त्रि–श्रेष्ठ प्रकाशन प्रा.लि.
का निमित्त अध्यक्ष : राजुबाबु श्रेष्ठ
प्रबन्ध निर्देशक तथा कार्यकारी सम्पादक : जयप्रकाश त्रिपाठी
व्यवस्थापक : नवीन उप्रेती, बजार व्यवस्था : टंक भुजेल
उपत्यका वितरक : यज्ञ न्यौपाने, फोनः ९८५१०५८७३०
कार्यालयः बबरमहल, काठमाडौं, पो.ब.नं. ८९७, फोन नं. ४२२२१७२,
फ्याक्स : ४४३४५१५, ई–मेल : ghabichar@wlink.com.np
वेबसाइट : www.weeklynepal.com
सम्पादक : बबिता बस्नेत
संस्थापक प्रधानसम्पादक : देवप्रकाश त्रिपाठी
नेपाली काङ्गे्रस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम नेतृत्वको माओवादी अन्ततः सफल भएको छ। सङ्घीय संरचनाका विषयमा माओवादीले यसअघि राख्दै आएको अडानमा माओवादीले काङ्गे्रस एमालेलाई सहमत हुन बाध्य तुल्याएको छ। माओवादी चाहनाअनुरूपको संविधानमा सहमति जनाएपछि काङ्गे्रस–एमालेले सरकार पाए पनि राजनीति भने गुमाएका छन्। खासगरी नेपाली काङ्गे्रस अब आफ्ना पूर्वस्थापित मूल्य–मान्यताबाट सम्पूर्ण रूपले च्यूत हुने स्थिति बनेको छ। अब काङ्गे्रस शासकीय स्वरूपका विषयमा पनि माओवादीसमक्ष गल्ने ठानिएको छ। काङ्गे्रस नेतृत्वमाथि संसदीय...
संविधानसभाअन्तर्गत संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले आगामी जेठ १४ गतेभित्र संविधान नआउने धारणा सार्वजनिक गरेका छन्। विभिन्न क्षेत्रका विज्ञ–विशेषज्ञ वा विश्लेषकहरूले फेरि पनि तोकिएको मितिभित्र संविधान निर्माण हुन नसक्ने दाबी गरिरहेका सन्दर्भमा संवैधानिक समितिका सभापतिको सो धारणालाई असामान्य रूपमा लिनुपर्ने देखिँदैन।
तथापि, जुन जिम्मेवारी बोकेका व्यक्तिबाट यस्तो धारणा सार्वजनिक भएको छ, त्यस कोणबाट हेरिँदा भने उक्त अभिव्यक्तिले अत्यन्त महत्त्वपूर्ण अर्थ राख्छ नै। संविधानको मूल मस्यौदा तयार गर्ने जिम्मेवारी बोकेको समिति नै कति निराशाजनक अवस्थाबाट गुजि्ररहेको रहेछ भनी बुझ्ने एउटा माध्यम मात्र नभई आचार्यको अभिव्यक्ति मुलुकका राजनीतिक दलहरूको प्रवृत्ति अझै सत्तास्वार्थको वरिपरि नै फन्को मारिरहेको रहेछ भनी यकिन गर्न पनि सहायकसिद्ध हुन्छ। यो अभिव्यक्ति प्रकट गरेर सभासद् आचार्यले जनतालाई निराश तुल्याउने गल्ती गरे भनी दलका नेतृत्वले आक्षेप लगाउन सक्लान्, तर उनले कुनै गल्ती गरेनन् बरु आमनागरिकलाई यथार्थ जानकारी गराएर एकप्रकारले गुन नै लगाइदिएभन्दा अत्योक्ति नहोला।
स्वेच्छिक अवकाश रोजेका लडाकालाई घर पठाइसकिएको र सेनामा समायोजन गर्ने प्रक्रिया पनि कार्यान्वयनको सङ्घारमा उभिसकेकोले छिट्टै शान्तिप्रक्रियाले पूर्णता पाउनेछ भनी अनुमान गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ। शान्तिप्रक्रिया पूरा हुनुको तात्पर्य संविधाननिर्माणको आधार मजबुत हुनु या संविधान तयार भएसरह हो भन्ने बुझाइ रहँदै आएको परिप्रेक्षमा त अब निर्धारित मितिभित्रै संविधान बन्नुपर्ने हो। तर, फेरि पनि अन्योलताको औंला किन उठिरहेको छ– प्रश्न गम्भीर छ।
सत्ताको नेतृत्व गरिरहेको दलभित्रैबाट यतिबेला जोड स्वरले प्रधानमन्त्रीको राजीनामा माग भइरहेको छ। प्रतिपक्षी दलसमेत सरकार फेर्ने पक्षमा निर्णायक रूपले उभिन नसकेको परिवेशमा प्रधानमन्त्रीकै पार्टीका हस्तीहरूले अर्को सरकारको पक्षमा कोकोहोलो मच्चाउनुको सोझो अर्थ हुन्छ– एनेकपा माओवादी जेठ १४ को समय–सीमा फेरि पनि गुजार्ने नियतबाट ग्रसित छ। मुस्किलले तीन महिना बाँकी रहेको अवधिलाई सदुपयोग गर्न गम्भीर हुनुपर्नेमा उल्टै सरकार परिवर्तनको चलखेल गर्नु र त्यसपछि उत्पन्न हुने राजनीतिक तरङ्ग वा क्रिया–प्रतिक्रियामै तीन महिना चिप्लिनेछ भन्नेतर्फ चिन्तित नदेखिनु दुर्नियतपूर्ण छ। यस्ता यावत् यथार्थ र सम्भावनाहरूको आँकलन गरेर नै संवैधानिक समितिका सभापतिले संविधान जेठ १४ मा नआउने दाबी गरेको हुनुपर्छ।
राजनीतिक दलहरू यति खेलाँचीपूर्ण तवरले व्यवहार गरिरहेका छन् कि जेठ १४ मा संविधान नआउने अवस्थालाई परिपक्व तुल्याउने कार्य उनीहरूबाट निर्धक्क भइरहेको छ, तर त्यसपछि उत्पन्न हुनसक्ने विषमावस्थासँग मुकाबिला गर्ने सवालमा भने किञ्चित तयारी देखिएको छैन। यस्तैबेला दशवर्षे 145जनयुद्ध146को नेतृत्व गरेर मुलुकलाई आजको परिवेशमा पुर्याउन मूल जिम्मेवार रहेका माओवादी अध्यक्ष प्रचण्डको 145गलित अभिव्यक्ति146हरू सार्वजनिक हुन थालेका छन्। विगतमा जातीयता, क्षेत्रीयताजस्ता अनेक उग्र र विभाजनकारी नारा दिनु साँच्चै गम्भीर गल्ती रहेको प्रचण्डलाई अनुभूति भएको उनका थकित अभिव्यक्तिले सङ्केत गर्छ। जनताको विविध तह–तप्कामा पूरा गर्नै नसकिने सपनाका पुलिन्दा बाँड्नुको प्रतिफलमा यतिबेला पश्चात्ताप हासिल भएको हुनसक्छ उनलाई। यसैगरी पछिल्लो समयमा ०४७ सालको संविधान ब्युँताउने 145षड्यन्त्र146 भइरहेको आवाज माओवादी नेताहरूबाट विशेष किसिमले उठ्न थालेको छ। यदि ०४७ को संविधान ब्युँताउने कोसिस कहीँकतैबाट भएकै छ भने नयाँ संविधान निर्माणमा भाँजो हाल्ने कार्य आफ्नै खुट्टामा बञ्चरो हानेसरह हुन्छ भन्ने चेत किन नखुलेको होला माओवादी र त्यसभित्र पनि तत्काल सरकार फेर्नुपर्ने आवाज उठाउने
समूहलाई? कि 145बाघ आयो146 भनेर तर्साएझैँ गरी साँच्चैको बाघ बोलाउने चेष्टा हो यो?
माओवादीलाई मुलुकको राजनीतिमा सर्वव्यापक तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने झापाका कृष्ण सिटौला काङ्गे्रसको बचेखुचेको साख पनि ध्वस्त पार्न सफल भएका छन्। काङ्गे्रसलाई माओवादीको एजेण्डामा 'सहमत' गराउँदै राजनीतिक रूपले पिछलग्गु बनाउन सफल सिटौलाले देशलाई जातीय आधारमा विभाजन गराउने माओवादी प्रयासमा साथ दिने घृष्टता गरेका छन्। निश्चित जातिका नाममा राज्य निर्माण गर्न माओवादीले चलाएको अभियानमा सिटौलाको उपस्थितिले ऊर्जा प्रदान गरेको छ। संसद्को...
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिएर विवादित हुन्छन्। भीड देख्नासाथ उत्तेजित हुने उनको शैली देखेर सबै आश्चर्यचकित हुने गरेका छन्। आफैं प्रधानमन्त्री पदमा आसीन हुँदा पनि उनले पटकपटक विद्रोही नेताको जस्तो अभिव्यक्ति दिएका थिए। हालैमात्र आदिवासी जनजाति प्रतिनिधिसँगको भेटमा दाहालले उनीहरूलाई जातीय राज्यविरुद्ध उत्रनेहरूविरुद्ध प्रतिकारमा उत्रन...
कामविशेषले बेलायतमा रहेको बेला टीभी हेर्दै थिएँ, कुकुरसम्बन्धी एउटा समाचारमा ध्यान खिचियो। त्यहाँ झन्डै ३० लाखभन्दा बढी कुकुर रहेछन् र तिनको पालनपोषण राम्रो नभए वा तिनीहरूलाई कसैले यातना दिए मान्छेलाई पनि दण्ड–जरिवाना हुँदोरहेछ। कुकुरलाई शारीरिक तथा मानसिक यातना दिनुलाई पनि त्यहाँ दण्डनीय अपराध मानिँदोरहेछ। बेलायतबाट म अमेरिका पुगेँ। त्यहाँ पनि...
नेपाल एक मात्र सार्वभौमसत्तासम्पन्न हिमाल, पहाड, उपत्यका, तराई–मैदानका भूभाग भएको राज्य हो। भौगोलिक कठिनाइका बाबजुद हावापानी, उब्जनी, वन–जङ्गल जैविक विविधता र तत्तत् भूभागमा बस्ने बासिन्दाको रहनसहन, संस्कार, भाषा, संस्कृति र खानपानको अनेकता एवम् धर्म, सम्प्रदाय, जातजाति र सम्बन्धका कारण विविधता भएको देश हो। यहाँ युगौँदेखि सामाजिक र सामुदायिक सद्भाव, धार्मिक,...
व्यक्तिको एउटा सानो सुखी परिवारझैं राष्ट्र या राज्य विशाल परिवारको रूप हो। नेपाल विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदाय तथा बहुसंस्कृतिको साझा फूलबारी हो। यो राष्ट्र निर्माणका लागि हाम्रा ज्ञात–अज्ञात पुर्खाहरूले आफ्नो अमूल्य जीवनको उत्सर्ग गरी यो सबल र अखण्ड राष्ट्र हामीहरूलाई नासोको रूपमा प्राप्त भएको हो। यो फूलबारीको हामी माली...
सिकन्दर र चङ्गेज खाँका निजी महत्त्वाकाङ्क्षाका कारण एक समय पृथ्वीमा हजारौँ मानिसले ज्यान गुमाउनुपरेको तथ्य इतिहासमा पढ्न पाइन्छ। महत्त्वाकाङ्क्षाले मानिसलाई अगाडि बढ्न पे्ररणा दिन्छ, तर अति महत्त्वाकाङ्क्षा व्यक्ति स्वयम् र दुनियाँको निम्ति दुःख या सास्तीको कारण बन्नसक्छ। नेपाली सन्दर्भमा भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर आदिले आफ्ना निजी महत्त्वाकाङ्क्षा पूर्ति गर्ने...
नयाँ संविधानमा नागरिकताका सम्बन्धमा 'बाबु र आमा' कि 'बाबु वा आमा' भन्ने बहसले व्यापकता पाएको छ। नागरिकतासम्बन्धी व्यवस्थाका लागि संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नका लागि आमा र बाबु दुवै नेपालको नागरिक हुनुपर्ने प्रस्ताव गरेपछि र सो प्रस्तावलाई विवाद समाधानसम्बन्धी उच्चस्तरीय कार्यदलले पनि यथावत् राखेपछि अधिकारवादीहरूले यसको विरोध गर्दै आएका छन्। विवादित सूचीमा...
० लगभग दुई साताको अवधि बाँकी रहेको परिवेशमा भनिदिनुस्, जेठ १४ भित्र संविधान आउला कि नआउला? – अझै पनि राजनीतिक दलहरूबीच सहमति बन्न सके संविधान आउँछ, नभए त अन्योल नै रहन्छ। त्यसपछि दलहरूले गम्भीर भएर एउटा साहसिक निर्णय गर्नुपर्ने हुन्छ। ० कस्तो साहसिक निर्णय? – त्यो भनेको संविधान बनाउने..., जसरी भए पनि बनाउने र जनताले दिएको म्यान्डेटअनुसार संविधान बनाउने हो।...
एकीकृत नेकपा माओवादीका प्रखर र स्पष्ट विचार भएका युवा नेता लेखराज भट्ट अहिले पार्टीको नीतिविपरीत खुलेआम अखण्ड सुदूरपश्चिम आन्दोलनमा लाग्नुभएको छ। कैलाली र कञ्चनपुरलाई थरूहट बनाउने पार्टीको निर्णयविरुद्ध सडकमै उत्रनुभएका भट्टमाथि कारबाहीको माग पनि पार्टीभित्रैबाट उठ्न थालेको छ। तर पनि उहाँ अखण्ड सुदूरपश्चिमको अडानमा कायमै हुनुहुन्छ। घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी १९ दिन बितिसक्दा पनि सुदूरपश्चिम...
बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए। कानुनी रूपमै सम्बन्धविच्छेदपछि बच्चा बाबुसँगै रह्यो, यसप्रकारको परिस्थितिमा प्रायः बच्चा आमासँग हुने भए पनि उनीहरूको सवालमा त्यस्तो भएन। समयक्रममा दुवैको विवाह भयो। अहिले उनीहरूको बच्चा नौ कक्षामा पढ्दै छ। नयाँ बन्ने संविधानको नागरिकतासम्बन्धी व्यवस्थामा वंशजको आधारमा नागरिकता प्राप्त गर्न आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधानले पेसाले इन्जिनियर उनलाई तनावमा धकेलिदिएको छ।...
बिहानै एउटा आशाको किरण बोकेर विस्तारै सूर्य उदाउँछ वसन्ती हावा सरर्र.. सरर्र सर्सराउँछ थोरै ढुक–ढुक गरिदिन्छ मुटुमा देशको माया घडीमा समय एकनास श्वासको प्रवाहमा बगिरहन्छ नदीझैँ शान्त आकाश चराहरूको चिर्बिराहट क्षितिज टेकेर जब जान्छ घाम जब आँउछ जून वा जब जान्छ जून जब आाउँछ घाम मन तलाउझैँ शान्त भइरहन्छ एक मुठ्ठी माटो च्यापेर मुठ्ठीमा एक थुङ्गा फूल छोएर औंलाहरूले प्रत्येक...
म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन्। खेलकुदप्रतिको अगाध रुचि र आत्मविश्वासले तारालाई यो स्थितिमा पुर्यािएको हो। लक्ष्यहीन रूपमा खेलकुदमा प्रवेश गरे पनि उनको प्रभावशाली प्रदर्शनले विभिन्न खेलमा अब्बल सावित भएकी छिन्। भलिबल खेललाई काखी च्यापेर आएकी ताराले नेपाली खेलकुदमा प्रवेशसँगै भारोत्तोलन र एथलेटिक्समा पनि आफ्नो कमाल देखाइसकेकी छिन्। जहाँ खुट्टा राख्यो...
एक समयकी चर्चित अभिनेत्री हुनुहुन्छ सूर्यमाला शर्मा खनाल। चर्चित अभिनेता सरोज खनालसँग अभिनयकै क्रममा वैवाहिक बन्धनमा बाँधिनुभएकी सूर्यमाला करिब १३ वर्षको अमेरिका बसाइपछि यतिबेला नेपाल आउनुभएको छ। दुई सन्तानकी आमा सूर्यमालामा आज पनि रंगमञ्च र टेलिभिजनमा काम गर्ने जोस, उमङ्ग र उत्सह उत्तिकै छ। विशेष गरेर नाटक र टेलिफिल्ममा उहाँ धेरै जम्नुभएको थियो। ०३९ सालमा 145प्रतिभा आकाश माग्छे146 नामक नाटकबाट...
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा बढी प्रस्तुत गर्न सकियो भने चर्चा पाइन्छ, अनि सबैको वाहवाही पनि पाइन्छ भन्ने सिने क्षेत्रका जिया र सविना नामक युवतीको सपना अन्ततः चकनाचुर हुन पुगेको छ। चलचित्र एटीएममा '...लाईभन्दा देख्नेलाई लाज' भनेजस्तो ग्ल्यामर्सको नाममा अश्लील दृश्य बिनासङ्कोच दिएका जिया केसी र सविना कार्कीका तस्बिरहरू केही समय त पत्रपत्रिकाहरूमा खुवै छाए। यी दुई युवती...
यिनी हुन् दीपशिखा खड्का। म्युजिक भिडियोमार्फत कलाकारिता फाँटमा आएकी दीपशिखाले अभिनय गरेको चलचित्र हो– पे्रमविवाह। एनी हाउ नाम कमाउ भन्छिन् दीपशिखा। उनलाई परिवारबाट पनि राम्रो साथ मिलेको छ रे! त्यसैले घटना र विचारसँगको कुराकानीमा उनले भनिन्, 145जसरी पनि हिट हिरोइन बन्नु छ मलाई।146 ० हिट हिरोइन भनेकोचाहिँ कस्तो हिरोइन हो नि? – सबैले चिन्ने अनि सबैबाट वाहवाही कमाउने। ० चर्चाकै...
आदरणीय महामन्त्री कृष्णप्रसाद सिटौलाज्यू जयनेपाल! कुशल रही यहाँको र देशको कुशलताको कामना गर्दै काङ्गे्रसको बाह्रौँ महाधिवेशनको बुथ–प्रतिनिधिका हैसियतले र मेरो तीन पुस्तादेखि यस पार्टीमा आबद्ध रहेको परिवारको एक जिम्मेवार कार्यकर्ताको हैसियतले आदरणीय महामन्त्रीज्यूसमक्ष केही कुरा जाहेर गर्ने अनुमति माग्छु। महामन्त्रीज्यू, म आफू पनि यही पार्टीको कार्यकर्ता भएको कारण यस पार्टीभित्र गाउँ, क्षेत्र, जिल्लासम्ममा हुने छलकपट, जालसाँझी सबै कुराहरू मैले पनि...
We have 236 guests and no members online