Weekly Nepal

त्रि–श्रेष्ठ प्रकाशन प्रा.लि.
का निमित्त अध्यक्ष : राजुबाबु श्रेष्ठ
प्रबन्ध निर्देशक तथा कार्यकारी सम्पादक : जयप्रकाश त्रिपाठी

व्यवस्थापक : नवीन उप्रेती, बजार व्यवस्था : टंक भुजेल
उपत्यका वितरक : यज्ञ न्यौपाने, फोनः ९८५१०५८७३०
कार्यालयः बबरमहल, काठमाडौं, पो.ब.नं. ८९७, फोन नं. ४२२२१७२,
फ्याक्स : ४४३४५१५, ई–मेल : ghabichar@wlink.com.np
वेबसाइट : www.weeklynepal.com

सम्पादक : बबिता बस्नेत
संस्थापक प्रधानसम्पादक : देवप्रकाश त्रिपाठी

सङ्कटमा सेना समायोजन बलजफ्ती गरे दुर्घटना

काठमाडौं, फागुन १० । माओवादी लडाकुलाई नेपाली सेनामा प्रवेश गराउन गुप्त रूपमा भइरहेका चलखेल सार्वजनिक भएपछि माओवादी र सेनाको नेतृत्व अप्ठ्यारोमा परेको छ। माओवादी र केही सैन्य उच्चाधिकारीबीचको आपसी सहमतिमा तयार पारेको प्रतिवेदनलाई अन्य राजनीतिक दल र नेपाली सेनाले समेत स्वीकार नगर्ने भएपछि उनीहरू अप्ठ्यारोमा परेका हुन्।  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीका साढे ६ हजार लडाकुलाई सेनामा समायोजन गर्नका निम्ति कार्यविधि बनाउन प्रधानसेनापति छत्रमान गुरुङलाई निर्देशन दिनुभएपछि त्यसरी निर्देशन पाएको...

सम्पादकीय

कुन चेष्टा हो यो!

संविधानसभाअन्तर्गत संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले आगामी जेठ १४ गतेभित्र संविधान नआउने धारणा सार्वजनिक गरेका छन्। विभिन्न क्षेत्रका विज्ञ–विशेषज्ञ वा विश्लेषकहरूले फेरि पनि तोकिएको मितिभित्र संविधान निर्माण हुन नसक्ने दाबी गरिरहेका सन्दर्भमा संवैधानिक समितिका सभापतिको सो धारणालाई असामान्य रूपमा लिनुपर्ने देखिँदैन।

Read more: कुन चेष्टा हो यो!

घटना र विचार - समाचार

जाँदाजाँदै गुप्ताले यसो भने

लामो समयदेखि चल्दैआएको भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले बहालवाला सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई लाखौँ नगद जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ। हिजो मंगलबार ऐतिहासिक फैसला गर्दै न्यायाधीसद्वय तर्कराज भट्ट र सुशीला कार्कीको इजलासले मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गुप्तालाई ८४ लाख जरिवाना, त्यत्तिबराबरकै सम्पत्ति जफत एवम् डेढ वर्ष जेल सजाय सुनाएको हो।  प्रजातन्त्र पुनर्स्थापन भएयता ०४८ देखि ०५९...

सेनापतिलाई फसाएर सीबी भारततर्फ

 नेपाली सेनाबाट सेनानिवृत्त जनरल सीबी गुरुङ यसै साता भारततर्फ जानुभएको छ। उहाँ मुटुको उपचारका लागि भारत जानुभएको बताइएको छ। तर, उहाँसमेत सम्मिलित भई तयार गरेको भनिएको  'सेनापतिको प्रतिवेदन' विवादमा आउनु र गुरुङ भारततिर लाग्नुको पछाडि कुनै रहस्य हुनसक्ने निकवर्तीहरूले अनुमान गरेका छन्। स्मरणीय छ, सेनापति छत्रमान गुरुङले सुटुक्क तयार गरी प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन बनाउनमा मूख्य भूमिका सीबी गुरुङले निर्वाह गर्नुभएको...

अविभाज्य सुदूरपश्चिम एक राज्य बनोस्

राष्ट्र निर्माणको हरेक अभियानमा सुदूरपश्चिमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ। प्रजातन्त्र स्थापना एवम् लोकतन्त्र प्राप्तिको हरेक अभियानमा सुदूरपश्चिमका जनताको अत्यन्त सक्रिय एवम् सशक्त भूमिका सदैव रहँदै आएको छ। वि.सं. २००७ सालदेखि ०६२/६३ को महान् जनआन्दोलनहरूमा पनि सुदूरपश्चिमको सदैव सक्रिय भूमिका रहँदै आएको ऐतिहासिक तथ्य हो। संविधानसभाको निर्वाचनपछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान (नेपालको संविधान) अहिलेसम्म जनताले पाइसक्नुपर्ने हो। तर, दुर्भाग्यवश...

राष्ट्रपतिको नाम सिफारिस

आगामी जुलाई २७ देखि अगष्ट १२ सम्म आयोजना हुने लन्डन ओलम्पिकका लागि हालै नेपाल ओलम्पिक कमिटीले खेलाडी, पदाधिकारी र सञ्चारकर्मीको नाम गोप्य रूपमा सिफारिस गरी पठाएको छ। जसमा एथलेटिक्स, तेक्वान्दो, बक्सिङ, माउन्टेन बाइक, सुटिङ र जुडोका बाइस खेलाडीसहित त्यति नै सङ्ख्यामा ओलम्पिक कमिटीका पदाधिकारीहरू रहेका छन्। त्यसैगरी एनओसीले आमन्त्रण कोटामा राष्ट्रपति, प्रधानमन्त्री, खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई राखेको हुनाले...

यसरी बढ्ने भो बाबुराम सरकारको आयु

प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि चौतर्फी आक्रमण सुरु भएको भए पनि उहाँको कार्यकाल पूर्वानुमान गरिएभन्दा केही थपिने सम्भावना बढेको छ। प्रधानमन्त्री भट्टराई लडाकुलाई सेनामा समायोजन गरी शान्तिप्रक्रिया तत्काल पूरा गर्न तत्पर देखिनुभएपछि वर्तमान सरकारको कार्यकाल लम्बिने स्थिति बनेको हो। शान्तिप्रक्रियामा उदासीन देखिएपछि काङ्गे्रस र एमालेका नेताहरूले भित्रभित्रै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्दै प्रधानमन्त्रीको राजीनामा माग्न थालिसकेका थिए। तर, पछिल्ला केही...

घटना र विचार - लेख/विचार

इतिहास मेट्ने दुष्चक्र- देवप्रकाश त्रिपाठी

   जतिसुकै पुरानो भए पनि हाम्रो निम्ति पृथ्वी त्याज्य हुन सक्दैन र देश पनि। ज्यान पुरानो भयो भन्दैमा यसको विकल्प नभएजस्तै मानिसको जीवनमा कम्तीमा तीन कुराको विकल्प खोजिनुलाई स्वाभाविक मानिँदैन– पृथ्वी, देश र प्रजातन्त्र मानवजीवनसँग यसरी जोडिएका तत्त्व हुन् जसको विकल्पबारे सामान्यतया मानिस सोच्ने गर्दैनन्। वैज्ञानिकहरूले पृथ्वीजस्तै प्राणीयोग्य ग्रहको खोजी गर्नुलाई...

अख्तियारलाई प्रश्न- वसन्तराज कुँवर

बहुचर्चित सुडान काण्डमा दोषी बनाई अदालतमा मुद्दा दायर गरिएकामध्ये एकतीसजनाले सफाइ पाए। आरोेपितमध्ये ९० प्रतिशतभन्दा बढीले सफाइ पाए। एउटा राज्यको जिम्मेवार अख्तियार जस्तो संवैधानिक निकायले चलाएको मुद्दामा ९० ले सफाइ पाउनु भनेको असाधारण कुरो हो। यस्ामा अख्तियारको क्षमताउपर प्रश्न उठाउनैपर्ने अवस्था आएको छ। सफाइ पाउने ती व्यक्तिहरूमा राज्यको विशिष्ट र...

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम- शिवजी श्रेष्ठ

जब चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात् स्थगित भएको समाचार आउनेबित्तिकै यस्ता टीका–टिप्पणी र समाचारहरू नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ। प्रतिप212ी राजनीतिक पार्टीहरूका नेताहरूबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरू...

यसकारण उपयुक्त छ संसदीय पद्धति - दामोदर पौडेल

अहिले देशमा संसदीय पद्धति, राष्ट्रपतीय पद्धति वा मिश्रित पद्धतिमध्ये कुन ठीक भन्नेबारे विवाद छ र यो विवाद जनतालाई मूर्ख बनाएर सत्तामा जाने उपाय मात्र हो भन्ने अनुभवहरूले देखाएका छन्। वास्तवमा लोकतन्त्र र बहुलवादलाई आत्मसात् गरेपछि शासनको स्वरूपलाई उपपद्धति मान्न सकिन्छ। शासकीय पद्धति त लोकतान्त्रिक, साम्यवादी, सैनिक शासन, धार्मिक शासन आदि...

लाइबेरियाको कथा र नेपाली परिवेश –वसन्तराज कुँवर

ग्यासको सिलिन्डर बोकेका गाडी रोकेर सर्वसाधारण उपभोक्ताले सडकबाटै भटाभट ग्यास लिएर गएका हालैको घटनाले मलाई युद्धग्रस्त क्षेत्र लाइबेरिया, सुडान, हाइटी आदि मुलुकको सम्झना दिलायो। युद्धले जर्जर पारेको अर्थतन्त्रको कारण त्यहाँ मानिस दुई छाकको भोक टार्न संयुक्त राष्ट्रसङ्घको राहत कुरेर बस्थे। विद्रोहीहरूको बन्दुकको अधीनमा रहेको त्यो मुलुकमा आमजनता तर्सिएर बाँच्नेबाहेक अरू...

गैरप्रतिस्पर्धात्मक क्रियाकलापको खतरा –अधिवक्ता अनिता केसी

खुला बजार अर्थव्यवस्थामा गैरप्रतिस्पर्धात्मक क्रियाकलाप वाञ्छनीय मानिँदैन, तर यस्तो क्रियाकलाप खुलेआम सञ्चालन भइरहँदा पनि त्यसलाई नियन्त्रण गरी उद्यमी तथा उपभोक्ताको अधिकार सुरक्षित गर्ने दायित्वतर्फ सरकार एकाग्र भएर लाग्न सकेको छैन। नेपालले सन् १९९० मा आर्थिक नीति अवलम्बन गरेयता विभिन्न कम्पनीहरूको प्रवेशले सरकारी एकाधिकार घट्न थालेपश्चात्कोे अवस्थामा उपभोक्ताले प्रतिस्पर्धात्मक उपलब्धि हासिल...

मर्नुभन्दा बहुलाउनु नै निको हो त? –विधान श्रेष्ठ

सन् २०१२ को डिसेम्बरको अन्त्यतिर पृथ्वीमा महाप्रलय भएर अत्यधिक सङ्ख्यामा प्राणीहरू मर्ने र मानवनिर्मित संरचनाहरू पनि निकै ध्वस्त हुने कुराले नेपाल र भारतमा व्यापकता पाएको छ। कथम् त्यस्तै भयो भने मर्ने त मरिहाल्छन्, बाँच्नेहरू पनि त्यो दृश्य देखेर बौलाहा हुनेछन्। मानिसहरू सो घटनाको कल्पना गर्दै 'सबै मरेपछि हाइसन्चो नै हुन्छ'...

प्रहरी महानिरीक्षकको नाममा जरुरी पत्र –वीरेन्द्रमणि पौडेल

महानिरीक्षकज्यू, नमस्कार   तपाईं राज्य सञ्चालनका प्रक्रियालाई व्यवस्थित गर्न गठित गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको प्रमुख हुनुहुन्छ। मानव जीवनमा धन र जीउको सुरक्षाको महत्त्व कति हुन्छ बताइरहन पर्दैन। तपाईं यतिबेला त्यो जिम्मेवारी बोकिरहनुभएको छ जुन जिम्मेवारी कठिन र चुनौतीपूर्ण त छ नै महत्त्वका हिसाबले सबैभन्दा महत्त्वपूर्ण पनि छ। हरेक नागरिकले राष्ट्रको...

जनयुद्ध दिवसका बर्बराहट –श्रीधर शर्मा

झन्डै डेढ महिनाअघि 'भावनामा बगेर बोल्दा विवादमा परेको र बेलाबेला चिप्लिएका कारण अब विचार गरेर मात्र बोल्ने' बताएका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले फेरि आफ्नो पुरानै शैली देखाएका छन्। सशस्त्र विद्रोह सुरु गरेको ०५२ फागुन १ को स्मरणमा 'जनयुद्ध दिवस' मनाउने गरेको माओवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पुरानै...

शत्रु बन्न र गाली खान पनि मानिसको योग्यता पुगेको हुनुपर्छ –देवप्रकाश त्रिपाठी

शत्रु बन्न र गाली खान पनि मानिसको योग्यता पुगेको हुनुपर्छ। जीवनमा भेटिने हरेक पात्र गालीका निम्ति योग्य हुँदैनन् र गालीका निम्ति योग्य हरेक व्यक्ति बन्ने योग्यताका हुन पनि सक्दैनन्। नेताहरूलाई मित्र ठानिन्छ, त्यसैले सम्मान गरिन्छ, योग्य ठानिन्छ त्यसैले गाली या आलोचना गर्ने गरिन्छ। तर, विगत ६ वर्षयताको व्यवहारले नेताहरूको गाली...

घटना र विचार - अन्तर-विचार

जेठअघि बाबुराम त्यसपछि काङ्ग्रेस- झक्कुप्रसाद सुवेदी (केन्द्रीय सदस्य तथा सभासद्, एनेकपा माओवादी)…

 ० माननीज्यू, तपाईं माधवकुमार नेपालजस्ता नेतालाई चुनाव हराइदिने व्यक्ति, कसरी पराजित तुल्याउनुभयो नेपाललाई? – आजभन्दा चार वर्षअघि सम्पन्न संविधानसभाको निर्वाचनमा माधव नेपाल मसँग हारेकै हुन्। मैले हराएकोभन्दा पनि जनताले पराजित तुल्याइदिएका भन्नु उचित होला। ० त्यसपछि त तपाईं आफैं  हराउनुभयो नि! – एनेकपा माओवादी केन्द्रीय समितिको सदस्य भए पनि म पार्टीको माथिल्लो पङ्क्तिको नेता होइन। दलीय व्यवस्थामा पार्टीका वरिष्ठ नेताहरू...

जातिवादी राज्य यो धर्तीमा सम्भव छैन- झलनाथ खनाल (अध्यक्ष, नेकपा एमाले)…

  ० नेपालको शान्तिप्रक्रिया यतिबेला कहाँ पुगेको देख्नुहुन्छ तपाईं? – शान्तिप्रक्रिया अहिले पनि एउटा चुनौतीपूर्ण घडीमै छ। विगतका सहमति र सम्झौताहरू जुन गतिमा लागू हुनुपर्ने थियो त्यसो हुन सकेको छैन। माओवादी लडाकुलाई स्वेच्छिक अवकाश कार्यक्रममार्फत बिदा गर्ने काम हुन सके पनि समायोजनको प्रक्रिया सुरु हुन सकेको छैन। पुनर्स्थापनाको काम पनि सुरु नै भएको छैन। यतिका समय बितिसक्दा पनि यी कामले पूर्णता...

अब आउँछ संविधान –सुवासचन्द्र नेम्वाङ, सभामुख

० शीर्ष चार पार्टीका नेताहरूले तपाईंसँग भेटेर कार्यतालिका संशोधनका लागि आग्रह गरेको कुरा सार्वजनिक भयो, वास्तवमा नेताहरू के चाहिरहेका छन्, के बुझ्नुभयो तपाईंले?  – चारजना शीर्ष नेताहरू शनिबार मकहाँ आउनुभयो र सहमतिका लागि गम्भीरताका साथ पहल भइरहेको जानकारी दिनुभयो। सहमतिका प्रयास हुँदाहुँदै पनि समयको अभाव भएकोले थप समय चाहियो, कार्यतालिका परिवर्तन गर्नुपर्ने भयो भन्ने उहाँहरूको आग्रह रह्यो। यसरी समय नपुगेको कुरा...

घटना र विचार - निषेध

राम्रा कुरा पनि छन- बबिता बस्नेत

 माओवादी द्वन्द्वका बेला निकै 'खतरा'को सूचीमा परेको जिल्ला दाङ अहिले कुनै बेला त्यति धेरै प्रभावित ठाउँ हो र? झैं लाग्छ। दाङको सदरमुकाम घोराही शायद नेपालकै सबैभन्दा महँगो स्थान हो जहाँ हातले नापेर जग्गा बिक्री गरिन्छ। त्यसो त हातले नापेर जग्गाको किनबेच हुने ठाउँ धेरै छन्, धेरैजसो सदरमुकामहरूमा हातले नापेरै जग्गाको कारोबार गरिन्छ तर तुलनात्मक रूपमा घोराही, तुलसीपुर र आसपासको जग्गा...

ब्राह्मण कुलमा जन्मनुको पीडा – डीपी त्रिपाठी

अहिले देवप्रकाश त्रिपाठी नामधारी मेरो जन्म, मेरो आफ्नै या अरू कसैको योजनाबद्ध कार्यक्रमअनुरूप भएको थिएन। एउटा सुनिश्चित आकस्मिकता मात्र थियो– मेरो अस्तित्व। मलाई जन्म दिने माता–पिता ब्राह्मण कुलको हुनुहुँदोरहेछ, आठ वर्षको उमेरमा मेरो ब्रतबन्ध गर्ने क्रममा मलाई यस महात्म्यको बोध गराइयो। ब्रतबन्धसँगै जीवनयापन क्रममा निर्वाह गर्नुपर्ने केही सूत्रहरू पालन गर्न मलाई पुरोहित र मेरा अभिभावकहरूबाट निर्देशन भयो। हरेक बिहान उठेर...

सर्वस्वीकार्य पर्व शिवरात्रि –ब्रह्माकुमार रामसिंह ऐर

परम्परागत रीतिरिवाजबाट मनाइरहेको हेर्दा र विचार गर्दा शिवरात्रि पर्व हिन्दू धर्मावलम्बी तथा सनातन मतका मानिसको मात्रै महत्त्वको पर्व हो भन्ने लाग्दछ। किनकि शिव नाम हिन्दूहरूका वेद, पुराण, उपनिषद् गीता, महाभारत, रामायण आदि शास्त्रमा बढी प्राथमिकता र उच्च आस्थाका साथ उल्लेख एवम् महिमा पूर्ण रूपमा वर्णन गरिरहेको पाइन्छ। खासगरी वर्षेनी फागुन कृष्ण पक्षको चौधौँ रात्रिको बेला शिवरात्रिलाई धार्मिक तथा परम्परागत रूपमा...

कसले दियो यो अधिकार? –बबिता बस्नेत

चर्चित सामाजिक सञ्जाल फेस बुकमार्फत सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले नेपाली हुनुमा आफूलाई कुनै गर्व नभएको बताउँदै मधेस र काठमाडौंबीचको सम्बन्ध दुई महिनाभित्रमा टुट्न सक्ने अभिव्यक्ति दिँदा सुरुमा त विश्वास नै भएन। जयप्रकाश गुप्ता पटकपटक सञ्चारमन्त्री हुनुभएको र आफू सञ्चार क्षेत्रसँगै सम्बद्ध भएका कारण उहाँ जुनसुकै पार्टीमा रहे पनि जुनसुकै पदमा रहे पनि र नरहे पनि आफ्नैजस्तो अनुभूति हुने गर्छ।...

घटना र विचार - साहित्य

स्वामी धर्मविवेक –ईश्वर बन्ने काइदा

विश्वमा धेरैले ईश्वरको खोजी गरे, तर उनीहरूले कहिल्यै ईश्वरलाई फेला पारेनन्। बरु आर्फै ईश्वरमा परिणत भए। ईश्वर वा परमात्माको परम् रहस्य यसैमा छ। जसले यो गुह्य बुझ्न सक्छ उसले ज्ञात, अज्ञात, गेय र अगेयको गणितमा रुमलिनुपर्दैन। जस्तो कि 'ईश्वर डटकम' शीर्षकमा चर्चा गरियो, सदानन्द नै ईश्वरीय अवस्था हो र मानिसको सदानन्दको चाहना नै ईश्वर हुनुको प्रमाण हो।  तर, ईश्वर खोज्नेहरूले ईश्वरलाई...

घटना र विचार - खेल

छैटौँ पक्का- श्रीविक्रम भण्डारी

दुलहीझैं सिँगारियो सुदूरपश्चिम यतिबेला छैटौँ राष्ट्रिय प्रतियोगिताका लागि दुलहीजस्तै सिँगारिएको छ सुदूरपश्चिम। सुदूरपश्चिमलाई 'सुन्दरपश्चिम' बनाउन अहिले धनगढी र महेन्द्रनगरमा सम्पूर्ण तयारी भइसकेको छ। छोटो समयको तयारीमा पनि आफूलाई उत्कृष्टताको साँचोमा ढालेको सुदूरपश्चिम अहिले दुलहीझैं सिँगारिएको छ भने खेलाडीको आतिथ्यका लागि नमन गरेर बसेको छ। भौतिक पूर्वाधारको कमी र तत्कालीन सरकारको गैरजिम्मेवारीले गर्दा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबाट हात धुनुपरेको सुदूरपश्चिमले...

सेना तर्सिएको कि गर्जिएको?

श्रीविक्रम भण्डारी   निकट भविष्यमा आयोजना हुन लागेको 'छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता'मा सहभागिता नजनाउने नेपाली सेनाको निर्णयले ठूलो हलचल ल्याएको छ। प्रतियोगितामा पीएलएको सहभागिता सेनाका लागि बिझाउने विषय पक्कै बनेको छ। राष्ट्रियतासँग गाँसिएको सवालमा सेना संवेदनशील बनेर देखाउनुपर्छ। तर, मेरो गोरुको बाह्रै टक्का गर्ने क्रममा सेनाले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नखेल्ने निर्णय गर्नु त्यो राष्ट्र र राष्ट्रियतामाथि प्रहार गर्नुसरह हुनेछ। नेपाली खेलकुदको...

घटना र विचार - मनोरञ्जन

डेटिङका लागि समय छैन

राम्रो अभिनय गर्ने कलाकारको रूपमा परिचय बनाएका छन् दिलीप रायमाझीले। विशेष गरेर नृत्य विधामा निपुण मानिने दिलीप रायमाझी यतिबेला सिनेमा अभिनय र निर्माण दुवै विधालाई एकसाथ अङ्गीकार गर्दै अगाडि बढिरहेका छन्। उनले निर्माण गरेको चलचित्र 145मिस यु146 यतिबेला प्रदर्शन भइरहेको छ। ० फिल्ममा प्रशस्त अफर आउँदाआउँदै पनि किन आफैं सिनेमा निर्माणतिर लाग्नुभो? – कुरा त्यसो होइन। अरूको फिल्म खेल्दा भनेजस्तो...

रातोले गर्ने भयो कमाल!

नवीन उप्रेती  के तपाईं बढ्दो मोटोपनबाट दिक्क हुनुहुन्छ? त्यसो हो भने पक्कै यसबाट छुटकारा पाउन पनि लालायित हुनुहुन्छ होला। धन्दा नमान्नुस्, वैज्ञानिकहरूले एउटा सरल उपाय पत्ता लगाएका छन्।   हो, जर्मन र स्वीस वैज्ञानिकहरूले शरीरको तौल घटाउन रातो रङ्गको प्लेटमा खाना खान र रातै रङ्गको ग्लासमा मदिरा पिउन सुझाएका छन्। यसो गर्नुपर्ने कारणबारे तर्क दिँदै वैज्ञानिकहरूले भनेका छन्, 'रातो प्लेट र ग्लासमा...

रेजिनाले पर्दाफास गर्ने

राजन घिमिरे    सधैं मिडियाहरूमा छाइरहने अभिनेत्री रेजिना उपे्रती केही समयदेखि 'गुप्तवास'मा छिन्। 'फेसबुक'मा पनि उनी आफूले काम गरेका चलचित्रहरूको तस्बिर 'ट्याग' गर्थिन् तर आजभोलि चलचित्रहरूमा तस्बिर र चलचित्रसम्बन्धी कुराहरू उनको 'फेसबुक'मा त्यति हेर्ने र पढ्न पाइन्न। चलचित्रसम्बन्धी कार्यक्रमतिर पनि कमै देखा पर्छिन् रेजिना। किन त? 'आजभोलि पछाडि नै परेकी छु। घरतिर पनि समय दिनुपरेकोले यसो भएको हो,' उनले भनिन्।  त्यसो त, रेजिना...

घटना र विचार - पाठकपत्र

मेराविरुद्ध षड्यन्त्र भयो

सम्पादकज्यू घटना र विचार साप्ताहिकको ०६८ फागुन ३ गतेको अङ्कको अन्तिम पृष्ठमा प्रकाशित योजनाकार बाहिरै भन्ने शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यनाकर्षण भएको छ। उक्त समाचारमा मेरो नामसमेट जोडेर समाचार प्रकाशित गरिएकाले यो प्रतिक्रिया पठाउने काम गरेको छु। उक्त समाचारमा उल्लेखित विषय र प्रसङ्गहरूमा मेरो कुनै सरोकार नरहेको व्यहोरा प्रस्ट जानकारी गराउन चाहन्छु। तर, सो समाचार प्रकाशित भएको थाहा पाएपछि म...

केन्द्रीकृत राज्य–प्रणाली र विकेन्द्रीकृत शासन–प्रणाली

भर्खरै राज्य पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोजेका आयोगका प्रतिनिधिलाई प्रवेशमा रोक लगाइयो। रोक लगाउनेहरू अरू कोही नभएर संविधान बनाउने जिम्मा पाएकाहरू नै थिए। त्यहाँ नाराबाजी र जुलुस भयो। आखिर प्रधानमन्त्री र आयोगका पदाधिकारी प्रवेशका लागि सुरक्षा बल प्रयोग गर्नुपर्यो्। यो किन र कसरी भयो? यसको लेखाजोखा नगरीकन राज्य पुनर्संरचना गरियो भने विश्व संसारमा...

पूर्वप्रहरीको घरमै क्यासिनो

क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध लागे पनि धुम्बाराही पीपलबोटनजिक नेपाल प्रहरीका एकजना पूर्वडीएसपी मीनप्रसाद पौडेलको पाँचतले घरमा निर्वाध रूपले मिनी क्यासिनो सञ्चालित छ। निज पौडेलले बहालमा छँदादेखि नै सञ्चालन गरिरहेको उक्त जुवाघर वर्षौंदेखि सञ्चालित छ। जुवाघरमा सयदेखि दुई सय रुपैयाँ प्वाइन्टसम्म म्यारिज खेल हुने गर्दछ। उक्त जुवा अखडामा मनोरञ्जन गर्न अवकाश प्राप्त गरिरहेका आईजीपी र एआईजीपीसमेत आउँछन्। ती अधिकारीहरू बहालमा...

Weekly Video

Life&style

Women

We have 142 guests and no members online