आस्था प्रकाशन प्रा. लि.
सम्पादकः किशोर श्रेष्ठ
प्रबन्ध सम्पादकः राजेन्द्र स्थापित
उप–सम्पादकः चुडामणि भट्टराई
कार्यालय
डिल्लीबजार, काठमाडौं
फोनः ४४४२५५२, पोबनं ६६३०
कम्प्युटरः जनआस्था डेस्कटप, डिल्लीबजार
इमेलः jana.aastha@gmail.com
मुद्रणः इन्द्रेणी अफसेट प्रेस, अनामनगर
फोनः ४७७१४४८
काठमाडौं, पुस २७ । पूर्वरानी कोमल उपचारका लागि विदेश गएका बेला यता पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा तीनजना महिलासित सामूहिक र अर्कीसित एक्लै भेटघाट गरेका छन्। ज्ञानेन्द्रले भेटेका महिलामध्ये तीनजना पूर्वमन्त्री हुन् भने एकजनाचाहि147 टेलिभिजनकी चर्चित समाचारवाचिका। आखिर ज्ञानेन्द्रको रोजाइमा किन परे यी महिला? यसको खासै कुनै सिलसिला नदेखिए पनि उनीहरूसितको भेटमा पूर्वराजाले गरेका कुराकानी भने निकै रोचक एवं भावुक थिए। हाल अमेरिकामा बस्दै आएकी दुःखी समाचारवाचिका रमा सिंहले नेपाल आएको मौका पारेर पूर्वराजा ज्ञानेन्द्रसित एक्लै भेट गरेकी छन्। पूर्वशाही मन्त्रीहरू डा. दुर्गा पोखरेल, अनुराधा कोइराला र याङकिला शेर्पाले भने एक्लाएक्लै नभई सामूहिक भेटवार्ता गरेका छन्। भेटको प्रवन्ध पूर्वराजाका निजी सचिव सागर तिम्सिनाले मिलाएका थिए। भेटका क्रममा रमा सिंहसित ज्ञानेन्द्रले 'तिमीलाई मैले केही दिइँन, तर तिमी मेरो शुभेच्छुक छ्यौ।...
एमाओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न सार्वजनिक कार्यक्रममा संविधानसभालाई माओवादीको सन्तानका रूपमा परिभाषित गर्ने गरेका छन्। आफूले जन्माएको सन्तानप्रति आफ्नी आमाले मात्रै सबैभन्दा बढी माया गर्नसक्ने दृष्टान्त दिँदै प्रधानमन्त्री भट्टराईले संविधानसभालाई सबैभन्दा बढ्ता माया माओवादीले नै गर्ने दाबी गर्दै आएका छन्। तर, यतिवेला संविधानसभालाई निकम्मा पार्ने र संविधान नै बन्न नदिने वातावरण एमाओवादीले नै सिर्जना गरिरहेको छ। के माओवादीले आफ्नै सन्तानमाथि आक्रमण र हत्या गर्न लागेको हो? डा. भट्टराईको उपर्युक्त मिथकलाई आधार मान्ने हो भने माओवादी पार्टी यतिखेर आफ्नै सन्तानको गला रेट्न उद्यत देखिएको छ।
बुटवल। गलत कुकर्म गर्नेलाई दण्ड र सही तथा राम्रो काम गर्नेलाई पुरस्कार दिने व्यवस्था दिने बताउ147दै प्रधानमन्त्री डा.बाबुराम भट्टराईले घोषणा गरे पनि यथार्थमा यो कुरा ठीक उल्टो रहेछ भन्ने कुरा नागरिक उड्डयन प्राधिकरणका एक अधिकृतलाई दिइएको पुरस्कारले पुष्टि गरेको छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रह147दा केही महिना पहिले एक कर्मचारीकी श्रीमतीलाई...
काठमाडौं। छोरा देवेन्द्र वाग्लेलाई अघि सारेर कमाउ धन्दामा निर्लिप्त हुने कुनै वेलाका समाजवादी मन्त्री चिरञ्जीवी वाग्लेले जेलको हावा खाइरहेको कुरा त धेरैलाई अवगतै छ। तर, बाहिरी आवरणमा वाग्लेभन्दा क्रान्तिकारी देखिने डा. बाबुराम भट्टराई मन्त्रिमण्डलका एकजना मन्त्रीले ज्वाइ147लाई अघि सारेर उस्तै प्रकृतिको धन्दा सञ्चालन गरिरहेको कुरा भने धेरैलाई थाहा नहुन...
एकजना जापानीले ५ वर्षसम्म पनि बाबु मरेको खबर कसैलाई नदिइकन गुपचुप राखे। पैसाको लोभमा उनले मरिसकेको बाबुलाई कपडाले बेरेर दराजभित्र लुकाई राखेका थिए। मृत्यु दर्ता गर्दा बाबुको नाममा पाउँदै आएको पेन्सनको पैसा गुम्ने डरले उनले त्यसो गरेका हुन्। एकदिन काम विशेषले अस्पताल गइरहेको बेला ती जापानीकी पूर्वपत्नी भेटघाट गर्न...
काठमाडौं। तीतो हुनासाथ फुटिहाल्ने रोग नेपालमा अब कम्युनिस्टहरूको मात्रै पेवा रहेन। कम्युनिस्टकै हाराहारीमा इतिहास भएका तराई आधारित मधेसी दल संविधानसभाको चुनावपछि मात्रै आधा दर्जनभन्दा बढीपटक फुटिसके भने अझै फुटको सुरसार हु147दै छ। संविधानसभाको चुनाव अघि सरकारी झन्डा हल्लाइरहेका नेता महन्थ ठाकुरले खोलेको तराई(मधेस लोकतान्त्रिक पार्टी एकपटक फुटिसकेको छ, तर...
काठमाडौं । जिउको जुम्रो टाउकामा पुग्यो भने औधि सक्सकाउ147छ भनेझै147, एकताकेन्द्रको झोला भिर्दाभिर्दै चिठ्ठा परेर प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न पुगेका रामरिझन यादवले जनआस्थाकर्मी र यस साप्ताहिकलाई अझै विषवमन गर्न छाडेका छैनन्। उनले पुस १८ गते बेलुका विराटनगरमा एमाओवादी कार्यकर्तास147ग जनआस्थाबारे तथानाम मात्र सरापेनन्, जनआस्थाकर्मीलाई 'अन्तर्राष्ट्रिय दलाल, जासुस, ब्ल्याकमेलर'सम्म भन्न भ्याए।...
काठमाडौं। नागरिकको जिउधनको सुरक्षाका लागि राज्यले फौज गठन गर्छ तर त्यही फौजका हाकिमबाट आफ्नै पल्टनका महिला सहकर्मी यौनहिंसाको सिकार बन्न पुग्छन् भने आमनागरिकले त्यसलाई के भन्ने? प्रसंग राजधानी छिर्ने थानकोटमुन्तिर बलम्बुमा अवस्थित सशस्त्र प्रहरी बल नीलबाराही गणका प्रमुख वंशी दाहालको हो। घटनाको प्रारम्भ मंसिर २६ गते साँझ नियमित...
एकजना अमेरिकी कूटनीतिज्ञले 'आफ्नो देशको हितका लागि शत्रु देशसँग गरिने झूठो कार्य नै कूटनीति हो' भनेका थिए। कूटनीतिको प्रधानपक्ष आर्थिक प्रश्नमा केन्द्रित भएको आजको विश्वमा सडक मह140वपूर्ण पक्ष बन्न गएको छ। सडक निर्माण र विस्तार सामरिक प्रश्नमात्र रहेको छैन। चिनियाँहरु नेपालको सीमानामा भीमकाय सडक र रेल सेवा विस्तार गर्न...
राजा पृथ्वीनारायण शाहको मृत्यु भएको आज २३७ वर्ष पुगिसक्दा पनि हामी नेपालीले उनलाई स्मरण गरिरहनुपर्ने अत्यन्तै संवेदनशील अवस्था आएको छ। मध्यअठारौं शताब्दीको सुरुमै सानो गोरखा राज्यको राजगद्दीमा बसेका पृथ्वीनारायणले अर्को शताब्दी फिर्न २५ वर्षमात्रै बाँकी हुँदा भौगोलिक विभाजनमा रहेका तत्कालीन स(साना राज्यहरुलाई एकीकरण गरी ५२ वर्षको उमेरमा देहत्याग गरेका...
कूल जनसंख्याको एकतिहाइ बढी हिस्सा ओगट्ने जातिलाई 'अन्य' जातिका रुपमा राखेपछि आजकल दलीय वार्ताहरूमा जातीय वितर्क र बाझाबाझ निम्तिने गरेको छ। जातीय नारा उरालेर कुरा बिगारिसकेपछि अब के गरेर सम्हाल्ने होला भन्ने चिन्ताले सबै पार्टीका नेताहरू पिरोलिन थालेका छन्। छलफलमा '५० वर्षअगाडि नेपाल छिरेकाहरू थेप्चो नाक हुनेबित्तिकै आदिवासी,...
यो साता पूर्वीतराईको भूगोलमा शीतलहरले एक पेट टन्न खान नपाउने र एकसरो न्याने लगाउन नपाउने कम्तीमा ५० नेपालीको ज्यान गएको छ। चिसोका कारण यति र उतिको मृत्यु भन्दै समाचार प्रसारण भइरहँदा बाबुराम र उनका सारथि भने राज्यकोषको लाखौँ रुपैयाँ कक्टेल पार्टीमा रित्याइरहेका छन्। मधेसीकै बाहुल्यतामा सरकार बनेको छ। तर, बाबुराम...
सम्भवतः अहिलेको मन्त्रिपरिषद्मा सबैभन्दा बृद्ध (६६ वर्षीय) मन्त्री राजलाल यादव अहिलेसम्म विभागबिना त्यसै सिंहदरबारमा खुम्चिएर बसेका छन्। अर्थात्, उनी मन्त्री हुन्, तर मन्त्रीका हैसियतले गर्ने कुनै काम छैन। उनी गत भदौ १८ गते मन्त्रीमा नियुक्त भएका थिए। संविधानसभा निर्वाचनमा सिरहा( २ बाट प्रत्यक्षतर्फ जितेका उनी मधेश आन्दोलनताका नेपाली कांग्रेस...
पर्सा जिल्ला, औराहा गाविस–५ मा जन्मिएका, सेतै कपाल फुलेका ६० वर्षे प्रल्हाद गिरी (पवन) संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक भूमिगत सशस्त्र समूहका नेता हुन्। उनी विगतमा नेकपा एमालेका होनहार नेता थिए भन्ने कुराचाहिँ कमैलाई थाहा छ। एमालेका मान्छे माओवादीमा मात्रै होइन, सशस्त्र समूहमा समेत पसेर नेता बन्न भ्याएका रहेछन्...
बस गुडिसकेको थियो। र207तार अलि ढिला भए पनि यात्रा भने रमाइलो हुने अनुमान हु147दै थियो। यात्रु उत्साहित थिए। बस थानकोट कट्नै लागेको थियो, एउटा यात्रुले सोधेछन्, 'अब हामी खानाचाहि147 कहा147 खान्छौ147 नि?' खलासीले जवाफ दिए, 'अब गाडी एकैचोटि हेटौंडा पुगेर खाना खानलाई रोकिनेछ।' जवाफ सामान्य थियो,...
'संसद्वाद' वा 'संविधानवाद'मध्ये नेपालको राजनीतिक प्रणालीमा केलाई स्थापित गर्ने भन्ने विषयमा बहस ३/४ वर्षअगाडि सुरु भए पनि निष्कर्षमा नपुग्दै बिलाएर गयो। त्यही विषय अहिले सर्वोच्च अदालतको संविधानसभाको म्यादसम्बन्धी निर्णयस147गै पुनः जागृत भएको छ। सर्वोच्चले बढीमा ६ महिनाका लागि अन्तिमपटक संविधानसभाको म्याद थप्न व्यवस्थापिका संसद्लाई दिएको निर्णय एकातिर जनसाधारणबाट अनुमोदित...
धादिङ घर भई हाल मध्य बानेश्वरस्थित हिमालयन टेलिभिजनमा काम गर्ने प्रकाशचन्द्र दाहालले आजभन्दा तीन वर्षअघि काठमाडांै तीनकुने बस्ने म प्रमिता शर्मालाई चोखो माया गर्छु भन्दै विभिन्न मन्दिरमा गएर भगवानलाई साक्षी राखी सिन्दुर हालेका थिए। अहिले आएर उनले तँलाई श्रीमती बनाएर घर भित्र्याउन सक्दिन, जे गर्छेस् गर्, म पत्रकार हुँ,...
राम्रो जीवनसाथीसँग बिहे गर्ने रहर कसको हुँदैन? मेरो पनि थियो। ०६७ सालको एसएलसी परीक्षा दिन श्री महेन्द्र उच्च माध्यमिक विद्यालय छिवाङ, चौतारा गए147। त्यहाँबाट दिदीको घर गएँ। त्यही गाउँमा एकजना सुनिता नाम गरेकी केटीसँग परिचय भयो। भोलिपल्ट उनकै कोठामा दिनभरि माया, प्र्रेमका कुरा गर्यौ147। उनले भनिन्, 'म तिमीविना बाँच्न...
नेपालमा व्यापार बिग्रिएर अमेरिका पलायन भई उतैको ग्रीनकार्ड हात पारिसकेका एकजना पूर्वसंगीत उद्यमी अहिले कलाकार पैठारीको धन्दा चलाएर नेपालमै बस्न थालेका छन्। पहिला मुनलाइट्स रेकर्ड नामक म्युजिक कम्पनी खोलेका चन्द्रप्रकाश शर्मा आजकल कार्यक्रमको नाममा कलाकारलाई अमेरिका लैजाने र तिनका साथमा गैरकलाकार छिराउने धन्दामा लागेका हुन्। ग्रीनकार्ड हात लागिसकेको...
नेपाली च्यानलमा प्रसारण हुने लोकप्रिय कार्यक्रम, सिरियल र समाचारको प्रायोजन गरी अर्बाैं रकम बटुलेको मिडिया हब यतिवेला टाट पल्टिएको छ। उसले नेपाल टेलिभिजनमा प्रायोजन गरेको तीन लोकप्रिय हास्य कार्यक्रमका निर्देशक, कलाकार र प्राविधिकलाई झन्डै एक वर्षदेखि पारिश्रमिक दिएको छैन। नेपाल टेलिभिजनले भुक्तानीविना नै मिडिया हबका कार्यक्रम प्रसारण गरेको भनी अख्तियार दुरुपयोग...
अबु जफर सिराजुद्दिन मुहम्मद बहादुर साह जफर भारतका अन्तिम मुगल सम्राट हुन्। अकबर साह द्वितीयका छोरा उनी सन् १८३७ को सेप्टेम्बर २८ मा सिंहासनमा बसेका थिए। उनी सम्राट बन्दासम्ममा भारतमाथि नियन्त्रण गरी बसेको ब्रिटेनको इस्ट इन्डिया कम्पनीले सबैतिर आ186नो पकड जमाइसकेको थियो। र, भारतीय जनता पनि ब्रिटेनको शासनविरुद्ध जुर्मुराउन...
कोलकाता। पश्चिम बंगाल प्रादेशिक कृषक सभा र वामपन्थी किसान संगठनको संयुक्त आह्वानमा गरिएको गाउ147 बन्द पूर्णतः सफल भएको छ। भाकपा(मार्क्सवादीको समर्थनमा जनवरी ४ मा भएको उक्त बन्द राज्य सरकारको किसानविरोधी र नवभूमिसुधार नीतिविरुद्ध लक्षित थियो। गत वर्षको मध्यतिर त्रिणमूल कंग्रेसको नेतृत्वमा ममता बनर्जीले गठबन्धन सरकार गठन गरेयता पश्चिम बंगालको...
एकातिर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार र भ्रष्टाचारीप्रति शून्य सहनशीलताको नीति लिइएको सार्वजनिक गरेका छन्। अर्कातर्फ उनकै पार्टीको र त्यसमा पनि गुटको मन्त्री भएको भूमिसुधार मन्त्रालयका हाकिमले घुुुुुसकै आडमा सरकारी जग्गा दलाललाई सुम्पेका छन्। करोडौ147 रकम खर्चिएर बनाइएको डिल्लीबजारस्थित मालपोत तथा नापी कार्यालय भवनको मुख्य द्वारमै ग्राहकलाई दलालको फन्दामा...
श्रमजीवी किसान र उपभोक्ताबीच आकाश–जमिनको मूल्यअन्तरको फाइदा उठाएर ढाडिएका कालिमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीको रिपोर्ट संकलन गर्न गएको हाम्रो उद्देश्य एकाएक अर्कैतिर मोडियो। कालिमाटी तरकारी बजारमा करिब ६० वटा स्टल माओवादीको नाउँमा कब्जा गरेर बसेको आफूलाई वाइसिएल बताउने एउटा समूह रहेछ। तर, तिनीहरूमध्ये सहिद तथा बेपत्ताका परिवार, घाइते अपांग...
We have 123 guests and no members online