त्रि–श्रेष्ठ प्रकाशन प्रा.लि.
का निमित्त अध्यक्ष : राजुबाबु श्रेष्ठ
प्रबन्ध निर्देशक तथा कार्यकारी सम्पादक : जयप्रकाश त्रिपाठी
व्यवस्थापक : नवीन उप्रेती, बजार व्यवस्था : टंक भुजेल
उपत्यका वितरक : यज्ञ न्यौपाने, फोनः ९८५१०५८७३०
कार्यालयः बबरमहल, काठमाडौं, पो.ब.नं. ८९७, फोन नं. ४२२२१७२,
फ्याक्स : ४४३४५१५, ई–मेल : ghabichar@wlink.com.np
वेबसाइट : www.weeklynepal.com
सम्पादक : बबिता बस्नेत
संस्थापक प्रधानसम्पादक : देवप्रकाश त्रिपाठी
नेपाली काङ्गे्रस र एमालेलाई आफ्नो पिछलग्गु बनाउन प्रचण्ड–बाबुराम नेतृत्वको माओवादी अन्ततः सफल भएको छ। सङ्घीय संरचनाका विषयमा माओवादीले यसअघि राख्दै आएको अडानमा माओवादीले काङ्गे्रस एमालेलाई सहमत हुन बाध्य तुल्याएको छ। माओवादी चाहनाअनुरूपको संविधानमा सहमति जनाएपछि काङ्गे्रस–एमालेले सरकार पाए पनि राजनीति भने गुमाएका छन्। खासगरी नेपाली काङ्गे्रस अब आफ्ना पूर्वस्थापित मूल्य–मान्यताबाट सम्पूर्ण रूपले च्यूत हुने स्थिति बनेको छ। अब काङ्गे्रस शासकीय स्वरूपका विषयमा पनि माओवादीसमक्ष गल्ने ठानिएको छ। काङ्गे्रस नेतृत्वमाथि संसदीय...
सम्पादकज्यू
घटना र विचार साप्ताहिकको ०६८ फागुन ३ गतेको अङ्कको अन्तिम पृष्ठमा प्रकाशित योजनाकार बाहिरै भन्ने शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यनाकर्षण भएको छ। उक्त समाचारमा मेरो नामसमेट जोडेर समाचार प्रकाशित गरिएकाले यो प्रतिक्रिया पठाउने काम गरेको छु। उक्त समाचारमा उल्लेखित विषय र प्रसङ्गहरूमा मेरो कुनै सरोकार नरहेको व्यहोरा प्रस्ट जानकारी गराउन चाहन्छु। तर, सो समाचार प्रकाशित भएको थाहा पाएपछि म र मेरो परिवार अत्यन्तै मर्माहत, भयभीत र असुरक्षित महसुस भएको कुरा अवगत गराउन चाहन्छु। उक्त घटनामा जोडिएका व्यक्तिहरूको र मेरो वा हाम्रो परिवारको कहीँकतै पनि कुनै आग्रह र पूर्वाग्रहसमेत नरहेको सबै पक्षलाई स्पष्ट पार्न चाहन्छु। एउटै जिल्लावासी भएको नाताले शिव पौडेलसँग मेरो सरल चिनजान मात्र रहेको थियो। त्यसैगरी कहीँकतै कारोबारमा सरोकार वा कुनै खोजीनिती पनि नभएको र समग्रमा व्यक्तिगत रूपले भन्नुपर्दा एउटा निर्दोष परिवारमाथि राज्यका केही प्रशासक र समाजमा आफ्नो स्वार्थका लागि सोझासीधा युवकलाई प्रलोभन देखाएर आफ्नो स्वार्थ पूरा गर्ने केही व्यक्तिहरूको मिलेमतोमा घटाइएको एउटा जघन्य अपराधको घटनामा मेरो नाम जोडेर समाचार प्रकाशित गराउनुको पछाडि यथार्थ छानबिन गरिदिनुहुन म राज्यका सम्पूर्ण सञ्चारमाध्यम, सम्बन्धित निकाय, विवेकशील समाजलाई विनम्रताका साथ अनुरोध गर्दछु। मेरो विषयमा प्रहरी र समाजको समेत प्रसङ्ग जोडिएको रहेछ। प्रहरी सङ्गठनमा केही इमानदार प्रहरीसँग नागरिक भएको नाताले सम्बन्ध राख्नु वा बढाउनु अपराध हो भने भूल गरेको भनी माफ गरिदिनुहोला। सच्चा र इमानदार समाजप्रति म समर्पित भएको कुरा सहन नसक्ने केही सीमित व्यक्तिको मिलेमतो जसरी शिव पौडेललगायत धेरै परिवारको क्षति हुुने गरी घटाइएको घटनाको जस्तै रचना रची मैले विपक्षी बनाएका व्यक्तिहरूलगायतको मिलेमतोमा म र मेरो परिवारलाई पनि समाप्त पार्ने खेलको रचना गरी मेरो इज्जतमाथि लगाउन खोजिएको आरोपको वास्तविक कारणको सम्पूर्ण विवरण मैले यसै निवेदनका साथ पेस गरेको छु। मैले आफ्नो वास्तविक सत्यतथ्यबारे जिल्ला प्रशासन कार्यालय चितवनलगायत राज्यका सबै निकायमा प्रमाणसहित आवश्यक जानकारी गराई न्यायका लागि आग्रह गरिसकेको छु। उक्त समाचारको कारणले गर्दा म वा मेरो परिवारको कुनै पनि ठाउँमा कुनै पनि तरिकाले क्षति हुनसक्ने देखिएकोले पत्रिकाको तर्फबाट सम्पूर्ण कुराको छानबिन गरी उक्त समाचारको खण्डन गरिदिनुहुन अनुरोध छ।
– गुनबहादुर थापा (शम्भु)
चितवन, भण्डारा–२
शारदा समूहको कमाउने काइदा
इलेक्ट्रिक सामानहरूको आयातलगायतका काम गर्ने शारदा गु्रपले व्यापक मात्रामा राजस्व छल्ने गरेको छ। नेपालको स्थापित व्यापारिक घराना भनी चिनिएको शारदा ग्रुपले बिजुलीका सामानहरू नेपाल अधिराज्यभरि सप्लाई गर्दछ, तर कसैसँग पनि भ्याट बिलको प्रयोग गर्दैन। दैनिक करोडौँको कारोबार गर्ने शारदा ग्रुपका सञ्चालक शिवरतन शारदा बैंक अफ काठमाडौंका सञ्चालकसमेत रहेका छन्। शारदा ग्रुपले इलेक्ट्रिकसम्बन्धी सम्पूर्ण सामान चाइनाबाट भारतको बाटो हुँदै नेपाल भित्र्याउने गर्दछ। राजस्व छल्न र जनताका आँखामा छारो हाल्नकै लागि यसो गरिएको हो। यस ग्रुपले व्यापक रूपले नक्कली बिलको प्रयोग गरी भ्याट छलिरहेको छ। शारदा ग्रुपको लगानीमा नेपाल अधिराज्यभर इलेक्ट्रिक सप्लाई गर्ने दर्जनौँ पसल रहेका छन्।
– श्ाारदा ग्रुपका एक इमानदार पूर्वकर्मचारी
माओवादीलाई मुलुकको राजनीतिमा सर्वव्यापक तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने झापाका कृष्ण सिटौला काङ्गे्रसको बचेखुचेको साख पनि ध्वस्त पार्न सफल भएका छन्। काङ्गे्रसलाई माओवादीको एजेण्डामा 'सहमत' गराउँदै राजनीतिक रूपले पिछलग्गु बनाउन सफल सिटौलाले देशलाई जातीय आधारमा विभाजन गराउने माओवादी प्रयासमा साथ दिने घृष्टता गरेका छन्। निश्चित जातिका नाममा राज्य निर्माण गर्न माओवादीले चलाएको अभियानमा सिटौलाको उपस्थितिले ऊर्जा प्रदान गरेको छ। संसद्को...
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिएर विवादित हुन्छन्। भीड देख्नासाथ उत्तेजित हुने उनको शैली देखेर सबै आश्चर्यचकित हुने गरेका छन्। आफैं प्रधानमन्त्री पदमा आसीन हुँदा पनि उनले पटकपटक विद्रोही नेताको जस्तो अभिव्यक्ति दिएका थिए। हालैमात्र आदिवासी जनजाति प्रतिनिधिसँगको भेटमा दाहालले उनीहरूलाई जातीय राज्यविरुद्ध उत्रनेहरूविरुद्ध प्रतिकारमा उत्रन...
कामविशेषले बेलायतमा रहेको बेला टीभी हेर्दै थिएँ, कुकुरसम्बन्धी एउटा समाचारमा ध्यान खिचियो। त्यहाँ झन्डै ३० लाखभन्दा बढी कुकुर रहेछन् र तिनको पालनपोषण राम्रो नभए वा तिनीहरूलाई कसैले यातना दिए मान्छेलाई पनि दण्ड–जरिवाना हुँदोरहेछ। कुकुरलाई शारीरिक तथा मानसिक यातना दिनुलाई पनि त्यहाँ दण्डनीय अपराध मानिँदोरहेछ। बेलायतबाट म अमेरिका पुगेँ। त्यहाँ पनि...
नेपाल एक मात्र सार्वभौमसत्तासम्पन्न हिमाल, पहाड, उपत्यका, तराई–मैदानका भूभाग भएको राज्य हो। भौगोलिक कठिनाइका बाबजुद हावापानी, उब्जनी, वन–जङ्गल जैविक विविधता र तत्तत् भूभागमा बस्ने बासिन्दाको रहनसहन, संस्कार, भाषा, संस्कृति र खानपानको अनेकता एवम् धर्म, सम्प्रदाय, जातजाति र सम्बन्धका कारण विविधता भएको देश हो। यहाँ युगौँदेखि सामाजिक र सामुदायिक सद्भाव, धार्मिक,...
व्यक्तिको एउटा सानो सुखी परिवारझैं राष्ट्र या राज्य विशाल परिवारको रूप हो। नेपाल विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदाय तथा बहुसंस्कृतिको साझा फूलबारी हो। यो राष्ट्र निर्माणका लागि हाम्रा ज्ञात–अज्ञात पुर्खाहरूले आफ्नो अमूल्य जीवनको उत्सर्ग गरी यो सबल र अखण्ड राष्ट्र हामीहरूलाई नासोको रूपमा प्राप्त भएको हो। यो फूलबारीको हामी माली...
सिकन्दर र चङ्गेज खाँका निजी महत्त्वाकाङ्क्षाका कारण एक समय पृथ्वीमा हजारौँ मानिसले ज्यान गुमाउनुपरेको तथ्य इतिहासमा पढ्न पाइन्छ। महत्त्वाकाङ्क्षाले मानिसलाई अगाडि बढ्न पे्ररणा दिन्छ, तर अति महत्त्वाकाङ्क्षा व्यक्ति स्वयम् र दुनियाँको निम्ति दुःख या सास्तीको कारण बन्नसक्छ। नेपाली सन्दर्भमा भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर आदिले आफ्ना निजी महत्त्वाकाङ्क्षा पूर्ति गर्ने...
नयाँ संविधानमा नागरिकताका सम्बन्धमा 'बाबु र आमा' कि 'बाबु वा आमा' भन्ने बहसले व्यापकता पाएको छ। नागरिकतासम्बन्धी व्यवस्थाका लागि संविधानसभाको मौलिक हक तथा निर्देशक सिद्धान्त समितिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नका लागि आमा र बाबु दुवै नेपालको नागरिक हुनुपर्ने प्रस्ताव गरेपछि र सो प्रस्तावलाई विवाद समाधानसम्बन्धी उच्चस्तरीय कार्यदलले पनि यथावत् राखेपछि अधिकारवादीहरूले यसको विरोध गर्दै आएका छन्। विवादित सूचीमा...
० लगभग दुई साताको अवधि बाँकी रहेको परिवेशमा भनिदिनुस्, जेठ १४ भित्र संविधान आउला कि नआउला? – अझै पनि राजनीतिक दलहरूबीच सहमति बन्न सके संविधान आउँछ, नभए त अन्योल नै रहन्छ। त्यसपछि दलहरूले गम्भीर भएर एउटा साहसिक निर्णय गर्नुपर्ने हुन्छ। ० कस्तो साहसिक निर्णय? – त्यो भनेको संविधान बनाउने..., जसरी भए पनि बनाउने र जनताले दिएको म्यान्डेटअनुसार संविधान बनाउने हो।...
एकीकृत नेकपा माओवादीका प्रखर र स्पष्ट विचार भएका युवा नेता लेखराज भट्ट अहिले पार्टीको नीतिविपरीत खुलेआम अखण्ड सुदूरपश्चिम आन्दोलनमा लाग्नुभएको छ। कैलाली र कञ्चनपुरलाई थरूहट बनाउने पार्टीको निर्णयविरुद्ध सडकमै उत्रनुभएका भट्टमाथि कारबाहीको माग पनि पार्टीभित्रैबाट उठ्न थालेको छ। तर पनि उहाँ अखण्ड सुदूरपश्चिमको अडानमा कायमै हुनुहुन्छ। घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी १९ दिन बितिसक्दा पनि सुदूरपश्चिम...
बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए। कानुनी रूपमै सम्बन्धविच्छेदपछि बच्चा बाबुसँगै रह्यो, यसप्रकारको परिस्थितिमा प्रायः बच्चा आमासँग हुने भए पनि उनीहरूको सवालमा त्यस्तो भएन। समयक्रममा दुवैको विवाह भयो। अहिले उनीहरूको बच्चा नौ कक्षामा पढ्दै छ। नयाँ बन्ने संविधानको नागरिकतासम्बन्धी व्यवस्थामा वंशजको आधारमा नागरिकता प्राप्त गर्न आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधानले पेसाले इन्जिनियर उनलाई तनावमा धकेलिदिएको छ।...
बिहानै एउटा आशाको किरण बोकेर विस्तारै सूर्य उदाउँछ वसन्ती हावा सरर्र.. सरर्र सर्सराउँछ थोरै ढुक–ढुक गरिदिन्छ मुटुमा देशको माया घडीमा समय एकनास श्वासको प्रवाहमा बगिरहन्छ नदीझैँ शान्त आकाश चराहरूको चिर्बिराहट क्षितिज टेकेर जब जान्छ घाम जब आँउछ जून वा जब जान्छ जून जब आाउँछ घाम मन तलाउझैँ शान्त भइरहन्छ एक मुठ्ठी माटो च्यापेर मुठ्ठीमा एक थुङ्गा फूल छोएर औंलाहरूले प्रत्येक...
म्यादीको विकट गाउँ हिस्तानमा ०४० सालमा जन्मिएकी तारा पुन अहिले कीर्तिमानी भारोत्तोलन खेलाडीको रूपमा चिनिन्छिन्। खेलकुदप्रतिको अगाध रुचि र आत्मविश्वासले तारालाई यो स्थितिमा पुर्यािएको हो। लक्ष्यहीन रूपमा खेलकुदमा प्रवेश गरे पनि उनको प्रभावशाली प्रदर्शनले विभिन्न खेलमा अब्बल सावित भएकी छिन्। भलिबल खेललाई काखी च्यापेर आएकी ताराले नेपाली खेलकुदमा प्रवेशसँगै भारोत्तोलन र एथलेटिक्समा पनि आफ्नो कमाल देखाइसकेकी छिन्। जहाँ खुट्टा राख्यो...
एक समयकी चर्चित अभिनेत्री हुनुहुन्छ सूर्यमाला शर्मा खनाल। चर्चित अभिनेता सरोज खनालसँग अभिनयकै क्रममा वैवाहिक बन्धनमा बाँधिनुभएकी सूर्यमाला करिब १३ वर्षको अमेरिका बसाइपछि यतिबेला नेपाल आउनुभएको छ। दुई सन्तानकी आमा सूर्यमालामा आज पनि रंगमञ्च र टेलिभिजनमा काम गर्ने जोस, उमङ्ग र उत्सह उत्तिकै छ। विशेष गरेर नाटक र टेलिफिल्ममा उहाँ धेरै जम्नुभएको थियो। ०३९ सालमा 145प्रतिभा आकाश माग्छे146 नामक नाटकबाट...
चलचित्रको पर्दामा अश्लीलता र नग्नता बढीभन्दा बढी प्रस्तुत गर्न सकियो भने चर्चा पाइन्छ, अनि सबैको वाहवाही पनि पाइन्छ भन्ने सिने क्षेत्रका जिया र सविना नामक युवतीको सपना अन्ततः चकनाचुर हुन पुगेको छ। चलचित्र एटीएममा '...लाईभन्दा देख्नेलाई लाज' भनेजस्तो ग्ल्यामर्सको नाममा अश्लील दृश्य बिनासङ्कोच दिएका जिया केसी र सविना कार्कीका तस्बिरहरू केही समय त पत्रपत्रिकाहरूमा खुवै छाए। यी दुई युवती...
यिनी हुन् दीपशिखा खड्का। म्युजिक भिडियोमार्फत कलाकारिता फाँटमा आएकी दीपशिखाले अभिनय गरेको चलचित्र हो– पे्रमविवाह। एनी हाउ नाम कमाउ भन्छिन् दीपशिखा। उनलाई परिवारबाट पनि राम्रो साथ मिलेको छ रे! त्यसैले घटना र विचारसँगको कुराकानीमा उनले भनिन्, 145जसरी पनि हिट हिरोइन बन्नु छ मलाई।146 ० हिट हिरोइन भनेकोचाहिँ कस्तो हिरोइन हो नि? – सबैले चिन्ने अनि सबैबाट वाहवाही कमाउने। ० चर्चाकै...
आदरणीय महामन्त्री कृष्णप्रसाद सिटौलाज्यू जयनेपाल! कुशल रही यहाँको र देशको कुशलताको कामना गर्दै काङ्गे्रसको बाह्रौँ महाधिवेशनको बुथ–प्रतिनिधिका हैसियतले र मेरो तीन पुस्तादेखि यस पार्टीमा आबद्ध रहेको परिवारको एक जिम्मेवार कार्यकर्ताको हैसियतले आदरणीय महामन्त्रीज्यूसमक्ष केही कुरा जाहेर गर्ने अनुमति माग्छु। महामन्त्रीज्यू, म आफू पनि यही पार्टीको कार्यकर्ता भएको कारण यस पार्टीभित्र गाउँ, क्षेत्र, जिल्लासम्ममा हुने छलकपट, जालसाँझी सबै कुराहरू मैले पनि...
We have 269 guests and no members online