Weekly Nepal

आस्था प्रकाशन प्रा. लि.
सम्पादकः किशोर श्रेष्ठ
प्रबन्ध सम्पादकः राजेन्द्र स्थापित
उप–सम्पादकः चुडामणि भट्टराई

कार्यालय
डिल्लीबजार, काठमाडौं
फोनः ४४४२५५२, पोबनं ६६३०
कम्प्युटरः जनआस्था डेस्कटप, डिल्लीबजार
इमेलः jana.aastha@gmail.com
मुद्रणः इन्द्रेणी अफसेट प्रेस, अनामनगर
फोनः ४७७१४४८

महिलासँग ज्ञानेन्द्रको गोप्य मन्त्रणा

काठमाडौं, पुस २७ । पूर्वरानी कोमल उपचारका लागि विदेश गएका बेला यता पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा तीनजना महिलासित सामूहिक र अर्कीसित एक्लै भेटघाट गरेका छन्। ज्ञानेन्द्रले भेटेका महिलामध्ये तीनजना पूर्वमन्त्री हुन् भने एकजनाचाहि147 टेलिभिजनकी चर्चित समाचारवाचिका। आखिर ज्ञानेन्द्रको रोजाइमा किन परे यी महिला? यसको खासै कुनै सिलसिला नदेखिए पनि उनीहरूसितको भेटमा पूर्वराजाले गरेका कुराकानी भने निकै रोचक एवं भावुक थिए।      हाल अमेरिकामा बस्दै आएकी दुःखी समाचारवाचिका रमा सिंहले नेपाल आएको मौका पारेर पूर्वराजा ज्ञानेन्द्रसित एक्लै भेट गरेकी छन्। पूर्वशाही मन्त्रीहरू डा. दुर्गा पोखरेल, अनुराधा कोइराला र याङकिला शेर्पाले भने एक्लाएक्लै नभई सामूहिक भेटवार्ता गरेका छन्। भेटको प्रवन्ध पूर्वराजाका निजी सचिव सागर तिम्सिनाले मिलाएका थिए।        भेटका क्रममा रमा सिंहसित ज्ञानेन्द्रले 'तिमीलाई मैले केही दिइँन, तर तिमी मेरो शुभेच्छुक छ्यौ।...

आफ्नै सन्तानमाथि किन आक्रमण?

एमाओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न सार्वजनिक कार्यक्रममा संविधानसभालाई माओवादीको सन्तानका रूपमा परिभाषित गर्ने गरेका छन्। आफूले जन्माएको सन्तानप्रति आफ्नी आमाले मात्रै सबैभन्दा बढी माया गर्नसक्ने दृष्टान्त दिँदै प्रधानमन्त्री भट्टराईले संविधानसभालाई सबैभन्दा बढ्ता माया माओवादीले नै गर्ने दाबी गर्दै आएका छन्। तर, यतिवेला संविधानसभालाई निकम्मा पार्ने र संविधान नै बन्न नदिने वातावरण एमाओवादीले नै सिर्जना गरिरहेको छ। के माओवादीले आफ्नै सन्तानमाथि आक्रमण र हत्या गर्न लागेको हो? डा. भट्टराईको उपर्युक्त मिथकलाई आधार मान्ने हो भने माओवादी पार्टी यतिखेर आफ्नै सन्तानको गला रेट्न उद्यत देखिएको छ। 

 

संवैधानिक समितिअन्तर्गत माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको उपसमितिमा सहमति भइसकेका विषयमा संवैधानिक समितिको बैठकमा वैद्य पक्षका देव गुरुङलगायत नेताले भाँजो हालेपछि संविधानसभाको कार्यतालिका मात्रै प्रभावित भएको छैन, जेठ १४ सम्म संविधान बनाइसक्नुपर्ने समय–सीमा पनि प्रभावित हुन लागेको छ। एकातिर सर्वाेच्च अदालतले संविधानसभाको म्याद नथप्न फैसला गरेको अवस्था छ भने अर्कातिर संविधानसभालाई काम गर्न नदिएर समय गुजार्ने काम वैद्य पक्षबाट भइरहेको छ। 

निश्चय नै माओवादी पार्टीभित्रको अन्तरविरोधका कारण संविधानका अन्तरवस्तुबारे सो पार्टीका नेताबीच विवाद देखापरेको हो। तर, पार्टीभित्रको विवादका कारण सिंगो संविधानसभा बन्धन बन्ने अवस्था आएको छ। यसलाई हल गरिएन र माओवादीको आन्तरिक विवादकै कारण संविधानसभा भंग हुने अवस्था आयो भने आफ्नो सन्तानको हत्या आफैँले गरेको आरोप एमाओवादीले खेप्नुपर्नेछ। र, माओवादीलाई मात्रै यो आरोप लाग्ने छैन, सिंगै देश संकटमा पर्नेछ। त्यसैले माओवादी नेतृृत्वले आफ्नो सन्तानको हत्या हुन नदिनु र यसलाई कुपोषण हुनबाट बचाउनु अहिलेको आवश्यकता हो। एमाओवादीको चालू केन्द्रीय समिति बैठकले यो गतिरोध फुकाउनेबारे ठोस निर्णय गर्न आवश्यक छ। 

संविधानसभामा माओवादीले गर्दै आएको विवाद समाधान गर्ने उपाय माओवादीभित्रै छ। सर्वप्रथम उसले संविधानका अन्तरवस्तुबारे केन्द्रीय समितिमा निर्णय लिनुपर्छ। सहमतिबाट नभए बहुमतीय आधारमा केन्दीय समितिले ठोस नीति पास गरेपछि त्यसबारे संविधानसभामा प्रस्तुत हुन सजिलो हुन्छ। त्यसपछि पार्टीले गरेको निर्णयमाथि खोचे थापेर संविधानसभामा अवरोध गर्नेहरूलाई पार्टीले कारबाहीसमेत गर्न सक्छ। यसो नगर्ने हो भने संविधानसभा पार्टीभित्रको अल्पमत पक्षको बन्धक बनिरहने खतरा रहन्छ। अर्काे विचारणीय कुरा के छ भने माओवादीले केन्द्रीय समितिबाट पारित गरेकै कुरा संविधानसभाले पास गर्नुपर्छ भन्ने जिकिर लिन पनि सकिन्न। संविधानसभामा सबैको बहुमतबाट जे पारित हुन्छ, त्यसलाई अल्पमतले मान्नु पनि लोकतन्त्र हो भन्ने कुरा मनन गर्न आवश्यक छ। 

यसर्थ, माओवादी पार्टी, जसका कारण देशमा संविधानसभा स्थापना भएको हो, उसैका कारण संविधानसभा विघटन हुने अवस्था नआओस्। पार्टीभित्रको अन्तरविरोधको सिकार सिंगो देशलाई नबनाइयोस्। संविधानसभा विघटन भयो र संविधान बनेन भने त्यसपछिको स्थितिमा वैद्य पक्षले सत्ता कब्जा गरिहाल्ने अवस्था देशमा छैन। आफ्नै पार्टीका शीर्ष नेतालाई गद्दार करार गर्ने सीमित समूहका पछाडि सिंगै जनता लाग्ने परिस्थिति अहिले छैन। त्यसैले वर्तमान शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याशउनु र संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रको चरण पार गर्नु नै अहिलेको वस्तुगत आवश्यकता हो भन्ने कुरा माओवादी नेतृत्वले वेलैमा बुझ्न जरुरी छ। अन्यथा माओवादी नामको डुंगा पल्टियोे भने प्रचण्ड र बाबुराम रसातलमा पुग्ने अनि वैद्य, बादल र देव गुरुङहरू मात्रै तैरिने भन्ने प्रश्नै छैन।    

जनआस्था - समाचार

ज्वाइँ हुनु त यिनीजस्तो

     काठमाडौं। छोरा देवेन्द्र वाग्लेलाई अघि सारेर कमाउ धन्दामा निर्लिप्त हुने कुनै वेलाका समाजवादी मन्त्री चिरञ्जीवी वाग्लेले जेलको हावा खाइरहेको कुरा त धेरैलाई अवगतै छ। तर, बाहिरी आवरणमा वाग्लेभन्दा क्रान्तिकारी देखिने डा. बाबुराम भट्टराई मन्त्रिमण्डलका एकजना मन्त्रीले ज्वाइ147लाई अघि सारेर उस्तै प्रकृतिको धन्दा सञ्चालन गरिरहेको कुरा भने धेरैलाई थाहा नहुन...

छोरीलाई घर दिएपछि क्षमा

     काठमाडौं। तीतो हुनासाथ फुटिहाल्ने रोग नेपालमा अब कम्युनिस्टहरूको मात्रै पेवा रहेन। कम्युनिस्टकै हाराहारीमा इतिहास भएका तराई आधारित मधेसी दल संविधानसभाको चुनावपछि मात्रै आधा दर्जनभन्दा बढीपटक फुटिसके भने अझै फुटको सुरसार हु147दै छ। संविधानसभाको चुनाव अघि सरकारी झन्डा हल्लाइरहेका नेता महन्थ ठाकुरले खोलेको तराई(मधेस लोकतान्त्रिक पार्टी एकपटक फुटिसकेको छ, तर...

सुकुमारी ताक्ने कमान्डरलाई संकट

     काठमाडौं। नागरिकको जिउधनको सुरक्षाका लागि राज्यले फौज गठन गर्छ तर त्यही फौजका हाकिमबाट आफ्नै पल्टनका महिला सहकर्मी यौनहिंसाको सिकार बन्न पुग्छन् भने आमनागरिकले त्यसलाई के भन्ने? प्रसंग राजधानी छिर्ने थानकोटमुन्तिर बलम्बुमा अवस्थित सशस्त्र प्रहरी बल नीलबाराही गणका प्रमुख वंशी दाहालको हो।      घटनाको प्रारम्भ मंसिर २६ गते साँझ नियमित...

जनआस्था - विचार

Error: No articles to display

जनआस्था - नोट अफ डिसेन्ट

आउनोस्, यसको रहस्य खोतलौं- धर्मराज अधिकारी

     कूल जनसंख्याको एकतिहाइ बढी हिस्सा ओगट्ने जातिलाई 'अन्य' जातिका रुपमा राखेपछि आजकल दलीय वार्ताहरूमा जातीय वितर्क र बाझाबाझ निम्तिने गरेको छ। जातीय नारा उरालेर कुरा बिगारिसकेपछि अब के गरेर सम्हाल्ने होला भन्ने चिन्ताले सबै पार्टीका नेताहरू पिरोलिन थालेका छन्।      छलफलमा '५० वर्षअगाडि नेपाल छिरेकाहरू थेप्चो नाक हुनेबित्तिकै आदिवासी,...

शीतलहर र बाबुराम – विरोध शर्मा

यो साता पूर्वीतराईको भूगोलमा शीतलहरले एक पेट टन्न खान नपाउने र एकसरो न्याने लगाउन नपाउने कम्तीमा ५० नेपालीको ज्यान गएको छ। चिसोका कारण यति र उतिको मृत्यु भन्दै समाचार प्रसारण भइरहँदा बाबुराम र उनका सारथि भने राज्यकोषको लाखौँ रुपैयाँ कक्टेल पार्टीमा रित्याइरहेका छन्। मधेसीकै बाहुल्यतामा सरकार बनेको छ। तर, बाबुराम...

जनआस्था - अन्तरवार्ता

मधेसको नेतृत्व गैरक्रान्तिकारी छ – प्रल्हाद गिरी (पवन), अध्यक्ष, संयुक्त…

पर्सा जिल्ला, औराहा गाविस–५ मा जन्मिएका, सेतै कपाल फुलेका ६० वर्षे प्रल्हाद गिरी (पवन) संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत सशस्त्र समूहका नेता हुन्। उनी विगतमा नेकपा एमालेका होनहार नेता थिए भन्ने कुराचाहिँ कमैलाई थाहा छ। एमालेका मान्छे माओवादीमा मात्रै होइन, सशस्त्र समूहमा समेत पसेर नेता बन्न भ्याएका रहेछन्...

जनआस्था - शहरभित्र

Error: No articles to display

जनआस्था - मेरो कथा मेरो बेथा

Error: No articles to display

जनआस्था - जिवनका रंगहरु

जिरे खुर्सानी जिल्लै हुने खतरा

नेपाली च्यानलमा प्रसारण हुने लोकप्रिय कार्यक्रम, सिरियल र समाचारको प्रायोजन गरी अर्बाैं रकम बटुलेको मिडिया हब यतिवेला टाट पल्टिएको छ। उसले नेपाल टेलिभिजनमा प्रायोजन गरेको तीन लोकप्रिय हास्य कार्यक्रमका निर्देशक, कलाकार र प्राविधिकलाई झन्डै एक वर्षदेखि पारिश्रमिक दिएको छैन।  नेपाल टेलिभिजनले भुक्तानीविना नै मिडिया हबका कार्यक्रम प्रसारण गरेको भनी अख्तियार दुरुपयोग...

जनआस्था - विश्व सेरोफेरो

Error: No articles to display

जनआस्था - विश्व संक्षेप

Error: No articles to display

जनआस्था - पाठकपत्र

कामरेडलाई बुझ्न कालिमाटी

श्रमजीवी किसान र उपभोक्ताबीच आकाश–जमिनको मूल्यअन्तरको फाइदा उठाएर ढाडिएका कालिमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीको रिपोर्ट संकलन गर्न गएको हाम्रो उद्देश्य एकाएक अर्कैतिर मोडियो। कालिमाटी तरकारी बजारमा करिब ६० वटा स्टल माओवादीको नाउँमा कब्जा गरेर बसेको आफूलाई वाइसिएल बताउने एउटा समूह रहेछ। तर, तिनीहरूमध्ये सहिद तथा बेपत्ताका परिवार, घाइते अपांग...

Weekly Video

We have 321 guests and no members online