Weekly Nepal

वियर र वाइन कालाजारको औषधि

सामान्यतः डाक्टरहरूले आफ्ना कुनै पनि विरामीलाई रक्सी, वियर वा वाइन पिउन सल्लाह दिदैनन्। तर हालै अमेरिकी वैज्ञानिकहरूले भनें वाइन र बियर पिउने मान्छेलाई कालाजारले नछुने तथ्य फेला पारेका छन्।

कालाजारबाट ग्रस्त भएका व्यक्तिलाई वाइन वा वियर कडा दबाइ हुन सक्ने वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागेको छ। तर यसको प्रयोग भनें धेरै गर्नुहुँदैन। त्यसो त ठीक्क मात्रामा वियर र ह्वीस्की पिउनेलाई मुुुटुरोगबाट पनि बच्ने उपाय डाक्टरहरूले पत्ता लगाएका छन्। नियमित वियर वा अल्कोहल सही मात्रामा पिउनेलाई मुटुरोग नलाग्ने चिकित्सकहरूले बताएका छन्। 

दीर्घायुका लागि स्मार्ट श्रीमती आवश्यक

एउटी स्मार्ट महिलासँग विवाह गर्दा के कस्ता फाइदा हुन सक्छन्? एक अध्ययनले यसमा एउटा ठूलो कारण सार्वजनिक गरेको छ। एक शोधबाट सुन्दर र चुस्त महिलाको साथ मृत्युसँगको दूरी बढाउन सहयोगी हुन सक्ने पत्ता लागेको हो।

स्काटहोमका स्वीडिस इन्ष्टीच्युट फर सोसल रिसर्चका बैज्ञानिकहरूले गरेको अध्ययनका लागि १५ लाख महिलाको सम्बन्धका विषय समेटेका थिए। सो क्रममा उनीहरूले लामो जीवन र राम्रो स्वास्थ्य प्राप्त पुरुषको खासै महत्व छैन। तर, महिलामा आवश्यक देखिएको छ। यो अध्ययन ३० देखि ५९ वर्ष उमेर समूहका १९९० को जनगणनामा आधारित रहेको छ। यसबाट जुन पुरुष स्मार्ट महिलासँग विवाह गर्छन् ऊ बढी बाँच्ने तथ्य फेला पारेको हो। अध्ययनअनुसार कम पढाइलेखाई भएका मानिस बढी बाँच्ने गर्दछन्। अध्ययनबाट दीर्घ जीवनका लागि पुरुषमा पढाइलेखाईभन्दा उसकी श्रीमतीको पढाइलेखाईले बढी महत्व राख्ने पत्ता लगाएको छ।

ब्यायामले स्वास्थ्यमा पार्ने असरहरुबारे- डा. सुशील देबकोटा

पश्चिमा स्वास्थ्य संसारले आफ्नो उपयुक्त स्वास्थ्य सुविधा बारेको सामान्य जानकारीको पथबाट बाटो विराइरहेको छ। हामी घाऊमा ब्यान्डेज लगाउंछौं अनि दुखाई किन कम भएन भनेर चिन्तित बनिरहन्छौं। हामी विरामी विभिन्न कारणबाट हुन्छौं। हरेक विरामी अवस्थाले हामीलाई के बताउंछ भने हामीले हाम्रो जिवनको कुनै पक्षलाई ध्यान दिइरहेका छैनौं अनि परिवर्तन पनि आवश्यक छ। उपचारको निम्ति विभिन्न तत्वहरू जिम्मेवार हुने भएको कारण वास्तविक उपचारको निम्ति यी सबै कुरा माथि विचार पुर्याउनु आवश्यक छ। उपचारको क्रममा मन र शरीरलाई अलग्याएर हेर्ने कोसिस गरियो भने सही उपचार प्राप्त गर्न कठिनाई हुनेछ।


टाउको दुख्ने, रुघाखोकी जस्ता सामान्य रोग देखि क्यान्सर सम्मका असाध्य रोगहरूको पछाडी भावनात्मक तथा मानसिक अशान्तिको प्रमुख हात रहने कुरा बुझ्नु आवश्यक छ। डर, चिन्ता, शंका लगायतका नकारात्मक भावनाहरूको कारण हाम्रो शरीर संचालनको निम्ति आवश्यक पर्ने संजिवनी शक्तिको वहावमा रुकावट आउने निश्चित छ। यी नकारात्मक भावनाले हामीलाई कमजोर बनाउदै लैजान्छ र अन्तमा विभिन्न किसिमका रोगहरू सतहमा देखा पर्दछन् जसले हामीलाई नियन्त्रणमा राख्न प्रयास गर्दछन्। 


हाम्रो शरीर विभिन्न रोगको कारण छरिएर बस्छ किनकि हाम्रो भावना एकत्रित छैन, छरिएको छ। हालै गरिएका विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि के देखाएका छन् भने सामान्य सफलता देखि मृगौला काम नलाग्ने सम्मको अवस्थाका निम्ति भावनात्मक अवस्था जिम्मेवार हुन्छ। हामीले सम्पूर्ण शरीरको बारेमा नबुझेको खन्डमा पनि हाम्रो शरीरले त्यही कुरालाई अभिव्यक्त गरिरहेको हुन्छ। समयसंगै डर, रिस र असामाञ्जस्यता लगायतका भावनाले आफ्नो प्रभाव देखाउन थाल्छन्। जस्तो कि रिस दबाइएको खन्डमा कलेजो प्रभावित हुन सक्छ। निरासाले पित्तथैलीमा प्रभाव देखाउन सक्छ भने डरले मृगौला, सम्बन्ध र सफलतामा प्रभाव पार्न सक्छ। उदाहरणको निम्ति कुनै पनि कारण विना हुने रुघा भावनात्मक असामाञ्जस्यताको परिणाम हुन सक्छ। लामो समयसम्म नकारात्मक भावना जारी रहेको खन्डमा हाम्रो सम्पूर्ण शरीर नै प्रभावित हुन सक्छ। 


हामी निको भएको कुरा हामीले अनुभव गर्नु आवश्यक छ। हामीले जहिले पनि हरेक रोगको पछाडी रहेको भित्री भावनात्मक कारक तत्वको खोजी गर्नु आवश्यक छ। यदि यसो गर्न सकियो भने स्वास्थ्य बारेमा हाम्रो नयां धारणाको विकास हुन्छ। कुनै पनि व्यक्तिमा नकारात्मक भावना कसरी पत्ता लगाउने? यसको जवाफ भनेको त्यो व्यक्तिलाई उसको परिवार र साथीभाईको विचमा हेर्नु हो। अरु व्यक्तिहरूको व्यवहारलाई जांच्ने कोसिस गर्नुपर्छ। आफूलाई अरु व्यक्तिसंग दांज्दा उनीहरूको बारेमा मन पर्ने र मन नपर्ने कुराको जांचपड्ताल गर्ने, अझ विशेषतः ती व्यक्तिहरूको कुन कुराले आफूलाई रिस, ईर्ष्या लगायतका भावना विकास गराउंछ भन्ने कुरा निर्धारण गर्नुपर्छ। वास्तवमा तपाईंले आफ्नो वरिपरिको मान्छेलाई जस्तो देख्नुहुन्छ त्यो तपाईंको भित्री स्वरूपको ऐना हो। तपाईंले अर्को व्यक्तिमा जे कुरा देख्नुहुन्छ र जसको कारण तपाईंलाई रिस उठ्छ वा चित्त बुझ्दैन वास्तवमा त्यो कुरा तपाईंको भित्री मनमा रहेको त्यो घाऊ हो जसको उपचार हुन आवश्यक छ, जसलाई तृप्त पार्न आवश्यक छ। यो खोजको सुरुवात तपाईं आफ्ना आत्मीय मित्र वा परिवारबाट गर्न सक्नुुहुन्छ। यो क्रममा तपाईंले आफ्नो आत्मीय मित्र र परिवारमा रहेको तपाईंलाई चित्त नबुझ्ने कुराको जानकारी त हासिल गर्नु नै हुन्छ यसका साथमा आफ्नो भित्री मनमा नबुझेको कुराको बारेमा पनि जानकार हुनुहुनेछ अनि त्यसलाई तृप्त पार्ने प्रयासमा लाग्नुहुनेछ। यहींबाट तपाईंको उपचारको क्रम सुरु हुनेछ। 


कुनै पनि अनुभवमाथी तपाईं आफ्नो धारणा राख्नुहुन्छ भने तपाईंको भावनात्मक तरंग सुरु हुन थाल्दछ। परिवर्तनको लागि हामी विभिन्न परिस्थितीमा उब्जने हाम्रो भावना प्रति सचेत हुनु जरुरी छ। शान्त हुनुहोस्, कुनै निर्णय नगर्नुहोस् अनि भित्री संजिवनी शक्तिको अनुभव गर्नुहोस्। उदाहरणको निम्ति रिसलाई लिउँ किनकि रिस हामीमा देखिने सबैभन्दा आम भावना मध्येको एक हो। तपाईं आफूलाई रिसाएको अवस्थामा कल्पना गर्नुहोस्। यसलाई नदांज्नुहोस्। केवल अनुवभ गर्नुहोस्। अब रिसको कारण जन्मिएको सोचलाई माया गर्नुहोस्। रिसले उत्प्रेरणा पनि प्रदान गर्न सक्छ। रिसबाट उत्पन्न हुने शक्तिलाई अस्वीकार गर्नुको सट्टा सकारात्मक पथतर्फ अघि बढाउनुहोस्। 


अब रिससंग कुराकानी गर्न थाल्नुहोस्। हो तपाईंले सही पढ्नुभयो, रिससंग कुराकानी गर्न थाल्नुहोस्। प्रश्न सोध्नुहोस् कि यो रिसले मलाई के सिकाउंदै छ? वा म सधैं किन यसरी रिसाउंछु। अनि यो प्रश्नको उत्तरको रूपमा उब्जिने भावनालाई पनि सतहमा आउने स्वीकृती प्रदान गर्नुहोस्। यो गर्ने क्रममा तपाईंले उक्त घटनाको वास्तविकता थाहा पाउनुहुनेछ। कतिपय अवस्थामा यसो गरिरहंदा त्यो रिस आफैं पनि हराएर जान सक्छ। यो प्रकृयाले रिस तथा अन्य भावनाको कारण कुण्ठित भएको संजिवनी शक्तिलाई सामान्य बनाउन मद्दत गर्दछ। कुण्ठित शक्तिको वहावसंगै शारीरिक समस्याहरू निको हुन थाल्दछन्। 
तर उपचारको क्रम भावनात्मक रूपमा सुरु भएता पनि शारीरिक अवस्था पनि त्यो भावनात्मक शक्तिलाई वहन गर्न सक्ने हुनु आवश्यक छ। 


हामी तपाईंको स्वास्थ्यको कुरा गरिरहेका छौं। हामी किन स्वास्थ्यलाई कुनै वस्तुको झैं व्यवहार गरिरहेका छौं? के स्वास्थ्य भनेको हाम्रो मजबुत मासु वा हड्डी हो? कि ल्याबको रिपोर्ट जुन कुनै बंैकको बैंक स्टेटमेन्ट जस्तो देखिन्छ? नाफा भयो कि घाटा भन्ने कुराको निर्क्यौल यसैबाट हुन्छ। हामी रोगी कि स्वस्थ भन्ने कुराको निर्क्यौल यसैले गर्छ त? तर स्वास्थ्य भन्ने चिज एउटा त्यस्तो शव्द हो जसलाई सबैले एउटै रूपमा बुझ्नुपर्छ भन्ने छैन र यसरी बुझिएको पनि छैन। यो शव्दलाई कुनै दुई व्यक्तिले एकै रूपमा बुझेका हुंदैनन्। यो कुरा तपाईं र तपाईंको डाक्टरको निम्ति पनि लागू हुन्छ। 


यसो ध्यान दिनुहोस् त तपाईंले आफूलाई स्वस्थ छु भनेर भनिरहंदा पनि तपाईंमा कत्ति कुराहरू यस्ता छन् जुन सामान्य छैनन्? कत्तिको आंखाले पत्रिका पढ्न नसक्ने हुन सक्छ, कत्तिको अनुहारमा डन्डिफोर आउन सक्छ, कत्तिको छाला चाउरी परेको हुन सक्छ भने कत्तिको नंगमा फंगल संक्रमण भएर नंग सेतो देखिन सक्छ। तर पनि उनीहरू पनि ढुक्कका साथ आफूलाई स्वस्थ बताइरहेका हुन्छन्।  अनि फेरि एकदिन कुनै जिवाणु तपाईंको नाक सम्म जान्छ अनि रुघाको साथमा हाच्छिऊं पनि आउन थाल्छ। तब तपाईं आफ्नो अफिसमा फोन गरेर भन्नुहुन्छ म आज अफिस आउन सक्दिन। कारण: म विरामी छु। तर पनि तपाईं वास्तवमा अस्वस्थ हुनुहुन्न। अस्वस्थताको विचमा पनि तपाईं स्वस्थ हुनुहुन्छ। 


स्वस्थता प्रतिको यात्रा निकै जटिल हुन्छ। उसोभए त्यो के कुरा हो त जसको सन्तुलनले स्वस्थ शरीर बनाउंछ र जसको असन्तुलनले अवस्थता जन्माउंछ। जब समाजमा कुनै संक्रमण फैलिन्छ तब को स्वस्थ र को रोगी भन्ने कुराको पहिचान हुन्छ। तर यो कुरा पनि अर्ध सत्य मात्र हो। किनकि बिसौं शताब्दीको सुरुतिर अमेरिकाको न्यूयोर्कमा टाइफाइड ज्वरोको प्रकोप हुंदा एउटी भान्से महिला यस्तो पनि थिई कि उसले पकाएको खानेकुरा खाएर सबैजना टाइफाइडले ग्रस्त भए तर ऊ भनें मर्ने बेला सम्ममा पनि टाइफाइडले ग्रस्त नभैकन मरी, उसको नाम पनि राखियो टाइफाइड मेरी। अब ऊ स्वस्थ थिई कि रोगी? धारणा आआफ्नै हुन सक्छ। 


मृगौला र कलेजो खराब हुनु भनेको लगभग स्वास्थ्यको अन्त हुनु हो। कम्तिमा पनि विगतमा यस्तै सोचिन्थ्यो तर आजकल त्यो परिस्थिती अलिकति परिवर्तित भएको छ। आजकल हामी नयां अंग प्रत्यारोपण गर्न सक्छौं र यसले निकै राम्रोसंग काम पनि गरिरहेको छ तर त्यतिखेर सम्म जतिखेर सम्म तपाईं एक मूठी औषधीको सेवन गरेर आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई तल्लो स्तरसम्म पुर्याउनु हुन्न। के तपाईं रोगी हुनुहुन्छ? वा स्वस्थ हुनुहुन्छ? तपाईं समूद्रको विचमा रहेको आइल्यान्डमा हुनुहुन्छ तर विहान उठेर वरिपरि रहेको चट्टान र जंगलहरू हेर्दा तपाईंको मन आनन्दित हुन्छ। तपाईं समस्यामा हुनुहुन्छ कि आनन्दमा?


कतिपयले उच्चरक्तचापलाई शान्त हत्याराको संज्ञा दिएका छन् तर तपाईं उच्च रक्तचाप भैकन पनि सामान्य जिवनयापन गरिरहनु भएको छ। अरुले पनि यस्तै जिवन विताइरहेका हुन्छन्। तपाईंको चिकित्सकीय परामर्शदाताले बताउंछ कि तपाईंलाई हर्ट एट्याक र स्ट्रोकको संभावना अलि बढी छ अरुको भन्दा त्यति मात्र हो। तपाईं औषधी सेवन गर्नुहुन्छ रक्तचाप नियन्त्रण गर्न। यसले माथि उल्लेखित जोखिम घटाउने काम मात्र गर्दछ अनि तपाईं सन्तुष्ट हुुनुहुन्छ। स्वास्थ्य र जोखिमको बिचमा लुकामारी चलिरहेको छ। 


हामी स्वस्थ जिवन विताइरहंदा शारीरिक, मानसिक र भावनात्मक पक्षसंगै थप अर्को पक्ष पनि जोडिन आइपुगेको छ आजकल र त्यो हो समयको। स्वस्थ हुनु भनेको आज राम्रो महसुस गर्नु मात्र होइन। हामीले भोली पनि राम्रो महसुस गर्नु पर्छ, पर्सि पनि। खासमा त त्यो दिन सम्म जुन दिन हामी उठ्दैनौं सधैंको लागि, यो भन्न कि म स्वस्थ छु वा अस्वस्थ। 


हाम्रो लक्ष भनेकै स्वास्थ्य देखि मृत्युसम्म हो, बिचमा कुनै रोकावट विना।  एउटा एचआइभी संक्रमित महिला अब विशेषज्ञको धारणाबाट पर भाग्न थालेकी छन्। किनकि उनले स्वस्थता बारेको आफ्नै धारणा विकास गरिसकेकी छन्। हिजो जतिखेर उनलाई एचआइभी देखियो तब विशेषज्ञ डाक्टरले उनलाई अब साथमा एकबर्ष मात्र बांकी रहेको बताएको थियो। त्यसो भनेको पनि अहिले १० बर्ष वितिसक्यो अनि अर्को कुरा उनको रोग प्रतिरोधात्मक क्षमतामाथि सिधै प्रहार गर्ने यो रोग लागे पछि पनि उनले आफूलाई स्वस्थ नै महसुस गरिरहेकी छिन्, उनी आफैं पनि छक्क छिन् कि यो कसरी हुन सक्छ? हरेक पटक विभिन्न डाक्टरहरूले विभिन्न कारण देखाएर उनलाई औषधी दिने प्रयास गरे ता की उनको अरु रोग लाग्ने जोखिम कम होस् तर हरेक औषधीले उनलाई झन् विरामी बनाए। अहिले डाक्टरहरू विभिन्न बहानामा उनलाई औषधी दिने र उनकै शव्दमा उनलाई विरामी बनाउने कसरत गरिरहन्छन् अनि उनी भने हरेक पटक औषधी खाएर विरामी नहुने बरु औषधी विनै स्वस्थ रहने अड्डी कसेर बसेकी छिन्। उनी पक्कै पनि स्वस्थ छिन् तर अरुलाई संक्रमित गराउने जोखिम सहित। उनी स्वस्थ छिन् तर उनको छोरालाई जुनसुकै समयमा पनि टुहुरो बनाउने संभावना सहित अनि स्वस्थ छिन् जुनसुकै समयमा पनि अन्य व्यक्ति भन्दा बढी विरामी हुने जोखिम सहित। तर यो अवस्था त हरेक स्वस्थ भनिएका वा कुनै पनि रोग पत्ता नलागेका व्यक्तिमा पनि त विद्यमान छ। उसोभए के सबै स्वस्थ हुन् त? वा सबै विरामी?
 

खाना लगत्तै सम्भोग खतरनाक

तपाईं जागिरे हुनुहुन्छ, त्यसमा पनि रात्रीको ड्युटीमा काम गर्नुहुन्छ भनें जानकारी राख्नैपर्ने केही महत्वपूर्ण कुरा। मध्यरातमा घर पुगेपछि हतार हतार खाना खाएर सुत्न मन लाग्छ। तर हतार हतार खाना खानुहुन्छ वा उत्तेजनामा हुनुहुन्छ भनें होस गर्नुस्। खाना खाँदा हतार गरियो भनें त्यसले दीर्घकालीन असर पार्न सक्छ। लण्डनका एकजना डाक्टरले पत्ता लगाएको तथ्य अनुसार हतारमा खाना खाने व्यक्तिलाई डाइबिटिज रोगले भेट्न सक्छ। त्यतिमात्र होइन दीर्घकालीन रोगले पनि उसलाई सताउने र डिप्रेशनको समेत शिकार हुने तथ्य फेला परेको छ। अझ हतार हतार खाना खाएर ओछ्यानमा जाने र तत्कालै यौनसम्बन्ध राख्ने कार्य झनै खतरनाक हुन सक्ने पनि उनले बताएका छन्। उनका अनुसार खाना खाएको कम्तीमा १ घण्टासम्म यौनसम्पर्क राख्नु दुवै जनाका लागि घातक हुन्छ। बरु यौन सम्पर्क गरेर खाना खानु शरीरका लागि हितकर हुने उनले सुझाव दिएका छन्।

घरमा बच्चा जन्माए एक हजार रुपैयाँ जरिवाना

दैलेख, फागुन ४। दक्षिण पूर्वी क्षेत्र बराह गाविसका महिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुन नजाने महिलालाई एक हज्ाार रुपैयाँ जरिवाना तोकेका छन्।  

सरकारले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा नियमित जाँच गरी गर्भवती गराएमा रु एक हजार पुरस्कारको घोषणा गरिरहेका बेला यस्तो निर्णय आएको हो। 

घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैलाई खतरा हुने र अकालमै मृत्यु हुने समस्या गाउँमा बढेपछि आफूहरूले यस्तो अभियान थालेको बराह– २ की मनिसरा गुरुङले बताउनुभयो। पाँच महिनादेखि यस्तो अभियान थालेका महिलाले गाउँमा कसैको घरमा गर्भवती भएको खण्डमा समयसमयमा आफूहरू नै गएर चेतना फैलाउने काम समेत गरेका छन्।  

विगतमा बराह गाविसकै वडा नंं ८ मा घरमै सुत्केरी भएर आमा र बच्चा दुवैको मृत्यु भएको थियो भने वडा नं १ मा समेत त्यस्तै घटना भएपछि गाउँमा गठन गरिएको महिला सञ्जालमा आबद्ध महिलाले गाउँका अन्य महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन बाध्य होऊन् भन्दै यस्तो निर्णय गरिएको हो–गाविसस्तरीय महिला सञ्जालकी अध्यक्ष जैकला शाहीले भन्नुभयो। 

उहाँका अनुसार रु एक हजार जरिवानाको निर्णय गरिसकिएपछि अहिलेसम्म कोही पनि जरिवानामा परेका छैनन्, उल्टै स्वास्थ्य संस्थाबाट रु एक हजार बुझेर खुसी हुँदै घर आएका छन्। 

आफ्ना अधिकारका बारेमा थाहा नभएका महिला गाविसका नौ वटै वडामा तीन वर्षदेखि सञ्चालन भएको सीमान्तकृत महिला समूह अन्तर्गत सञ्चालित छलफल कक्षामा बिहानबेलुका लेखपढ गर्न थालेपछि गाउँको मुहार नै फेरिएको महिला आवाज परियोजनाका कार्यक्रम संयोजक चित्रा विकले जानकारी दिनुभयो।  

अहिले गाउँका महिला दलित, जनजाति र पिछडिएका महिलाको नाममा सरकारले प्रदान गर्ने रकमको खोजी गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी र विकास–निर्माणका काममा अधिकारसहितको अर्थपूर्ण सहभागितामा संलग्न हुन थालेपछि गाउँमा परिवर्तन आएको छ। अक्सफाम जिबी नेपाल र स्थानीय महिला सशक्तीकरण मञ्च नामक संस्थाले बराह,सेरी र गोगनपानी गाविसमा महिलाको चेतनास्तरमा सुधार ल्याउन जनचेतनामूलक क्रियाकलाप थालेपछि महिलामा परिवर्तन देखिएको नेपाल मजदुर किसान पार्टी सेरीका अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो। 

घरमै सुत्केरी हुँदा विभिन्न समस्याका कारण आमा र बच्चा दुवैको मृत्यु हुने सङ्ख्यामा आजभोलि कमी आएको जिल्ला स्वाथ्य कार्यालय दैलेखका प्रमुख डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो।

Weekly Video

Life&style

Women

We have 116 guests and no members online