Weekly Nepal

दृष्टि मिडिया प्रा.लि
का लागि शम्भु श्रेष्ठद्वारा सम्पादित/प्रकाशित
मुद्रण, जगदम्बा प्रेस, हात्तीवन, ललितपुर

कार्यालय
बागबजार, काठमाडौं,
पो.ब.नं. ४९१०,
फोनः ४२४४६४५ (सम्पादकीय), २००४६५६
(बजार तथा वितरण),
फ्याक्सः ४२२१००४
इमेलः drishti@ecomail.com.np, drishti@mos.com.np

प्रचण्डबाट जनतालाई धोका

काठमाडौ, जेठ २ । संघीयतामा आफ्नो बर्चस्व स्थापित गर्न क्षेत्र र जातजातिबीच तिक्तता, बिबाद हुँदै भिडन्तको सम्भावना बढिरहेको बेला मुलुकको सबैभन्दा ठूलो दलको ठूलो नेताले कुनै समुदायलाई प्रतिकारका लागि सडकमा उत्रिन आह्वान गर्दा के होला? मुलुक भिडन्त र द्वन्द्वको खाडलमा नधेकिएला? अनि त्यस्तो आह्वान गर्ने नेतालाई जिम्मेवार भन्न मिल्ला? आइतबार जनजाति नेता तथा प्रतिनिधिसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'संघीयता विरोधीहरुले सडक कब्जा गर्ने दुस्साहस गरेकाले त्यसको प्रतिवाद गर्नु जरुरी छ' भनेपछि यस्ता अनेक प्रश्न जन्मिएका छन्। जातजातबीचको द्वेष हटाउन, अर्काको मागप्रति सहिष्णु हुँदै आफ्नो माग राख्न तथा क्षेत्र र जातिबीच द्वन्द्व नबढाउन आग्रह गर्नुपर्ने प्रचण्डबाट कुनै समुदायविरुद्ध अर्काे समुदायलाई भिडन्ततर्फ अग्रसर हुन आह्वान हुनुले शान्ति र प्रगतिको आशा गर्नेहरुको मन कुँडिएको छ। प्रचण्डको यो भनाइपछि स्थायी शान्तिका लागि संविधानसभा...

राष्ट्रपतिको चिन्ता


राष्ट्रपति डा. रामवरण यादव मुलुकको भविष्यप्रति चिन्तित छन् भन्ने कुरा राष्ट्रपतिले पाल्पा महोत्सवमा गरेको भाषणबाट बुझ्न सकिन्छ। राष्ट्रपति यादवले पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पाल्पामा मनको कुरा खोले। 
राष्ट्रपतिले यो संक्रमणको समयलाई आफ्नो अग्नि परीक्षा भएको बताउँदै कुनै पनि हालतमा राष्ट्रिय अखण्डता र स्वाधीनता जोगाउने प्रतिबद्धता गरे। आफू तराईबासी भएर पनि राष्ट्रपतिले सिंगो नेपालीको भावनालाई बुझेरै मुलुकको अखण्डता प्रति चिन्ता जाहेर गरेको हुनुपर्छ। 
मुलुकमा गणतन्त्र स्थापना भएपछि सिद्धान्त, विचार र पार्टी छाडेर जातिय पार्टीका भूरे टाकुरे नेता बनेका मधेशवादी दलहरूले तराईलाई टुक्र्याउने अभिव्यक्ति दिइरहेका बेला राष्ट्रपतिले राष्ट्रिय अखण्डता जोगाउने कुरा गरेर सिंगो नेपाली जनताको भावनाको कदर गरेका छन्। एउटा सामान्य जनताको छोरो आज मुलुकको राष्ट्रपति जस्तो पदमा पुग्नु सामान्य कुरा होइन, यसका लागि हजारौंले बलिदानी दिएका छन्। नेपाली जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र गणतन्त्रको रक्षा गर्नका लागि पनि राष्ट्रपतिबाट पहल हुनु जरुरी छ। 
– आलोक शाक्य
तानसेन

 

 


गृहमन्त्रीको मुखुण्डो उघि्रयो
सर्वोच्च अदालतले जथाभावी नेपाली नागरिकता वितरणमा रोक लगाएको छ। यसमा सर्वोच्च अदालतलाई धन्यवाद दिनैपर्छ। गृहमन्त्री विजयकुमार गच्छेदारले मन्त्री स्तरीय निर्णय गरेर जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरेका थिए। त्यो सर्कुलर पाएपछि झापाका प्रजिअ गेहनाथ भण्डारीले त्यो राष्ट्रघाती सर्कुलरको विरोध नै गरे। अन्ततः उनको सरुवा समेत भएको खबर पाइयो। 
नागरिकताका बारेमा यस अगाडि पनि धेरै विवाद आएकाले त्यसको छानविननै नगरी हचुवाको भरमा नागरिकता वितरण गरिनु हुन्न। यस अगाडि पाँचदेखि दश हजार सम्ममा भारतीयहरूले नागरिकता खरिद गरेको समाचार सार्वजनिक भइसकेको छ। जो नेपाली हो, त्यो चाहे पहाडको होस् वा तराईको। तिनीहरू नागरिकताबाट वञ्चित हुनु हुन्न। तर, जो नेपाली नै होइनन्, तिनलाई नागरिकता वितरण गर्नु ठूलो अपराध हो। यस घटनाले गृहमन्त्री गच्छेदार अपराधी मात्रै होइनन्, राष्ट्रघाती पनि हुन् भन्ने छर्लङ्ग भएको छ। 
यस्ता भ्रष्ट, राष्ट्रघातीलाई माओवादीले गृहमन्त्री जस्तो पद सम्पनु अर्को अपराध हो। राष्ट्रिय स्वाधिनताको ठूला ठूला भाषण गर्ने, भारतलाई मुख्य शत्रु किटान गर्ने माओवादी नेतृत्वको सरकार भएकै बेला घटेको यस घटनाले माओवादी पनि राष्ट्रघाती रहेछ भन्ने कुरा बुझ्न नेपाली जनतालाई अझ सजिलो भएको छ। 
– विकास लामा
मकवानपुर

 


ट्राफिकको ध्यान जाला?
राजधानीमा ट्राफिक व्यवस्थालाई सुदृढ बनाउने काम सुरु भएको छ। राती मदिरा सेवन गरेर सवारी चलाउने देखि सिट बेल्ट नबान्ने चालक र यात्रुमाथि कारवाही चलाउनेसम्मका अन्तर्राष्ट्रिय मान्यतालाई यहाँ कार्यान्वयन गरिँदैछ। तर, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरूले ड्राइभर, खलासीबाट भोग्नुपर्ने दुर्व्यवहार र एउटा माइक्रोबसमा सिटभन्दा बढी यात्रु कोचिनु पर्ने समस्याको मुक्ति कहिले पाउने हो? यसका बारेमा पनि ट्राफिक प्रहरीले एउटा नियम बनाएर क्षमताभन्दा बढी यात्रु बोक्ने, जथाभावी सवारी साधन रोक्ने र मिटर बिगारेर ट्याक्सी चलाउनेहरू माथि कडा कारवाही गरे राजधानी जस्तो ठाउँमा यात्रा गर्ने स्वदेशी, विदेशी यात्रुहरूलाई पनि सुविधा हुने थियो।
अर्को कुरा, राजधानीमा दुर्घटनाको कारण जथाभावी सवारी चलाउनु पनि एक हो। माइक्रोबसका चालकहरू यस मामिलामा गम्भीर देखिँदैनन्। भर्खर खलासीबाट पैसाको भरमा ड्राइभिङ लाइसेन्स किनेका चालकहरू लापरवाही ढंगले सवारी चलाउँछन्। यसको पनि अनुगमन भए राम्रो हुने थियो। 
– निरा सिग्देल
कोटेश्वर

 

 


डिआईजी सुशीलको यस्तो हो कहानी 
बदनाम भइरहेको सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला यतिखेर श्रीमती हत्याको अभियोगमा जेल जाने तयारीमा छन्। तर, उनीजस्तै स्वभावका र धेरै महिलाहरुको जीवन बर्बाद बनाएका अर्का डिआईजी सुशिलकुमार श्रेष्ठलाई भने सशस्त्र प्रहरीले नै संरक्षण गरिरहेको छ। 
गत साता साप्ताहिकमा प्रकाशित सुशिलको बारेमा लेखिएको समाचार अपूर्ण छ। हालसम्म उनले झन्डै एक दर्जन महिलाहरुलाई आफ्नो अस्थायी श्रीमती बनाइसकेका छन्। तर, अचम्म के छ भने त्यसरी बिहे गरेका महिलासँग उनी केही वर्षभन्दा बढी बस्दैनन्। 
सशस्त्र प्रहरीका धेरैले अझै पनि केही वर्षअघि नै उनले छोडिसकेकी भावना भनिने मिथिला राईलाई नै उनको श्रीमतीको रुपमा चिन्दथे। तर आजभोली उनको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि मात्र धेरैले उनको वास्तविकता थाहा पाएका छन्। 
अझ रञ्जनकी कान्छी श्रीमतीका रुपमा चिनिएकी तारा रेग्मीसँग पनि उनको एक समय निकट सम्बन्ध थियो। पछिल्लो समयमा मेनपवार व्यावसायी पारस लोहनीसँगको उनको निकट छ। पारसको मेनपावरमार्फत श्रेष्ठले मान्छेहरु विदेश पठाउने गर्दछन्। 
पछिल्लो वर्ष उनले व्यवसायी अम्बिका शर्मालाई आफ्नो बनाएका थिए। तर उनको भावनासँग खेलवाड गरी उनलाई नै बदनाम गराउने काममा यतिखेर सुशिल लागेका छन्। मन्दिरमा उनीहरुले विवाहसमेत गरेको खुलासा भएको छ। सुशिल आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र महिलासँग नजिकिदै आएका छन्। आर्थिक तथा राजनीतिक स्वार्थका लागि उनी शर्मासँग नजिकिएका हुन्। तर, अहिले आएर उनीविरुद्ध दुष्प्रचार गर्दै हिँड्न थालेका छन्। सुशिल सेनाबाटै आएकाले सशस्त्रका महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले उनलाई कारबाही गर्न नसकेको हुनुपर्छ। उनकी जेठी श्रीममी अञ्जलीले सुशिलविरुद्ध आईजीपी श्रेष्ठलाई धेरै पहिला नै उजुरी दिइसेकेकी थिइन्। तर कारबाही गर्छु भन्दै शैलेन्द्रले आलटाल गर्दै आएका छन्। 
केही महिनाअघि मात्र सुशिलले व्यवसायी शर्मासँग गोप्य रुपमा बिहे गरेका थिए। त्यसको फोटोसमेत श्रेष्ठसँग रहेको उनका साथीहरुले बताउने गरेका छन्। तर, आर्थिक र राजनीतिक पावर प्रयोग गर्नका लागि मात्र सुशिलले अम्बिकासँग मायाको नाटक गरेका हुन् र अहिले उनीसँग छुट्नका लागि उनले शर्माकै गलत प्रचार गरेका हुन्। 
सबैलाई थाहा छ, सशस्त्र प्रहरी लगातार बदनाम हुँदै गइरहेको छ। यस्तो अवस्थामा यस्ता बदनाम डिआईजीलाई सशस्त्रका महानिरीक्षकले किन कारबाही गर्न नसक्नु आश्चर्यजनक विषय छ। यदि उनीमाथि कारबाही हुन सकेन भने सशस्त्र प्रहरीले थप बेइज्जती कमाउनु पर्नेछ।
– भुवन श्रेष्ठ, न्यूरोड 

 


घुमुवाले दुःख दिए 
गौशला प्रहरी प्रभागमा जुन हाकिम आएपनि हामी व्यवसायीलाई दुःख दिन छाडेका छैनन्। हालका प्रभागका हाकिम इन्सपेक्टर अपिल बोहोरा सबैभन्दा घुस्याहा प्रहरी अधिकारी रहेछन्। उनले घुमुवा हवल्दार दिलबहादुर खत्रीलाई परिचालन गरी यहाँका होटल तथा लजबाट नियमित रुपमा रकम असुली गरिरहेका छन्। घुमुवा खत्री दुई वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा कार्यरत छन्। यहाँका होटलबाट जुन हाकिम आएपनि महिनावारी असुली गर्ने जिम्मा उनले नै पाउने गरेका छन्। 
अहिले पैसामात्र नभई महंगा मदिरा तथा विभिन्न सामानहरु माग्दै उनले सताउने गरेका छन्। रातोपुल क्षेत्रमा संचालित रेष्टुरेन्ट र गेष्ट हाउसमा हुने अवैध धन्दामा पनि उनले आँखा चिम्लने गरेका छन्। तर इन्सपेक्टर बोहोरा र हवल्दार खत्रीको बारेमा माथिल्लो हाकिमले थाहा नपाएका हुन् वा मिलेमतो गरेका हुन् खुल्न सकेको छैन।
– रेष्टुरेन्ट व्यवसायी
गौशाला 
 
 

दृष्टि - समाचार

चोरी गाडी काण्डले माओवादी भोजपुरामा बबाल

एकीकृत नेकपा माओवादीको भोजपुरा राज्य समितिका नेता कार्यकर्ताबीच चोरीको गाडी र गडवाल प्रकरणका कारण चर्को विवाद उत्पन्न भएको छ। त्यहाँका केही माओवादी नेता कार्यकर्ता भारतबाट चोरीका गाडी ल्याएर बेच्ने काममा संलग्न छन् भने   बाराको गडवालमा रहेको १ सय ५१ विघा जमिन कब्जा गर्न अरु माओवादी लागेका छन्।  गाडी चोरी र गडवाल प्रकरणलाई आधार बनाउदै अहिले माओवादीको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्षत्रय मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर...

दृष्टि - वाचडग - शम्भु श्रेष्ठ

कालिदास र हाम्रा नेता! शम्भु श्रेष्ठ

इतिहासबाट पाठ नसिक्ने मुर्खहरुले देश बिगार्न सक्छन्, बनाउन सक्दैनन् भन्ने कुराको उदाहरण हाम्रै देश नेपाल बनिरहेको छ। अहिले देशभर सल्किएको जातीय द्वन्द्व तिनै मुर्ख नेताहरुको सनकको उपज हो। नेपाल भन्ने देश बनेदेखि नै सबै जात, धर्मका जनता एक आपसमा मिलेर बसेका थिए। गणतन्त्र स्थापना हुनुभन्दा अगाडिसम्म पनि जातीय राज्यको कुरा उठेको थिएन। मुलुक गणतन्त्रमा प्रवेश गरेपछि अब नयाँ नेपाल बन्ने भो भनेर आम नेपाली जनता ढुक्क थिए। तर, हेर्दा हेर्दै...

दृष्टि - दृष्टिकोण

पुष्पकमलको नजर फेला नपरेका जनजातिमाथि भरत दाहाल

भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर मन्त्रालयको भागबण्डा मिलाएको १० दिनपछि पुष्पकमल दाहालले आफ्नै निवासमा जनजाति नेताहरुलाई खस समुदायको प्रतिकारमा उत्रन अपिल गरेको कुरा सञ्चार माध्यमहरुबाट बाहिर आयो। दाहालको यो हुँकारले २०५२ सालको त्यो समयलाई पुनःस्मरण गरायो, जुन बेला उनैले नेपालका गरिबहरुलाई साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादमाथि धावा बोल्न 'आदेश' दिएका थिए। २०५२ सालमा पुष्पकमलमाथि विश्वास गर्ने गरिब नेपालीहरुका २० हजार कंकाल उनको पेटभित्र छन्। उनलाई...

दृष्टि - केन्द्रविन्दु

पार्टीमा धेरै आर्थिक घोटाला भएको छ पम्फा भुषाल, पोलिटव्युरो सदस्य, एनेकपा माओवादी

जेठ १४ भित्र संविधान बन्ला कि नबन्ला?  संविधान निमार्ण अहिले निकै संकटपूर्ण घडीमा छ। लोकतान्त्रिक विधिको अभ्यासका लागि संविधानसभाको बैठक आजै डाक्नु पर्छ। संविधानसभाको विषयगत समितिहरुले पास गरेका मुद्दाहरु विषयगत समितिमा पुनः छलफल गर्न सकियो भने राम्रो हुन्छ।  विषयगत समितिहरुलाई दुई दिन समय दिइयो भने विवाद मिल्न सक्छ। विवाद समाधान उपसमिति र शीर्ष नेताहरुलाई मात्र जिम्मा दिएर संविधान आउँछ भन्ने मलाई लाग्दैन।  प्रक्रिया पुर्या्एर संविधान नआउने चाहिँ पक्का भयो हैन? ...

दृष्टि - बक्रदृष्टि

यहाँ पनि डबल स्ट्यान्डर्ड

जातीय राज्यको माग गर्ने जति सबै प्रचण्ड निवास लाजिम्पाट धाउन थालेका छन्। मानौं यो देश प्रचण्डको बपौती हो। अस्ति आइतबार बिहान तीन दलको बैठकमा ाग लिन घरबाट के मात्रै निस्कन थालेका थिए, जातीय राज्य माग्न लाजिम्पाट पुगेका जनजातिहरुले प्रचण्डलाई घेरी हाले। प्रचण्डले जनजातिको घेराबाट फुत्कने उपाय सोच्दै आश्वासन दिए– 'म एक्लै पहिचानसहितको राज्य चाहिन्छ भनेर कराइरहेको छु। तपार्इंहरु सडकमा आउनुस् मलाई बल पुग्छ।' प्रचण्डको कुरो सुनेर मल्ल के सुन्दर, आङकाजी...

दृष्टि - अर्थ, वाणिज्य र बजार

टुबोर्ग अब ठूलो क्यानमा

सन् १८८० मा स्थापित टुबोर्ग बियर विश्वका ७० देशहरुमा उपलब्ध छ। नेपालमा आम उपभोक्ताहरुमाझ अत्याधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने टुबोग बियर आज मेइ १३ तारिखमा १३२ औं वर्षमा प्रवेश गरेको छ। यही सुभअवसरमा गोरखा बु्रअरीले टुबोर्गको ठूलो क्यान (५०० मिलि) बजारमा उपलब्ध गराउने घोषणा गरेको छ।   ठूलो क्यान (५०० मिलि) विश्वका अरु टुबोर्ग बजारमा उपलब्ध छ र बियरका उपभोक्ताहरुले यसलाई अत्याधिक रुपमा रुचाइरहेका छन्। ठूलो क्यानको बिक्री विश्वका सबै...

सेनामा गएको भए “रिटायर्ड” लाइफ बिताइरहेको हुन्थेँ – प्रदीपजंग पाण्डे उपाध्यक्ष,…

खासमा उनी सैनिक पारिवारिक पृष्ठभूमीका व्यक्ति हुन्। तर, प्रदीपजंग पाण्डेलाई भने सैनिक फुलीले आकर्षित गर्न सकेन। सानैदेखि नयाँ काम गर्ने सोच राख्ने उनी स्वतन्त्र भएर आफैं केही गरौं भन्ने जोश थियो।  त्यही उत्साहका कारण सैनिक जागिरको लागि परिवारका दबाबका बाबजुद पनि उनी  पाण्डे परिवारमा फरक काम गर्र्ने चुनौती मोल्न पुगे। काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका पाण्डे २०२२ सालमा जुद्धोदय विद्यालयबाट एसएलसी उर्त्तीण गरेपछि उनले आफैंले रोजेर कमर्स पढे। सबै क्षेत्रमा व्यवस्थापन चाहिने...

दृष्टि - कला, साहित्य र सौन्दर्य

बुद्धभूमिमा तीन साँझ - शशी लुमुम्बु

बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी सङ्घम् शरणम् गच्छामी...। मन्दिर (मायादेवी)मा एकतमासले मधुर ध्वनि (सङ्गीत) गुञ्जिरहेको छ। साँझको वातावरण टाढा–टाढासम्म शालीन र सौम्य फैलिएको छ। आज गौतम बुद्धको जन्मोत्सव। २५५६औँ वर्षअघि ई.पू.५६३ वैशाखीपूर्णिमा आजकै दिन यस पवित्र भूमिमा सिद्धार्थ गौतमले आमा मायादेवीको कोखबाट जन्म लिनुभएको थियो। बुद्धको जन्मदिवस भएका कारण आज यस पवित्र भूमि लुम्बिनीस्थित मायादेवी मन्दिर विशेष रुपमा सजाइएको छ। झिलीमिली रङ्गीचङ्गी बिजुलीबत्तीहरू बलिरहेका छन्। मन्दिरछेवैको कुण्ड (पोखरी)मा पनि...

क्यानाडा यात्राका अविस्मरणीय सम्झना डा. ध्रुवचन्द्र गौतम

क्यानाडा धेरैअघि गएको थिएँ। टोरण्टो र मोन्ट्रियल। त्यसबखत म 'पेन नेपाल'को उपाध्यक्ष  थिएँ कि अध्यक्ष नै थिएँ। 'पेन नेपाल' खोल्नमा ग्रेटा राणाको ठूलो भूमिका थियो। त्यति मात्र होइन, म अथवा तीनताका जो पनि 'पेन कम्फरेन्स'मा जान्थे, सबलाई पठाउन ग्रेटा नै मद्दत गर्थिन्। अहिले के छ, मलाई थाहा छैन। टोरण्टोबाट मोन्ट्रियल, हामी रेलबाट गएका थियौं। ६ घण्टाको यात्रा थियो। अत्यन्त रमाइलो भयो, अपरिचितहरुका बीच भए पनि। म रेलको एउटा सिटमा बसेर...

दृष्टि - मनोरञ्जन

Error: No articles to display

दृष्टि - जम्काभेट

गाउामा गएर सेवा गर्ने सपना छ – आर्र्या पोखरेल, किड क्विन …

नेप्लिज फेसन होमले विगत दश वर्षदेखि आयोजना गर्दै आएको किड क्विनको उपाधि यो वर्ष बागमती बोर्डिङ स्कुलमा ८ कक्षामा अध्ययनरत् आर्या पोखरेलले हात पारिन्। १२ वर्षिया पोखरेल उपाधि जितेपछि आफैं पनि अचम्ममा परेको बताउँछिन्। उनै पोखरेलसँगको यसपटकको जम्काभेट: किड क्विन भनेको के हो? किड क्विन भनेको प्रतिभा देखाउने प्लेटफर्म हो। बच्चाहरुको लुकेको प्रतिभा देखाएर आफ्नो उज्वल भविष्यका लागि बाटो बनाउने माध्यम हो पनि हो र आफ्नो आत्मविश्वास बढाउने अवसर हो...

दृष्टि - पोबनं ४९१०

नेमकिपाको स्कुल राजनीति

भक्तपुरमा नेमकिपाले साना स्कुलहरुलाई खाने योजना बनाएको मात्र छैन, केही स्कुललाई आफ्ना मातहातमा ल्याएर बन्द गराउन पनि सफल भएको छ। यो साल उक्त पार्टीले भक्तपुरका दुई स्कुललाई बन्द गराउन सफल भएको छ। ब्यासीको जून र माहेश्वरीघाटको सिद्धार्थ स्कुल नेमकिपाको नियोजित षडयन्त्र बमोजिम बन्द भएका छन्। नेमकिपाले आफ्ना नियन्त्रणमो रहेको समाज सुधार नामको विद्यालयको भवन सिद्धार्थ स्कुलको नजिक मात्र बनाएनन्। उसले सिद्धार्थ स्कुलका सञ्चालकहरुलाई द्धन्दमा पारेर चालु अवस्थामा रहेको स्कुल बन्द...

भूमिहीन जनतामाथि सरकारको डोजर

त्यो एकदिन थियो जुन दिन सारा नेपाली सडकमा उर्लिएर यो सरकार कस्को जनताको। हो त्यो दिन सारा नेपालीले हामी भूमिहिन अनि सर्वहारा वर्ग नेपालीको सरकार अवश्य आउने आशामा सडकमा होमिएका थिए, अनि आफ्नो जीवन बलिमा राखेर आफ्नो हकहितको लागि लड्ने सरकारको मागमा ती सर्वहारा अनि भूमिहिन जनताहरु सडकमा उत्रिएका थिए। अपशोच त्यो सपना विपनामा परिणत नहुदँै आफ्नै दलका नेता  सरकार थियो तर आफ्नो विहानीको निद्रा पुरा नहुदँै गत वैशाष २५...

Weekly Video

We have 209 guests and no members online