दृष्टि मिडिया प्रा.लि
का लागि शम्भु श्रेष्ठद्वारा सम्पादित/प्रकाशित
मुद्रण, जगदम्बा प्रेस, हात्तीवन, ललितपुर
कार्यालय
बागबजार, काठमाडौं,
पो.ब.नं. ४९१०,
फोनः ४२४४६४५ (सम्पादकीय), २००४६५६
(बजार तथा वितरण),
फ्याक्सः ४२२१००४
इमेलः drishti@ecomail.com.np, drishti@mos.com.np
काठमाडौं, फागुन ९ । मुलुकको पछिल्लो राजनीतिक गतिविधिले राष्ट्रपति डा.रामवरण यादवको मनमा चस्का पस्न थालेको छ। राष्ट्रपति यादवले मुलुकले तीन महिनामा बाटो नलिए ठूलो राजनीतिक दुर्घटना निम्तने चेतावनी दिइरहेको बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भने शान्ति र संविधानको कुरा छाडेर आवश्यक परे फेरि बन्दुक बोक्न र विद्रोह गर्ने धम्की दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले सम्मानजनक शान्तिप्रक्रिया र जनताको संविधान बनाउन आफूहरू प्रयत्नरत रहेको र अपमानजनक ढंगले शान्ति प्रक्रिया टुक्र्याउने र यथास्थितिवादी संविधान बनाउन खोजिए माओवादीले विद्रोह गर्ने कुरा बारम्बार दोहोर्याई रहेका छन्। यता सर्वोच्च अदालतले आगामी जेठ १४ गतेभित्र संविधान जारी गरिसक्नु पर्ने फैसला गरेको छ। तर, नेकपा माओवादी भने आगामी जेठ १४ गते भित्र संविधान जारी गर्ने मनस्थितिमा छैनन्। शान्ति प्रक्रियालाई जसोतसो टुङ्ग्याए जस्तो गरेर जनविद्रोहमा...
नेपालको राजनीतिको गतिरोधलाई विश्लेषण गर्ने हो भने जो कोहीले पनि त्यसको दोष नेकपा माओवादीमाथि थोपर्नु अस्वभाविक होइन। संविधानसभाको सबैभन्दा ठुलो दल एकीकृत नेकपा (माओवादी) शान्ति र संविधानप्रति इमान्दार नभएकै कारण यो गतिरोध उत्पन्न भएको हो।
पछिल्लो समयमा नेपालमा पत्रकारिता पुरस्कार स्थापना गर्ने र वितरण गर्ने चलन यसरी बढेको छ कि हरेक हप्ता जसो कुनै न कुनै पुरस्कार वितरण भइरहेका हुन्छन्। कुनै पनि विषयमा पत्रकारलाई कलम चलाउन उत्साहीत गर्ने उदेश्यले ती पुरस्कारहरु वितरण गरिने बताइन्छ। तर वास्तविकता भने प्राय त्यस्तो पाइदैन। पत्रकारलाई आफ्नो निकट बनाई स्वार्थ पुरा गर्नका लागि मात्र त्यस्ता पुरस्कारहरु दिने गरिएको पाइन्छ। आर्थिक पत्रकार समाजले दिने पुरस्कारको विवाद सेलाउन नपाउदै यो...
दृष्टि प्रतिनिधि सूचना तथा संचारमन्त्री जयप्रकाश गुप्ताको मुद्धा सर्वोच्च अदालतमा विगत १० वर्षदेखि विचाराधिन छ, तर पनि अझै फैसाला हुन सकेको छैन्। साल्ट ट्रेडिङ लिमिटेडका पूर्व महाप्रबन्धक परमेश्वर महासेठको मुद्दा पनि सर्वोच्चमा बेखबर छ, वर्षाैदेखि भ्रष्टाचार र जघन्य अपराधका मुद्दाहरु धेरै सर्वोच्चका र्याकमा थन्किएर बसेको छ। यस्तो किन हुन्छ? सबैले अनुमान गरेको कुरा हो न्यायाधीशको बदमासी। त्यस्ता न्यायाधीशमाथि कारवाही किन हुन्न? त्यो पनि सबैले बुझेको विषय हो। मुलुकमा यति ठूलो...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नाम एकाएक चर्चामा आएपछि धेरैलाई 'मनको बाघले खान' थालेको छ। गत बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने हल्लाले अख्तियारका सचिव भगवती काफ्लेको ओठमुख सुकेको थियो भने अन्य कर्मचारी बल्ल प्रमुख आयुक्त नियुक्त हुने भयो भनेर दंग थिए। यता प्रमुख आयुक्तमा चर्चामा रहेका रामकुमार श्रेष्ठ कांग्रेस–एमालेले के गर्ला भन्ने अन्यौलमा थिए भने, बाबुराम आचार्य पनि माओवादीले के गर्लान् र? भन्ने अन्यौलमै थिए। हुन पनि...
लोकतन्त्र भनेकै विधिको शासन हो। विधिको शासन विना लोकतन्त्रको परिकल्पना गर्न सकिन्न। जनता सोझो र इमान्दार भएर मात्र देश बन्दो रहेनछ, देश बनाउनका लागि नेताहरू पनि इमान्दार हुनु पर्दोरहेछ भन्ने कुरा हाम्रा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पटना पुगेर थाहा पाए। नेताहरू इमान्दार नभएकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको छ दशक बितिसक्दा पनि मुलुकको हालत बिहारभन्दा खत्तम छ। लोकतन्त्रमा कति सम्म विकृति र विसंगति झांगिदो रहेछ भन्ने कुराको उदाहरण हिजो बिहार...
नेकपा माओवादीले आफ्नो १७ औं जनयुद्ध दिवस मनाई रहँदा माओवादी नेता, कार्यकर्ताको अनुहारमा कुनै उत्साह उमंग देखिएन। 'जनयुद्ध' दिवस मनाउन हिजो खुलामञ्चमा भेला भएका माओवादी नेतादेखि कार्यकर्तासम्म बाटो बिराएका बटुवा जस्ता देखिन्थे। आज भन्दा १७ वर्षअघि माओवादी नेता, कार्यकर्तामा जुन अदम्य साहस थियो, त्यो एकाएक ओइलाउनुको पछाडि माओवादीभित्र आएको वैचारिक विचलननै हो। माओवाद, मार्क्सवादको यो भन्दा गाईजात्रे नमुना अरु केही हुनसक्छ? माओवादीभित्र वैचारिक विचलन आएकै कारण सिंगो मुलुक विकृति र...
हाम्रो पार्टीको ऐतिहासिक आठांै राष्ट्रिय महाधिवेशनपछि तीन वर्ष बितिसकेका छन्। राष्ट्रिय राजनीतिका अनेकौं जटिलताका बीच विभिन्न राजनीतिक समीकरण र तिनका आधारमा बनेका चारवटा सरकारलाई नेपाली जनताले भोगिसकेका छन्। देश एउटा युगान्तकारी परिवर्तनको माध्यमबाट उज्ज्वल सम्भावना र गम्भीर चुनौतीहरूले भरिएको सङ्क्रमणकालबाट अघि बढिरहेको छ। राजतन्त्रलाई अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुँदा जनतामा देखिएको उत्साह शान्ति र संविधान टुङ्गो लाग्न विलम्ब हुँदा सेलाउदै जाने खतरा पैदा भइरहेको छ। अभूतपूर्व रूपमा सम्पन्न...
कुनै पनि राजनीतिक दल र वर्तमान युगको चरित्र बुझेका जागरुक जनता जातीय राज्यमा खण्डित हुन चाहँदैनन्। म उपाध्याय ब्राह्मण परिवारमा जन्मेर काशी गई संस्कृतमा उच्च शिक्षा लिएको मान्छे। बाबुबाजेले अँगालेको शिक्षक र पुराणवाचक पेसाले जीवन चलाउने सपना थियो पहिले। सुरुमा त्यसको सामान्य अभ्यास पनि गरे। तर जति–जति मेरो राष्ट्रिय र अन्तर्राष्ट्रिय चेतना बढ्दै गयो त्यति–त्यति मेरो कम्युनिष्ट पार्टीतिर आकर्षण बढ्दै गयो। मलाई त्यतातिर आकर्षित गर्ने दुई प्रमुख उद्घोष थिए– १. अब...
सेनामा समूहगत प्रवेशको कुरा पनि मिडियामा आएका छन, कत्तिको सम्भव छ त? समूहगत प्रवेश भन्नु जरुरी नै छैन। अहिलको स्टाट्स भनेको यो देशमा दुईवटा सेना रही राखेको स्टाटस हो। त्यो शान्ति सम्झौताले पनि स्पष्ट रूपमा व्याख्या गरेको छ कि मुलुकमा अर्को माओवादी सेना छ भनेर। नेपाली सेना त राष्ट्रिय सेना नै भयो। र, शान्ति प्रक्रियाका एउटा अङ्गको रूपमा माओवादी सेनाका लडाकुहरूलाई नेपाली सेनामा समायोजन गरेर यो द्वन्द्वलाई अन्त्य गर्दै शान्ति...
संघीयविज्ञ तथा अध्यक्ष, संवैधानिक कानुन व्यावसायी मञ्च (क्लाफ) विश्वमा संघीय शासनको अभ्यास कसरी भइरहेको छ? संघीयतामा गएका अन्य २६ मुलुकका अनुभवलाई विश्लेषण गर्ने हो भने दुइवटा कारणले मुलुकलाई संघीय शासन प्रणालीमा लगिएका छन्। पहिलो, मुलुक टुक्रन लागेको अवस्थामा त्यसबाट बच्नका लागि संघीयतामा जाने गरिएको छ। अर्को, टुक्रिएर वसेका स्वतन्त्र राज्यहरु कोललाइसनबाट मुक्त भई स्वतन्त्र हुनका लागि संघीयतामा गएर एक भएर बसेको देखिन्छ। यी दुवै नभएको अवस्थामा नेपालको सन्दर्भमा चाहिँ किन संघीयताको कुरा...
मधेशी मोर्चाको समर्थनमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएदेखि सिंहदरबार भ्रष्टाचारले डुङडुङत्तै गन्हाएको छ। त्यो गन्धलाई सभामुख सुवास नेम्वाङले कसरी पचाई रहेका रहेछन् भन्ने कुरो उनले गत शनिबार अख्तियारको कार्यक्रममा यसरी पोखे– म एउटा भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन विदेश जाँदा एकजना सहभागीले भ्रष्टाचार गर्ने सबै व्यक्ति नाङ्गै हुने हो भने यो शहर कस्तो होला भनेर जिज्ञासा राखे। अहिले मैले त्यो कुरो सम्झदै सिंहदरबार भित्रका भ्रष्टहरू सबै नाङ्गो हुने हो भने सिंहदरबार...
नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षमा झण्डै आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई विभिन्न तहको कारबाही गरेको समाचार सार्वजनिक भइसकेको छ। ती मध्ये धेरैजसोलाई शीघ्र सुधारात्मक र समस्याग्रस्त घोषणा गरिएको थियो। बैंक तथा वित्तीय संस्था सञ्चालनको लागि बनाइएको ऐन बाफियामा केन्द्रीय बैंकले कस्तो अवस्थामा कस्तो कारबाही गर्ने र कस्तो अवस्थामा ती कारबाही फुकुवा हुने भन्ने स्पष्ट व्यवस्था गरिएको छ। राष्ट्र बैंकका पदाधिकारीहरुको लहडबाजीलाई रोक्न ऐनमा त्यस्तो व्यवस्था गरिएको हो। तर,...
दृष्टि आर्थिक विश्लेषक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रारम्भमा सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा गत शुक्रबार गर्योथ। शाब्दिक अर्थमा जे बखान गरे पनि त्यो समीक्षा एउटा कर्मकाण्डीय प्रक्रिया मात्र भएको वित्त विश्लेषकहरूको ठहर छ। गभर्नर युवराज खतिवडाले पछिल्ला दिनमा नयाँ–नयाँ शब्दजाल प्रयोग गरेर बैंकिङ क्षेत्रको सकारात्मक बखान गर्न थालेका छन्। त्यसमा पनि नेपाल राष्ट्र बैंकको नीति, तथ्यांक र निर्देशनको बचाउका लागि र राजनीतिक क्षेत्रलाई कुहिरोको काग बनाउन खतिवडाले नयाँ शब्दको...
नेपाली साहित्यको इतिहासमा महिला हस्ताक्षर केही गन्यरूपमा आइपुगेको छ। पहिले पहिले त एकदमै कम थिए। प्रशस्त मात्रामा सजिलैसंग पुरुष लेखकहरू भेट्न सकिन्थ्यो, भने महिला लेखक भेट्न मुस्किल पर्थ्यो अब त्यो समय छैन। नेपाली साहित्य जगत्मा महिला लेखकहरूको उपस्थिति बढेको छ। यो गौरवको कुरा हो। तीसकी हाराहारीकी अन्जु पुरीको पहिलो उपन्यास 'सपना कतिपय' प्रकाशित भएको छ। अन्जु नयाँ हुन्। उनले पुरानो कथावस्तुलाई निरन्तरता दिएकी छिन्। उनको भाषा सरल छ। नेपालको...
बालकालिन मित्र मणिराम र म दुईजना विरगञ्ज जान ठीक्क परेका थियौं। मणि भर्खर अमेरिकाबाट आएको। हामी दुवै वीरगञ्जका। उसले एकपटक वीरगञ्ज जानु नै थियो। म पनि साथ लागे। हिँड्नै लाग्दा एउटा फोन आयो। फोन गर्ने व्यक्ति थिए, वीरगञ्जका वरिष्ठ पत्रकार जगदीश शर्मा। उनले भने– दाजु गोपालचन्द्र गौतम प्रतिष्ठान खोलेका छौ, ढिलो भएपनि। पहिले के कसो भयो, छाडी दियौ। हामीले गोपाल दाईका नाउँमा दस हजारको पुरस्कार स्थापना गरेका छौ, मोफसललाई दिनेगरी।...
म के हो त? सदियौंदेखि प्रेमलाई परिभाषित गर्ने कोसिस भएको पाइन्छ। तर सबैभन्दा हृदयस्पर्शी ढंगले प्रेमलाई बुझ्ने र परिभाषित गर्ने कवि, लेखक, कलाकार, चित्रकार, संगीतकारहरु नै हुन्। प्रेमले वशिभुत भएर नै थुप्रै रचनात्मक कामहरु भएका छन्। तै पनि प्रेमको सर्वसम्मत परिभाषा पाउन गाह्रो छ। उनी भन्छन्, 'प्रेमका मोटो परिभाषाभन्दा यसका मसिना पक्षहरु महत्वपूर्ण लाग्छ। कुनै–कुनै सतहमा समान धारणा, आर्कषणको कुनै मुर्त–अमुर्त बाछिटा, उस्तै–उस्तै जीवनशैली र उस्तै–उस्तै टेम्परामेन्ट भएका मानिसहरुका बीच...
आजभन्दा करिब ९६ वर्ष अगाडि काठमाडौको कीर्तिपुरमा जन्मनु भएका रामकृष्ण दाई, जसलाई हामी तानसेनवासीहरुले रामकृष्ण नाइके भनी सम्मान एवं सामीप्यताका हिसावले वोलाउने गर्दथ्यौ। वहाँको यही माघ १४ गते असमायिक निधन भएको खवरले हामीलाई स्तव्घ तुल्याएको छ। हुनत मानिस जन्म भएपछि एक दिन मर्नै पर्ने शास्वत यथार्थतालाई हामी कसैले नकार्न सक्तैनौं। आफ्नो पूर्ण जवानीको उमेरमा वहाँ कीर्तिपुरबाट आफ्नो जागिरे जीवनको क्रममा पाल्पाको तानसेन पुग्नु भयो। विगतमा खानेपानी जस्तो सामाजिक कार्य, त्यो...
डियो कार्यक्रमको माध्यमबाट साहित्यमा प्रवेश गरेका बुद्धिसागर मूलतः कवि हुन। दुईवटा कविता संग्रह प्रकाशित गरिसकेका बुद्धिसागर आफ्नो पहिलो उपन्यास कर्नाली ब्लुजबाट एउटा सम्भावना बोकेको आख्यानकारका रूपमा नेपाली साहित्यमा स्थापित छन्। त्यसो त उनी अहिलेका चर्चित उपन्यासकार हुन भन्न पनि सकिन्छ। भर्खर सम्पन्न जयपुर साहित्यिक महोत्सवबाट फर्किएका उनी भन्छन,–'अर्न्तराष्ट्रिय स्तरमा हाम्रो नेपाली साहित्यको मूल समस्या भनेको अनुवाद नै हो,होइन भने हाम्रो साहित्य पनि अरूको भन्दा कमजोर छैन।' उनी कविता र उपन्यासको...
छिनछिनमा झोंक चल्ने र केही न केही गरिरहनै पर्ने बाबुरामको सरकारले अचानक इन्धनको भाउ बढायो। आफ्न्ाा प्रिय नेतादाजूहरूका करकमलबाट जनताको ढाड सेक्दै हदभन्दा बढी इन्धनको भाउ बढाएको देख्दा नेताहरूका भाइ युवाहरूमा खुव एक्साइटमेन्ट उत्पन्न भयो। दाजुवर्गले जनताका ढाड सेक्ने बाहेक अरु कुनै विकल्पबारे सोच्नै नसकेपछि भाइवर्ग अर्थात विद्यार्थी युनियन जमात किन पछि हट्थे। दाजुहरूले स्साला...माड् जनताका ढाडको हाडमा मार ठोकेकोे घाउमा दल्दे अकवरे खोर्सानी भन्दै विद्यार्थीभाइहरू निस्कन थाले हुलका हुल,...
एमपी सुब्बा कुनै समयकी चर्चित र ग्ल्यामर्स नायिका तथा मोडल पुजना प्रधान 'स्त्री' अध्यात्मिक बाटोमा लागेपछि के गर्दै होलिन्? चिन्ने, जान्नेका लागि चासोको विषय हुनसक्छ। अभिनयमा उनको उपस्थिती पातलिएको छ। साथीसंगीसँग भेटघाट पनि कम गरेकी छन्। त्यसोभए पुजनाको दिन कसरी बितिरहेको छ त? यसैसाता साताब्यापी वैद्यनाथ भ्रमणबाट फर्केकी पुजनाले भनिन्, 'मेरो पुरै समय धर्मकर्ममै बितिरहेको छ। चलचित्रको कामबाट पुरै फुर्सदमा छु अहिले।' चार वर्षअघि ग्ल्यामर्स क्षेत्रबाट एक्कासी 'जय संगत' नामक...
२२ वर्षीया उषा खरेल अहिलेकी चर्चित नवनायिकाको अग्रपंक्तिमा पर्दछिन्। संयोगले आफू नायिका भएको बताउने खरेलले हालसम्म दशवटा चलचित्रमा अभिनय गरिसकेकी छिन्। हाल उनले अभिनय गरेको चलचित्र काठमाडौंका हलहरुमा चलिरहेको छ। नेपाली रजतपटमा पकड जमाउँदै गएकी उनै नवनायिका खरेलसँग रेजिना पाण्डेले गरेको कुराकानी: तपाईले अभिनय गरेको चलचित्र काठमाडौंबाट कस्तो प्रतिक्रिया पाउनुभयो? 'काठमाडौ'ं नेपालको समसामयिक विषयमा बनेको, सबै वर्गलाई समेटिएको भएकोले यसलाई धेरैले रुचाउनु स्वभाविकै हो। त्यो भन्दा पनि यस चलचित्रको आकर्षण भनेको...
अपाङ्ग भएर पनि सपांगभन्दा कम छैनन्, समला राई। उनी शारीरिक रुपमा अपांग छिन्, तर उनको योगदान सपांग जतिकै छ। उनको एउटा खुट्टा पूरै छैन। गायनसँगै समाजसेवामा पनि समला सक्रिय छिन्। खोटाङकी समला २०६२ सालदेखि गायनमा सक्रिय छिन्। साहरा प्रेरणा नेपालको अध्यक्षसमेत रहेकी समलाले 'माया सरर' नामक सोलो एल्बम निकालेकी छन्। यसै एल्बममार्फत उनले गायिकाको परिचय बनाएकी हुन्। 'शारीरिक अपांगता भए पनि केही गरौं' भन्ने सोचकी समलासँग गरिएको कुराकानी: एल्बमबाट स्रोताहरुको...
गायिका बिनिता राई गायन क्षेत्रमा 'करिअर' खोज्दै छिन्। गायनमा रहर र रुचिले गर्दा गायनमा प्रवेश गरेकी बिनिताको पहिलो एल्बम 'पारख' हालै श्रोतामाझ आएको छ। उनले छोटो समयमै आधा दर्जनभन्दा बढी एल्बमहरूमा स्वर दिइसकेकी छन्। उदयपुरकी बिनिता म्युजिक बिषयमा स्नातक दोस्रो वर्ष अध्ययनरत छिन्। यस पटक यिनै संगीत बिद्यार्थी तथा गायिका बिनितासँगको जम्का भेट। अहिले के गर्दै हुनुहुन्छ? मेरो पहिलो एल्बम 'पारख' हालै बजारमा ल्याएकी छु, यसैको प्रमोशनमा ब्यस्त छु। साथै...
'नयाँको प्रवेश र पुराना आउट' रजतपटका लागि यो सामान्य नै भएको छ। रंगीन सपना बोकेर नवोदित कलाकार प्रवेश गरिरहेका छन् भने संघर्ष गरेर पनि फल नपाएकाहरू भने 'आउट' भइरहेका छन्। यस्तै ग्ल्यामरस क्षेत्रमै केही गरौंला भन्ने सोचले रजतपटमा रञ्जिता लिम्बुले प्रवेश गरेकी छन्। सुदूरपूर्व ताप्लेजुङकी रञ्जिता एक वर्षयता कलाकारितामा संघर्षरत छिन्। यिनै नवोदित कलाकार रञ्जितासँग दृष्टिको जम्का भेट। कलाकारिता क्षेत्रमा के सोचेर लाग्नु भएको नि? सानैदेखिको रुचि र इच्छाले गर्दा...
सुष्मा कार्कीको छवि बदलिएको छ। हिजोकी सिम्पल नायिका अहिले आएर 'बोल्ड नायिका' मा दरिएकी छन्। 'मेरो एउटा साथी छ' चलचित्रमार्फत रजतपटमा डेब्यु गरेकी सुस्मा पछिल्लो समयमा 'आइटम डान्स' मा समेत जम्न थालेकी छन्। उनले अहिले प्रर्दशन भइरहेको चलचित्र 'लुट' पनि आइटम डान्स गरेकी छिन्। जुन आइटम डान्सबाट उनले 'उध्रेको चोली' को उपमासमेत पाएकी छन्। बेलाबेला 'प्रेमचक्कर'को विषयमा समेत विवाद र चर्चामा आउँने गरेकी सुस्मासँगदृष्टिको जम्काभेट। हिजोआज के गर्दै हुनुहुन्छ? भर्खरै...
राष्ट्रपति डा. रामवरण यादव मुलुकको भविष्यप्रति चिन्तित छन् भन्ने कुरा राष्ट्रपतिले पाल्पा महोत्सवमा गरेको भाषणबाट बुझ्न सकिन्छ। राष्ट्रपति यादवले पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पाल्पामा मनको कुरा खोले। राष्ट्रपतिले यो संक्रमणको समयलाई आफ्नो अग्नि परीक्षा भएको बताउँदै कुनै पनि हालतमा राष्ट्रिय अखण्डता र स्वाधीनता जोगाउने प्रतिबद्धता गरे। आफू तराईबासी भएर पनि राष्ट्रपतिले सिंगो नेपालीको भावनालाई बुझेरै मुलुकको अखण्डता प्रति चिन्ता जाहेर गरेको हुनुपर्छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि सिद्धान्त, विचार...
चिनियाँ सामान जस्तै चिनियाँ चिन्तन पनि नेपालका लागि टिकाउ र भरपर्दो छैन। माओवादी र माओवाद पनि नेपालका लागि चिनिया सामान जस्तै हेर्दा आकर्षक तर प्रयोग गर्दा बिग्रिएर निरर्थक सावित भइसके। माओवादी यसरी चिनियाँ उत्पादकका सामानहरु जस्तै मेड इन चाइना आज छ भोलि छैन भएपछि अहिले राजनीतिकको आकर्षणको केन्द्र एमाले बन्न पुगेको छ। एमाले छोडेर माओवादीमा पसेका देखि अलग्गै पार्टी खडा गरेका राजनीतिकर्मीहरुको पहिलो रोजाईमा पुनः एमाले परेको छ। यसैबेला एमालेले...
We have 123 guests and no members online