Weekly Nepal

देशान्तर प्रकाशन प्रा. लि.
अध्यक्षः बन्धु थापा
प्रधान–सम्पादकः कविर राणा
कानुनी सल्लाहकारः बाबुराम गिरी

कार्यालयः
अनामनगर, काठमाडौं पो.ब.न.७७३८
फोनः ४१०२५७३, फ्याक्सः ४१०२५७४
इमेलः deshantarweekly@yahoo.com

राष्ट्रिय अखण्डताका लागि जनता एकजुट माओवादी पछि…

काठमाडौं, बैशाख ३१ । माओवादीले ल्याएको जातीय राज्यको प्रस्तावले बालेको आगोले देशव्यापी आकार लिँदैछ। पश्चिमदेखि पूर्वसम्मका सबै भूभागका नागरिक आन्दोलित भएका छन्। ठूलो राजनैतिक दलको हैसियतले देशप्रति इमानदार भएर यो प्रस्तावबाट माओवादी पछि हटेन भने देशले गृहयुद्ध भोग्नुपर्ने संकेतहरू देखापर्न थालेका छन्। यसले सबैभन्दा ठूलो धक्का माओवादी र यसका नेताहरूलाई पुर्याृउने पक्का छ। देशको विखण्डन र जातीय सद्भावलाई अक्षुष्ण राख्न माओवादीलाई पछि हटेर देशअघि बढ्न देऊ भनी अहिले आमनागरिकले गरेको माग अहिलेसम्म पूरा भएको छैन।  अघिल्लो हप्ता नेपाली कांग्रेसले सबै जातजाति समेटिने गरी सात प्रदेशको प्रस्ताव गरेको थियो। त्यसमा प्रदेशहरूको नाम सम्बन्धितहरूले नै राख्ने गरी आफ्नो नाम आफैं राखौंको सिद्धान्त अपनाएको थियो। माओवादीले त्यसलाई नमान्दा पूरै दुई हप्ता समय खेर गयो। तर जब उसको प्रस्तावले देशमा आगो बाल्न थाल्यो त्यसपछि...

कालोसूची मुक्त भएको छैन नेपाल

माओवादीको अनुदारवादी खेमाको अडान र संसद् बहिष्कारसम्मको घटनाका कारण कालोसूचीमा पर्ने लगभग निश्चित भइसकेको नेपाल, अमेरिका, भारत, चीन, बेलायत, जापान, फ्रान्सलगायत देशको पहलमा बालबाल बचेको छ तर मुक्त चाहिँ भएको छैन।

 

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी महत्वपूर्ण तीन विधेयक संसदबाट पारित नभए कालोसूचीमा पर्ने निश्चित थियो। तर, महाशक्ति राष्ट्रहरूको पहलमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था 145फाइनान्सियल एक्सन टाक्सफोर्स146 (एफएटीएफ)को गत शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा जारी बैठकले हाललाई नेपाललाई कालोसूची (पब्लिक स्टेट)मा नराख्ने निर्णय गरेको हो तर यसको अवधि आगामी जुनसम्मलाई मात्र तोकिएको छ। कालोसूचीमा परेका मुलुकका कुनै पनि बैंकले प्रतीतपत्र (एलसी) खोल्न पाउँदैन, जसका कारण अन्तर्राष्ट्रिय आयात–निर्यात ठप्प हुने स्थिति आउँछ। साथै, यस्ता मुलुकका नागरिकहरूले विदेश यात्रा गर्दा अनेकौं झन्झट बेहोर्नुपर्छ। अन्तर्राष्ट्रियस्तरमा आर्थिक कारोबार गर्न नपाएपछि देशको अर्थतन्त्र चौपट हुने निश्चित छ।  

माओवादीको अनुदारवादी खेमा मुलुकमा के चाहन्छ भन्ने यसबाट स्पष्ट देखिन्छ। संसारबाट आर्थिक, कूटनीतिक सम्बन्धविच्छेद गरेर बसेका उत्तरकोरिया, क्युबा, इरानजस्ता देश एफटीएफको कालोसूचीमा पहिल्यैदेखि थिए। यी देशको कमाई भनेको युरेनियम, कच्चा तेल र हतियार बेच्नु हो। यसबाहेक यिनीहरूको अर्थतन्त्रको स्रोत छैन र यी देशमा लोकतन्त्र छैन, कहीँ कम्युनिस्ट तानाशाही छ त कहीँ सैनिक वा धार्मिक तानाशाही। नेपाललाई पनि आर्थिक रूपमा तहसनहस बनाएर संसारबाट अलग्याउने चाहना माओवादीको रहेको स्पष्ट भएको छ। सत्तारुढ माओवादीको यो कदमको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, एमालेलगायत लोकतन्त्र र खुला अर्थतन्त्रको पक्षमा रहेका सम्पूर्ण राजनीतिक दलहरूले कडाइकासाथ विरोध गरिसकेका छन्। अहिलेको विश्व भनेको एउटा सानो गाउँजस्तो भइसकेको छ। एकअर्को देशको सहयोग र सहकार्य बिना मुलुक चल्नै नसक्ने अवस्था विद्यमान छ। सञ्चार र आर्थिक जालो संसारभर फैलिएका छन्। २१औं शताब्दीको उत्तरार्द्धमा आएर पनि क्युबा, उत्तरकोरिया, इरानजस्तो एकलकाँटे भएर चल्न सकिन्छ भनेर सोच्नु प्रतिगमनतर्फ फर्कनु हो।  

कूटनीतिक पहल र महाशक्ति राष्ट्रहरूको पहलका कारण ४ महिनालाई संकट टरेको छ। तर, यसबीचमा निदाएर बस्नु कदापी बुद्धिमानी हुँदैन। सत्तारुढ माओवादी र सहयात्री मधेसवादी दलहरूको 145घैंटोमा घाम146 लाग्नुपर्योच। माओवादीका कारण सम्पूर्ण मुलुक असफल राष्ट्र बन्न दिनुहुँदैन। यसतर्फ अन्य प्रमुख लोकतन्त्रवादी दलहरूले पनि गम्भीरतापूर्वक चासो लिनैपर्छ र ४ महिनाभित्र सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रमुख तीन विधेयक संसदबाट पारित गराउनैपर्छ। नत्र हामीले श्रीलङ्का, थाइल्याण्डलगायत आधादर्जन दक्षिण अमेरिकी र अफ्रिकी मुलुकको नियति भोग्नुपर्ने हुनसक्छ।  

देशान्तर - समाचार

काग्रेस सभासद् पार्टी निर्णयमा दृढ

काठमाडौं। नेपाली कांग्रेसका जनजाति सभासद्हरूले सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवालाई संयुक्त रूपमा भेटेर पार्टीको निर्णयअनुसार अगाडि बढ्ने जनाएका छन्। विभिन्न पार्टी आबद्ध जनजाति तथा मधेसी सभासद्ले संविधानसभामा मतदान हुँदा पार्टी निर्णय विपरीत मतदानमा सहभागी हुने हल्ला चलेको थियो। तर नेपाली कांग्रेसका जनजाति र मधेसी सभासद्हरूले आफूहरू जातीय राज्यको पक्षमा नभएको र पार्टीले गरेको निर्णयमा...

अखण्ड सुदूरपश्चिमसँगको वार्ता असफल

काठमाडौं। अखण्ड सुदूरपश्चिम हुनुपर्ने माग राख्दै विगत १६ दिनदेखी सुदूरपश्चिम बन्द गर्दै आएका आन्दोलनकारी र सरकारबीचको वार्ता असफल भएको छ। बन्दबाट आजित भएका सुदूरपश्चिमेलीहरुले वार्ताबाट सहमतीको आशा गरेका थिए। तर हिजो शनिबार सिंहदरबार स्थित शान्ति मन्त्रालयमा करिब तीनघण्टा चलेको वार्ता सहमतीमा नपुगी टुग्गीएपछि जनताको आशा पुरा भएन्। यसले सुदूरपश्चिमको आन्दोलन अर्झै चर्किने र जनताको दैनिकी अझ कष्टकर हुने देखिएको छ।...

वैशाख २४, आइतबार

– कास्कीबाट हेम्जातर्फ आउँदै गरेको जिप धियाल–१, नुवागाउँको भीरमा खस्दा १२ जनाको मृत्यु। सातजनाको घटनास्थलमै तथा पाँचको उपचारको क्रममा मृत्यु। – राष्ट्रिय सहमति सरकार निर्माणको लागि पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको नेकपा एमालेद्वारा मन्त्रालय बाँडफाँडमा असहमति गर्दै तत्काल सरकारमा नजाने निर्णय। वैश्ााख २५, सोमबार – मन्त्रालयको बाँडफाँड सम्मानजनक हुने आश्वासन दिँदै एकीकृत माओवादीद्वारा एमालेलाई सरकारमा सहभागी हुन आग्रह। – रोजगारीको सिलसिलामा...

देशान्तर - विचार/विश्लेषण

लेण्डुप दोर्जेका नेपाली संस्करण - गुरुराज घिमिरे

संविधानसभाको निर्वाचनपछि चार वर्षसम्म चिरनिद्रामा रहेका राजनीतिक दलहरू त्यतिबेलामात्रै ब्युँझिए जब सर्वोच्च अदालतले अब म्याद थप्न मिल्दैन भन्ने फैसला गर्योम। यही बाध्यकारी फैसलाका कारण मात्रै जेठ १४ भित्रै शान्तिप्रक्रिया टुंग्याएर नयाँ संविधान लेख्न तम्सिएका दलहरूले पछिल्लो पटक गरेको निर्णयले राष्ट्रको अस्तित्वमा नै प्रश्न उभ्याउने खतरा बढेर गएको छ। मुलुकको शासकीय स्वरूप संघीयता र न्यायप्रणालीजस्ता महत्वपूर्ण तथा गम्भीर तर विवादित विषयहरूमा...

देशान्तर - अन्तर्वार्ता

सरकारबाट फिर्ता हुन पनि सक्छौं -- दीपकुमार उपाध्याय, नेता, नेपाली कांग्रेस

जेठ १४ मा नेपाली जनताले नया संविधान पाउने सम्भावना क्षीण भएको हो? त्यसै नभनौ। कुनै प्रकारको संविधान आउन सक्छ। नेताहरूले आफ्नो अस्तित्व रक्षाका लागि पनि कुनै प्रकारको संविधान आउन सक्छ।  कुनै प्रकारको भन्नाले? पहिलो त अझै पनि धेरै मेहेनत गरेर पूर्ण आकारको संविधान ल्याउने भन्ने हो। तर त्यो सम्भावना क्षीण हुादैछ। त्यसकारण जति विषयमा सहमति भएको छ त्यसलाई राखेर बााकी...

देशान्तर - चर्चित प्रसंग - केदार सुवेदी

भ्रष्टाचारको खात कसले कारबाही गर्ने?

माओवादीको सरकारले नियुक्त गरेका व्यक्तिहरू कतिसम्मको भ्रष्टाचार गरिरहेका छन् भन्ने प्रधानमन्त्री, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा परेको उजुरीहरूका खात उदाहरण भएका छन्। त्यसमध्ये स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशकले गरेको भ्रष्टाचारको यी तीन कार्यालयमा परेका उजुरीहरू जसको दर्ता नं. क्रमशः ११९५५ वैशाख १३, १८२६२ वैशाख २६ र सतर्कता केन्द्र ५५७ रहेको एउटा विवरण प्रस्तुत छ। भ्रष्टाचारसम्बन्धी...

देशान्तर - अर्थ, वाणिज्य

ग्लोबल अब आईएमई बैंक बन्ने

काठमाडौं। ग्लोबल बैंकको विशेष साधारणसभा वीरगन्जको होटेल भिस्वामा सम्पन्न भएको छ। उक्त विशेष साधारणसभामा ग्लोबल बैंकले आईएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभ्ने/गाभिने प्रस्तावलाई निर्णय गरेको हो। यी तीन संस्थाहरूको मर्जर देशकै सफलतम् मर्जरको रूपमा स्थापित हुने कुरामा ग्लोबल बैंक विश्वस्त छ। मर्जरपश्चात् संस्थाको नाम ग्लोबल आईएमई बैंक लिमिटेड रहनेछ र बैंकको चुक्ता पुँजी १ अर्ब ६०...

देशान्तर - मनोरञ्जन

सायद को रिलिज नेपाल बन्दले बिगार्योत

काठमाडौं। निकै महत्वाकांक्षी मानिएको चलचित्र सायद काठमाडौं उपत्यकामा  शुक्रबारबाट रिलिज गरिएको छ। नेपाल बन्दका कारण रिलिजको पहिलो दिन यो सिनेमाले दर्शक पाएन। अखण्ड नेपालका लागि बाहुन, क्षेत्री, दशनामी, ठकुरी र दलितको संयुक्त बन्द शनिबारका लागि पनि थपिएपछि यो सिनेमाको व्यापार बिग्रिएको हो। यतिबेला यो सिनेमाका निर्माता बन्दमा सिनेमा रिलिज गरेकोमा पछुताइरहेका छन्। बन्दकै कारण काठमाडौं बाहिर रिलिज स्थगित गरे पनि...

चुम्बनभन्दा सेक्स प्यारो–जिया केसी, नायिका

यतिबेला सिनेबजार नायिका जिया केसीको चर्चाले निकै तातेको छ। अहिलेसम्म जिया अभिनीत एउटा चलचित्र पनि प्रदर्शन भएको छैन तर उनको चर्चा चुलिएकै छ। यसरी चलचित्र प्रदर्शन नहुँदै उनको चर्चा हुनुकै एउटै कारण छ, यी सेक्सी ठिटीले 145एटीएम146 भन्ने चलचित्रमा निकै लामो र कामुक टङ किस दिइन। उनकै शब्दमा भन्दा 145हलको पर्दामा यो टङ किस हेर्दा दर्शकको आङ सिरिङ हुन्छ146। त्यसो...

सेक्सका लागि पुरुषभन्दा महिला उत्तेजित

विश्वका धेरैजसो देश पुरुषप्रधान रहेको छ। परिवारदेखि समाजसम्म जताततै पुरुषको मात्र बोलवाला रहेको छ। जसको कारण महिलाहरू चाहेर पनि आफ्नो इच्छा अभिव्यक्त गर्न सकिरहेका हुँदैनन्। पुरुषबाट अपहेलित तथा बहिष्कार हुने डरले महिलाहरू आफ्नो चाहना दबाएर राख्ने गर्छन्। कतिसम्म भने उनीहरू सेक्ससँग सम्बन्धित कुराहरू पनि खुलस्त भन्न सकिरहेका हँुदैनन्। फलस्वरूप पुरुषभन्दा महिलाहरू सेक्सको मामलामा निकै कम इच्छा राख्छन् भन्ने छाप जनमानसमा...

देशान्तर - साहित्य

गंगादेवी चौधरी स्मृति सम्मानबाट सहाना सम्मानित

काठमाडौं। यस वर्षको 'गंगादेवी चौधरी स्मृति सम्मान'  नेकपा एमालेकी नेत्री तथा वरिष्ठ राजनीतिज्ञ सहाना प्रंधानले प्राप्त गरेकी छन्। राजधानीमा गत बुधबार आयोजित एक समारोहका बीच लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेत्री प्रधानलाई सम्मानित गरेको हो। शारीरिक अस्वस्थताको कारण प्रधान अनुपस्थित भएपछि उनकी छोरी उषा श्रेष्ठले आमाको तर्फबाट सम्मान ग्रहण गरेकी थिइन्। यो सम्मानमा १ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, साहित्यकला मन्दिरले...

एउटा उदाइरहेको सर्जकको कलमलाई सम्झेर – सुवास खनाल

नेपाली साहित्यमा गजलको त्यति लामो इतिहास छैन। माध्यमिककालीन लेखक मोतीरामदेखि गजल लेखनको इतिहास आरम्भ भयो। शृंगारिक शैलीमा आरम्भ भएको गजल लेखनको शैली बिस्तारै परिवर्तन हुँदै समसामयिक चेतनाको वृत्तभित्र छिरिसकेको छ। गजलको आफ्नो संवेदनालाई बुझेर लेख्न सक्ने केही राम्रा लेखकहरू नेपालमा रहेको अनुभव हुन्छ। समकालीन लेखकहरूमा बुँद राना, ललिजन रावल, कृष्णहरि बराल, ज्ञानुवाकर पौडेललगायत केही लेखकहरूको चिनारी नै गजलबाट हुने गर्दछ...

देशान्तर - खेलकुद

खेलकुदमा लामा र प्रधानको छटपटी

काठमाडौं। मन्त्रीपरिषद् पुनर्गठन भएलगत्तै यसको ठूलो असर कहीँ भएको छ भने त्यो हो राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र अवैधानिक ओलम्पिक कमिटीका ध्रुवबहादुर प्रधान अनि उनका मतियार जीवनराम श्रेष्ठलाई। यी तीनैजनाको काम अहिले युवा तथा खेलकुद मन्त्रालय कसको भागमा पर्छ भनेर सोधपुछ गर्नमा र सकेसम्म आफ्नै लविङमा पर्छ कि भनेर धुपबत्ती बाल्नेबाहेक केही पनि छैन। यी तीनैजनालाई सर्वाधिक चासो...

देशान्तर - पाठकपत्र

बन्दको विकल्प खोजौं

शान्ति र संविधानको माग गर्दै आम जनजीवनलाई अशान्त पार्ने गरी...

जातीयता खतरा नबनोस्

नयाँ नेपाल र नेपालमै नेपालीको पहिचान खोजिरहँदा मुलुक जातीयताको जटिल...

कांग्रेस नेतृत्वको सरकार अनिवार्य

इतिहासको हरेक घडीमा कांग्रेसले अहम् भूमिका खेलिआएको कसैबाट पनि छिपेको...

Weekly Video

We have 286 guests and no members online