंग भएका व्यापार घाटालाई न्यून गर्दै लैजान सकिने...

साँघु - अर्थात जेमन्त

उहाँले निसंकोच स्वीकार्नुभयो।

उहाँले निसंकोच स्वीकार्नुभयो। तर त्यतिका लागि उहाँले आफ्नो देश चाहिं रोज्नुभएन।  त्यहाँ पनि माओवादी 'गुल्चे' व्यवहार देखाउनु भयो, उहाँले। जुन कुरा आफ्नै देशमा आफ्ना देेशबासी अघिल्तिर स्वीकार्न सकिन्थ्यो। उहाँले 'रेड कार्पेट' रोज्नुभयो।  गुल्चे भो।  जनयुद्धताका संभवतः उहाँले नै बान्की पारेर टक मार्नुभयो, भित्ते नारा। नेपालको दुःख बिहार हो। र, दुर्भाग्यबस, बिहार भारतमा पर्दछ भनेर।  चक्रपथको एउटा कुनामा त्यो भित्ते नारा अझै मेटिएको छैन, सायद।  भारत बिरोधको इल्युजनमा जनयुद्धको पहाडे राग...

साह्रै उदेकलाग्दो भो! – शरदराज गौतम

साह्रै उदेकलाग्दो भो! साह्रै अपच भो! जुन जुन सामाजिक मनोविकारको हिस्सालाई 'जनता' भन्यो, पार्टीले। जुन जुन होक्स वर्ग खडा गरेर वर्गीय समाज बनायो, पार्टीले।  र जुन जुन विभेदलाई म्याग्निफाई गरेर सेक्ने गुइँठा बनायो, पार्टीले।  ती जनता, ती लडाका र ती उत्पीडित भनाउँदा वर्ग सबैका सबै माओवादी पार्टीको सरकारमा क्रयविक्रय र मोल मोलाईका विषय भएका छन। कत्तिमा कसले कसरी मोलमोलाई गर्छ कसले कतिमा मोल छिनाल्छ। यो मुलुकको महान सर्वहारा आन्दोलनको नाइके...

साँघु - मनोरञ्जन

'ओछ्यान तताएको' युनाको खुलासा

काठमडौं। भिसा लाग्ने हो भने नेपालको ढुंगा माटो पनि अमेरिका गइसक्थे भन्ने व्यंग्यलाई नेपालका कलाकारहरूले पुष्टि गर्दै आएका छन्। आफूलाई राष्ट्रको गहना भन्ने कलाकारहरू अमेरिका पुगेपछि फर्किएको बिरलै पाइन्छ। राजेश हमाल, हरिबंश मदनकृष्ण जस्ता इज्जतदार कलाकारहरू बाहेक अहिलेसम्म अमेरिका गएपछि फर्किएर आउनेहरूको नाम सायदै औंलामा गन्न सकिएला। एकपटक अमेरिका पुगेपछि उतै अवैध रुपमा बसोबास गरेर भाँडा माझ्ने नेपाली कलाकारहरूको परम्परालाई निरन्तरता दिदै आफूलाई हिट नायिका बताउने यमुना उप्रेती अर्थात् युना...

साँघु - विज्ञान विविध

बाथले ताक्दैछ मान्छेको गाथ

बाथ रोगले मान्छेको गाथ ताक्न् थालेको छ। चिकित्सकहरूले बाथका कारण मान्छेको ज्यानसमेत जाने चेतावनी दिएका छन्। बाथरोग भएका व्यक्तिहरूमा जोर्नी दुख्ने एवं सुन्निने, बिहान जोर्नी अर्‍ह्ररो पर्ने, आँखा रातो हुने र दुख्ने, ढाड दुख्ने, छाला पोल्ने र डाबर देखिने, शरीरमा भएका घाउ निको नहुने जस्ता लक्षणहरू देखा पर्दछन्। धेरैजसो अवस्थामा लक्षणहरूबाट बाथरोग पत्ता लाग्छ। प्रायः धेरै वाथरोगमा उस्तै खालका लक्षण पाइने भएकाले कहिलेकाँही ठम्याउन गाह्रो पर्छ। यसका लागि विशेष रगत...

साँघु - साहित्य

लेण्डुप दोर्जेहरू- हरि घिमिरे

लेण्डुप दोर्जे सिक्किममा मात्र होइन जहाँ पनि छन्। नेपालमा त देश टुक्र्याउने नाममा र देशसँग सम्बन्ध बिच्छेद गर्ने नाममा जन्मिएका लेण्डुपहरू बग्रेल्ती छन्। इतिहासले अभिलेख राख्तै जाला अनि भविष्यले यिनीहरूलाई चिनारी दिदै जानेछ। कट्टर राष्ट्रवादका विरोधीहरूले यिनीहरूलाई मलजल गर्दै जालान्। तर समस्या के छ भने–सत्तासीनहरू शासित वर्गसँग  पद–पैसा–प्रतिष्ठा वा पावरका लागि नै बार्गेनिङ गर्दै उल्टै धम्की दिदै हिड्छन्। रोचक कथा छ―एउटा धूर्त व्यक्तिले सोझा गाउँलेहरूलाई जंगलमा सुन्दर फल खान पाइन्छ...

साँघु - खेलकुद

छैटौ राष्ट्रिय खेलकुदका दुःखदायी झाँकी!

काठमाडौं, फागुन ८ । भौतिक पूर्वाधार र अन्य तयारीप्रति असन्तष्टी ब्यक्त गर्दै सुदूपश्चिम सहित मुलुकका विभिन्न स्थानमा हुने घरेलु खेलुकदको सबै भन्दा ठूलो प्रतियोगिता छैटौ राष्ट्रिय खेलकुदका लागि बाँकी बजेट अर्थ मन्त्रालयले रोकिदिएको छ। स्रोतका अनुसार, अघिल्लो साता मात्र अर्थ मन्त्रालयको टोलीले छैटौ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल धनगढी र महेन्द्रनगरको स्थलतगत भ्रमण गरेको थियो। भ्रमणका क्रममा आयोजना पूर्वाधार निकै लापरवाहीपूर्ण तवरमा भएको भन्दै अर्थले बाँकी बजेट तत्काल निकासा नगर्ने जनाएको...

दश करोड बजेट स्वाहा काम भने शून्य

काठमाडौं, फागुन २ । 'दश वर्षको अन्तरालपछि २०६५ सालमा काठमाडौंमा पाँचौ राष्ट्रिय खेलकुद आयोजना हुँदा टँुडिखेलमा पाल टाँगेर सम्पन्न गरियो, अब सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा के राम्रो हुन्थियो र!' पाठकवृन्द! त्रिपुरेश्वरस्थित दशरथ रंगशाला वरपरमात्र होइन अहिले पचहत्तरै जिल्लामा भेटिने खेलकमीले ब्यक्त गर्ने आशंका हो यो। हुन पनि सरकारले २५ करोड बजेट उपलब्ध गराउदा तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठको पालामा काठमाडौंको टँुडिखेलमा नेपाली सेनाद्वारा उपलब्ध गराइएको पाल टाँगेर घरेलु खेलकुदकै सबैभन्दा...

साँघु- सहयात्रा

अर्बौं रुपैयाँ कमाउने कपालको कथा – अमृता लम्साल

आज सर्वथा पृथक विषय, कसैलाई मनोरन्जन हुन सक्ला! या कसलाई केही नौलो सूचना पनि लाग्ला! या कसैलाई गन्थन मात्रै पनि लाग्ला! तर यो पंक्तिकारको दिमागमा बसिहाल्यो (145स्ट्राइक146 भन्छन नि!)त्यसैले नलेखी धर नै पाइन! केही समय अगाडिको कुरो हो, यो पंक्तिकारले स्वय्सेवा गर्ने गरेको अस्पतालमा फुर्सदको समयमा सबैजना वरिपरि बसेर गफ गरिरहेका थियांै। त्यत्तिकैमा, एकजना ककेसियन महिला (गोरी, महिला भन्न खोजेको)ले आफ्नो टाउको घुमाएर अर्को तर्फ फर्कदा झण्डै हृदयाघात हुन लागेझैँ...

साँघु - पाठकपत्र

धान खाने मुसो, चोट पाउने भ्यागुतो

काठमाडौं, फागुन ८ । श्रीमान् सम्पादकज्यू सत्य सेवा सुरक्षणम्को मूल मन्त्र विपरीत प्रहरी कारबाही अगाडि बढेका छन्। प्रहरी जनताको सेवक नभएर पीडकका रुपमा चित्रित भएकै कारण जनताले प्रहरीलाई सकारात्मक रुपमा हेर्दैनन्। प्रहरीप्रंतिको जनविश्वास गुमाउने काम स्वयं प्रहरीले गदैआएका छन्। यसैक्रममा महानगरीय प्रहरी बृत्त महाराजगंजका वृत्तपति डीएसपी जगदिश पोखरेलले नयाँ बसपार्कबाट एक घरमालिकलाई अनाहकमा पक्राउ गरी थुनामा राखेर सार्वजनिक मुद्दा चलाएका छन्। नयाँबसपार्क नजिकै घर भएका कृष्णभक्त श्रेष्ठको घर बहालमा लिने...

मलाई पैसा कमाउने इच्छा नै छैन

श्रीमान सम्पादकज्यू माघ २३ गतेको सेनाको समाचारमा मेरो पनि नाम छापेर तपाईको पत्रिका बढीभन्दा बढी विक्री भएको भए, धन्यवाद। तपाईहरूलाई थाहा छ, मैले यहाँ बसेर पैसा कमाएको भनेर? र त्यसको  तपाईसंग कुनै प्रमाण छ? यो अफिसमा मैले काम गरेको १० महिनामात्र भयो। न त मैले अहिलेसम्म १ जना मान्छे शान्तिसेनामा हालेको छु न त कसैले हालिदिन्छु भनेर पैसा नै लिएको छु। मलाई पैसा कमाउने कुनै इच्छा नै  छैन। मेरो...

नेपाली सेनाप्रति सद्भाव राखी दिनुस्

श्रीमान् सम्पादकज्यू,   मेरो निम्न निजी भनाइ त्यस पत्रिकाको पाठक मञ्चमा प्रकाशित गरिदिनु हुन र मेरो पुरा नाम प्रकासन गर्न मेरो अनुशासनले नमिल्ने हुंदा पिएस.बि. र इमेल ठेगाना मात्र राखी दिनु हुन समेत अनुरोध गर्दछु।   त्यस पत्रिकाको आफ्नो मूल्य, मान्यता र व्यवसायिकताप्रति सम्मान अर्पण गर्दै मेरो निजी भनाई राख्दछु:–  संस्थागत र व्यक्तिगत रुपले कुनै पनि संस्था र त्यहाँ रहने कर्मचारीहरूको कमीकमजोरी अवश्य हुन्छ। त्यसबाट नेपाली सेनामात्र अछुत रहन सक्तैन भने, भएको र...

Weekly Video

Life&style

Women

We have 114 guests and no members online