Weekly Nepal

'डाँडामाथिको घाम' उपन्यासको लोकार्पण

काठमाडौं, फागुन  ६ । उपन्यासकार हरीप्रसाद पाण्डेयद्वारा लिखित 'डाँडामाथिको घाम' नामक उपन्यासको लोकार्पण गरिएको छ। 
 
तोयनाथ पाण्डेय स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा समाजमा व्याप्त सामन्ती प्रथालाई समेटिएको सो उपन्यासको लोकार्पण इतिहासकार प्रा दिनेशराज पन्त, भाषाविद् प्राडा माधवप्रसाद पोखरेल, संस्कृति साहित्यकार प्राडा वेणीमाधव ढकाललगायतले संयुक्तरूपमा गरेका हुन्। 
सो अवसरमा भाषाविद् प्राडा पोखरेलले डाँडामाथिको घामको प्रशंसा गर्दै सो उपन्यास उपन्यासको भीडमा एउटा फरक रहेको बताए। 
 
संस्कृति साहित्यकार प्राडा वेणीमाधव ढकालले डाँडामाथिको घाम उपन्यास सामाजिक उपन्यास भएको बताउँदै सो उपन्यासले शोषक सामन्ती संस्कार बोकेको पुरुष चरित्रलाई उजागर गरेको बताऐ।
 
कार्यक्रममा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत प्राडा वेणीमाधव ढकाललाई दोसलासहित २०६८ सालको तोयनाथ पाण्डेय स्मृति पुरस्कार प्रदान गरिएको थियो। 
 
 

Weekly Video

We have 273 guests and no members online