दृष्टि मिडिया प्रा.लि
का लागि शम्भु श्रेष्ठद्वारा सम्पादित/प्रकाशित
मुद्रण, जगदम्बा प्रेस, हात्तीवन, ललितपुर
कार्यालय
बागबजार, काठमाडौं,
पो.ब.नं. ४९१०,
फोनः ४२४४६४५ (सम्पादकीय), २००४६५६
(बजार तथा वितरण),
फ्याक्सः ४२२१००४
इमेलः drishti@ecomail.com.np, drishti@mos.com.np
काठमाडौ, जेठ २ । संघीयतामा आफ्नो बर्चस्व स्थापित गर्न क्षेत्र र जातजातिबीच तिक्तता, बिबाद हुँदै भिडन्तको सम्भावना बढिरहेको बेला मुलुकको सबैभन्दा ठूलो दलको ठूलो नेताले कुनै समुदायलाई प्रतिकारका लागि सडकमा उत्रिन आह्वान गर्दा के होला? मुलुक भिडन्त र द्वन्द्वको खाडलमा नधेकिएला? अनि त्यस्तो आह्वान गर्ने नेतालाई जिम्मेवार भन्न मिल्ला? आइतबार जनजाति नेता तथा प्रतिनिधिसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'संघीयता विरोधीहरुले सडक कब्जा गर्ने दुस्साहस गरेकाले त्यसको प्रतिवाद गर्नु जरुरी छ' भनेपछि यस्ता अनेक प्रश्न जन्मिएका छन्। जातजातबीचको द्वेष हटाउन, अर्काको मागप्रति सहिष्णु हुँदै आफ्नो माग राख्न तथा क्षेत्र र जातिबीच द्वन्द्व नबढाउन आग्रह गर्नुपर्ने प्रचण्डबाट कुनै समुदायविरुद्ध अर्काे समुदायलाई भिडन्ततर्फ अग्रसर हुन आह्वान हुनुले शान्ति र प्रगतिको आशा गर्नेहरुको मन कुँडिएको छ। प्रचण्डको यो भनाइपछि स्थायी शान्तिका लागि संविधानसभा...
नेपालको राजनीतिको गतिरोधलाई विश्लेषण गर्ने हो भने जो कोहीले पनि त्यसको दोष नेकपा माओवादीमाथि थोपर्नु अस्वभाविक होइन। संविधानसभाको सबैभन्दा ठुलो दल एकीकृत नेकपा (माओवादी) शान्ति र संविधानप्रति इमान्दार नभएकै कारण यो गतिरोध उत्पन्न भएको हो।
संविधानसभाको निर्वाचनपछि सबै राजनीतिक दलहरु शान्ति प्रक्रिया र संविधान निर्माणमै केन्द्रित हुनुपर्ने हो। तर, दलहरु यो अवधिमा सत्ताको खेलमा लागेका हु145दा शान्ति प्रक्रिया र संविधान निर्माणमा गतिरोध उत्पन्न भएको हो। परिणाम, भाषणमा नेताहरुले जतिसुकै राष्ट्रिय सहमतिको सरकारको मन्त्र जपे पनि व्यवहारमा त्यसो हुन नसक्दा बितेको पाँच वर्षसम्म पनि सहमतिको सरकार गठन हुन सकेको छैन।
दलहरुबीचको यो खिचातानी अझै जारी छ। जसकारण आगामी जेठ १४ भित्र पनि संविधान बन्ने कुनै विश्वसनीय आधार छैन। यही सन्दर्भमा सर्वाेच्च अदालतले जेठ १४ भित्र पनि संविधान बन्न नसके संविधानसभाको म्याद फेरी थप हुन नसक्ने प्रष्ट फैसला गरिसकेको छ। तर, जिम्मेवार राजनीतिक दल र तिनका नेताहरु यो अवधिमा काम गरेर जनतालाई नयाँ संविधान दिने भन्दा पनि न्यायपालिकालाई गाली गरेर संविधानसभाको आयु बढाउने तीव्र कसरतमा लागेका छन्। त्यसैका लागि सरकार र संविधानसभाले अदालतमा पुनरावलोकनका लागि निवेदन दिएकोमा सो निवेदन पनि सर्वाैच्चले दरपीठमा राख्ने निर्णय गरिसकेको छ। सो दरपिठका विरुद्ध फेरी सरकार र संविधानसभाले निवेदन दिएको अवस्था छ। त्यसमा सर्वोच्चले के आदेश दिन्छ त्यसको प्रतिक्षा बा145की नै छ।
यस्तो गम्भीर अवस्थामा दलहरु संविधान निर्माणतर्फ पटक्कै जिम्मेवार बन्न सकेका छैनन्। जसले मुलुक कता जान्छ र लोकतन्त्रको भविष्य के हुन्छ भन्ने खतरा उत्पन्न भएको छ। यही घडीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी जनयुद्धको १७ औं वार्षिकोत्सवको कार्यक्रममा गत सोमबार खुलामञ्चबाट अदालतको निर्णयलाई चुनौती दिदै सर्वोच्चको सो फैसला नमान्ने धम्की दिएका छन्। अझ सर्वोच्च अदालत भन्दा जनअदालतको निर्णय मान्ने अत्यन्तै गैरजिम्मेवार अभियव्यक्ति उनले दिएका छन्। एक पटक प्रधानमन्त्री भइसकेको र एउटा जिम्मेवार नेताको मुखबाट निस्केको यो अभिव्यक्तिलाई कसैले पनि प्रशंसा गर्न सक्दैन। आफुलाई भावी कार्यकारी राष्ट्रपतिको रुपमा उभ्याउने प्रचण्डको यो अभिव्यक्ति कानुनी राज्यको उपहास मात्र होइन, अराजकताको पराकाष्ठा पनि हो।
प्रचण्डको सो अभिव्यक्तिबाट पनि माओवादी लोतान्त्रिक मूल्य मान्यताप्रति इमान्दार छैन भन्ने प्रष्ट हुन्छ। जनसत्ताको निर्णयलाई बैद्यता दिने, हत्यारा नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गराउने, अपराधिक गतिविधिमा लागेका कार्यकर्तामाथिका फौजदारी मुद्दा फिर्ता लिने, कब्जा गरिएको जनताको जग्गाको लालपुर्जा आफ्ना कार्याकर्तालाई बा145ड्ने जस्ता कानुनलाई हातमा लिने गतिविधि गरेर आलोचना खेप्दै आएको माओवादीका अध्यक्षले नै अदालतको निर्णय नमान्ने भन्नुले माओवादीको लोकतन्त्रप्रतिको इमान्दारितामाथि गम्भीर प्रश्न खडा भएको छ। यसले माओवादी सिंगो मुलुकलाई नै अराजकतातर्फ धकेलेर राज्यसत्ता कब्जाको तयारीको योजनामा छ भन्ने पनि संकेत गर्छ। प्रचण्ड मात्र होइन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत जनविद्रोहको धम्की दिन थालिसकेका छन्। माओवादीको अर्का वरिष्ठ नेता मोहन वैद्यले त सत्ताकब्जालाई आफ्नो रणनीति नै बनाएको पटक पटक दोहोर्याउदै आएका छन्। जेठ १४ आउन सय दिन पनि बा145की नरहेको यो अवस्थामा माओवादी नेताका यी अभिव्यक्तिले साँच्चिकै लोकतन्त्रमाथि खतराको संकेत गरेका छन्।
यसअघि पनि माओवादीले सेनापति हटाउने लगायतका उपद्रो गरेर आफ्नो हर्कत देखाइसकेको छ। अहिले फेरी माओवादी विभिन्न तरिकाबाट लोकतान्त्रिक शासन व्यवस्थालाई समाप्त पारी राज्यसत्तालाई आफ्नो हातमा लिने रणनीतिमा छन्। तर, अन्य दलहरु भने यसप्रति सचेत र गम्भीर हुन सकेको देखि145दैन। अन्य ठुला दलहरु एमाले र कांग्रेस दुवैमा आन्तरीक कलह छ। अर्का मधेसी दलहरु भ्रष्टाचारमा नै लिप्त छन्। उनीहरुका लागि लोकतन्त्र र देशभन्दा सत्ता सबैथोक हो। जसको फाइदा यतीखेर माओवादीले उठाइरहेको छ।
माओवादी लोकतान्त्रिक शासनपद्धतिभन्दा पनि सत्ताकब्जाकै रणनीतिमा अघि बढिरहेको छ भन्ने कुरा पटक पटक पुष्टि हुदै आएको छ। प्रचण्डको सर्वोच्च अदालतको फैसला नमान्ने पछिल्लो चुनौती पनि त्यसैको संकेत हो। जसले अदालतको निर्णयलाई चुनौती दिन्छ, उसले राज्यको अन्य निकायलाई कसरी चलाउला बुझन् कठिन छैन। संकटको घडीबाट मुलुक र लोकतन्त्रलाई बचाइराख्ने हो भने माओवादी नेतृत्वको सरकारलाई अविलम्ब फाल्नुपर्छ। त्यसका लागि एमाले, कांग्रेस, मधेसवादी दललगायत संविधानसभामा उपस्थित सबै दलहरु एकजुट हुनको विकल्प छैन।
एकीकृत नेकपा माओवादीको भोजपुरा राज्य समितिका नेता कार्यकर्ताबीच चोरीको गाडी र गडवाल प्रकरणका कारण चर्को विवाद उत्पन्न भएको छ। त्यहाँका केही माओवादी नेता कार्यकर्ता भारतबाट चोरीका गाडी ल्याएर बेच्ने काममा संलग्न छन् भने बाराको गडवालमा रहेको १ सय ५१ विघा जमिन कब्जा गर्न अरु माओवादी लागेका छन्। गाडी चोरी र गडवाल प्रकरणलाई आधार बनाउदै अहिले माओवादीको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्षत्रय मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर...
इतिहासबाट पाठ नसिक्ने मुर्खहरुले देश बिगार्न सक्छन्, बनाउन सक्दैनन् भन्ने कुराको उदाहरण हाम्रै देश नेपाल बनिरहेको छ। अहिले देशभर सल्किएको जातीय द्वन्द्व तिनै मुर्ख नेताहरुको सनकको उपज हो। नेपाल भन्ने देश बनेदेखि नै सबै जात, धर्मका जनता एक आपसमा मिलेर बसेका थिए। गणतन्त्र स्थापना हुनुभन्दा अगाडिसम्म पनि जातीय राज्यको कुरा उठेको थिएन। मुलुक गणतन्त्रमा प्रवेश गरेपछि अब नयाँ नेपाल बन्ने भो भनेर आम नेपाली जनता ढुक्क थिए। तर, हेर्दा हेर्दै...
भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर मन्त्रालयको भागबण्डा मिलाएको १० दिनपछि पुष्पकमल दाहालले आफ्नै निवासमा जनजाति नेताहरुलाई खस समुदायको प्रतिकारमा उत्रन अपिल गरेको कुरा सञ्चार माध्यमहरुबाट बाहिर आयो। दाहालको यो हुँकारले २०५२ सालको त्यो समयलाई पुनःस्मरण गरायो, जुन बेला उनैले नेपालका गरिबहरुलाई साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादमाथि धावा बोल्न 'आदेश' दिएका थिए। २०५२ सालमा पुष्पकमलमाथि विश्वास गर्ने गरिब नेपालीहरुका २० हजार कंकाल उनको पेटभित्र छन्। उनलाई...
जेठ १४ भित्र संविधान बन्ला कि नबन्ला? संविधान निमार्ण अहिले निकै संकटपूर्ण घडीमा छ। लोकतान्त्रिक विधिको अभ्यासका लागि संविधानसभाको बैठक आजै डाक्नु पर्छ। संविधानसभाको विषयगत समितिहरुले पास गरेका मुद्दाहरु विषयगत समितिमा पुनः छलफल गर्न सकियो भने राम्रो हुन्छ। विषयगत समितिहरुलाई दुई दिन समय दिइयो भने विवाद मिल्न सक्छ। विवाद समाधान उपसमिति र शीर्ष नेताहरुलाई मात्र जिम्मा दिएर संविधान आउँछ भन्ने मलाई लाग्दैन। प्रक्रिया पुर्या्एर संविधान नआउने चाहिँ पक्का भयो हैन? ...
जातीय राज्यको माग गर्ने जति सबै प्रचण्ड निवास लाजिम्पाट धाउन थालेका छन्। मानौं यो देश प्रचण्डको बपौती हो। अस्ति आइतबार बिहान तीन दलको बैठकमा ाग लिन घरबाट के मात्रै निस्कन थालेका थिए, जातीय राज्य माग्न लाजिम्पाट पुगेका जनजातिहरुले प्रचण्डलाई घेरी हाले। प्रचण्डले जनजातिको घेराबाट फुत्कने उपाय सोच्दै आश्वासन दिए– 'म एक्लै पहिचानसहितको राज्य चाहिन्छ भनेर कराइरहेको छु। तपार्इंहरु सडकमा आउनुस् मलाई बल पुग्छ।' प्रचण्डको कुरो सुनेर मल्ल के सुन्दर, आङकाजी...
सन् १८८० मा स्थापित टुबोर्ग बियर विश्वका ७० देशहरुमा उपलब्ध छ। नेपालमा आम उपभोक्ताहरुमाझ अत्याधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने टुबोग बियर आज मेइ १३ तारिखमा १३२ औं वर्षमा प्रवेश गरेको छ। यही सुभअवसरमा गोरखा बु्रअरीले टुबोर्गको ठूलो क्यान (५०० मिलि) बजारमा उपलब्ध गराउने घोषणा गरेको छ। ठूलो क्यान (५०० मिलि) विश्वका अरु टुबोर्ग बजारमा उपलब्ध छ र बियरका उपभोक्ताहरुले यसलाई अत्याधिक रुपमा रुचाइरहेका छन्। ठूलो क्यानको बिक्री विश्वका सबै...
खासमा उनी सैनिक पारिवारिक पृष्ठभूमीका व्यक्ति हुन्। तर, प्रदीपजंग पाण्डेलाई भने सैनिक फुलीले आकर्षित गर्न सकेन। सानैदेखि नयाँ काम गर्ने सोच राख्ने उनी स्वतन्त्र भएर आफैं केही गरौं भन्ने जोश थियो। त्यही उत्साहका कारण सैनिक जागिरको लागि परिवारका दबाबका बाबजुद पनि उनी पाण्डे परिवारमा फरक काम गर्र्ने चुनौती मोल्न पुगे। काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका पाण्डे २०२२ सालमा जुद्धोदय विद्यालयबाट एसएलसी उर्त्तीण गरेपछि उनले आफैंले रोजेर कमर्स पढे। सबै क्षेत्रमा व्यवस्थापन चाहिने...
बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी सङ्घम् शरणम् गच्छामी...। मन्दिर (मायादेवी)मा एकतमासले मधुर ध्वनि (सङ्गीत) गुञ्जिरहेको छ। साँझको वातावरण टाढा–टाढासम्म शालीन र सौम्य फैलिएको छ। आज गौतम बुद्धको जन्मोत्सव। २५५६औँ वर्षअघि ई.पू.५६३ वैशाखीपूर्णिमा आजकै दिन यस पवित्र भूमिमा सिद्धार्थ गौतमले आमा मायादेवीको कोखबाट जन्म लिनुभएको थियो। बुद्धको जन्मदिवस भएका कारण आज यस पवित्र भूमि लुम्बिनीस्थित मायादेवी मन्दिर विशेष रुपमा सजाइएको छ। झिलीमिली रङ्गीचङ्गी बिजुलीबत्तीहरू बलिरहेका छन्। मन्दिरछेवैको कुण्ड (पोखरी)मा पनि...
क्यानाडा धेरैअघि गएको थिएँ। टोरण्टो र मोन्ट्रियल। त्यसबखत म 'पेन नेपाल'को उपाध्यक्ष थिएँ कि अध्यक्ष नै थिएँ। 'पेन नेपाल' खोल्नमा ग्रेटा राणाको ठूलो भूमिका थियो। त्यति मात्र होइन, म अथवा तीनताका जो पनि 'पेन कम्फरेन्स'मा जान्थे, सबलाई पठाउन ग्रेटा नै मद्दत गर्थिन्। अहिले के छ, मलाई थाहा छैन। टोरण्टोबाट मोन्ट्रियल, हामी रेलबाट गएका थियौं। ६ घण्टाको यात्रा थियो। अत्यन्त रमाइलो भयो, अपरिचितहरुका बीच भए पनि। म रेलको एउटा सिटमा बसेर...
Error: No articles to display
नेप्लिज फेसन होमले विगत दश वर्षदेखि आयोजना गर्दै आएको किड क्विनको उपाधि यो वर्ष बागमती बोर्डिङ स्कुलमा ८ कक्षामा अध्ययनरत् आर्या पोखरेलले हात पारिन्। १२ वर्षिया पोखरेल उपाधि जितेपछि आफैं पनि अचम्ममा परेको बताउँछिन्। उनै पोखरेलसँगको यसपटकको जम्काभेट: किड क्विन भनेको के हो? किड क्विन भनेको प्रतिभा देखाउने प्लेटफर्म हो। बच्चाहरुको लुकेको प्रतिभा देखाएर आफ्नो उज्वल भविष्यका लागि बाटो बनाउने माध्यम हो पनि हो र आफ्नो आत्मविश्वास बढाउने अवसर हो...
भक्तपुरमा नेमकिपाले साना स्कुलहरुलाई खाने योजना बनाएको मात्र छैन, केही स्कुललाई आफ्ना मातहातमा ल्याएर बन्द गराउन पनि सफल भएको छ। यो साल उक्त पार्टीले भक्तपुरका दुई स्कुललाई बन्द गराउन सफल भएको छ। ब्यासीको जून र माहेश्वरीघाटको सिद्धार्थ स्कुल नेमकिपाको नियोजित षडयन्त्र बमोजिम बन्द भएका छन्। नेमकिपाले आफ्ना नियन्त्रणमो रहेको समाज सुधार नामको विद्यालयको भवन सिद्धार्थ स्कुलको नजिक मात्र बनाएनन्। उसले सिद्धार्थ स्कुलका सञ्चालकहरुलाई द्धन्दमा पारेर चालु अवस्थामा रहेको स्कुल बन्द...
त्यो एकदिन थियो जुन दिन सारा नेपाली सडकमा उर्लिएर यो सरकार कस्को जनताको। हो त्यो दिन सारा नेपालीले हामी भूमिहिन अनि सर्वहारा वर्ग नेपालीको सरकार अवश्य आउने आशामा सडकमा होमिएका थिए, अनि आफ्नो जीवन बलिमा राखेर आफ्नो हकहितको लागि लड्ने सरकारको मागमा ती सर्वहारा अनि भूमिहिन जनताहरु सडकमा उत्रिएका थिए। अपशोच त्यो सपना विपनामा परिणत नहुदँै आफ्नै दलका नेता सरकार थियो तर आफ्नो विहानीको निद्रा पुरा नहुदँै गत वैशाष २५...
We have 205 guests and no members online