Weekly Nepal

शोभितलाई साथ दिँदा रेजिना संकटमा

खराब मान्छेको संगतमा पर्‍यो भने मान्छे कति चाँडै बेखबर बन्न पुग्छन् भन्ने उदाहरण नायिका रेजिना उप्रेती बनेकी छन्। केही समययता रेजिनाको अत्तोपत्तो छैन। निर्देशक शोभित बस्नेतको क्याम्पकी नायिका भनेर चिनिने रेजिना अहिले सोही क्याम्पकै भएका कारण सबैको नजरमा पर्न नसकेकी हुन्। 

नेपाली चलचित्र क्षेत्रमा दुई दर्जनभन्दा बढी चलचित्रको निर्देशन गरे पनि शोभितको परिचय बी ग्रेडको निर्देशकको छ। धेरैजसो युवतीलाई नायिका बनाइदिन्छु भन्दै पारिश्रमिक र शारीरिक शोषण गर्न माहिर शोभितका अधिकांश चलचित्रमा रेजिनाले अभिनय गरे पनि हिजोआज दुवैको राम्रो सम्बन्ध छैन। बरदान चलचित्र निर्माण गरी नायिका समेत बनेकी रेजिना अहिले गुमनाम बनेकी छन्। कतै पनि उनको उपस्थिति देखिएको छैन। धेरैले उनलाई विदेश पलायन भएको ठाने पनि उनी यतै रहेको बताइन्छ।

सुन्धरास्थित काठमाडौं मलमा अवस्थित ग्यालेक्सी रेस्टुरेन्टकी सञ्चालिका कल्पना श्रेष्ठको पैसामा बरदान चलचित्रकी निर्माता र नायिका बन्न सफल रेजिना कल्पनाकै प्लान चलचित्रमा भने खेल्न पाइनन्। सिन्धुपाल्चोकमा बरदानको सुटिङ हुँदा विभिन्न युवाहरूसाग अन्तरंग सम्बन्ध राखेको भन्दै कल्पनाले अबदेखि रेजिनालाई आफ्ना चलचित्रमा अभिनय नगराउने घोषणा गरेकी थिइन्। सोही कारण प्लानको निर्देशन गरेका शोभितले राजेन्द्र खड्गीकी छोरी रागिनी र अनुष्का ढकाललाई नायिका बनाए। त्यसबेलादेखि रेजिना र शोभितको सम्बन्ध बिग्रेको हो। त्यसैले बरदान चलचित्र पनि प्रदर्शनमा आउने हो कि होइन भन्ने यकिन हुन सकेको छैन। प्लान गरिरहेको समयमा कल्पना र शोभितको सम्बन्धमा दरार उत्पन्न भएको थियो। त्यसपछि शोभित बरदान र प्लानको प्रदर्शनमा नलागी दुलही रानी बनाउन थाले। अहिले उनी जतिसक्दो चाँडो दुलही रानी चलचित्र प्रदर्शन गर्न तम्सिएका छन्। दुलही रानीपछि उनले जाउँ हिँड पोखरा भन्ने चलचित्र निर्देशन गर्ने भएका छन्। दुलही रानी र जाउँ हिँड पोखरा दुवैमा नायिका रेजिना छैनन्। 

चाहिने भन्दा बढी नजिक र शोभितसाग सधैं अन्तरंग सम्बन्ध राखेकै कारण चर्चामा आइरहेकाले रेजिना अरु निर्माता निर्देशको नजरमा नपरेकी हुन्। घरमा श्रीमती भए पनि शोभितले रेजिनालाई कान्छी श्रीमतीकै रूपमा राखेका थिए। व्यवहार पनि त्यस्तै थियो। अरूसाग नजिक भएको देख्यो कि शोभित र रेजिनाबीच झगडा परिरहन्थ्यो। कतिसम्म भने शोभितले रेजिनाकै लागि चिनो चलचित्र बनाए। तर चलचित्र डब्बा बन्यो। त्यसअघि रेजिना र शोभितबीच बोलचाल बन्द थियो।

चेतना टेलिचलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेजिना नृत्यमा अब्बल मानिन्छिन्। शोभितसाग बाहेक रेजिनाको निर्माता सुनिलकुमार थापासाग पनि अन्तरंग सम्बन्ध थियो। सोही सम्बन्धका कारण नायिका झरना थापाले बीच सडकमै रेजिना उप्रेतीलाई भुत्ल्याएकी थिइन्। सुनिल र रेजिनाबीचको सम्बन्धबारे झरनालाई शोभितले नै चुक्ली लगाएका थिए। आफूले नपाएपछि अरुसाग हिँडेको देख्न नचाहने प्रवृत्तिकै कारण झरना र रेजिनाबीच झगडा परेको हो।

उमेरले ३५ छुन लागे पनि रेजिना अहिलेसम्म अविवाहित नै छिन्। विभिन्न व्यक्तिसागको सम्बन्ध सार्वजनिक हुने गरेकाले रेजिनाको विवाह काठमाडौंमा हुन साहै्र कठिन हुने उनका सहपाठीहरू बताउाछन्। यदि रेजिनाले एक दुुईवटा शोभित क्याम्पको चलचित्र खेलेर अरुको खेलेको भए उनको यस्तो हविगत नहुने एक निर्देशकले तरुणलाई बताए। हुन पनि शोभितको क्याम्पको भनेर दाग लागेका नायिकाहरू बाहिर चलेका छैनन्।

मौका हेरी व्यवहार गर्नेमा शोभित निक्कै चलाख छन्। उनले रञ्जना शर्मा, सुनिता गन्धर्वलगायतका नायिकासाग पनि यस्तै व्यवहार गरेका थिए। उनीहरू पनि अन्य चलचित्र ब्यानरमा देखापर्न सकेनन्। झन्डै रेजिनाकै हालतमा उनीहरू पुगिसकेका छन्। रञ्जना अमेरिका भासिसकेकी छन् भने सुनिता कहिले नेपाल त कहिले विभिन्न मुलुकमा आउने जाने गरिरहेकी छन्। रक्सी र सुन्दरीमा साहै्र बद्नाम शोभित धेरै ठाउँमा प्रतिबन्धित छन्। उनलाई पोखरा त बर्जित नै छ। धेरै होटल रेस्टुरेन्टमा पैसा तिर्न बाँकी रहेकाले शोभितलाई पोखरामा रोक लगाइएको हो। सोही कारण उनले आफ्नो चलचित्र दुलही रानी बाहिर सुटिङ गरेका थिए। भारतको नैनीताल, इन्डिया गेटमा दुलही रानीको सुटिङ गरिएको प्रचार प्रसार थालिएको छ।

Weekly Video

We have 260 guests and no members online